Translate

Wednesday, October 1, 2008

मेरो तिमी

तिमी न्यानो घाम
शीतल जून पनि तिमी
म त जर्जर हुन्थें मरूभूमितुल्य
नहुँदो हौ त यहाँ तिमी

म बेलाबेला तिम्रो
ठेस बनेर लाग्दा पनि
उल्टै सम्हाल्ने मलाई तिमी
म अघि बढ्छु तर
मेरो पाइला तिमी
मेरो मुटु चल्छ तर
त्यसको स्पन्दन तिमी
म त उष्ण हुन्थें बलौटे वगर झैं
नहुँदो हौ त यहाँ तिमी

मैले तिमीलाई अन्जानमा
कहिले दुखाउँदा पनि
उल्टै मेरो आँशु पुछ्ने तिमी
म आँखा खोल्छु तर
मेरो दृष्टि तिमी
म सास फेर्छु तर
मेरो जीवन तिमी
म त जीर्ण हुन्थें खण्डहर झैं
नहुँदो हौ त यहाँ तिमी

3 comments:

  1. क्रमश पढ्न पाएका दुबै कवितामा 'तिमी' लाई गरिएको सम्बोधनले हामी कुन अवस्थामा 'तिमी'लाई कसरी हेर्छौं भन्ने देखिन्छ । कविता चैं सेभेन स्टोन जीवन मनपर्यो । ( 'र फूल्छन गुराँसहरु'को कुरापनि यतै लेख्छु है - मैले धेरै पहिले कुनै पत्रिकामा पढेको थिएँ र त्यो कुराले मेरो दिमागमा घर बनाईरहेको थियो । त्यसबारे बताउनुभएकोमा धन्यवाद । सम्भव भए यस्ता कुराहरुपनि संस्मरण बनाएर ब्लगमा लेख्नुभए वेश हुन्थ्यो भन्छु म त । )

    ReplyDelete
  2. Who is this "timi"?
    Is this just an imaginative "Timi"?
    Or there is some "REAL TIMI"?
    Who is This "Timi" in Brajesh Ji'Z life that we dont know?!
    And is this the same "timi" who is trying to destroy your seven stone?
    Shall We Expect to Get its Answer??

    ReplyDelete
  3. lovely words !
    beautiful expression !
    she must be happy ! i am jealous .
    no -no just a joke !
    i am happy :)
    ' love is in the air '
    just we need to feel it , then everything seems beautiful around you.
    really , nice poem !

    ReplyDelete