झरी रह्यो झरी बाहिर,
हिजोराति रातभर
जली रहें अनि भित्र,
भित्रभित्रै म रातभर
तलाउको किनारैमा
तिर्खाले तलतल म
तापले तपतप रन्केर
लामो खडेरीले सुकेर
कक्रक्क परेका
आफ्नै मनको बगैंचाका
बालेर पातपतिङ्गरहरू
बलीरहें म एक्लै
मन्दमन्द तापमा
सल्किरहें म रातभर
बिहानी हुँदा
खरानीको थुप्रो भैसकेको म
छोपछाप पारेर
त्यही आगोको भुङ्ग्रो
अर्को रातको लागि संगालेर
Friday, July 3, 2009
Subscribe to:
Post Comments (Atom)
दशैका डोबहरु
केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो। तर यसपटक दशैंमा दुर्ग...

-
धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...
-
केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो। तर यसपटक दशैंमा दुर्ग...
-
अन्ततः भरिया काइँलाले आफूभन्दा गह्रुँगो र अचेत मानिसलाई डोकोमा बोकेर त्यत्रो ठाडो र अजंगको पहाड चढ्यो। माथि पुग्दासम्म उसको फोक्सो त खलाँत...

No comments:
Post a Comment