Thursday, June 3, 2010

जिम्मेवारीको नवीकरण

नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोबाट

राजनीतिभन्दा पृथक् विषयहरूमा 'बायाँ फन्को'लाई सीमित राख्ने ध्याउन्न बेलाबेला असहज हुने गर्छ किनभने अचेल हाम्रो समाजमा हरेक कुराको राजनीतीकरण हुने गरेको छ । त्यसैले बेलाबेला हाँडीबाट उछिट्टएिको तातो मकैजस्तो बनेर 'बायाँ फन्को' राजनीतिको भुंग्रोमा हाम फाल्न पुग्छ, नचाहँदा नचाहँदै । यसपटक पनि त्यस्तै भएको छ । राजनीतिक गतिविधि र त्यहाँको अखडामा हुने उठापटकले एउटा आमनागरकिलाई पर्ने हदसम्मको असर पर्ने बेलामा आँखा चिम्लेर समस्याहरू नदेखिए पनि हराउनचाहिँ हराएका हुँदैनन् । देश हाँक्ने मान्छेहरूले गरेका कुराहरू जटिलताको पराकाष्ठामा पुगेर भ्रामक भएको बेलामा, तिनका कुराहरू बाझेर मान्छेपिच्छे आएका फरक अभिव्यक्तिहरूले आफ्नो बुझ्ने क्षमतामा नै धमिरा लगाइदिएको बेलामा हामीजस्ता नागरकिलाई आफू र आफ्नाहरूका साथै देशकै भविष्यका बारेमा अत्यास लाग्नु स्वाभाविक पनि हो ।

आकाशमा उडिरहेको हवाईजहाजमा कुनै गडबडी आयो भने चालक दलको सबैभन्दा ठूलो दायित्व हुन्छ, आफू नियन्त्रणमा रहनु, परििस्थतिको गम्भीरतालाई आफ्नो अनुहार वा व्यवहारमा आउन नदिनु र समस्याको समाधान खोज्नु । पाइलट आफैँ उत्तेजित र हतास भएर छटपटिन थाल्यो भने यात्रुका लागि त्यसभन्दा भयावह अवस्था केही पनि हुँदैन । तर, हामी अहिले एउटा यस्तो उडानमा छौँ, जहाँँ हाम्रा पाइलटहरू गर्न नहुने सबै काम गररिहेका छन् । अनि, हामी असहाय र निराश बन्न बाध्य पारएिका छौँ । हामीलाई हाम्रो चिन्ता छ, हाम्रा सन्तानको चिन्ता छ । हामीलाई हाम्रो देशको चिन्ता छ, जुन देशलाई आमा भनेर सम्मान गर्नुपर्छ भनेर हामीलाई सिकाइएको छ, पढाइएको छ । तर, हाम्रो भविष्य अहिले आकाशमाथिको एउटा यस्तो जहाजमा निर्भर छ, जसका चालक दल हामीले नै छानेका थियौँ । यिनीहरूले उडानमा प्रयोगहरू गरे, पालैपालो पाइलट को बन्ने भनेर विवाद गरे, भाग लगाए, सबैको उडाउने रहर र पालो पनि पुर्‍याए । तर, हामीलाई जहाँ पुर्‍याउनुपर्ने थियो, त्यहाँ अवतरण गर्ने बेला जतिजति नजिक आउँदैछ, त्यतित्यति उनीहरू नै शंका/उपशंका गर्न थालेका छन्, हानथाप गर्न थालेका छन् अनि हामी निरीह बनेर हेर्ने बाहेक केही गर्न सकिरहेका छैनौँ । कठै हाम्रो नियति !

अहिले जेठ १४ को आतंकमा हामी बाँचेका छौँ । देशले नयाँ संविधान पाउने भनेको देश र त्यहाँका जनताका लागि कति ठूलो उल्लासको अवसर हुनुपर्छ, त्यो खुसीयाली बाँड्न, साट्न र मनाउन हामीले तयारी सुरु गर्न पाउनु हाम्रो अधिकार हुनुपथ्र्यो । तर, त्यसको उल्टो जेठ १४ भनेको त हाम्रो घाँटीमाथि नांगो तरबार बनेर पो झुन्डिएको भान भएको छ । उल्लासको त कुुरा परै जाओस्, त्यस दिन र त्यसपछिका दिनहरूमा के हुने हो भनेर हामी चिन्तित पो भइरहेका छौँ । तर, ज-जसलाई यो कार्यका लागि हामीले जिम्मेवारी सुम्पेका थियौँ, तिनले जनतालाई यो मानसिकतामा पुर्‍याएको अपराधबोध गर्न सकेका छैनन् । फरकफरक नेता, चाहे ती जिम्मेवार हुन् वा नहुन्, चाहे तिनको भनाइको कुनै अर्थ होस् या नहोस्, सबैले थरीथरीका अभिव्यक्तिहरू दिएर हामीजस्ता राजनीति नबुझ्ने सर्वसाधारणलाई रनभुल्लमा पारििदएका छन्, तर्साइदिएका छन् । कोही गृहयुद्धको कुरा गर्छन्, कोही निणर्ायक आन्दोलनको । कोही सैनिक श्ाासनको डर देखाउँछन्, कोही मरेको बाघ ब्यूँझने सम्भावना देखाउँछन् । कोही विकल्पका रूपमा अर्को चुनाव अघि सार्छन्, कोही कुनै विकल्प नै छैन भन्छन् ।

समग्रमा भन्दा सबैले जनतालाई अलमल्याउने, तर्साउने र निराश बनाउनेबाहेक कुनै सकारात्मक कुरा गर्दैनन् । संविधान कसरी बन्छ भन्नेमा भन्दा संविधान नबनेपछि आउने भयावह अवस्थाका लागि कसको थाप्लोमा दोष थोपर्ने भन्नेमा नै सबैको शक्ति खर्च भइरहेको छ । यो सब देख्दा एउटा आमनागरकिको मनोदशा के हुन्छ भन्ने कुरा आमनागरकिका प्रतिनिधिहरूले नै सोचेका छैनन् अथवा त्यो सोच्नु उनीहरूको प्राथमिकताको सूचीमा निकै पछिसम्म पनि पर्दैन । यो जिम्मेवारीका पछाडि पौने तीन करोड नेपालीका सपनाहरू गाँसिएका छन्, तिनको समुन्नत भविष्यका आशा गाँसिएका छन् भन्ने कुरा उनीहरूले चटक्कै बिर्सेको देख्दा आफ्नो निरीहपनामा आँसु झार्नेबाहेक अरू के गर्ने हामीले ?

विश्वविख्यात् साहित्यकार जर्ज बर्नाड शा सधँै पुराना किताबहरू बेच्ने ठाउँमा गएर आधा मोलमा किन्थे रे ! एक दिन त्यस्तै पसलमा गएको बेला त्यहाँ उनले आफ्नो एउटा किताब पनि आधा मोलमा बेच्न राखेको देखेछन् । कौतूहलवश त्यो किताब लिएर पल्टाउँदा उनले थाहा पाए, त्यो उनले आफ्नो एक जना मित्रलाई उपहार दिएको किताब पो रहेछ । पहिलो पानामा उनले आफ्नो मित्रलाई शुभकामनासहित भनेर दस्तखत पनि गरेका थिए । उनले त्यो किताब किनेर लगेछन् अनि पहिलो शुभकामनाको मुनि 'शुभकामनाको नवीकरणसहित' भनेर फेर िदस्तखत गरेर त्यही मित्रलाई पठाइदिएछन् ।

हामी पनि अहिले कुनै पुरानो पसलमा छौँ । हामीले जसलाई जे जिम्मेवारी दिएका थियौँ, तिनले त्यसलाई ल्याएर यही पुरानो पसलमा अलपत्र पारेर गएका छन् । अब हामीसँग त्यही विकल्प मात्र बाँकी छ त ? फेर ित्यसलाई त्यहीँ नै पठाउने अनि मुन्तिर लेख्ने, 'जिम्मेवारीको नवीकरणसहित' । जोडिएपछि मुठ्ठी बन्छ, बलियो हुन्छ, होइन भने एकापसमा नमिलेका एक्लालाई औँंला भन्छन् र त्यो कमजोर हुन्छ भन्ने सामान्य कुरासमेत भुलेर किन हाम्रा अगुवाहरू एकापसमा जोरी मात्र खोजेर समय बर्बाद गररिहेका हुन् भन्ने कुरा नबुझेर हामी हतास भइसकेका छौँ । अझै पनि समय बाँकी नभएको होइन । तपाईंहरूलाई त्यहाँ पुर्‍याउनका लागि कति नागरकिले आफ्नो के के गुमाएका छन् भनेर एकपटक सोच्नूस्, एकपटक जुटेकोे अनुभव पनि गरेर हेर्नूस्, हामीले चाहेको निकास हामीलाई दिनूस् । यो मुलुक र हामी जनता तपाईंहरूप्रति आभारी हुनेछौँ

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...