Translate

Friday, July 3, 2009

तातो झरी

झरी रह्यो झरी बाहिर,
हिजोराति रातभर
जली रहें अनि भित्र,
भित्रभित्रै म रातभर
तलाउको किनारैमा
तिर्खाले तलतल म
तापले तपतप रन्केर
लामो खडेरीले सुकेर
कक्रक्क परेका
आफ्नै मनको बगैंचाका
बालेर पातपतिङ्गरहरू
बलीरहें म एक्लै
मन्दमन्द तापमा
सल्किरहें म रातभर

बिहानी हुँदा
खरानीको थुप्रो भैसकेको म
छोपछाप पारेर
त्यही आगोको भुङ्ग्रो
अर्को रातको लागि संगालेर

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment