Translate

Monday, September 8, 2008

धन हुनेलाई मन देऊ, मन हुनेलाई सारथी बनाऊ

आज बिहानै पत्रिकामा भङ्गेरा मार्ने अक्षरमा शीर्षक सहित एउटा समाचार पढ्न पाइयो। एक जना 'भक्त' ले पशुपतिनाथमा तीन किलो सुनको खडाउ चढाएछन्। त्यसको मूल्य साठी लाख पर्छ रे। धनगढी तिरका ती महान दानी व्यक्ति कस्ता होलान् भनेर मलाई उत्सुकता पनि भयो। जो मान्छेले साठी लाख दान गर्न सक्छ, त्यो संग कति पैसा होला त भनेर म एकछिन घोत्लिन पनि पुगें। अनि कर्णदासले गाएको गीतको हरफ पैंचो लिएर यो लेख्दैछु। 

 
एकातिर कोशीका बाढी पीडितहरु खान लगाउन नपाएर, बिरामी भएर अस्तव्यस्त दिनहरु बिताइरहेका छन्। त्यो साठी लाखको खडाउ उनीहरुको लागि कति बोरा चामल हुन सक्थ्यो, कति शीशी वा चक्की औषधि हुन सक्थ्यो, कति जनाको आङ ढाक्ने कपडा हुन सक्थ्यो, कति जोर जुत्ता हुन सक्थ्यो वा कति जनालाई पुनर्स्थापना गर्न सक्थ्यो होला त्यति पैसाले। पशुपतिनाथ त भगवान हुन्, उनलाई सुनको खडाउ दिएर लोभ्याउनुको साटो उनै भगवानका अहिले संकटमा परेका सन्तानहरुलाई सहयोग गरेको भए के पशुपतिनाथ बढी खुसी हुने थिएनन् होला त? पशुपतिनाथ त भगवान हुन्, उनैले दिएका हुन् सबैथोक, उनलाई साठी लाखको के महत्व वा आवश्यकता छ? पशुपति मन्दिरको कुरा गर्ने हो भने पनि त्यसको गुठीमा प्रशस्त पैसा छ । धर्मको लागि गरिएको हो यो दान भने खै के धर्म हुन्छ यस्तो दानले मैले त बुझ्न सकेको छैन। 
 
ती महान दाताले धनगढी वरिपरि मात्रै पनि एक पटक नियालेर हेरेको भए, खान लगाउन नपाएका,पढ्न लेख्न नपाएका, औषधिमूलो गर्न नपाएका कतिपय बालबालिकाहरु पनि देखिन्थे होला। साठी लाख रुप्याँको एउटा कोष बनाएर नसक्नेहरुका लागि पढाइ लेखाइको जोहो मात्र गरेको भए कति जनाको भविष्यको पूर्वाधार खडा गर्न सकिन्थ्यो होला? हो म मान्छु, अहिलेको जति न्यूज भ्याल्यू हुँदैनथ्यो होला त्यसो गरेको भए अनि पत्रिकामा त्यति ठूलो शीर्षक सहित छापिन्नथ्यो होला त्यो समाचार, त्यो आफ्नै ठाउँमा छ।  
 
हुन त जसको धन हो, उसले त्यो कहाँ र कसरी खर्च गर्ने भन्ने उसको व्यक्तिगत स्वतन्त्रता हो, उसैको ईच्छा हो। मैले त साठी लाखको खडाउको कुरा पढेर आफूलाई लागेको कुरा मात्र यहाँ पोखेको हुँ। अरुलाई कस्तो लाग्छ कुन्नि।

7 comments:

  1. People are selfish, they look for their profit i guess, any way there are many people who really do work for social cause, and see the way people helping them by donating money and cloths.
    Any way, just seeing Brazeh, i had guessed that it was you Brajesh Khanal, I used to be your fan when you used to run some programme long ago on nepal television.
    Will be checking on your blog time to time now.

    I request you if you can just give a view on my blog too :P

    ReplyDelete
  2. तपाईं को यो धारणा मलाई पनि सोह्रै आना ठीक लाग्यो तर के गर्नु ब्राजेश जि नेपाल को बिडम्बन यस्तै छ। ढुङ्गाका मुर्ती लाई यहाँ लाखौं करोडौ को दान दिइन्छ तर मनब बिपत्तिमा दान दिन मान्छेहरु नाना थरिका कुराहरु गर्छन्। धन हुनेहरुको यस्तो नियती नभएको भने शायद यहाँ एउता स्कुल खोल्न पनि पुरान लगाउनु पर्ने थिएन होल।

    ReplyDelete
  3. यो पनि तिनको आफ्नो मौलिक सोच होईन होला, केहि समय पहिले सिमा पारिका एकजना यि जस्तै ‘महा भक्त’ले उता भारतमा पनि यस्तै काम गरेका थिए। अनी यि हाम्रा भक्तले पनि ‘भक्त’ बन्ने नक्कल गरेका होलान ।नक्कलै गरे पनि राम्रो कामको नक्कल गरेर त्यो पैसा तपाईले भने जस्तै बाढि पीडितको सहयोगमा लगाएको भए पक्कै पनि पशुपतिनाथ पनि खुशि हुन्थे होला ।

    सिमा पारिका महाभक्तको कथा चाहि यहा छ ।

    ReplyDelete
  4. Great writing!! nice to read your article
    धन हुनेलाई मन देऊ, मन हुनेलाई सारथी बनाऊ

    ReplyDelete
  5. ब्राजेश jee सोच र बिचार एक पक्षिय रुपले त ठीक हो , हो हुने खानेले गरीब निमुखा र मर्कामा परेकाहरुलाई हेर्नु दया गर्नु, सहयोग गर्नु पर्छ यसरीनै समाज को भलो हुन्छ अनी समाज संग संगै देश उभो लाग्छ।
    तर
    "ती महान दाताले धनगढी वरिपरि मात्रै पनि एक पटक नियालेर हेरेको भए, खान लगाउन नपाएका,पढ्न लेख्न नपाएका, औषधिमूलो गर्न नपाएका कतिपय बालबालिकाहरु पनि देखिन्थे होला। साठी लाख रुप्याँको एउटा कोष बनाएर नसक्नेहरुका लागि पढाइ लेखाइको जोहो मात्र गरेको भए कति जनाको भविष्यको पूर्वाधार खडा गर्न सकिन्थ्यो होला? हो म मान्छु, अहिलेको जति न्यूज भ्याल्यू हुँदैनथ्यो होला त्यसो गरेको भए अनि पत्रिकामा त्यति ठूलो शीर्षक सहित छापिन्नथ्यो होला त्यो समाचार, त्यो आफ्नै ठाउँमा छ" अतिनै राम्रो र उक्तिसंगत अनी अर्तियुक्त कुरा को साथै सर्बसंमत अनी सबैलाई थाहा भयको र मान्य कुरा गर्नु भयो । यो सायद ति अर्पण कर्ताले पनि सोछेको होला। तर,
    कती मान्छेहरु यसरी प्रयोग गरेको आफ्नो धन को र तेस माथिको कार्यहरु को ब्यबस्था गर्न नभ्याउने र नसक्ने पनि हुन्छ तेसैले तेतातिरको झन्झट बटुल्न तिर लाग्दइनन, भने कती मनिस हरु अध्यात्मबाद र धर्म मा आस्था अनी विश्वाश राख्ने र गर्ने हरु हुन्छन (तिनिहरुको भिन्नै मान्यता र बिचरा हुन्छन) र कतिले भाकल गरेका हुन्छन, यि कुरा ले भिन्दै अस्तित्व राख्दछ र यो बहुतै गहन बिषय हुँदां त्यता तिर नलागौ ।
    अर्को तर्फ
    यस्ता अर्पण दाताहरु ले यसरी अर्पण गरेको कुराहरु राष्ट्रको अक्षय कोषमा राखी राष्ट्रले ब्याबस्था गर्दा झनै राम्रो हुन्छ तेतातिर राष्ट्रले सोच्नु पर्ने हो। यो त झन राष्ट्रको लागि फिक्स फन्ड हो । यता बाट हेर्ने हो भने यो दाता या अर्पण कर्ता झनै आफ्नो प्रचार प्रसार र स्वार्थ रहित भयर दान गरेको मानु पर्छ ।
    मात्रा कुरा त्यो दान राष्ट्रको अक्षय कोषमा जान्छ कि पूजारी या सिमित स्वार्थी हरुको कोषमा जान्छ बरु तेतातिर राष्ट्रले बेलाई मा सोचनिय ब्याबस्थापन गर्नु जाती हुने छ ।
    ब्राजेश खनाल जि ,
    मेरो बिचरमा त्यसरी बेक्ती ब्यक्ती लाई आफ आफ्नै ढंगले आफ्नो (दानगरने संपतिलाई) आफ आफ्नै ब्यक्तिगत कोष बनाएर समाज सेवामा लागाउने सल्लाह भन्दा राष्ट्रको अक्षयकोषमा (fixed fund )या यसरी नै मन्दिरमा भगवानअको लागि चाडहाउन सालाह दिंदा राम्रो होला किनकी यसो गर्दा समाज धर्म र राष्ट्रमा शक्ती पैदा हुन्छ भने देश भक्ती र अन्तर्मनमा श्रद्दा पैदा हुन्छ तेसैले बढीसे बढी अर्थ संकलन हुने राम्रो बाटो हो यो ।
    किनकी मान्छेले अरुकुनै पनि कुरामा भन्दा धर्ममा बढी श्रद्दाले र निस्वार्थ खरच र दान गर्छ भन्ने कुरा नेपालमा प्रसस्त उधाहरण छ।
    र हामीले सरकारलाई तेसको उचित ब्याबस्थापना र सदुपयोग गर्न घच्घच्चाउने या खबरदारी गर्ने हो कि ।

    यो कुराहरु तपाईंले भन्नु भयको कुरा नराम्रो हो भन्न को लागि भनियको नभयर त्यो भन्दा उचित र उत्तम हुनसक्छ भन्ने भनाइ बाट भनियको हो । किही कुराहरुलाई अझै बिस्त्रित र स्पस्टसंग राख्न समयभाब को कारण नसकियको ले क्षमा चाहन्छु र आबस्याक परेमा प्रस्ट्याउन र व्याख्या गर्न सक्ने कुरा जानकारी गराउदछु ।
    तथास्तु ।

    ReplyDelete
  6. Brazesh,
    "You wish you could be one and you are the one but where are you now?"
    don't know who told this but somebody did.
    When you need and when you want are two different aspects.

    I don't feel sorry for him....with 60 kgs of Gold.
    He might have his own thoughts...... own values.

    it's cultural verdict or environmental? but seems it's always there. Within us... within you....within me.... and within everyone of us.....

    ReplyDelete
  7. Brajesh Dai, I am so happy here to see your blogs and they are interesting!! By the way do you know who is this???? hahaha long time friend from baneswor, I always think about you and your family, I have seen and heard alot of good thing about you, good job. It is been such a long gap since we parted from each other, please keep in touch I am making a documentary about a real life in the mountain, I am coming back home soon, I have been living aboard since last 15 years. I asked about you and your family to few people while I was visiting back in Nepal in 2000.anyway here is my email add please write me back you may give me some ideas about the documentary. Thank you and Namaste

    ReplyDelete