Monday, April 2, 2012

परिवर्तन, समाज र समय


यात्रा भन्ने कुरा रमाइलो हुन्छ। जहाँ जस्तो भए पनि यात्राले केही न केही नयाँ खुराक दिएकै हुन्छ। कहिले प्रसंग, कहिले घटना र कहिले विचार दिन्छ, यात्राले। त्यसैले अघिल्लो साता केही दिनका लागि काठमाडाँैबाहिर जाने साइत जुरेका बेला यस्तै केही प्राप्तिका लागि आशावादी हुनु अस्वाभाविक थिएन। यात्राका क्रममा राजमार्गमा चल्ने ट्रकहरू पनि मनोरञ्जनका राम्रा स्रोत हुन सक्छन्। तिनका पछाडि लेखिने उद्गार, मुक्तक, दर्शन र वाणीहरूले कहिले यात्राको थकान र पट्यारलाई नै बिर्साउने गरेर हँसाउँछन् भने कहिले तिनमा आशा नै नगरएिका गहन कुराले सोच्न बाध्य बनाउँछन्।



यसपटक पनि त्यसै गरी ट्रक साहित्यको आनन्द लिँदै सवारी हाँक्दै जाँदा देखिएका मध्ये दुइटा लेखौटले चाहिँ सोच्न बाध्य बनाए। ती दुवैमा लेखिएका एउटा पंक्तिमा साधारणतया धेरैपटक लेखिसकिएका नियमित कुरा थिए भने अर्कोचाहिँ परमिार्जित प्रयोगहरू थिए। ती प्रयोगमा समाहित भाव भने हाँसेर पन्छाउन नसकिने खालका थिए। तिनले आजको हाम्रो समाज, यो समाजमा बस्नेहरूका मानसिकता र व्यवहारमा आएको परविर्तन देखाउँथे। पहिलो ट्रकमा लेखिएको कविता -?) ठूलो स्वरमा पढ्दै थिएँ:



फूल भनी टिपेको त काँढा परेछ, च्वाँक भनी... त ... परेछ।'



त्यसमा लेखिएका ती दुई शब्द यति धेरै अश्लील र सस्ता थिए, तिनलाई यहाँ उल्लेख गर्न पनि सकिँदैन। दिनहुँ हजारौँ यात्रुहरूको आँखा पर्ने गरी बाटामा गुड्ने सार्वजनिक सवारी साधनमा खुलेआम त्यति उच्छंृखल र अश्लील अभिव्यक्ति लेख्न सक्ने मान्छेको मानसिकता कस्तो होला भनेर कल्पना गर्न सकिन्छ। लेख्नेले त लेख्यो रे लौ तर त्यसलाई नियन्त्रण गर्ने अभिभारा पनि त कुनै न कुनै निकायको होला नि! यातायात व्यवसायी संघ, यातायात कार्यालय वा ट्राफिक प्रहरी कसै न कसैको आँखा त त्यसमा नपरेको अवश्य होइन होला। तैपनि, निर्वाध रूपमा अश्लीलताको विज्ञापन गर्दै त्यो ट्रक गर्वसाथ छाती फुकाएर हुइँकिरहेको थियो। अचम्म ! हामी उन्मुक्तिका भ्रममा कतै अश्लीलतालाई आत्मसात् त गररिहेका छैनौँ? यो कुराको आशंका गर्नका लागि केही अरू छिटपुट घटना पनि नभएका होइनन्। 



सिनेमा, साहित्य र संसद्जस्ता स्थानमा अचेल अश्लील शब्द उर्वर भइरहेका छन्। यौन र यौनांगका कुरा लेख्दैमा, बोल्दैमा वा तिनको चर्चा गर्दैमा अश्लील भइन्छ भन्ने त मेरो आशय पटक्कै होइन। ती कुरालाई कुन रूपमा र कसरी लेखिन्छ वा बोलिन्छ भन्ने मात्र हो। हुन त नैतिकता, श्लीलता र अश्लीलताका कुरामा हामी दिग्भ्रमित छौँ, हाम्रा दोहोरा मान्यता छन्। हामी एकातिर चलचित्रलाई चाहिँ सेन्सर गर्नुपर्छ भन्छौँ, गर्छौं पनि। चरत्रिलाई विश्वसनीय बनाउने क्रममा कुनै पात्रले बोलेका अपशब्दलाई पनि टुइँक्क पार्छौं अनि अर्कातिर साहित्यमा सेन्सर चाहिँदैन भनेर उदार पनि छौँ। हामी सांकेतिक रूपमा मात्र नग्न देखाइएकी कुनै अभिनेत्रीका पोस्टरले चाहिँ दुर्घटना हुन्छ भनेर त्यसको उछित्तो काढ्छौँ। तर, बिनासंकेत ठाउँ-कुठाउँमा राखिएका गतिरोधक ढिस्का र खाल्डालाई सामान्य ठान्छौँ। कुनै विज्ञापनमा छोटो स्कर्ट लगाएकी मोडलबाट नैतिक पतनको खतरा देख्छौँ तर स्वदेशी/विदेशी अश्लील पुस्तक खुलेआम सडकपेटीमा बेच्ने छुट दिन्छौँ।



यात्राकै क्रममा अर्को ट्रकमा देखिएको लेखौट त झनै पीरलाग्दो थियो:



'खुकुरी प्रहार, ड्राइभर फरार...आँखा लाइस् कि खुकुरी खाइस्।'



'आँखा लगायो भने जुत्ता खालास्' भन्ने उद्गार अब त खुकुरी खाने चेतावनीमा परण्िात भइसकेछ। के सार्वजनिक रूपमा कसैलाई खुकुरी हान्ने हाँक दिन पाइन्छ? जुत्ताबाट खुकुरीमा पुगेको त्यो लेखाइले के अथ्र्याउँछ होला भनेर निकैबेर घोत्लन बाध्य बनायो। के हाम्रो मानसिकता र हामी बाँचेको आजको समय अश्लील, अराजक, आक्रामक अनि हिंस्रक हुँदै गएको हो? मानव प्रजातिले आफ्नो प्रारम्भिक विकासक्रमका पशुप्रवृत्तिलाई त्यागेर, जितेर बढीभन्दा बढी सभ्य, सौम्य र सुसंस्कृत हुँदै आउनका लागि निकै लामो युग खर्च भएको छ। तर, हामी भने विकासक्रमको उल्टो दण्डहीनता र आक्रामक शक्तिका आधारमा आफूलाई अरूभन्दा शक्तिशाली देखाउने अभियानतिर र्फकन थालेका त होइनौँ भनेर मलाई भित्रैसम्म चिसो पसेको थियो, त्यो देख्दा। ख्यालठट्टाका लागि मात्र खुकुरी खालास् भनेर लेखिएको हो भने पनि के त्यस्तो संवेदनशील कुरामा ठट्टा गर्न हुन्छ? पाइन्छ?



होइन, यी परविर्तित उक्तिहरूले कुनै न कुनै रूपमा हाम्रो आजको मानसिकताको प्रतिनिधित्व गर्छन् भने हामी कतातिर उन्मुख भइरहेका छौँ भनेर सोच्ने बेला भइसकेको छ। हाम्रा पाइला साँच्चै गलत बाटामा परसिकेका हुन् भने अहिले नै त्यसलाई रोक्ने बेला भइसकेको छ। परविर्तन समयको अभिन्न अंग हो तर हरेक परविर्तन असल नै हुन्छन् भन्ने आवश्यक छैन। कहिलेकाहीँ परविर्तन नकारात्मक रूपमा पनि भइरहेको हुन सक्छ। कहिलेकाहीँ सकारात्मक परविर्तनको महत्व नबुझेर वा अलमलिएर मान्छेले त्यसको नकारात्मक प्रतिफल फलाइरहेको पनि हुन सक्छ। हामीलाई अश्लील, आक्रामक, अराजक र हिंस्रक कला, साहित्य, सिनेमा, नारा, उद्गार, विचार, मानसिकता वा अरू कुराहरूले बढी आकषिर्त गर्न थालेको हो भनेे त्यसले हामीसँगै हाम्रो समय र समाजलाई नै गलत बाटोमा डोर्‍याउँछ। त्यसैले परविर्तनको हुरी चलेका बेला त्यसलाई सकारात्मक बाटोमा मोड्नका लागि सबै सचेत हुनुपर्छ। समाज, परविेश, राजनीति, अर्थ, घटना, प्रकृतिमा आएका परविर्तनसँगै मान्छेले आफ्ना सुझबुझ, विचार र व्यवहारमा पनि सकारात्मक तालमेल गर्न सक्नुपर्छ। यस अर्थमा भन्दा आफ्नो वरपिरकिा परविर्तनसँग आफूलाई आत्मसात् गरेर मान्छेले आफूभित्र, आफ्नो विचार र मानसिकतामा पनि परविर्तन गर्न सक्नुपर्छ। नत्र, परविर्तन ल्याउने क्रममा विभिन्न कारणले प्रेरति, प्रभावित वा दिग्भ्रमित भएर मान्छेले वरपिरकिो परविर्तनबाट उठाउन सक्ने लाभ लिन सक्दैन। अनि, कहिलेकाहीँ त विपरीत रूपमा प्रभावित पनि भइदिन्छ मान्छे।



समाज र समय भन्ने कुरा कुनै पनि बाटोमा उन्मुख भइसकेपछि त्यो रातारात त्यताबाट अर्कोतिर मोडिन सक्दैन। त्यसका लागि लामो समय लाग्ने गर्छ। दशक, शतक वा कहिलेकाहीँ त सहस्राब्दी नै पनि लाग्न सक्छ एकथोकबाट अर्को थोक बन्नका लागि। त्यसैले हामी के बन्ने भन्ने कुरामा हामी चनाखो र संवेदनशील हुनैपर्छ । 

डाँको डेरावालको

तपैंहरूलाई लाग्छ होला, पत्यारै नलाग्ने कुरा ओल्बाले मात्र गर्छन् । नसोचेको कुरा उनैले मात्र फेला पार्छन् । यो कुरामा फाइँफुट्टीराज पनि कम ...