जति घुमिरहे पनि
आफ्नै परिधिमा फन्फनी
कहीं नपुग्ने शून्य
खोक्रो शून्य, रित्तो शून्य
मोल नभएको शून्य
एउटा शून्यबाट सुरू भएको म
मेरा उपलब्धिहरू पनि शून्य
मैले चढ्न खोजेका पहाडहरूका
उचाईहरू पनि शून्य
म एउटा शून्यको पछाडि
थुप्रै लाम लागे शून्य
जति थुप्रे पनि शून्यका पछाडि
शून्य त आखिर रहन्छ शून्य
अनि कुनै बखत कतैबाट
तिमी आयौ, मसंग गाँसियौ
तिमी १ मसंग जोडिनासाथ
म र मेरा थुप्रै शून्यलाई
तिमीले अमूल्य बनायौ
मलाई तिमीले सिकायौ
१ बनेर अघि सर्न
कतै तिमी पनि कुनै बेला
शून्य भयौ भने
अब मलाई डर छैन
जति नै अरू मेरो पछि
जोडिए पनि शून्यहरू
Thursday, October 2, 2008
शून्यको मोल
Subscribe to:
Post Comments (Atom)
रमाईलो लाग्यो यो कविता! कसैको साथले जिन्दगीलाई कसरी बदलिदिन्छ भन्ने कुरालाई रमाइलो 'गणितिय' रुप दिएको छ।
ReplyDeleteशून्यहरु आफैंमा मूल्यवान थिएनन् होला र १ आएपछिमात्रै तिनका पनि 'दिन' आए होलान्, कुरो बुझ्न सकिन्छ। तर १ आफैंपनि के पूर्ण थियो र? ती अनगिन्ती शून्यहरु नभएको भए १ को हैसियत के हुन्थ्यो होला नि?
Diamond doesnt know the brightness of its shine, do you know that..
ReplyDeleteYou are one of those diamonds who is unaware of its value... that is why you are saying your life has so many shunyas..
for some people your are an invaluable asset.. an invaluable treasure..
-- तर १ आँफै पनि के पूर्ण थियो र ? ति अनगिन्ती शून्यहरु नभएको भए ---- ? -- अर्थात १ को के अर्थ हुन्थियो होला र ! यथार्त लेख्नु भो बसन्त जि ।
ReplyDeleteएन आन्नोम्युस जि ! ( कत्ती गार्हो तपाईंको नाम :) ) तपाईंको कमेन्ट पनि उत्तिकै गहन लाग्यो ।
तपाईंहरुको कमेन्ट्ले कबितालाई चार चाड ( जून ) लगाइदिएको छ , सुन मा सुगन्ध छरिदिएको छ । तपाईंहरुको कमेन्ट ले यो कबितालाई झनै ओजस्बी बनाएको छ ।
( मैले जे भन्न् खोजेकी थिए तपाईं हरुको कमेन्ट मा देख्दा द ङ्ग परे ! :) )