Translate

Tuesday, February 24, 2009

बादलको आकार

मेरो आकाशको बादल
फेरिरहन्छ आफ्नो आकार
रुप अनि व्यवहार
स्वच्छ सेतो सुन्दर
मुस्काउने गर्छ कहिले
कालो भएर मडारिन्छ पनि
रुन्छ धर्धरी कहिले

मेरो आकाशको बादल
म भन्दा धेरै टाढा छ
मैलै जति हात लम्काए पनि
त्यो कतै मेरो उपलब्धि
भन्दा पनि पर छ

तै पनि
म मेरो बादललाई
आकार दिन खोजिरहेछु
अनि प्रयत्नरत पनि छु
स्थीर बनाउन त्यो आकारलाई
मैलै चाहे जस्तै, मैले खोजे जस्तै
निकै बेरको प्रयासपछि
जब बन्छ त्यो रुप
सुस्ताउँछु म
हेर्छु त्यसलाई दंग परेर
तर अलिकति पनि
चल्नै हुँदैन हावा
भताभुंग भैदिन्छ फेरि
मेरो आकाशको बादल

थाल्छु फेरि म
बादलको आकार मिलाउन

5 comments:

  1. Excellent words to describe explicit feelings.. its damn good .. I really really appreciate this one. I loved it.

    ReplyDelete
  2. " कुचिकार को बादल मोह "
    _______________-
    एउटा कुचिकार
    कुची - रङग हरुको साथ मा छ
    उस्को अगाडि
    उस्को रहरको क्यानभास छ
    निलाम्मे आकाश को छातीमा
    बादल लुट्पुटिन्छे
    कहिले फिजाएर कालो केश राशी
    कहिले ओढेर सेतो मलमल प छ्यौरी
    कहिले मुसुक्क हाँस्दै लुकामारी खेल्छे
    कहिले घुर्क्याउदै रोइदिन्छे
    थोरै थोपा तप ! तप ! तप ! तप !
    कम्ती कि छे !
    कहिले मनै रुबाएर
    धर धरी बर्सिन्छे
    कुचिकार मा स्ने ह छ बादल प्रती
    थोरै मोह पनि
    किनकी उस्लाई बादल को रङ्ग मन पर्छ
    उु कैद गर्न खोज्छ बादललाई
    चप ! चप ! कुची रङ्ग मा चोबल्दै
    मन पर्ने रङ्ग मा
    क्यानाभास मा पोत्दै
    हाबाको झोक्का सँगइ बादल बहकिन्छे
    उस्को कुची हातमै रोकिन्छ
    बादल फेरी अडिन्छे
    उु फेरी कुची चलाऊछ
    मुसुमुसु हाँस्दै ।

    ReplyDelete
  3. The poem (below) was written by shekhar dhungel and published online on www.samakalinsathitya.com. Both poem relies on the fact the cloud changes its shape. However, u dream to limit the boundary of cloud and poet shekhar relates cloud shape to randomness of thoughts. I just wanted to point out that how a single thing inspires men in different way. And I liked ur poem.


    मन के यो बादल हो
    घरि घरि स्वरुप
    बदलि रहने
    मन के यो बादल हो
    चन्चल भै
    यता उती कुदी रहने
    मन के यो बादल हो
    अस्थिर बनी
    कहिले लुक्ने
    कहिले निस्क्ने गरिरहने
    मन के यो बादल हो
    कहिले गर्जने त
    कहिले शान्त कुदिरहने
    मन के यो बादल हो
    कहिले सेतो त
    कहिले कालो बनी छकाइ रहने
    मन के यो बादल हो
    कहिले पानी त
    कहिले अशिना बर्षाउने ?

    ReplyDelete
  4. Padhera runa mann lagyo... aru ta ke bhanau??

    ReplyDelete
  5. mutu pole jastai bhayo tyo kavita padhera... kina hola brazesh jee... kasto gahiro bhav bhako...

    ReplyDelete