Translate

Monday, April 27, 2009

लोकतन्त्र र मानसिकताको प्यारोडी

२०६६, बैशाख १४
२००९, अप्रिल २७
नागरिक दैनिक पत्रिकामा प्रकाशित

वाल्यकालका केही अस्पष्ट सम्झनाहरु आज मगजमा सल्वलाइरहेका छन्। कहिलेकहीं आफू भन्दा ठूलाहरुका पुच्छर लागेर सिनेमा हेर्न जान पाइन्थ्यो। सिनेमा सुरु हुनु अघि त्यसबेलाको राष्ट्रिय गान बज्ने गर्थ्यो। अनि कसैले केही भन्दै नभनी सबैजना जुरुक्क उठेर त्यो बजुन्जेल मौन भएर सम्मान प्रकट गर्थे। त्यो सकिएपछि मात्र सबैजना बस्थे। राष्ट्रिय गान बज्दा नउठ्नेलाई प्रहरीले पक्डेर लैजान्छ रे भनेको पनि कताकता सुने जस्तो लाग्छ। त्यतिबेला अहिलेको उन्मुक्तता थिएन। एउटा डर थियो। तर पनि मलाई लाग्छ त्यतिबेला मान्छेहरु डरले होइन श्रद्धाले उठ्ने गर्थे। त्यो श्रद्धा त्यतिबेलाको राष्ट्रिय गानमा भएका शव्द वा ती शव्दहरुले गरेका स्तुतिका लागि नभै आफ्नो देशप्रतिको आदरले अभिप्रेरित हुन्थ्यो भन्ने मलाई भान हुन्छ। कमसे कम म र मेरा पुस्तामा त्यसै पनि ती शव्दका अर्थहरु केलाउन सक्ने ज्ञान वा चेतना थिएन तर पनि त्यो धुनमात्र बज्नासाथ स्वतः हामी उठ्थ्यौं। अरु त के सोच्थे कुन्नि तर मलाई त्यतिबेला म नेपाली भएकोमा एक किसिमको गर्व लाग्थ्यो, मेरो त्यतिबेलाको ढुक्कुरे छाति अलिकति तनक्क परेको हुन्थ्यो। मलाई लाग्थ्यो, म मेरो देशप्रति नतमस्तक भएको छु, म मेरो मातृभूमि प्रति आदर व्यक्त गर्दैछु। संस्कृतको अरु केही नबुझे पनि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने श्लोकको अर्थसम्म चाहिँ मैले बुझेको हुन्थें। मलाई अझै पनि लाग्छ, जननी बरु सबै सन्तानका लागि स्वर्ग सरी नहुन सक्छिन्, जननीका बरु स्वार्थ हुन सक्छन् तर जन्मभूमि स्वर्ग हुन् भन्ने कुरामा कुनै पनि शंका कहिले पनि हुन सक्दैन।

Monday, April 20, 2009

मेरा, हाम्रा र उनीहरूका संकल्पहरू

२०६५ बैशाख ६ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" बाट


भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको छ । अनि, सँगै सुरु भएको छ, नयाँ उत्साह, नयाँ उमंग र नयाँ संकल्प । तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा छ । एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरपिरकिो परविेश र समग्र देशको अवस् थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही न केही संकल्प गरेको हुन्छ । ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित र निर्धारति गरेको हुन्छ । मानिसका यी संकल्पहरू अधुरा इच्छा र अपूरा सपनाहरू पनि हुने गर्छन् । राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो र नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स् वभाव नै हो । हरेक मान्छेको संकल्प उसको रहनसहन, जीवनशैली अनि उसका मूल्य र मान्यताहरूमा आधारति हुन्छन् । एउटा मान्छेको प्राथमिकताको क्षितिजको सानो अन्तरकुन्तरमा पनि नपर्ने कुरा अर्को कुनै मान्छेका लागि उसको जीवनको सबैभन्दा महत्त्वपूर्ण आशावादी सोचाइ हुन सक्छ । ती सबै प्रकारका संकल्पहरूको कुरा गर्ने हो भने त सायद एउटा ठूलो ठेली नै तयार हुनसक्छ । त्यसैले, एउटा आमनेपाली नागरकिको रूपमा मात्र सोच्दा 'मैले' गर्नुपर्ने संकल्पहरू के-के हुन सक्लान् त ?

Sunday, April 12, 2009

प्नान्कटन र पठारहरू

चैत्र २४, २०६५ नेपाल साप्ताहिकमा मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित

एक जना मित्र नौ वर्षको अन्तरालमा भेटिँदा उनले उत्साहित भएर आफ्नी विदेशी प्रेमिकाका बारे बताएका थिए । कसरी एउटै विदेशी परयिजनामा उनीहरूको भेटघाट भएको थियो, कसरी उनीहरू एकआपससँग नजिकिए । उनीहरूका दृष्टिकोणमा समानताहरू भेटिन थाले र साथै जीवन बिताउने निर्णय गरे भन्नेबारेमा उनले उज्यालो अनुहार लगाएर बयान गरेका थिए । एक वर्षदेखि उनीहरू सँगसँगै बसिरहेका रहेछन् । यति लामो अवधिमा आफ्नो बीचमा कुनै समस् या नभएको हुनाले औपचारकि रूपमा विवाहबन्धनमा बाँधिने कुरा पक्कापक्की पनि गरसिकेका रहेछन् । मोबाइलको मेमोरी कार्डमा अट्नेजति फोटोहरू पनि उनले राखेका थिए । कुन फोटो कुनबेला कहाँ कसरी खिचेको भन्ने पनि उनलाई मुखाग्र थियो । त्यसको एक साता नबित्दै उनी आफ्नो बिहेको कार्ड लिएर आएका थिए । तर, प्रेमकथामा नाटकीय मोड आइसकेको थियो । स् वदेशकै एक जना प्रभावशाली व्यक्तिकी छोरीसँग उनको बिहे हुन लागेको रहेछ ।

Wednesday, April 1, 2009

लेख्न त लेख्ने तर

विगत केही वर्षहरू मैले चलचित्रको लेखनमा खर्च गरेको हुनाले मेरो साहित्यिक लेखन पाखा लाग्दै गएको थियो। चलचित्र लेख्दा आफूलाई मन पर्ने भन्दा अरूलाई मन पर्ने कुरा लेख्नु पर्ने वाध्यता हुने गर्छ। त्यसैले आर्थिक सन्तुष्टि भए पनि सिर्जनात्मक सन्तुष्टि त्यसमा कम हुने मैले अनुभव गरेको कुरा हो। लेखकको रूपमा मलाई माया गर्ने मेरो सबैभन्दा निकट र प्यारो मान्छेले (उसलाई उसको नाम सार्वजनिक गरेको मन पर्दैन) सम्झाउने, फकाउने, घुर्क्याउने सबै तरिकाबाट मलाई उत्प्रेरित गरिरहेको कारण अनि अन्य शुभेच्छुकहरूको पनि सल्लाहका कारण मैले फेरि त्यो अल्पविरामलाई मेटेर लेख्ने थालनी गरेको छु। तर मलाई लागेको छ, हामीकहाँ प्रकाशन गर्ने ठाउँको अभाव छ। आजकल कला, साहित्य र सङ्गीत पनि वस्तुका रूपमा बजार व्यवस्थापन गर्ने कुरा भैसकेका छन्। सिर्जना भनेको व्यापार भन्दा माथिको कुरा हो भन्ने मलाई लाग्छ।