Translate

Sunday, December 22, 2019

सुरुङको बाटो सार्वजनिक

लेखक ब्रजेश खनालले रचना गरेको बाल उपन्यास ‘सुरुङको बाटो’ सार्वजनिक भएको छ । परिचय पब्लिकेशनद्वारा प्रकाशित पुस्तकको शनिबार काठमाडौंमा विमोचन भएको हो । कक्षा–५ देखि १० सम्म अध्ययनरत बालबालिकाका लागि उपयुक्त भनिएको उपन्यासको सोही उमेरसमूहका मानुश्री महत र अनुज्ञा नेपाल तथा लेखक खनाल र सुलोचना मानन्धरले संयुक्त रूपमा विमोचन गरे ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment