Translate

Tuesday, June 30, 2009

राष्ट्रिय खेल

पुराना कागतपत्र खोतल्ने क्रममा अलि वर्स पहिले के मूडमा लेखेको यो कविता फेला पर्यो। सान्दर्भिक जस्तो लागेर यहाँ राख्ने जमर्को गरेको हूँ

शिक्षकले बिद्यार्थीहरूलाई सोधे कक्षामा
भन बाबु हो के हुनुपर्छ
नयाँ नेपालको नयाँ 
के हुनुपर्छ राष्ट्रिय खेल
लूराहरूले भने,
ठीकै छ नि कपर्दी र डण्डीवियो
सूराहरूले भने,
हैन हैन करातें र सितेरियो
खलीहरूले भने, चाप्लुसी र भ्रष्टाचार
अरूले भने अपहरण र बलात्कार
शिक्षकले ओठ लेप्र्याए
मुण्टो दायाँवायाँ हल्लाए
राष्ट्रिय खेल त्यो हो
जुन धेरैले खेल्छन्
जुन धेरै खेल्छन्
बेला भैसक्यो अब नयाँ नेपालमा
पुराना खेलहरूलाई फाल्ने
अबको राष्ट्रिय खेल हो
नेपाल बन्द र सरकार ढाल्ने

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment