Sunday, December 20, 2009

आवश्यकता र महत्त्वाकांक्षा

मंसिर महिनाको अन्तिम साता थियो । यसपटक चिसो पोहोरको भन्दा बढी अनुभूत भइरहेको थियो । त्यसमाथि पनि त्यस दिन बिहान अरूबेलाको भन्दा बढी नै जाडो थियो । आकाशतिर हेर्दा घाम नलाग्ने अथवा लागिहाले पनि ढिला मात्र सूर्यको न्यानो किरण देख्न पाइने लक्षण देखिएको बिहान थियो त्यो । मीनभवनको मूल सडकको छेउमा दुवै हात खल्तीमा हालेर, बाक्लो र न्यानो ज्याकेटमा आफूलाई सुरक्षित बनाउँदा बनाउँदै पनि बेलाबेला लुगलुग काम छुटिरहेको थियो । नगरपालिकाका सफाइ कर्मचारीहरू कानसम्म छोप्ने गलबन्दी र ऊनका पन्जा लगाएर पेटी बढाररिहेका थिए ।



अचानक अलि परबाट आउँदै गरेको एउटा आकृतिले ध्यान तान्यो । कुप्रो परेर विस्तारै अघि बढिरहेको त्यो आकृति अलि नजिक आएपछि मात्र थाहा भयो, एउटी वृद्धाको कमजोर काया रहेछ । कष्टकर जिन्दगीले हरेक पल हरेक क्षण उनको अनुहारमा आफ्नो उपस्िथतिका चिह्नहरू गाढा बनाएर छोडेका हुनाले उमेरका रेखाहरूलाई सायद भोगाइका पीडाले छोपेका थिए । त्यसैले उनको खास उमेरको लख काट्न सम्भव थिएन । पुरानो धोती र पातलो स्वेटरमाथि उनले एउटा पातलो खास्टो ओढेकी थिइन् । ती कुनै पनि त्यो बिहानको चिसोलाई थेग्न पर्याप्त थिएनन् । उनका आँखाहरू चारैतिर केही खोजीमा डुलिरहेका थिए । अलि पर केही पुराना पत्रिकाका पानाहरू, कुनै पसलेले सडकमा हुत्याइदिएको चाउचाउको कार्टुन, प्लास्िटकको डोरीका त्यान्द्रातुन्द्री र पोकाहरू असरल्ल परेका थिए । ठूलै खजाना पाएझैँ ती वृद्धाका आँखाहरू निमेषभरका लागि चमक्क चम्किए र उनको शिथिल पाइलामा मानौँ केहीछिनका लागि कतैबाट ऊर्जा प्राप्त भएझैँ हतारएिर त्यता बढे । रातभरको शीतले कठांगि्रएको चिसो सडकको पेटीमा थचक्क बसेर ती वृद्धाले ती चीजहरू बटुलबाटुल पारनि् । एउटा सलाइको बट्टा, जसमा सायद थोरै मात्र काँटीहरू बाँकी थिए, पोल्टाबाट निकालिन् र आगो बालेर केहीछिनको न्यानो ताप्नका लागि तयार भइन्् । मसिना, सुकेका पाखुरा र नाडीसँग जोडिएका उनका सिन्काजस्ता औँलाहरू सलाइ कोर्नका लागि तयार हुनै लागेका बेला, सफाइ कर्मचारीको कुचो ती फोहोरमाथि डुल्न भ्याए र उनको त्यो खजाना लतारएिर उनीबाट पर पुग्यो । निराश आँखाले त्यो हेरेर उनी केही नबुझ्ने भाषामा बडबडाइन् । 

निकैबेरदेखि तिनी र तिनका गतिविधिबाट आँखा हटाउन नसकिरहेको यस पंक्तिकारलाई आफँैले पाउन लागेको कुनै उपलब्धि अचानक प्रारब्धले खोसेको जस्तो भान भयो । कुचोको अर्को निर्मम प्रहारले त्यसलाई झनै पर पुर्‍याउनु अगावै सफाइ कर्मचारीलाई त्यो फोहोर नउठाउने अनुरोध गरयिो । केही नबोली तिनी अर्कोतिर कुचो चलाउन थालिन् । हातैले ती फोहोरलाई सोहोरेर फेर िती वृद्धाका सामु थुपारििदन खै किन हो, किञ्चित पनि अप्ठ्यारो लागेन । वरपिर िअरू केही मान्छेहरू पनि मूकदर्शक बनेर त्यो सब हेररिहेका थिए । वृद्धाले सलाई कोरेर त्यस फोहोरमा झोसिदिइन् । चिसोले ओसिएका ती पदार्थहरूबाट आगो कम, धूवाँ ज्यादा निस्कन थाले । तर पनि ती वृद्धा चप्पलबाट आफ्नो खुट्टा बाहिर निकालेर न्यानो ताप्ने प्रयास गर्न थालिन् । चारैतिर हेरेर अलिपर देखिएका अरू पत्रिकाका थोत्रा पानाहरू बटुलेर उनको आगोलाई दन्काउने सहयोगमा स्वतःस्फूर्त रूपमा गइरहेका बेला अलिपर स्कुल जानका लागि बस कुररिहेकी एउटी सानी बालिका त्यतातिर आइन् र उनले आफ्नो हातमा भएको २० रुपियाँको नोट ती महिलातिर बढाइन् । सायद उनलाई चकलेट खानका लागि वा खाजा खानका लागि दिइएको पैसा थियो, त्यो । अबोध, निर्दोष त्यो मानवीय सहयोग देख्न सक्ने हो भने कति ठूलो महत्त्व हुन्छ ? मानवता भन्ने कुरा कतै न कतै, कुनै न कुनै रूपमा जहिले पनि सुषुप्त भएर बाँचिरहेको हुन्छ भन्ने कुराको त्यो दह्रो प्रमाण थियो । मान्छे केटाकेटी हुन्जेल निःस्वार्थ हुन्छ । जतिजति हुर्कंदै गयो, बुद्धिमान हुँदै गयो, त्यतित्यति नै उसले तेरोमेरो, मलाईतँलाई भन्ने सिक्दै जान्छ । तर, ती वृद्धाले केही नबोली हातको इसाराले मात्र त्यो नोट लिन अस्वीकार गरनि् । त्यो अवस्थामा समेत उनको त्यो व्यवहारले मान्छेको स्वाभिमान भन्ने कुरा उसको अभाव र कष्टसँग कुनै पनि रूपमा सम्बद्ध हुँदैन भन्ने पनि प्रस्ट पाररिहेको थियो । 

ती वृद्धालाई त्यो सानो आगो र धूवाँले कति बेर न्यानो दियो होला भन्ने सोच्दै आफ्नो बाटो लाग्दै गर्दा अलिपर पेटीमा बेच्न फिँजारएिका पत्रपत्रिकाहरूमा आँखा परे । सबैजसोमा कोपनहेगन जाने जम्बो सरकारी टोली, तिनका आफन्त, छोरा-नातिका कारण राष्ट्रले बोक्नुपरेको अनावश्यक व्ययभारका विरोधका कुराहरू थिए ।  

आफ्ना आवश्यकताहरूका बारेमा हामी सबैले आ-आफ्नै मापदण्ड तोकेका हुन्छाँै । अनि एउटा आवश्यकता पूरा हुनासाथ त्यसभन्दा ठूलो अर्को आवश्यकताका पछाडि कुद्न थाल्छौँ । त्यो कतिबेला महत्त्वाकांक्षाका रूपमा परविर्तित हुन्छ भन्ने कुरा हामीलाई हेक्का पनि हुँदैन । आर्थिक, सामाजिक, राजनीतिक र बौद्धिक उपलब्धिहरूका आफूलाई चाहिने सीमा मान्छेले तोक्न सक्ने हो भने अरू धेरै मान्छेलाई खुसी र सुखी बनाउन सकिन्छ । तर, त्यो अन्धो दौडमा जित्नका लागि हामी जानीजानी, नजानेरै अरू कति मान्छेका भावना र आवश्यकताहरूलाई निर्ममतापूर्वक पैँतालामुनि किच्दै अघि बढ्छौँ भन्नेसमेत हामीलाई थाहा हुँदैन । तर, हाम्रो त्यो दौड कहिले पनि सकिँदैन । माया, स्नेह र भावनालाई छोडेर बाँकी हरेक चीजको सीमा हुन्छ । विडम्बना ! हामी तिनै चीजमा चाहिँ कन्जुस्याइँ गर्छौं, बाँकी कुरालाई असीमित बनाउँछौँ । 

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...