विगत केही वर्षहरू मैले चलचित्रको लेखनमा खर्च गरेको हुनाले मेरो साहित्यिक लेखन पाखा लाग्दै गएको थियो। चलचित्र लेख्दा आफूलाई मन पर्ने भन्दा अरूलाई मन पर्ने कुरा लेख्नु पर्ने वाध्यता हुने गर्छ। त्यसैले आर्थिक सन्तुष्टि भए पनि सिर्जनात्मक सन्तुष्टि त्यसमा कम हुने मैले अनुभव गरेको कुरा हो। लेखकको रूपमा मलाई माया गर्ने मेरो सबैभन्दा निकट र प्यारो मान्छेले (उसलाई उसको नाम सार्वजनिक गरेको मन पर्दैन) सम्झाउने, फकाउने, घुर्क्याउने सबै तरिकाबाट मलाई उत्प्रेरित गरिरहेको कारण अनि अन्य शुभेच्छुकहरूको पनि सल्लाहका कारण मैले फेरि त्यो अल्पविरामलाई मेटेर लेख्ने थालनी गरेको छु। तर मलाई लागेको छ, हामीकहाँ प्रकाशन गर्ने ठाउँको अभाव छ। आजकल कला, साहित्य र सङ्गीत पनि वस्तुका रूपमा बजार व्यवस्थापन गर्ने कुरा भैसकेका छन्। सिर्जना भनेको व्यापार भन्दा माथिको कुरा हो भन्ने मलाई लाग्छ।
Wednesday, April 1, 2009
Subscribe to:
Post Comments (Atom)
नेपालमा तपाईँको स्तम्भ एकदमै मनपर्छ ॥ लेख्दै गर्नु ल दाइ !! कहिलेकाहिँ अल्पविराम लाएपनि पुर्णविराम चैँ नलगाउनु होला !!
ReplyDelete