Monday, June 25, 2012

एसएलसीको हाउगुजी

कोहीकोही मानिसमा अचम्मको क्षमता हुन्छ। उनीहरू मोबाइलको रचिार्ज कार्ड कोट्याएर १४ अंक एकपटक हेरेको भरमा सम्झन सक्छन्। 'आइडेटिक मेमोरी' भनिने दिमागको एउटा तत्त्व बलियो हुने यस्ता मानिस अंक मात्र नभई हरेक कुरा एकदमै मिहिन रूपमा सम्झन सक्छन् भनिन्छ। आममानिसले बुझ्ने भाषामा यसलाई 'फोटोग्राफिक मेमोरी' भनिन्छ। त्यस्ता मानिसलाई देख्दा मलाई डाढ लाग्छ किनभने अंक र मितिका सन्दर्भमा मेरो आफ्नो स्मरणशक्ति झन्डैझन्डै शून्य छ भनिदिए हुन्छ।
आफूले किनेको कुनै सामानको मोल कति थियो भन्ने कुरा एक साताभित्र मैले बिर्सिसकेको हुन्छु। मेरो आफ्नो लगायत परविारको जन्मदिन र साल म कहिल्यै पनि हेक्का राख्न सक्दिनँ। कतिसम्म भने आफ्नो सवारी साधनको नम्बरसमेत मलाई सम्झना रहँदैन र निकै बेर घोरएिर मात्र म त्यो सम्झन सक्छु। साथीभाइ र इष्टमित्रका फोन नम्बरहरूको त कुरा नै नगरौँ। यो कुरा मैले यहाँ किन गरेको भने, त्यति हुँदाहुँदै पनि एउटा यस्तो संख्या छ, जुन म अहिलेसम्म पनि प्याट्ट भन्न सक्छु। पाँच अंक र एउटा अंग्रेजी अक्षर भएको यो संख्या भने अपवादका रूपमा मेरो स्मरणशक्तिमा अमिट भएर रहेको छ, ७४६११ क्यू। त्यो मेरो एसएलसीको सिम्बल नम्बर हो। अरू संख्या, अंक र मिति क्षणभरमै पोलेर खाने मेरो हुस्सू मगजले आज झन्डै तीन दशक हुने बेलासम्म पनि किन त्योचाहिँ सम्भिmरहेको होला त ? एसएलसी भन्ने परीक्षालाई एउटा डरलाग्दो हाउगुजी बनाउने गरएिको छ। त्यसले विद्यार्थीको मनमस्तिष्कमा कतिसम्म प्रभाव पार्छ र मानसिक दबाब उत्पन्न गर्छ भन्ने कुराको यसभन्दा ठूलो अर्को कुनै उदाहरण खोज्न अन्त कतै जानुपर्दैन। 

एसएलसी भनेको फलामको ढोका हो, यसलाई पार गर्न अति नै कठिन हुन्छ, यो पार नगरे जिन्दगीमा केही पनि गर्न सकिँदैन, पार गर्दा पनि सकेसम्म बढी अंक ल्याएर उत्तीर्ण हुनुपर्छ भन्ने असंख्य अरू हाउगुजीको गुजुल्टो बनाइएको छ एसएलसीलाई। एउटा यस्तो गुजुल्टो, जो आफ्ना चारैतिर निस्किएका धारलिा चुच्चामुच्चाका साथमा भकुन्डे भूतजस्तो भएर विद्यार्थीको वरपिर िगुडिरहन्छ, घुमिरहन्छ र आतंकित बनाइरहन्छ। तसर्थ, दसौँ कक्षामा पुग्नासाथै विद्यार्थीको आनीबानी र मानसिकता नै परविर्तन हुन थाल्छ। घर-परविारले पनि अब एक वर्ष हो, उसले आफ्नो जिन्दगीको स्पष्ट रेखा कोर्ने भन्ने तनाव थप्न बाँकी राख्दैनन्। पढेर, बुझेर, नबुझेर, घोकेर, चोरेर वा जे गर्न सकिन्छ गरेर धेरैभन्दा धेरै अंक ल्याउनुपर्छ भन्ने मान्यतारूपी भाइरसले ग्रस्त हुन्छन् अभिभावकहरू। त्यही भाइरस उनीहरूले आफ्ना सन्तानको दिमागमा भरििदएका हुन्छन्। त्यसैका कारण थोरै अंक ल्याएर उत्तीर्ण हुनेहरू हीन भावनाको सिकार बन्छन्। असफल हुनेहरू आफ्नो र परविारको पीडा सहन नसकेर आत्महत्यासम्म गर्न पछि पर्दैनन्। यसपालिको एसएलसीको परण्िाामपश्चात् पनि देशका विभिन्न भागमा एक जना मात्र होइन, दस-दस जना विद्यार्थीले आत्महत्या गरेको समाचार आइसकेको छ। हरेक वर्ष यस्ता घटना दोहोरँिदा पनि यसको मनोवैज्ञानिक पक्षका बारेमा किन संवेदनशील हुँदैनन् हाम्रो समाज, परविार र शिक्षा व्यवस्था ? १ देखि १० कक्षासम्म पुग्दा साधारणतया पनि तीसवटा परीक्षा हाँसीहाँसी उत्तीर्ण गर्ने विद्यार्थीलाई यो पनि एउटा त्यस्तै परीक्षा मात्र हो भन्ने किसिमका मनोवैज्ञानिक परामर्श दिएर सहज बनाउनेतिर किन गम्भीरतापूर्वक सोच्दैनौँ हामी ? तर होइन, परविार त तनाव थप्न मात्रै खोज्छ। 'जिम्मेवार' अभिभावकहरू बरू सेन्टर पर्ने स्कुलहरूमा चिनेजानेका कोही गार्ड छन् कि भनेर खोज्नमा ऊर्जा खर्च गर्छन्। सेन्टरको वरपिर िघुमीघुमी चिट कसरी भित्र पठाउन सकिन्छ भनेर दाउ खोज्छन्। अनि, आफ्ना सन्तानको भविष्य सुनिश्चित बनाउने आफ्नो दायित्व पूरा भएको आत्मवञ्चनामा रमाउँछन्। 

अचेल त शिक्षाका नाममा अर्बौंको व्यापार गर्न पल्केका प्राइभेट कलेजहरूका कारण पनि यो समस्या झन्झन् विकराल हुँदै गएको छ। उत्कृष्ट अंक ल्याउनेका लागि कलेजहरूले गर्ने तानातानले गर्दा हरेक अभिभावक त्यो तानिने नाडी अर्कोपटक आफ्नो सन्तानको होस् भन्ने सपना देख्न थाल्छन्। सरकारी कलेजहरूको दुर्गति, सरकारले तिनका स्तर सुधार्न देखाएको उदासीनताका कारण निजी कलेजमा पढाउन नसके विद्यार्थीको भविष्यको प्रश्न उठ्छ। त्यस्ता कलेजको खर्च धान्नका लागि अभिभावकले लौ त भनौँ भने आफ्नो हाड नै घोट्नुपर्छ। नाम चलेका कलेजका शुल्क त सुन्दै पनि रंिगटा लाग्ने र चिट्चिट् पसिना छुट्ने हुन्छन्। त्यस्तोमा आफ्ना सन्तानले राम्रो अंक ल्याइदिए 'राम्रा' निजी कलेजले सित्तँैमा, अझ परे उल्टो पैसा दिएर तिनलाई पढाइदिन्छन् भन्ने लोभ उनीहरूलाई लाग्नु अस्वाभाविक मान्न पनि सकिन्न। 

पढाइमा हेलचेक्र्याइँ गर्नुहुँदैन, पढाइको महत्त्व आफ्नो ठाउँमा छ तर एसएलसीमा बढी अंक ल्याउँदैमा त्यो अरूभन्दा महान् प्राणी हुने होइन र कम अंक ल्याउने कम विद्वान् हुने होइन भन्ने कुरा विद्यार्थीलाई बुझाउनुपर्छ। एसएलसी कुनै फलामे ढोका होइन, त्यसमा कुनै कारण एकपटक असफल हुनु भनेको विष खानु, पासो लगाएर झुन्डिनु वा कतैबाट फाल हाल्नुपर्ने अपराध होइन भन्ने कुरा हरेक अभिभावकले आफ्ना सन्तानलाई राम्ररी बुझाउनुपर्छ। अनि बुझाउनुपर्छ, माथि भनेजस्तै गरेर ल्याएको अंकले मात्र मानिसको भविष्य निर्धारण हुँदैन, राम्रो भविष्यका लागि सबैभन्दा ठूलो कुरा एसएलसीको नम्बर मात्र होइन। 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...