Friday, October 31, 2008

लक्ष्मीको अपमान

तिहार पनि सकियो ।

संधै जस्तै पटका सटका नपड्काउने अनुरोधलाई लत्याउँदै नेपालीहरूले सानदार तरिकाले ड्याङ डुङ गर्दै छरछिमेकको कानका जाली फुट्ने गरि, साना केटाकेटीहरूको सातो हर्ने गरि पैसाको दुरुपयोग गरे । मलाई यो सबै देख्दा एउटा कुरा सोच्न मन लाग्यो । के यसरी अपव्यय गर्नेहरूले त्यो पैसा मेहेनत गरेरै कमाएका हुन् त? हो भने त त्यसको अलिकति भए पनि माया लाग्नु पर्ने हैन र? एकातिर लक्ष्मीपूजा भनेर धनकी देवीलाई रिझाउन खोज्ने अनि अर्कोतिर धनको त्यस्तो दुरुपयोग गर्ने यो कस्तो मानसिकता हाम्रो?


अभिभावक, बाबुआमाहरूको पनि कस्तो कुरामा केटाकेटीहरूलाई प्रोत्साहन गर्ने वा नगर्ने भन्ने कुरामा ठूलो हात हुन्छ। यो बेकारको आतिसबाजी र ड्याङ डुङले धनको फजूलखर्च मात्र होइन चोटपटकको पनि त्यति नै सम्भावना हुन्छ। हरेक तिहारको बेला हातमा, अनुहारमा पोलेर अस्पताल कुदाउन परेका केटाकेटीहरूका समाचारहरू पढेर पनि त्यो अरूलाई परेको मात्र हो भन्ने सोच्ने अनि छरछिमेकसंग प्रतिस्पर्धा गर्दै कसले बढी धनमा आगो लगाउने भन्दै आफै अघि सर्ने बाबुआमाको मति देखेर विरक्त लाग्छ।

के यसरी पड्काइने पटकाहरूको कुनै सकारात्मक पक्ष पनि छ? रातको एघारबाह्र बजेसम्म अरुको निन्द्रा समेत बिगारेर पड्काइने ती नोटहरू र लक्ष्मीको यो भन्दा ठूलो अपमान अरू केही हुन सक्छ र?

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...