Translate

Monday, September 29, 2008

सेभेन स्टोन- जीवन

किन कसरी कहिले
सपना छिन्नभिन्न भयो
पूर्णविराम खोजेको तिमीसंग
जीवन प्रश्नचिन्ह भयो

किन कसरी कहिले
जीवन सेभेन स्टोन भयो
अनवरत एकोहोरो म
एउटा माथि अर्को गर्दै
चाङ लगाइरहेको छु
चुच्चोमुच्चो नमिलेका ढुङ्गाहरू

अनि अचानक पर कतैबाट
हुर्याउँछ्यौ तिमी एउटा बल
भताभुङ्ग बनाउँछ त्यसले
मैले सकीनसकी लगाएको खात
छरपष्टै हुन्छु फेरि म
तिनै ढुङ्गाहरू संगै
तिनै ढुङ्गाहरू जस्तै
ढुङ्गाको पीडालाई पनि तिमी
एकपटक त नियालेर हेर

बटुलबाटुल पार्न थाल्छु
एकपटक फेरि आफूलाई म
सुरू गर्छु चाङ लगाउन फेरि
ती टुक्राटाक्रीहरूसंग आफूलाई म

देखिरहेको छु अलिपर यतैतिर
बल ताकिरहेकी छ्यौ तिमी

5 comments:

  1. पूर्णविराम खोजेको तिमीसंग
    जीवन प्रश्नचिन्ह भयो.........what a wonderful use of Punctuation marks.dhunga lai cheni le shape diyera murti banaye jastai..writer le purnabiram ra prasnacinha lai pani yasto in depth meaning dina sakdo rahecha..simply great!

    ReplyDelete
  2. --" पूर्ण बिराम खोजेको तिमीसँग
    जिबन प्रश्न चिन्ह भयो "--।
    खुब घ त् लाग्यो । अनी यो कबिता सँगइ प्रश्न पनि उब्जिराखेको छ मन मा तपाईंको अनबरत प्रयास स्बरुप च् ङ् लागेको सबै ढुङ्गाको खात मा बल हान्ने तिनी तपाईंको शत्रु त पक्कै होइनन होला ! उनी पक्कै तपाईंको शुभ चिन्तक हुनु पर्च । ( शुभ चिन्तक सोचिदिनु भए अती उत्तम )
    जस्ले त्यो अनबरत प्रयास देख्दा देख्दै पनि छर्प्रस्टै पारीदिन्छिन अर्थात उन्को चाहना त्यो चुच्ने मु च्च ढुङ्गा हरु को च् ङ् बलियो सँग अझै सुन्दर देखिने गरी मिलोस भन्ने पनि हुन सक्छ । होइन र ? :)

    ReplyDelete
  3. लुनाजी,
    तपैंले गर्नुभएको बिश्लेषण अत्यन्तै राम्रो लाग्यो, तसवीरको अर्को पाटो देखाइदिनुभएकोमा तपैंलाई मुरिमुरि धन्यवाद छ ।
    -ब्रजेश

    ReplyDelete
  4. What an Optimism Luna ji!
    Hats off to such thoughts!

    ReplyDelete
  5. An Anonymous jee !
    thank you :)

    ReplyDelete