Translate

Thursday, October 16, 2008

वर्गीकृत विज्ञापन

वर्गीकृत विज्ञापनको पृष्ठ म
छापिन्छन् म माथि
थरिथरिका आवश्यकताहरू
पूरा हुन्छन् कति,
कति रहन्छन् अधूरा
जस पाउँदिन म पूरा भएकाहरूबाट
दोष थोपर्छन् अधूरा हुनेहरू
तर निर्जीव मानिने पृष्ठका पनि
हुन सक्छन् आफ्नै चाहनाहरू
छाप्न कहाँ जाओस्
बरो वर्गीकृत विज्ञापनको पृष्ठ
उसका आफ्ना आवश्यकताहरू

२०६५ असोज ३०

2 comments:

  1. झट्ट हेर्दा सरल जस्तो तर निकै जटिल पो भो मलाई यो कबिता बुझ्न् ! बल्ल अहिले बुझेकी छु । राम्रो लाग्यो ब्र जेश जि ।
    धन्यवाद है ।

    ReplyDelete
  2. शुभकामना
    सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना
    शुभकामना
    सुख, समृध्दि र प्रगतिको शुभकामना

    दशैँले दशा कटोस् भन्ने
    दशैँको शुभकामना
    दीपावलीले अँध्यारो हटोस् भन्ने
    तिहारको शुभकामना
    नयाँ वर्षले नयाँ नेपाल बनाओस् भन्ने
    नयाँ वर्ष (New Year) को शुभकामना

    भोका पेटले खाना पाओस्
    नांगा आङले नाना पाओस्
    बासविहिन नहोस् कोही
    सबले ओत लाग्ने छाना पाओस्
    हार्दिक शुभकामना
    मंगलमय शुभकामना

    ReplyDelete