Translate

Monday, November 10, 2008

बाँदर

आफैलाई चिथोर्छ
आफैलाई कोपर्छ
अर्कोलाई दुखाएँ भनेर
अनि दङ्ग पर्छ

एउटै जीउमा थुप्रै थुप्रै 
टाउकाहरु भएको
यो अचम्मको बाँदर
कहिले कुरा नमिल्ने
सँधै बाझिरहन्छ
एउटा टाउकोको कुरा 
अर्कोले काटिरहन्छ
यो विवेकशून्य बाँदर
न आफ्नो घर बनाउँछ
न अरुको बनाउन दिन्छ
यो चकचके बाँदर
न अरुको देखेर बुझ्छ 
न आफूलाई परेर चेत्छ
आफ्नै घाउ कोट्याइरहन्छ
आफैलाई दुखाइरहन्छ
यो चेतनाहीन बाँदर 

अनि यसलाई नचाउन खोज्ने
यसलाई सिकाउन खोज्ने
प्रयास गर्दागर्दा थाकिसकेको
म एउटा मदारी

1 comment:

  1. गज्जब को कबिता !
    यस्तो कबिता त न्युज पेपर मा पनि छापिए त कम्से क म् त्यस प्रब्रिती का ब्यक्ती या राजनीतिक नेता हरुलाई थोरै भने पनि लाज लाग्ने थियो होला कि !
    धन्यवाद ब्र जेश जि , मज्जाले लेख्नु भो !

    ReplyDelete