Translate

Sunday, September 21, 2008

दिग्भ्रमित मृगतृष्णा

हरेक दिन नयाँ नयाँ बहानासङ्ग


टायरहरू बल्ने गर्छन्


हरेक रात एउटै छटपटीसङ्ग


जल्ने गर्दछु म



 


छेउ भेट्टाउँदा सकीनसकी टुप्पो हराउँछ


गुजुल्टो भैसकेको पो छु कि


शायद गलती नै गलतीले गाँठो परेको म


 


हरेक दिन चर्को घाममा


मुठ्ठीहरू उचालिने गर्छन्


अनि सेकिने गर्छन् पुर्पुराहरू


हरेक रात शीतल जुनसङ्गै


डढ्ने गर्दछु म


 



अघि बढ्न खोज्दा पैंताला धर्मराउँछ
कुनै गन्तव्य नभएको बटुवा झैं

हिंडिरहेको पो छु कि शायद म


 


हरेक दिन टुक्राटुक्रामा फुटाइन्छु


हुर्याइन्छु यताबाट उता


अनि फेरि उताबाट यता


मैले फुटाएका टाउकोहरूसंग


आफै रून्छु, एक्लै दुख्छु


आन्दोलनको ईंट्टा जस्तो म

6 comments:

  1. Kasto gaali garna sakya aafulai??
    Chitta nabujhdo kura!!!

    ReplyDelete
  2. हरेक दिन चर्को घाममा
    मुठ्ठीहरू उचालिने गर्छन्
    अनि सेकिने गर्छन् पुर्पुराहरू
    हरेक रात शीतल जुनसङ्ग
    डढ्ने गर्दछु म

    छेउटुप्पो समात्न नसकेको गुजुल्टो वास्तवमा हाम्रै जिन्दगी हो र यो कविता ति नै जिन्दगीहरुको कविता बनेको छ । साँच्चै रमाएर दोहोर्याई तेहेर्याई पढें ।

    ReplyDelete
  3. हरेक दिन चर्को घाममा
    मुठ्ठीहरू उचालिने गर्छन्
    अनि सेकिने गर्छन् पुर्पुराहरू
    हरेक रात शीतल जुनसङ्ग
    डढ्ने गर्दछु म

    स्थीरता त मृत्युको जुम्ल्याहा हो रे
    शायद आफूलाई ज्यूँदो सावित गर्न
    हरेक पल सास फेरेको,
    लडीलडी पनि अघि बढेको
    अभिनय गर्दछु म

    दामी !

    ReplyDelete
  4. यती राम्रो कबिता - लेख लेखिरहनु भएको छ किन लडिलडी अघी बढेको छु भन्नु हुन्छ !

    ReplyDelete
  5. मलाई कविता धेरै मनपर्यो । वास्तवमै हाम्रो जिन्दगी यस्तै त रहेछ !!!!!!

    ReplyDelete
  6. सारै राम्रो, जति चोटी पढे पनि पढी मात्र रहु जस्‍तो । मन पर्‍यो मलाई त ।

    ReplyDelete