Monday, March 19, 2012

भीरमा जाने गोरू

नेपाल दूर संचारको एउटा प्रिपेड सिम कार्ड लिनु पर्ने बाध्यता (रहरले त उपभोक्ताले गतिलो कुरा खोज्छ, तर बाध्यताले नचाहेको काम पनि गराउँछ) परेर फागुन ६ गते पुल्चोक कार्यालय पुगियो । थाहा भयो, प्रिपेड लिन जाउलाखेल कार्यालय नै जानु पर्छ रे । अरूले सजिलोसंग टोलटोलबाट उपलब्ध गराउने साधारण कुरा नेदूसंले अझै कुनै दुर्लभ जिनिस जस्तो किन बनाएको होला भनेर गम्दै त्यहाँ पुगियो । काउण्टर पछाडि बसेका कर्मचारीहरूको मुस्कान भन्ने कुरास‌ग गोरू बेचेको पनि नाता नपर्ने रहेछ । सवारी चालक अनुमति पत्रको आधारमा सिम दिन नमिल्ने कुरा आँखा तर्दै तिनले बताए । नागरिकता नभै हुन्ने रे । 

ए बाबा, सवारीचालक अनुमति पत्र भनेकै नागरिकताको आधारमा दिइन्छ र त्यसमा नागरिकताको नम्बर पनि हुन्छ भन्दा पनि केहि लागेन । प्रतिस्पर्धामा पछाडि परिसक्दा पनि उपभोक्तालाई सजिलो बनाउने तर्फ कुनै ध्यान नदिने नेदूसंलाई के भन्नु ? सायद अझै पनि मानिस मोबाइल फोनलाई कुनै मायावी र दुर्लभ बस्तु ठान्छन्, बजारमा नेदूसंको नै एकाधिकार छ र जे भने पनि लोप्रे कान लगाएर सिम नलिई सुख्खै छैन भन्ने भ्रम छ उनीहरूलाई । 

आफुलाई परे पनि नचेत्ने हो भने यति मात्र भन्न सकिन्छ,
भीरमा जाने गोरूलाई काँध थाप्न हैन, रामराम मात्र भन्न सकिन्छ ।

रामराम नेपाल दूरसंचार संस्थान

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...