सिक्नु राम्रो कुरा हो। हामी सबै संधै सिकिरहेका हुन्छौं, केही न केही, कहीँ न कहीँ। तर के सिक्ने र के नसिक्ने भन्ने कुरा चाहिँ थाहा हुनुपर्छ।
अहिले हाम्रा टेलिभिजन च्यानलहरुले हिन्दी समाचार च्यानलका विकृतिहरु सिक्न थालेका छन्। गीति रिपोर्ट भनेर हिजो एउटा च्यानलले गाइजात्रा गरिरहेको देख्दा मलाई वाक्क लाग्यो। नौटङ्की पारामा राष्ट्रपति निर्वाचनको परिणामको बारेमा व्याख्या गर्दै पृष्ठभूमिमा गीत बजाएर प्रस्तुत भएको त्यो रिपोर्ट ठ्याक्कै हिन्दी न्यूज च्यानलहरुको फोटोकपी लाग्दथ्यो । हिन्दी न्यूज च्यानलहरुले सस्तो लोकप्रियताको लागि समाचारको स्तरलाई नै रसातलमा जाक्ने काम गरिरहेको आवाज भारतमा नै उठ्न थालिसकेको बेला हाम्रा च्यानलहरु अब त्यसैको सिको गर्न तिर लागेका छन्। भारतमा समाचार च्यानलहरुले आफ्नो बिश्वसनीयता गुमाइसकेका छन्। पहिले पहिलेका मनोहर कहानियाँ र सत्य कथा भन्ने पत्रिका जस्ता भएका छन् भारतीय समाचार च्यानलहरु। होडवाजीको क्रममा उनीहरुले नैतिकता, जिम्मेवारी, तथ्य जस्ता सबै कुराहरुलाई पाखा लगाइसकेका छन्। तर दुखको कुरा के भने अब हाम्रा समाचार च्यानलहरु पनि त्यही बाटोमा हिंड्ने भए।
मलाई सोच्न वाध्य बनाउने अर्को कुरा पनि छ। पछिल्लो वर्स सगरमाथा टिभीको लागि मैले परामर्शदाता भएर केही समय काम गरेको थिएं । त्यतिबेला स्वरसम्राटको पुनर्जन्म भनेर एउटा न्यूजब्रेक गर्दा अलिकति नौटङ्की मैले पनि गर्न सिकाएको थिएं । त्यो बेलामा भारतीय न्यूज च्यानलको सिको हुन लाग्यो भनेर कसैकसैले भनेका थिए । कतै मैले नै यो प्रवित्ति भित्र्याउन शुरुवात गरेको त हैन भनेर म एकछिन झसङ्ग पनि भएं । (लिङ्क)
हामी किन छिमेकीको गलत कुराहरु मात्रै सिक्ने गर्छौं? राजनीति, कला, सिनेमा, सङ्गीत, टेलिभिजन कार्यक्रम, समाचार, बोलीचाली, आचरण र व्यवहारमा जहिले पनि हामी गलत अनुसरण मात्र किन गर्छौं?
Tuesday, July 22, 2008
अनुसरण, हाम्रा च्यानलहरूको
Subscribe to:
Post Comments (Atom)
दशैका डोबहरु
केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो। तर यसपटक दशैंमा दुर्ग...

-
धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...
-
केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो। तर यसपटक दशैंमा दुर्ग...
-
अन्ततः भरिया काइँलाले आफूभन्दा गह्रुँगो र अचेत मानिसलाई डोकोमा बोकेर त्यत्रो ठाडो र अजंगको पहाड चढ्यो। माथि पुग्दासम्म उसको फोक्सो त खलाँत...

I fully Support and agree upon your views...
ReplyDeleteBut kasle sunne ee kura haru...
Vyartha chha...chahine kura garnu... khas gari yo desh..jasma hamile janma liyeka chhaun... ra kati kura haru ma chitta nabujhi pani bitairaheka chhun yo jindagi...