Translate

Thursday, February 16, 2012

'टाइम अप'

एउटा विशाल र बहुआयामिक चित्रलाई भताभुंग पारेर अनेकौं आकार र बनौटका टुक्राहरूमा छरपष्ट पारेर प्रकृतिले (कसैले ईश्वर भन्छन्) हमीलाई थमाइदिन्छ । यो तेरो जिन्दगी हो, यसलाई मिला भनेर । हामी अन्तिम साससम्म त्यो उसको अमूर्त कलासंग पौंठेजोरी खेलिरहन्छौं, त्यो चित्र के रहेछ भनेर बुझ्नका लागि । यति धेरै चु्च्चोमुच्चो नमिलेका टुक्राहरू....कुनै एक टुक्रा मात्र नमिल्दा पनि हामी त्यो चित्रको भेउ पाउन सक्दैनौं । अहो....किन यति जटिल बनाएर पठाएको होला जिन्द्गी भन्ने कुरालाई । न हामी पू्र्ण रूपले आफूलाई चिन्न सक्छौं, न त आफ्ना वरिपरिका अरू कोही मान्छेलाई । जिन्दगी नामक यो चित्र, जसको बनौट, रहस्य, रंग, केही पनि खुट्याउन नसक्दै उसले भन्छ, 'टाइम अप' ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment