Friday, April 9, 2010

गोरो छालाको महात्म्य

सृष्टिको विकाससँगै मान्छेको पनि हुँदै गएको हो । यो विकासको क्रममा मान्छे जति सभ्य र सुसंस्कृत हुँदै गयो, त्यतित्यति नै उसका विचार र दृष्टिकोणहरू पनि फराकिला हुँदै गए । एउटा मान्छेले आफूजस्तै अर्को मान्छेलाई माया गर्न सिक्दै गयो, सम्मान गर्न जान्दै गयो अनि अरूलाई पनि आफूसरह ठान्नुपर्छ भन्ने बुझ्दै गयो । तर, त्यति हुँदाहुँदै पनि कतै न कतै मान्छेले अर्को मान्छेलाई आफूभन्दा कमजोर कसरी बनाउने, अरूमाथि आफ्नो सर्वोच्चता कसरी कायम गर्ने भन्ने कुराहरू पनि सिक्दै गयो । यी दुईथरी मान्यता भएकाहरूको विचार र व्यवहारको लडाइँ कतै न कतै कुनै न कुनै रूपमा चली नै रह्यो । कहिले त्यसलाई धर्मको छाला ओडाएर लडियो, कहिले कुनै विचार र वादको रूपमा भिडाइयो । त्यसले गर्दा आधुनिक विश्वको इतिहासमा लाज, शरम, ग्लानि र पश्चात्ताप गर्नुपर्ने थुप्रै दुर्घटनाहरू भएका छन् । 

विश्व इतिहासको एउटा यस्तो लाजमर्दो चरण त्यतिबेलालाई मान्न सकिन्छ, जतिबेला गोरो छाला भएकाहरूले कालो छाला भएकाहरूलाई आफूभन्दा निम्न कोटिका प्राणी भनेर छिःछिः दूरदूर गरे । त्यति मात्र होइन, उनीहरूलाई दास बनाएर लामो समयसम्म उनीहरूमाथि हैकम चलाए । काला मान्छेहरूको मानव अधिकार भन्ने कुनै कुरा नै हुँदैनथ्यो । अमेरकिामा निकै पछिसम्म त्यस्ता दासहरूले बिहे गर्न पाउँदैनथे । त्यो युगमा उनीहरूमाथि भएका अत्याचारहरूका बारेमा पछि आएर कति सिनेमा बने, कति किताब लेखिए भनेर गनिसाध्य नै छैन । ती कुराका वर्णनहरू मात्र पढ्दा पनि आङ सिरङि्ग हुन्छ । भोग्नेहरूले कसरी भोगे, त्यो कल्पनासम्म पनि गर्न नसकिने कुरा हो । विस्तारै मान्छे मान्छे बराबर हुन्छ भन्ने विचारले विजय पाउँदै गयो र संसारबाट रंगभेद निमिट्यान्न पार्न विवेकशील मान्छेहरू लागिपरे । तर, यो विभेदले यति गहिरो जरो गाडिसकेको थियो, यो कुनै न कुनै रूपमा कतै न कतै रावणको काटिएको टाउको जस्तै पलाइरहन्थ्यो । यसको नाभी कहाँ छ भनेर खोज्न मान्छेहरूलाई हम्मेहम्मे पररिह्यो । अरू त कुरा छोडौँ, विकास र मानव अधिकारको कुरामा आफूलाई सबैभन्दा अगाडि देख्न चाहने अमेरकिाजस्तो देशमा समेत बीसौँ शताब्दीको सुरुसम्म पनि कुनै अमेरकिनले कालो जाति वा मलाय समूह भनिने देशका महिलासँग बिहे गरेमा उसले अमेरकिाको नागरकिता पाउँदिन थिई । कमिटेड भन्ने किताब लेख्नका लागि एलिजाबेथ गिलवर्टले गरेको अनुसन्धानमा पत्याउनै नसकिने केही यस्ता उदाहरणहरू पाइन्छन् । 

सन् १९३० ताका पल पपेनो नामका मानिसले गोरा सन्तानहरू मात्र जन्मिनुपर्छ र भविष्यमा गोराहरूको मात्र बाहुल्य हुनुपर्छ भनेर ह्युम्यान बेटरमेन्ट फाउन्डेसन भन्ने संस्था नै खोलेका थिए । गलत रंगका मान्छेहरूको संख्या बढेकामा उनी चिन्तिन भएका थिए । त्यस्ता मान्छेहरूलाई सन्तान उत्पादन गर्नै नसक्ने बनाइदिनुपर्छ भन्ने उनको मान्यताबाट प्रभावित भएर नाजीहरूले जर्मनीमा चार लाख मान्छेहरूका सन्तान उत्पादन गर्ने क्षमता नाश गरििदएका थिए । अमेरकिामा नै पनि यो विचारका कारण ६० हजार गलत रंगका मान्छेहरूले आफ्नो त्यो क्षमता गुमाउन बाध्य हुनुपरेको थियो । 

त्यहाँ गलत रंग भएकाहरूसँग प्रेम मात्र गर्नेहरूलाई पनि झ्यालखानामा हाल्नसक्ने प्रावधान त बल्ल सन् १९६७ मात्र आएर हटेको थियो । १९५८ मा रचिार्ड लभिंग भन्ने मान्छेले एक जना कालो जातिकी युवतीसँग बिहे गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेर जेल नै हालिएको थियो भन्ने कुरा पत्याउन गाह्रो पर्छ । उनीहरूका विरुद्ध अदालतको फैसलामा भनिएको थियो, भगवान्ले स्वयं थरीथरी रंग र वर्णका मान्छेहरूलाई बनाएर संसारको फरक-फरक भागमा बसाएका हुनाले उनी पनि यी एकआपसमा मिलून् भन्ने चाहँदैनन् । यो निर्णयलाई उल्टाउनका लागि मानव अधिकारवादी वकिलहरूले १९६७ सम्म प्रयास गर्नुपरेको थियो ।

अहिलेको समाजमा यस्ता कुरा गर्नेहरूलाई 'रेसिस्ट' भनेर बहिष्कार गरन्िछ । रंगभेदको कुरालाई निरुत्साहित गर्नका लागि सक्नेजति प्रयासहरू विश्वमा भइरहेका छन् । तर पनि पपेनोका विचारहरू प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अहिले पनि हामीचाहिँ हाम्रो वरपिर िदेख्न सक्छौँ । यो ठूलो विडम्बना हो । गोरो छालाप्रति हाम्रो आशक्ति अझै पनि मरेको छैन भन्ने कुराका प्रमाणहरू बग्रेल्ती देख्न सकिन्छ । छोरी काली छ भने बिहे गर्न गाह्रो हुन्छ भन्ने पीरले बाबुआमालाई अझै सताउन छोडेको छैन । राम्रो मान्छेको उपमा भनेको गोरो वा गोरी भन्न हामीले अझै पनि कहाँ छोडेका छौँ ? आकर्षणको पहिलो विन्दु नै गोरो छाला हुने गर्छ, किन ?

रंगभेदी विचारका सबैभन्दा ठूला पक्षपातीहरू हुन्, छाला गोरो बनाउने क्रिमका उत्पादकहरू र तिनका आतंककारी विज्ञापनहरू । कहिले ध्यान दिनुभएको छ भने तिनले के प्रचार गररिहेका छन् भनेर तपाईं-हामीलाई डर लाग्नुपर्ने हो । काली केटीको बिहे हुँदैन, काली केटीले जागिर पाउँदिन, कालो केटा गतिलो काम गर्न सक्दैन, प्रेमिका बनाउन सक्दैन किनभने उसलाई कुनै केटीले हेर्दिन, पत्याउँदिन । काला मान्छेहरू अरूको अगाडि पर्न सक्दैनन् । तर, जब तिनले फलानो फलानो क्रिम लगाएर केही सातामा गोरो छाला पाउँछन् अनि मात्र तिनको सबैथोक सुध्रन्छ । गोरी भएपछि मात्र एउटी केटीले जागिर पाउँछे । उसलाई अस्वीकार गरेर गएको केटा उसको चरणकमलमा पर्न आउँछ । कालो हुन्जेल एक्स्ट्रा मात्र भएको केटालाई गोरो हुनासाथ निर्देशकले नायक बनाउँछ । कस्तो गरबि मानसिकताको खेती गररिहेका छन् यिनीहरू ? 

१ हजार ६ सय गर्लप|mेन्ड भएका कृष्णजीको छाला गोरो थिएन रे ! हामीले देखेका/सुनेका मात्रै कुरा गर्ने हो भने अब्राहम लिंकन, एडी मर्फी, नाओमी क्याम्पबेल, ओप|mा विन्प|mे, नेल्सन मन्डेला, बाराक ओबामा, बियोन्से, रहिाना, विल स्िमथजस्ता अनगिन्ती नामहरूका बारेमा तिनले सुनेका छैनन्, जो समाजको हरेक क्षेत्रमा अब्बल हुन सक्षम भएका छन् । र, ती उपलब्धिका शिखरमा पुग्नुअघि ती कसैले पनि कुनै क्रिम लगाएर आफ्नो छालालाई गोरो बनाउनु परेको थिएन ।

SOUND AND NOISE

"Let us learn today, what our eyes, ears and mouth are for" Throughout our school, we chanted this song- clapping our hands-...