Monday, January 18, 2010

हुटेलका कलिला ग्राहकहरू

केही दिनअघिको कुरा हो । दिउँसोको करबि २ बजेको समय थियो । यो दृश्य कोटेश्वरको भित्री भागमा रहेको एउटा चिया-खाजा पसलको हो, जसलाई चलनचल्तीको भाषामा हुटेल भनिन्छ । एक कबलको सटर भएको त्यो हुटेलको सटर उठाइएको थियो । हरयिो पर्दा झुन्ड्याइएको त्यस हुटेलभित्र चार-पाँचवटा टेबल थिए, तीमध्ये दुईवटा भने बार लगाएर छेकिएका थिए । सिमेन्ट ब्लकका भित्ताहरूमा रंग थिएनन्, पत्रिकाका मध्यपृष्ठहरूमा छापिएका अर्धनग्न युवतीका 'ब्लोअप' बेथितिसँग टाँसिएका थिए । एउटा कुनामा त्यस हुटेलका साहू सुत्ने गुन्टा बेरेर खाटमा राखिएको थियो भने अर्को कुनामा काउन्टरको काम लिने गरी जालीका खापाहरू भएको र्‍याक र त्यसको माथि ग्यासको चुलो, केही पकाउने भाँडाहरू थिए । तेल, मसला र बाफले लतपतिएको अनि धूवाँले कालो भएको भित्ता । काठमाडौँका गल्लीहरूमा बग्रेल्ती भेटिने अक्सर सबैजसो हुटेलहरूमा साधारणतया देखिने वातावरणभन्दा खासै फरक थिएन, त्यो हुटेल पनि । 

तर, यस स्तम्भकारको ध्यान आकर्षण गर्ने फरक कुरा केही थियो भने ओठ निचोरे दूध आउलाजस्ता चार-पाँच जना कलिला केटाहरू थिए त्यहाँ । धेरैजसोले आफ्नो कपाललाई चार भाग लगाएर चारतिर फर्काएका थिए । अगाडिको भागलाई चिल्लो हुने गरी सायद जेल लगाएर चुच्चोचुच्चो र ठाडो बनाएका थिए । पछाडिको भाग तालुमा चपक्कै टाँसिएको थियो भने दायाँ र बायाँ कन्चटमाथिको कपाल एकनास नमिल्ने गरेर काटिएको हुनाले भुत्ल्याएको जस्तो देखिन्थ्यो । अचेलका युवा पुस्तालाई खूब मन पर्ने कोरयिन चलचित्रहरूमा देखिने पात्रहरूका जस्तो कपालको शैली थियो उनीहरूको । दुई जनाले आँखामा गाजल लगाएका थिए, एकएक कानमा टप पनि थियो । नौ वर्षदेखि १२ भन्दा माथिको उमेर कसैको पनि थिएन । वरपिरकिा कसैको उपस्िथतिको उनीहरूलाई आभास पनि थिएन । न त तिनका लागि अरू कसैको अस्ितत्वको नै कुनै अर्थ थियो । आफ्ना कुरा अरू कसैले सुनिरहेका होलान् भन्ने किञ्चित पनि मतलब थिएन उनीहरूलाई । त्यसैले आवश्यकताभन्दा ठूलो स्वरमा उनीहरू ग्ाफ गररिहेका थिए । उनीहरूको भाषा नेपाली नै थियो तर प्रयोग गररिहेका कतिपय शब्दहरू सायद शब्दकोशमा भेटिँदैन होला । त्यसबाहेक पनि हरेक शब्दपिच्छे नै एउटा अपशब्द छिराएर बोल्दा पनि उनीहरूलाई कुनै असहजता भएजस्तो लाग्दैनथ्यो । यस्तो भान हुन्थ्यो, मानौँ कसले सबैभन्दा बढी अपशब्द घुसाएर बोल्न सक्छ भन्ने कुनै प्रतियोगिता हुँदैथ्यो उनीहरूका माझ । 

सबैभन्दा बढी बिथोल्ने कुरा त के भने उनीहरूमध्ये तीन जनाको हातमा चुरोट थियो, जुन पालैपालो एकआपसमा बाँडेर बुंगबुंग धूवाँ उडाउँदै थिए । सबैको सामु गिलास थियो र त्यसमा थियो छ्याङ । उनीहरूको कुरा गराइबाट त्यो पहिलो थिएन भनेर लख काट्न सकिन्थ्यो । ती फुच्चेहरूको लवाइखवाइ हेर्दा कुनै मध्यमवर्गीय परविारका हुन् भन्ने लाग्थ्यो । हेर्दाहेर्दै तिनीहरूले आफ्ना सामु भएको गिलास खाली गरे, फेर िभर्न लगाए । अनि, यसपटकको चाहिँ सबैले एकै घुट्कामा सकाउने सहमति गरेर एउटाले गन्न थाल्यो, 'एक, दुई, तीन' । अनि, नभन्दै गिलास सिनित्त पारेर उठे, हल्लाखल्ला गर्दै बाहिर निस्के । हुटेलवालाले लामो शान्तिको सास फेरेर उनीहरूलाई सराप्यो । तिनका बाबुआमालाई पनि निकै दोष लगायो । 'सन्तान जन्माएपछि राम्ररी पाल्न सक्नुपर्छ, के गर्दैछन्, कस्तो संगतमा हिँड्दैछन् भन्ने कुराको पनि ख्याल राख्न नसक्नु बाबुआमाको गल्ती हो' भनेर उसले लामै प्रवचन दियो । तिनले किताब किन्न भनेर ल्याएको पैसा पनि बेलाबेला त्यहीँ ल्याएर छ्याङ र तोङ्बा खाएर सकाउने गरेको कुरा पनि उसैले सुनायो । 

हुन पनि हो, कति गाह्रो छ बाबुआमा हुन । सन्तानलाई सही मार्गदर्शन गर्न र उसलाई एउटा असल मान्छे बनाउन । तर, बेलाबेला मानिसहरूले यो जिम्मेवारीको गहनतालाई बिर्सिरहेका हुन्छन् । जानाजानी वा अन्जानमा पनि उनीहरू आफ्ना सन्तानको उचित मार्गदर्शन गर्नबाट चुकिरहेका हुन्छन् । व्यस्तता र प्रतिस्पर्धाको अन्धो दौडमा भाग लिनु मानिसको आजको बाध्यता पनि हो । तर, हुर्किरहेका केटाकेटीहरूले गर्ने संगत, हेर्ने सिनेमा, पढ्ने किताब, सुन्ने संगीत र लगाउने लुगाहरूका कुरामा ध्यान दिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

ती कलिला ग्राहकहरूका सन्दर्भमा तिनका ब्ााबुआमाको दायित्व र जिम्मेवारीका बारेमा हुटेलवालाका कुराहरूसँग सहमत हुँदाहुँदै पनि उसको आफ्नो जिम्मेवारी र नैतिकताका बारेमा उसलाई प्रश्न गर्न मन थियो, के ती नाबालकलाई छ्याङ र तोङ्बा उपलब्ध गराउनु उसको चाहिँ अपराध थिएन ? यस्ता गतिविधि नियन्त्रण गर्ने दायित्व कसको त ? सडकमा बस्ने केटाकेटीहरूले प्लास्िटकमा लागूपदार्थ सुँघेर हिँडेका दृश्यहरू पनि सम्झना आए । नाबालकलाई चुरोट बेच्न पनि पाइँदैन तर त्यसको अनुगमन कसले गर्छ ? स्िथति कस्तो छ भने हामीलाई नियम कानुनले बाँधेर, कडीकडाउ नगर्ने हो, जरविानाको डर नहुने हो भने हामी केही पनि नियम मान्दैनौँ । अरूका लागि सहज हुने कुरा त परै छाडौँ, आफँैलाई हानि गर्ने कुरामा पनि प्रहरी-प्रश्ाासनको डर र कर नभई हामीलाई हुँदैन । गाडीको सिट बेल्ट र मोटरसाइकलमा पछाडि बस्दा लगाउने हेलमेट यसका उदाहरणहरू हुन् । कडीकडाउ हुन छोड्नासाथ ती नियमहरू सबैले पोलेर खाए । केहीअघि जुन पायो, त्यही पसलमा मदिरा र चुरोट बेच्न नपाइने नियम बनेपछि ती वस्तु बिक्री गर्न भिन्दै पसलहरू खुलेका थिए । तर, हरेक सरकार फेरनिे क्रमसँगै पछिल्लो सरकारका राम्रै कुराहरू पनि परविर्तन हुन्छन्, ओझेलमा पारन्िछन् । दाउपेच र शक्तिका लागि चौबीसै घन्टा कसरत गर्नेबाहेक कसैलाई अरू कुराको हेक्का नहुनु यो समयको ठूलो दुभ्र्ााग्य हो ।

बालबालिकाहरूलाई हामी भोलिका कर्णधार भन्छौँ तर तिनका लागि हामीले के दिइरहेका छौँ ? एकपटक सबैले छातीमा हात राखेर सोच्नैपर्ने भएको छ । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...