बायाँ फन्को ५२
संस्मरण हुने बेलादेखि नै, अलिअलि कुरा बुझ्न थाले देखि नै अनि चेतनाको पाटो अलिअलि गरेर उघ्रन थाले देखि नै सुनिएको र पढिएको हो यो श्लोक ।
तमसो मा ज्योतिर्गमय ।
जीवनबाट अन्धकारलाई निमिट्यान्न पारेर उज्यालोका किरणहरु छरिउन्, अँध्यारोबाट उज्यालो तिर पाइला चाल्न पाइयोस् भन्ने भाव बोकेको यो श्लोक शायद हामी सबैले बुझ्ने संस्कृतका थोरै श्लोकहरु मध्ये एउटा हुन सक्छ । प्रश्न बुझ्नु र नबुझ्नु भन्दा पनि त्यसलाई आफूले कुन रुपमा आत्मसात गरेको छ भन्ने बढी महत्वपूर्ण हो । उज्यालो निश्चय नै पनि अँध्यारो भन्दा प्यारो कुरा हो । किन भने अँध्यारो एउटा राक्षस हो जसले आफ्ना वरिपरिका सबै कुरालाई कप्लक्कै निलिदिन्छ । अँध्यारोले सृष्टिको सिर्जना, त्यसको सुन्दरता, मानिसका उपलव्धि र सबै सकारात्मक कुराहरुलाई छोपिदिन्छ, ढाकिदिन्छ । अनि अँध्यारोले त्रास, सन्देह र भ्रम जस्ता नकारात्मक कुराहरु उत्पन्न गरिदिन्छ । अँध्यारोले मानिसलाई गतिहीन, दिशाबिहीन गन्तव्यरहित बनाइदिन्छ । अरुको त कुरा नै छोडौं, अँध्यारामा मानिसले आफ्नै अनुहार पनि देख्दैन, आफैलाई पनि चिन्दैन । त्यसैले सृष्टिको सुरुआत देखि नै अँध्यारोको विरुद्ध मान्छे लड्न थालेको हुनुपर्छ । उज्यालोले ऊर्जा दिन्छ, दृष्टि दिन्छ, बाटो दिन्छ, गन्तव्य दिन्छ र त्यसमा पुग्ने प्रेरणा पनि दिन्छ ।
अँध्यारो र उज्यालोको मितेरी संसार बने देखिको हो र यो अपरिवर्तनीय कुरा हो । एउटा निश्चित अवधि पछि अन्धकारलाई प्रकाशले लखेट्छ । अँध्यारोमा आत्तिने मानिसले सोच्नु पर्ने कुरा के हो भने, जतिसुकै गाढा र अथाह अन्धकारलाई पनि उज्यालोको एउटा सानो भन्दा सानो किरणले भगाउने सामथ्र्य राख्दछ । रात जति बाक्लिंदै जान्छ, बिहान त्यति नै नजीक छ भन्ने कुराको द्योतक पनि त्यही नै हुन्छ । कुनै पनि रात वा कुनै पनि अन्धकारको निश्चित आयु हुन्छ । त्यो बुझ्दाबुझ्दै पनि आफ्नो साम्राज्य रहुन्जेल आफूलाई अनन्त, अपरिवर्तनीय र विकल्परहित ठान्ने भूल चाहिँ हरेक अँध्यारोले गरिरहन्छ । उसको त्यो भ्रम क्षणिक हो भन्ने जान्दाजान्दै पनि अँध्यारोले आफ्नो दम्भ भने छोड्दैन । बिचरा अँध्यारो ।
प्रकृतिका हरेक कुरा जस्तै रातको अँध्यारो र दिनको उज्यालोको लुकामारी पनि अनुशासित र नियमवद्ध छ । तर, त्यस बाहेक अरु थुप्रै अँध्याराहरु पनि हुन्छन् । ज्ञानको, चेतनाको, विवेकको, दृष्टिकोणको, व्यवहारको, मानसिकताको र चेतनाका अँध्याराहरु रातको अँध्यारो भन्दा डरलाग्दा र भयावह अँध्याराहरु हुन् । यी अँध्याराहरु किन बढी खतरनाक हुन्छन् भने, यिनका कुनै गति वा समयसीमा हुँदैनन् । यिनलाई चिर्ने उज्यालो रातलाई चिर्ने बिहान जस्तो निश्चित समयमा आउँदैन । यो उज्यालो आफै पनि उत्पन्न हुँदैन । यसलाई आफैले बोलाउनुपर्छ, ल्याउन सक्नुपर्छ । त्यसको लागि आफू अँध्यारोमा भएको कुरा मानिसले थाहा पाउनुपर्छ । तर, यस्ता अँध्याराहरुको सबैभन्दा डरलाग्दो पक्ष धनेको नै के हो भने, मानिसलाई त्यो आत्मवोध हुन त्यसले दिंदैन । यहाँ नेर बिर्सन नहुने कुरा चाहिँ के हो भने, अँध्यारो हजार वर्षको भए पनि, उज्यालोका लागि हजारौं वर्ष लाग्दैन र निमेष भरमै त्यो आउन सक्छ । हो, तर त्यसका लागि विचारले, बोलीले र कर्मले त्यसका लागि प्रयत्न भने गर्नुपर्छ ।
तमसो मा ज्योतिर्गमय ।
हामी पनि अहिले निशाचर हुन बाध्य भएका छौं । हामी अँध्यारोमा रुमल्लिएका छौं । यो एक प्रकारको अँध्यारो नै हो जसले हाम्रो यात्रामा अवरोध उत्पन्न गरेको छ । हामी दिग्भ्रमित भएका छौं । एउटा कालरात्रिको अन्त्य पश्चात हामीले पाएको उज्यालोको किरणहरुलाई हाम्रै विवेक, चेतना र मानसिकताको अँध्यारोले ढाकिदिएको छ । यो समय भन्दा पहिले आएको अँध्यारोलाई हामीले नै निम्त्याएका हौं र यसलाई हामीले नै भगाउन पर्छ । त्यसका लागि सबैभन्दा पहिलो कुरो, हामीले यो अँध्यारोलाई देख्न सक्नुपर्छ । यसको अस्तित्वलाई यदि नदेखेको जस्तो गरेर बस्यौं भने हामी यसै भित्र हराउन सक्छौं । अँध्यारोले निराशावादी बनाउन खोजेको हाम्रो मानसिकतालाई हामीले आशावाद तिर धकेल्नु आजको हाम्रो पहिलो आवश्यकता हो । किनभने, निराश मानिसले समस्याबाट क्षणिक मुक्ति पाउनका लागि दीर्घकालीन असरहरु नसोचेर निर्णय गर्न सक्छ । त्यसैले हतास नभै हामले आफूलाई संयमित राख्नु जरुरी छ । आजको हाम्रो आवश्यकता भनेको अरुका लागि अवरोधहरु सिर्जना गर्नु होइन । अरुका बाटोहरु बन्द गर्ने तिर आफ्नो ऊर्जा खर्चन थाल्यौं भने हामीले आफ्नै बाटो पहिल्याउन सक्दैनौं । अप्ठ्यारो खडा गर्न भन्दा सजिलो बनिदिन धेरै सजिलो हुन्छ । आशावादी हुनु भनेको चराले टाउकामा विष्ट्याएर गयो भने कसो हात्तीहरु उड्न सक्दैनन् तै भनेर चित्त बुझाउन सक्नु होे । हामीलाई अहिले चाहिएको त्यही स्तरको आशावादी सोच हो ।
हाम्रो वरिपरिका हरेक क्षेत्रमा अहिलेको अवस्थामा अँध्यारो छाएको देखिन्छ । राजनीति, अर्थ, वाणिज्य, कला, मानिसमानिस बीचका सम्वन्धहरु, न्याय, कानून, सहिष्णुता र सद्भाव कुनै पनि कुरा यो अन्धकारबाट अछूतो रहेको छैन । त्यसको अर्थ हामी अहिले एउटा अँध्यारो सुरुङभित्र छिरेका छौं । हरेक सुरुङको प्रवेश जस्तै निस्कने एउटा अर्को छेउ पनि हुन्छ । लामो सुरुङ हो भने निकास अलि धेरै पर हुन सक्छ । तर, निकास नभएको कुनै सुरुङ हुँदैन । त्यो निकास, त्यो उज्यालोको किरण एउटा सानो सेतो विन्दुको रुपमा अगाडि कतै देखिन्छ । निरन्तर त्यो उज्यालोतर्फ अग्रसर हुने हो भने क्रमशः त्यसले बृहत रुप लिंदै जान्छ, अँध्यारो पछि छुट्दै जान्छ ।
हाम्रो आजको आवश्यकता वरिपरिको अँध्यारोमा रुमल्लिने होइन, अगाडिको उज्यालोलाई हेरेर त्यस तर्फ बढ्नु हो चाहे त्यो अहिले सियोको टुप्पो भन्दा सानो मात्र किन नदेखियोस् ।

0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment