Monday, March 19, 2012

अर्थ, अनर्थ, अर्थ न बर्थ


केही समयअघिको कुरा हो, एउटा समाचारको शीर्षक यस्तो थियो, 'प्रधानमन्त्रीद्वारा कब्जा गरएिको सम्पत्ति फिर्ता गर्न निर्देशन।' शीर्षक मात्र पढ्ने हो भने प्रधानमन्त्रीले सम्पत्ति कब्जा गरेछन् र त्यो फिर्ता गर्नका लागि उनलाई कसैले निर्देशन दिएछ भन्ने अर्थ लाग्ने त्यस समाचारको खास अर्थचाहिँ माओवादीहरूले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिए भन्ने थियो। त्यस कारण आममान्छेले पनि स्पष्ट बुझ्नका लागि त्यस समाचारको शीर्षक हुनुपथ्र्यो, 'कब्जा गरएिको सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्रीद्वारा निर्देशन।' अझ स्पष्ट र सटीक शीर्षक हुनुपथ्र्यो, 'माओवादीद्वारा कब्जा गरएिको सम्पत्ति फिर्ता गर्न प्रधानमन्त्रीद्वारा निर्देशन।'


हुनलाई त एउटा नाथे शब्द अगाडिको पछाडि मात्र पर्ने हो तर शीर्षक लेख्ने मान्छे र भाषा सम्पादकहरूको सानो हेलचेक्र्याइँले अर्थलाई कसरी अनर्थमा परण्िात गर्न सक्छ भन्ने कुरामा अरू नभए पनि सञ्चारमाध्यमहरूचाहिँ चनाखो हुनुपर्छ। अहिलेको संसारमा निकै परविर्तन भइसक्यो। आर्थिक, सामाजिक, प्राविधिक, बौद्धिक र राजनीतिक रूपमा हामी कहाँबाट कहाँ पुगिसकेका छौँ। आमसञ्चारको परभिाषा नै अर्कै भइसक्यो। हामीले त्यसको माध्यम, प्रविधि र गतिजस्ता कुरामा चिताउनै नसक्ने फड्का मारसिकेका छौँ। तर, भाषा र वाक्य संयोजनका कुरामा भने अहिलेसम्म हामी जहाँको त्यहीँ नै रहेछौँ भन्न्ने कुरा पत्रपत्रिका पढ्दा, रेडियो र टेलिभिजन हेर्दा भान हुन्छ। अचेल पनि बेलाबेलामा यस्ता भ्रामक र अर्थको अनर्थ लाग्ने वाक्य संयोजनहरू पढ्न र सुन्न पाइन्छ। केही समयअघि कुनै एउटा पत्रिकामा छापिएको थियो, 'मृत अवस्थामा लाश बरामद।' 



धन्य परमात्मा ! अरू बेला ज्यूँदो अवस्थामा पनि कतै लाश बरामद भएको त पक्कै छैन होला। लाश भनेको मृत नभए के हुन्छ कुन्नि ? 'ओझेलमा परेका चर्चित व्यक्तिहरू'जस्ता हास्यास्पद शीर्षकहरू पनि हामी बेलाबेला पढ्न पाउँछौँ। 



पञ्चायतकालताका राजा वा राजपरविारका अन्य सदस्यहरूको नामभन्दा अघि अरू कसैको नाम लिन वा लेख्न हुँदैन भन्ने अघोषित नियम थियो। जानीजानी अथवा अज्ञानतावश पनि त्यसको पालना नगर्नेलाई अञ्चलाधीश कार्यालयले पुर्जी काट्ने, स्पष्टीकरण माग्ने र सके दुई-चार दिन मामाघरमा जाक्ने गरन्िथ्यो। त्यतिबेला लेटर प्रेस भन्ने प्रविधिबाट पत्रिकाहरू छापिने गर्थे। भुक्क उठेका सिसाका एक-एक अक्षर, मात्रा, ह्रस्व दीर्घका टुक्रा खोपाखोपामा छुट्याएर राखिएका हुन्थे र हातले लेखिएका सामग्री हेर्दै कम्पोजिटरले ती अक्षर टिपीटिपी चाङ मिलाउनुपथ्र्यो। ट्रेडल भनिने मेसिनमा छापिनका लागि घोटिँदाघोटिँदा कतिपय अक्षरहरू खिइसकेका हुन्थे र कहिलेकाहीँ राम्ररी छापिँदैनथे। ती अक्षर भारतबाट मगाउनुपथ्र्यो। त्यसैले भन्दाभन्दै नयाँ परविर्तन गर्न पनि सम्भव हुँदैनथ्यो। त्यस्तै खिइएको एउटा आधा अक्षर राम्ररी नछापिएका कारण एकपटक पञ्चायतका उग्र हिमायती र अन्धो राजभक्त एक जना सम्पादकको पत्रिकामा श्री ५ वीरेन्द्रको साटो आधा न खिइएका कारण 'श्री ५ वीरेद्र' मात्र छापिएको थियो। त्यो 'अपराध'का कारण उनी अञ्चलाधीश कार्यालय धाएका थिए र बजारमा गएका पत्रिका सबै फिर्ता लिने सर्तमा उम्केका थिए। उनी छाप लागेका राजभक्त नभएका भए त सायद खोरमा नै पनि जाकिन्थे होला। 



त्यस अवस्थाले गर्दा आमसञ्चारका माध्यममा लेख्ने/पढ्नेहरूमा तत्कालीन राजा र राजपरविारका सदस्यहरूको मात्र नभई कुनै पनि शासक, नेता वा प्रभावशाली मान्छेको नाम अगाडि नै लिनुपर्छ भन्ने अघोषित मानसिकता हावी भएको हुनुपर्छ। त्यसैले त त्यतिबेलाका समाचारहरूमा वाक्य संयोजन यस्तो हुने गर्थे, 'श्री ५ महाराजाधिराज फलानोफलानोबाट जर्मनीको चान्सलर पद सम्हाल्नुभएकामा ढिस्कानोढिस्कानोलाई एक बधाई तथा शुभकामना सन्देश प्रदान गरबिक्सेको छ।' 



त्यो मानसिकता अझै पनि बिरालो बाँध्ने परम्पराजस्तो हामीमाझ हावी भएकाले नै माथि उदाहरण दिइएका जस्ता वाक्य संयोजन हामी अझै पनि पढ्न, सुन्न पाइरहेका छौँ। हाम्रा अधिकांश सञ्चारमाध्यममा 'हाजिर जवाफ'लाई 'हाजिरी जवाफ' भनेर लेखिन्छ। जवाफ हाजिर हुनुपर्ने हुनाले राखिएको नामलाई यसरी प्रस्तुत गरन्िछ, मानौँ जवाफ कुनै कर्मचारी वा विद्यार्थी हो र उसले कुनै ढड्डामा हाजिरी गर्नुपर्छ। विमान परचिारकिा नलेखेर 'एयरहोस्टेज' लेख्ािन्छ। अंग्रेजी नै लेख्न परे सही अर्थ लाग्ने त 'एयरहोस्टेस' हो। 'होस्टेज' र 'होस्टेसमा' आकाशपातालको फरक हुन्छ होइन र ? 'एयरहोस्टेज' भनेको त हवाईबन्धक हुन्छ। कि म मूर्खले मात्र नबुझेको कुरा हो त्यो ? समाचारबाहेक अझ विज्ञापनको भाषाको कुरा गर्ने हो भने त झन् रमाइलो छ। 'जाँड, रक्सी, धुम्रपान, ड्रग्स तथा डायविटिजजस्ता कुलतबाट छुट्कारा पाउन हामीकहाँ सम्पर्क राख्नुहोस्' भन्ने एउटा पसलको विज्ञापन देखेर म हाँस्दाहाँस्दा बाटैमा झन्डै बेहोस भएर पछारएिको छु। मैले रोग भन्ठानेको मधुमेह कहिलेदेखि कुलत भएछ, मलाई त थाहा पनि भएन। 'बिनाअपरेसन हर्ट एटेक, बाइपास र एन्जियोप्लास्टी गरन्िछ' भन्नेर विज्ञापन गर्ने महापुरुषहरूको कमी छैन यो देशमा। हर्ट एट्याक गराउन को जान्छ होला, किन जान्छ होला त्यहाँ ? अनि, बिनाअपरेसन बाइपास र एन्जियोप्लास्टी कसरी हुन्छ होला ! त्यस्तो विज्ञापन पनि पत्रिकामा छापिनु अझै रमाइलो कुरा हो। त्यसबाहेक हिन्दी विज्ञापनको नेपाली अनुवादको कुरा गर्ने हो भने त एउटा सानोतिनो शोधपत्र नै तयार गर्न सकिन्छ। विज्ञापनदाताहरूले 'तालुपनाको उपचार' र 'त्वचामा निखार' र 'नजर रुक्छ' जस्ता शब्दको आविष्कार गरेर नेपाली भाषालाई समृद्ध बनाएका छन्। राज्यले सम्मान गर्न बिर्सेका यस्ता अलौकिक शब्द आविष्कारकहरूले हरेक शब्दमा 'पना' थपेर भाषालाई अझै बढी विस्तृत बनाएका छन्। तालुपना, मोटोपना, गोरोपना, कालोपना, नरमपना, सुक्खापनाजस्ता असंख्य नयाँ पनाहरू ती महामानवले हामीलाई दिएका छन्। टेलिभिजनमा हेर्ने हो भने पनि कुरीकुरी लाग्ने विज्ञापनहरूको कुनै कमी हुँदैन। च्याउ उम्रेसरी उम्रेका एफएम रेडियो र धेरैजसो निजी टेलिभिजनका उद्घोषकहरूले बोल्ने भाषाका बारेमा त मभन्दा ठूला ज्ञाताले धेरैपटक धेरै लेखिसकेका छन्, बोलिसकेका छन्। 



भाषाको मूल काम भनेको सञ्चार हो, कुरा बुझाउनु हो, त्यसैले सबै मानिस भाषा, व्याकरण र वाक्य संयोजनमा छुरा हुनुपर्छ भन्ने केही छैन। म आफैँ पनि शतप्रतिशत भाषाको ज्ञाता कहाँ हो र ? तर, कमसे कम आमसञ्चारका माध्यमले र विज्ञापनकर्ताहरूले भने कुनै पनि भाषा प्रयोग गर्दा अर्थको अनर्थचाहिँ नहोस् भन्ने कुरामा अलि बढी नै ध्यान दिनुपर्छ भन्ने मात्र मैले धृष्टता गरेको हँु। भूलचुक भए क्षमा पाऊँ !  

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...