Sunday, January 31, 2010

डेरावाल-दोस्रो दर्जाको नागरिक

अटाइनअटाई खाँदिएका घरगृहस्थीका सामान बोकेको एउटा मिनी ट्रक सडकमा गुडिरहेको देख्नु आफँैमा कुनै उदेकलाग्दो दृश्य त निश्चय पनि होइन । काठमाडौँ सहरका सडकहरूमा हरेक दिन भनेजस्तो हरेक बाटोमा हिँड्दा यस्तो दृश्य देखिने गर्छ । हुन पनि हो, व्यवस्िथत भएर बस्नका लागि मान्छेलाई कति धेरै सानाठूला कुराहरू चाहिन्छ । हरेक दिन कति मान्छे एक ठाउँबाट अर्को ठाउँमा चराले गुँड सारेजस्तो आफ्नो बास साररिहेका हुन्छन् ।


मान्छे आफ्नो उन्नत भविष्यको चिन्ता गर्छ, अवसरहरूको खोजी गर्छ । मान्छेलाई काठमाडौँले जति अवसरहरू यो देशको अरु सहरले निश्चय पनि दिन सक्दैन । लामो समयदेखि राजधानीकेन्दि्रत विकास योजनाहरू अनि राजनीतिज्ञ, योजनाविद्, प्रशासक र शासकहरूको राजधानीलाई मात्रै देश ठान्ने भ्रमले गर्दा पनि अवसर र पूर्वाधारहरू काठमाडौँभन्दा बाहिर फैलिन सकेनन् । काठमाडौँ छिर्नु, काठमाडौँमा बस्नु, काठमाडौँको आकाशमा सपनाको इन्द्रेणी देख्नु अनि त्यसको पछिपछि कुद्नु मान्छेहरूका लागि बाध्यता पनि हो, रहर पनि । त्यसैको परण्िातिस्वरूप अहिले थेग्नै नसक्ने जनसंख्याको चापमुनि ठस्ठस् कनिरहेको छ, काठमाडौँ ।

काठमाडौँमा डेरामा बस्नु एउटा यस्तो अनुभव हो, जसले मान्छेलाई निकै तीतामीठा अनुभवहरू सिकाइदिन्छ । डेरामा बस्नेहरूलाई त्यससँग गाँसिएका अनुभवहरूले केही वर्षमा नै बीसौँ वर्षले ल्याउन नसक्ने परपिक्वता पनि ल्याइदिन्छ । पटक्कै सजिलो छैन काठमाडौँमा डेरा गरेर बस्नु । एकातिर त महानगरपालिका भनिने काठमाडौँमा महाअसुविधाहरू छन् । धारामा पानी आउँदैन, तारमा बिजुली आउँदैन । बाटोघाटोको कुरा गर्ने हो भने अधिकांश सडकहरूको दुर्गति छ । एक-दुईवटा मूलबाटो छोडेर सबैजसो सडकहरू साँघुरा छन् । अनि, ती साँघुरा सडकहरूमा अटेसमटेस गरी मान्छे हिँड्छन्, सवारीसाधनहरू गुड्छन् । फोहोरहरू व्यवस्थापन यति असरल्ल छ, कहिलेकाहीँ त आधाभन्दा बढी बाटो गन्हाउने फोहोरका अवसादहरूले ढाकिएका हुन्छन् । धेरैजसो टोलहरूमा भवितव्य परेका बेला एम्बुलेन्स वा दमकल छिर्नेसम्म बाटो छैन । कहिलेकाहीँ अचम्म लाग्छ, करोडौँका भाऊ लगाइने घर बनाउने मान्छेहरूलाई कतै आफू वा आफ्ना परविारका कोही बिरामी पर्लान् भन्ने डर पनि लाग्दैन कि क्या हो ! यति धेरै अप्ठ्यारा र असुविधा हुँदाहुँदै पनि डेरा खोज्न जानेहरूका लागि सबैभन्दा पहिले त भाडाले अत्याउँछ । महानगरका दुई-चार आना जग्गामा कुममा कुम जोडेर बनाइएका अँध्यारा, चीसा, पानी नआउने घरहरूमा समेत घरमालिकले आफूखुसी भाउ लगाउँछ, जसमा प्रश्न उठाउने अधिकार भाडामा बस्ने मान्छेलाई हुँदैन । 

घरभाडाको कुनै निश्चित मापदण्ड तोक्नु पर्छ भन्ने कुरामा कसैलाई चासो छैन । व्यक्तिगत प्रयोजनका लागि भाडामा लगाइएका घरहरूबाट तिनका मालिकहरूले कति कमाएका छन् र राष्ट्रलाई फुटेको कौडी पनि बुझाएका छन् वा छैनन् भन्ने पनि सायद कसैलाई मतलब नभएको कुरा हो । त्यति मात्र होइन, अधिकांश घरमालिकहरूका लागि उनीहरूका घरमा बस्नेहरू दोस्रो दर्जाका नागरहिरू हुने गर्छन् । यो कुरा उनीहरूको व्यवहार, बोली, हेराइ सबै कुरामा व्यक्त हुन्छ । कौसीमा लुगा सुकाउन डेरावालले जान पाउँदैन । तलको तल्लामा आउने पानीका पाइपहरूको नियन्त्रण घरमालिकले माथिबाट गरेको थाहा हुँदाहुँदै पनि भात पकाउनका लागि पानी चाहियो भने अनुनय र विनय गर्नुपर्छ उसले । सौर्य ऊर्जाबाट प्राप्त हुने तातोपानी पनि डेरावाललाई घरमालिकले नदिन सक्छ । आफ्नो व्यक्तिगत गोपनीयता उसले राख्न पाउँदैन । आफूकहाँ आएका पाहुनापातका बारे घरमालिकले सोधेको खण्डमा इतिवृत्तान्त लगाउनुपर्छ । घरमालिकले जुनबेला, जहिले, जसरी र जति पनि भाडा बढाउन सक्छन्, त्यो उनीहरूको जन्मसिद्ध अधिकार हो । त्यसमा पनि प्रतिवाद गर्न डेरावालले पाउँदैन । गरेको अवस्थामा घरमालिकले कुनै न कुनै बहानामा डेरावाललाई घोक्रेठ्याक लगाउन सक्छ । वर्षौंवर्ष कुनै ठाउँमा बसेर लौ त भन्ने हो भने एउटा घर बनाउनै पुग्ने रकम घरमालिकको पोल्टोमा भरसिकेको भए पनि डेरावाल चुइँक्क गर्न पाउँदैन । जमिन खन्नेहरूको पनि जमिनमा हक हुन्छ, अचेल त सुकुम्बासीहरूका हकका लागि समेत आवाजहरू उठ्न थालेका छन्, काम हुन थालेका छन् तर जीवनभर एकै थलोमा बसे पनि डेरावाल सधँै सुकुम्बासी नै मात्र हुन्छ । त्यसैले डेरामा बस्नेहरूको समुदायमा एउटा उखानै प्रचलनमा छ, गतिलो घरपट्ट िभनेको भाग्यले मात्रै पाइन्छ र त्यस्ता भाग्यमानी डेरावाल भनेका विरलै हुन्छन् ।

घरमालिकले भनेका कुनै पनि कुरा चाहे ती जायज हुन् वा नाजायज, मानेन भने उसको गलामाथि झुन्डिएको त्यो तरबारको डोरी कुनै पनि बेला चुँडिन सक्छ । घरमालिकको 'इगो'मा आँच आउने कुनै पनि काम उसबाट जानीनजानी भयो भने र डेरावाल एकपटक फेर िआफ्ना सारा कामधन्दा थाँती राखेर काठमाडौँका टोलटोलमा भौँतारनि बाध्य हुन्छ । एक जना सञ्चार क्षेत्रका मित्रलाई उनका घरमालिकले बिजुलीको मिटर उल्टो घुम्ने बनाउने मिस्त्री खोजेर ल्याउन आदेश दिएका थिए । घरमालिकको भनाइमा पत्रकारजस्ता मान्छेले जो पनि चिनेको हुन्छ । तर, त्यस्तो मान्छे खोज्न आफ्नो असमर्थता व्यक्त गरेका कारण चिसिएको सम्बन्धले उनलाई अर्को डेरा खोज्न बाध्य बनायो । 

कुनै ठाउँमा बस्नु भनेको एउटा मान्छेको जीवनशैलीसँग धेरै कुरा जोडिएको हुन्छ । त्यो घरको कोठाको नापमा उसले भुइँमा कार्पेट ओच्छ्याएको हुन्छ, झ्यालका हिसाबले पर्दा काटेको हुन्छ । त्यहाँ वरपिरकिा मान्छेहरूसँग गाँसिएको हुन्छ ऊ । छेउछाउका पसलहरूमा उसको नियमितताले गर्दा सजिलो भइसकेको हुन्छ उसलाई । गाह्रो-साँघुरो पर्दा, तलब समयमा नआउँदा उधारो चल्ने पनि भएको हुन्छ उसको । ग्यास, चिनी, मट्टीतेल कालोबजारीहरूले लुकाएका बेला पनि उसले खुसुक्क पाउने सम्बन्ध वरपिरकिा पसलेहरूसँग बनेको हुन्छ । छिमेकीमा चिया-खाना खाँदै गफ गर्ने, बिहानबिहान हिँड्न जाँदा सँगै जाने साथीहरू बनाएको हुन्छ उसले । वरपिरकिा केटाकेटीहरूसँग उसका छोराछोरीहरूको मित्रता भइसकेको हुन्छ । त्यो घरभित्र लोडसेडिङ्को अँध्यारोमा पनि कतै घुँडा नठोकिने गरी हिँड्न अभ्यस्त भइसकेको हुन्छ ऊ र उसको परविार । उसको र उसको परविारको जीवनको एउटा पाटो हुन्छ उसको डेरा । तर पनि घरमालिकले आफ्नो सनकको भरमा दिएको आदेशमा ती सबैकुरा चटक्कै छाडेर एकपटक फेर िअर्को नयाँ ठाउँमा शून्यबाट सुरु गर्नका लागि भौँतारनिुपर्छ डेरावाल । 

अचेल समाजका सबै तप्का र वर्गका मानिसहरूका हक र हितका लागि आवाज उठिरहेका छन्, संगठनहरू बनिरहेका छन् । तर, महानगरपालिकामा डेरामा बस्ने दोस्रो दर्जाका नागरकिहरू न संगठित छन्, न त उनीहरूको कुनै हक र अधिकार नै छ । 

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...