साँझैपिच्छे लोडशेडिङ्गले
छोपेका अंध्यारा दिमागहरूमा
के पलाउन् र अरू
निराशाहरू नपलाए
एउटा अंध्यारोबाट उम्केर
बिलाउनु पर्ने अर्को अंध्यारोमा
नियति के हाम्रो यति नै
उदाउन नपाउँदै एउटा प्रश्न
फेरि विलीन हुन पुग्छ
लोडशेडिङ्गकै कालोमा
उज्यालो त चेतना हुन्छ
सेतो त ज्ञानको रंग रे
तर हाम्रो उज्यालोको भोक
कसले कहिले मेटाउने हो
हाम्रो निष्पट कालो संसारमा
घाम कहिले उदाउने हो
हरेक मान्छे बाँचिरहेको छ
भाग्यको बोकेर रित्तोरित्तो
एकएक वटा कुलेखानी
छोड्न पाइएला कुनै दिन भन्दै
अंध्यारोमा रूमल्लिने बानी
निभ्नै नपर्ने बेला पनि अचेल
तर झ्याप्पै निभ्ने गरेको छ बत्ती
मंसीर १, २०६५ नेपाल पत्रिकामा प्रकाशित
हो त नि ! यो त स्बिकार्न गार्हो हुने कुरा हो । भर्खर बर्षायाम सिद्दिएको पनि छैन , यती छिट्टै फेरी लोड्सेडिङ हुन थालइसक्यो !जती दिक्दार लागे पनि कबितामा पोखिदिनुस् तर मनलाई दिक्दार नबनाउनुस् है ।
ReplyDeleteके गर्ने ! ' नियती लाई अगाल्ने हाम्रो बाध्यता भाईसकेपछी ' !
लोड्सेडिङ्ग !
ReplyDeleteएउटा बहाना
मन भए ,
कसरी छेक्न सकिन्छ
लेख्ने चाहना ।
धेरै पर
खोतलखुतुल
छैन शब्द
निराश मन
भारी मन
फेरी पनि पाइला बढ्छ नै
ओ! हो !
यो भोक हो कि सौख
ड्बुल्किदै छ शब्द मा मन
बुझेरै पनि नबुझेरै पनि
रित्तो समय
अगालो भरी भरेर
फेरी पनि केही हराए जस्तो
खोजिरहेछु
खोजिरहेछु
अछ्यर हुँदै शब्द हरफ मा केही --- ।
केही आफ्नो पन जस्तो
केही उस्को मन जस्तो
कहिले स मेटिए जस्तो
कहिले छ र् प्र स्टिए जस्तो
कहिले शब्द भित्र दुख्दै
कहिले शब्द भित्र लुक्दै
अनौठो अनुभूती भाईरहेछ
पिडा सुक्दै गैरहेछ ।
कहिले काही
ReplyDeleteबुझेर
बुच्पुचाइ दिदा
हित देखिन्छ भने
त्यसो पनि गर्नु पर्छ ।
भ्रम ण्
नजिकै गए
सिधा बाटो गए
महत्ब त्यती के हुन्छ र !
जती
टाढा जा दा
घुमाउरो घुम्दा
द्रिश्य देखिदा हुन्छ ।
हिड्दाको अनुभूती
थोरै थाक्दा
बिश्राम मा आनन्द
गन्तब्यमा पुग्दा
अनी पो भ्र मण
भ्रम ण् जस्तो हुन्छ ।
नपग्लिएर थ पक्क बस्ने
ReplyDeleteहिम चुचुरा का सेतै हिउ झै
चिसो जम्ने हिउ हरु
अ कस्तमान
जब प रिणत हुन्छन
३६ डिग्रिको न्यानो तरल मा
बर्षा बर्सिन्छ घनघोर
सुख्खा मन हरु पनि
भिज्न थालछन
मरुभुमिको बालुबा भिजे झै
तापको बाफ ले आकाश मा
बादल गुजुल्टिन थालछ
पुन : बर्षा नभए सम्म
भ दौरे मास को खडेरी मा
पल पल पोले झै पोल्न थालछ
जलन को पिडाले
चेतन मस्तिस्क भित्रको
अचेतन मन बोल्न थालछ ।