Sunday, October 11, 2009

दसैँका डोबहरु

फेरि एकपटक दसैँ आएर गयो । तर, यसपटक दसैँमा दुर्गा दिदीलाई साह्रै नरमाइलो भयो । हुन त उनलाई यसपालिको दसैँमा नातागोताहरूकहाँ जाँदा कतै पनि कुनै पनि कुरामा कसैसँग अप्ठ्यारो मान्नुपर्ने थिएन । अघिल्लो साल उनको र उनको परविारका लागि फलिफाप भएको थियो । केही महिनाअघि उनको एक्लो छोरो जेहेन्दार छात्रवृत्तिमा विदेश पढ्न गएको थियो । उनका श्रीमान्को व्यापारमा पनि यसपटक बेस्सरी नाफा भएको थियो । त्यसैले खास गरी डल्ली फूपुकहाँ टीका लगाउन जाँदा पनि धक फुकाएर जान पाइने भयो भनेर उनी दंग थिइन् । डल्ली फूपु अरूलाई च्वास्स घोच्न, आफ्नो डम्फू बजाउन र अरूलाई तल पार्न खप्पिस थिइन् । त्यसैले उनीकहाँ टीका थ्ाप्न जानेहरू सतर्क भएर मात्र जाने गर्थे । उनी आफूबाहेक अरू कसैको प्रगति देख्न नसक्ने नारी हुन् भन्ने कुरा उनको बोली र व्यवहारले सबैलाई पटकपटक देखाइसकेको हुँदा पनि दसैँमा औपचारकिताका लागि जानैपर्छ भन्ने बाध्यताले अरू नातागोताहरू डल्ली फूपुकहाँ निधार थाप्न जाने गर्छन् । 

दुर्गा दिदी पनि त्यही औपचारकिता पूरा गर्नका लागि गएकी थिइन् । डल्ली फूपुका विदेशी परयिोजनामा काम गर्ने छोरीज्वाइँहरू पनि त्यहाँ थिए । कुरैकुरामा डल्लीले दुर्गा दिदीको छोराको कुरा निकालिन् । दुर्गा दिदीले पनि गर्वसाथ आफ्नो छोराले पूर्ण छात्रवृत्ति पाएर विदेश गएको कुरा सुनाइन् । डल्ली फूपुकी छोरीले आफ्नो पनि छोरा अब अमेरकिा जान लागेको बताइन् । मानौँ, त्यहाँ विदेश गएका छोराछोरीको कुनै प्रतिस्पर्धा हुन लागेको होस् । कसको छोरा गएको राज्य अलि ठूलो वा कलेज अलि नाम चलेको जस्ता कुराहरूबाट पनि जब त्यहाँ हारजित नहोलाजस्तो भयो अनि डल्ली फूपुले टाइब्रेकर निकालिन्् । भनिन्, "आफ्नो त छोरीज्वाइँ दुवै विदेशी परयिोजनामा काम गर्ने, बेस्करी डलरमा खान्छन् । कुन मुखले छात्रवृत्ति माग्नु ? लाजै हुन्छ । त्यही भएर यिनीहरूले त आफ्नै खर्चमा पढ्ने गरी पठाएका हाम्रो बाबुलाई, होइन त ज्वाइँसा'प ?"

डलर खाने ज्वाइँले पनि गजक्क फुलेर सहमतिसूचक टाउको हल्लाए । दुर्गा दिदी अमिलो मन लिएर फर्किन् । ए लेभलमा ९० प्रतिश्ातभन्दा बढी अंक ल्याएर जेहेन्दार छात्रवृत्ति पाएको आफ्नो छोरालाई परेको भए आफ्नै खर्चमा पठाउन नसक्ने त उनीहरू पनि थिएनन् नि ! दुर्गा दिदीलाई लाग्यो, जब एकअर्काप्रति कुनै सद्भाव नै छैन भने वर्षभर िएकअर्काको खोजी नगर्नेहरू यो दसैँको नाममा चाहिँ किन भेटघाट गर्नु ।

प्रकाश दाइलाई लौ त भने घर जाने कुरा सम्झेर नै दिक्क लागेको थियो । काठमाडौँबाहिर जाने गाडीहरूको मारामार, कलंकीदेखि नौबीसेसम्मको जाम र बाटोको झन्झट सम्झँदा त उनलाई कहीँ नगएर सुतेर बस्न मन लागेको थियो । तर, पुख्र्यौली घरखेतको अंशबन्डाको कुरा चलिरहेका बेला आफू दसैँमा घर गएन भने फेर िभाइको तराजु बढी भारी होला कि भन्ने पीरले गर्दा पनि यसपटक त उनलाई घर नगई हुँदै हुँदैनथ्यो ।

रवीन्द्र काकालाई पनि दसैँ सुरु भएदेखि नै एक किसिमको तनाव थियो । पोहोर सालसम्म त दुइटी छोरी र श्रीमतीलाई मोटरसाइकलमा हालेर झ्याल्टुङ पार्दै सबै मान्यजनहरूकहाँ पुग्न भ्याएका थिए उनी । तर, यसपटक ठूली छोरी हलक्क बढेकी छ । चार जना मोटरसाइकलमा जाने प्रश्न नै आउँदैनथ्यो । दसैँ आउनुअघि पत्रपत्रिकाहरूमा नयाँ-पुराना गाडीहरूका आकर्षक विज्ञापनहरू हेरेर निकैपटक उनले हिसाबकिताब गरेका थिए । जेसुकै होस्, यसपालि त एउटा चारपांग्रे लिनैपर्ला कि क्या हो ! तर, उनले आँट गर्न सकेनन् । त्यसैले, दसैँमा काठमाडाँैका चारकुनातिर फैलिएका आफन्तहरूकहाँ धाउनु उनका लागि कष्टकर अनुभव भयो । भनेको बेला भनेको ठाउँमा ट्याक्सी नपाउने, पायो भने पनि तिनले मागेको भाडा सुन्दा चिटचिट पसिना आउने । कहिले यो चार दिन सकिएला र अफिस जान पाइएला भन्दै उनले पनि औपचारकिता पूरा गरे ।

अर्का एकथरी परविार छन् । लौ त भनौँ भने सबै दाजुभाइ एकै थलोमा बसेको चार पुस्ता भयो । त्यसैले नाता हेर्दा निकै पर पुगिसके पनि नजिकैजस्तो लाग्छन् । सँगैसँगै बसेका कारण एउटाको आन्द्राभुँडी अर्कोलाई थाहा हुन्छ । परेका बेला एउटालाई सघाउने बेलामा बहाना बनाइबनाइ पन्छिए पनि प्रगति गर्न लागेकालाई खुट्टा तानेर पछार्ने अवस्थामा चाहिँ बाँकी दाजुभाइ अचम्मसँग एकजुट हुन जानेका हुन्छन् । एक वर्षअघि माइलाको खलकले सुरु गरेको व्यापार फस्टाएर हेर्दाहेर्दै उनीहरू निकै सम्पन्न भएका थिए । उनीहरूले सबैभन्दा पहिले त एउटै ठूलो कम्पाउन्डमा भएका आफ्ना तीन घरलाई १२ फिटको पर्खाल लगाएर अरू दाजुभाइसँग छुट्याएका थिए । अरू दाजुभाइहरूचाहिँ तराईमा भएको सबैको भाग लाग्ने पुख्र्यौली मौजा उनीहरूले जालझेल गरेर एकलौटी बनाएर यो व्यापारमा लगानी गरेका हुन् भनेर पाखुरा सुर्कीसुर्की उप|mेका थिए । कुनै खासै सबुत-प्रमाण भएको भए बाँकी दाजुभाइहरूले मुद्दा पनि हालिसकेका हुन्थे । तर, त्यो गर्न नसकेको भडास काइँला खलकका एक जनाले हररात भनेजस्तो निकाले । टन्न रक्सी खाएर आएपछि उनी पर्खालमा उभिएर सुन्नसमेत लाज लाग्ने शब्दहरूका साथ माइला खलकलाई भाइमारा, शोषक, पापी र अत्याचारी भनेर गाली गर्थे । हररात भनेझैँ उनले माइला खलकको नाश होस् भनेर सराप्ने गरेका थिए । तर, दसैँमा तिनै माइला खलककाहरू टीका थाप्न आएका बेला उनले दुर्गा भवानीले उनीहरूको अझ बढी प्रगति र उन्नति गरुन् भन्दै निधारमा टीका टाँसिदिए, कानमा जमरा सिउरििदए ।

उल्लिखित त केही प्रतिनिधिमूलक सन्दर्भ मात्र हुन् यो दसैँका । त्यसबाहेक पनि कसैलाई दक्षिणाको चापले, कसैलाई ठूलो परविारको लुगाफाटो र खानपिनको जोहोले अनि कसैलाई भ्याइनभ्याई आउने आफन्तहरूको सेवासुश्रुषा र कामको लठारोले गर्दा दसैँ चाँडै सकिए हुन्थ्योजस्तो भयो । अनि, आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ भन्ने उखान सार्थक पार्दै दसैँ आफ्ना पाइलाका डोबहरू छोडेर गयो । कसैले कसैलाई केही भन्नुपर्दैन तर हामी आफँैले आफैँलाई नढाँटी भन्ने हो भने कति जनाले सही अर्थमा बिनाकुनै औपचारकिता साँचो मनले सद्भाव बाँडेर दसैँ मनायौँ त ? 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...