Translate

Wednesday, October 5, 2016

करेली नोट

नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को"बाट


केही दिन अघिको कुरो हो, एउटा पसलमा किनमेल गरेर पैसा तिर्न म पालो कुरिरहेको थिएँ । मेरो अघि एक जना पैसा तिर्दै थिए । साहूजीले उनको हिसाब गरेर बाँकी पैसा फिर्ता गरे । ग्राहकले आफ्नो हातमा परेका केही नोटहरु हेरेर अमीलो मुख लगाए । नाकमुख खुम्च्याउँदै उनले भने,  
“हरे साहूजी, कस्तो गन्हाउने र झुत्रो नोट दिनुभाको होला । छुन पनि घीन लाग्ने । अलि नयाँ र राम्रो नोट दिनुस् न ?” 
साहूजीले पनि हाँस्दै उत्तर दिए, 
“अब मैले नोट छाप्ने हैन क्यार । मैले पनि तपैंजस्तै अरु ग्राहकले जे ल्याएर दिए त्यही दिने त हो नि । यस्तै आउँछ म के गरुँ ?”