Monday, March 5, 2012

फागुको आतंक

२०६८ फागुन २१, नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्को


१७ फागुनको मध्यान्हतिरको कुरा हो। बाटोमा एउटा दिग्दारलाग्दो घटना देखियो। बायाँपट्ट िछेउ लागेर साना नानीहरू हिँडिरहेका थिए। उनीहरू विद्यालयको पोसाकमा थिए। हेर्दा उनीहरू आठ वा नौ कक्षामा पढ्नेजस्ता देखिन्थे। बिहानको स्कुल रहेछ उनीहरूको, त्यसैले भोकले आलसतालस भएर आफ्नो घरतिर फर्किरहेका हुनुपर्छ। बाटोको दायाँपट्ट िकेही उरन्ठेउला केटाहरू पर्खालको शोभा बढाइरहेका थिए। उनीहरूको केशविन्यास, पहिरन र चालढाल पनि अचम्मको थियो। कसैको कपाल जुरेलीको जस्तो थियो, कसैको बीचबीचमा खुर्केको। उनीहरूले लगाएको पाइन्ट चाहिनेभन्दा यति तल बाँधिएको थियो, त्यसलाईर् गुरुत्त्वाकर्षणले कसरी तान्न सकेन भन्ने आफैँमा एउटा अनुसन्धानको विषय हुन सक्थ्यो। कानमा मुन्द्रा त साधारण कुरा भइहाल्यो, त्यसको त के कुरा गर्नु र ! कुनै एउटाले त आँखीभौँ पनि छेड्न भ्याएको थियो। एकापसमा कुराकानी गर्दा पनि उनीहरूको मुखारवृन्दबाट अपशब्दका शब्दकोशहरू नै बर्सिरहेका थिए। एकै वाक्यमा धेरैभन्दा धेरै अपशब्दका लागि पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखिने भएको भए चन्द्रबहादुर डाँगीपछि पनि अरू थुप्रै सपूतले नेपाललाई विश्वमा चिनाउने थिए।

उनीहरूमध्ये एक जनाको आँखा विद्यालयबाट फर्किरहेका ती साना नानीहरूमा पर्‍यो। सिकारको खोजीमा बसेका ब्वाँसाहरूले कुनै हरण्िाको झुन्ड देखेजस्तो चहलपहल ती होनहार युवाको समूहमा देखा पर्‍यो। उनीहरूकोे अनुहार उत्साहले धपक्कै बल्यो। ती सपूतमध्ये एकले आफूसँग भएको पानी भरएिको प्लास्टिकको पोकाले ती नानीहरूतिर हिर्कायो। वेगले हुत्तिएको त्यो पोका एउटी नानीको ढाडमा नराम्ररी बजि्रयो। उनको लुगा भिज्यो। उनी थचक्कै बसिन्। प्लास्टिकको पोकाले लागेर उनलाई नराम्ररी दुखेको हुनुपर्छ। उनका आँखाबाट तर्र आँसु नै चुहिए। कसैले केही भन्नु वा गर्नुअघि नै ती पौरखी युवाहरू ठूलो काम फत्ते गरेझैँ खुसी भएर हाँस्दै गल्लीभित्र भागे। मलाई लाग्यो, हेर्दा हामीजस्तै शारीरकि बनोट भएका ती हिंस्रक प्रजाति मान्छेचाहिँ पक्कै पनि थिएनन्। फागु पूणिर्मा आउन निकै दिन बाँकी नै छ तर त्यसका नाममा लोला, प्लास्टिक र पानीको आतंक सुरु भइसकेको छ, काठमाडौँमा।

हरेक साल फागु नामक पर्व आउन लागेपछि मान्छेका भेषमा पशुहरू यसै गरी सक्रिय हुने गर्छन्। दिनको उज्यालोमा नै घुम्ने यस्ता नरपिशाचहरूको अरूलाई परपीडा दिएर रमाउने प्रवृत्ति हुन्छ। विशेष गरेर विपरीतलिंगी देख्नासाथ पर्वको आडमा लोला र प्लास्टिक लिएर जाइलाग्ने यी असामाजिक तत्त्वहरूको मानसिकता कति विक्षिप्त होला त? यस किसिमको कुकर्म गरेर आनन्द लिन सक्ने भनेको त गम्भीर मानसिक विकार भएकाहरूले मात्र गर्न सक्ने कुरा हो। त्यसैले गर्दा खास गरेर छोरी मान्छेहरू फागुको केही दिनअघिदेखि नै घरबाट निस्कन भनेपछि आतंकित हुने गर्छन्। आफ्नो जरुरी कामै भए पनि तिनलाई थाँती राख्छन्। स्वतन्त्रतापूर्वक हिँड्न-डुल्न पाउने अरूको अधिकारलाई कुण्ठित बनाउने यस्ता नरपशुहरूलाई कडा कारबाही गर्नेतर्फ प्रशासनले पनि दिनुपर्नेजति चासो दिँदैन। पातलो रबरका बेलुनहरूको साटो अचेल त ज्याद्रा प्लास्टिकका पोका प्रयोग हुन थालेका छन्। किनभने, बेलुनमा भन्दा यिनमा पानी भर्न सजिलो हुन्छ। पानी मात्र कहाँ हो र ! ढल वा रछ्यानका फोहोर लेदोहरूसमेत तिनमा भरीभरी अरूलाई हान्न थालेका छन् यस्ता विवेकहीन प्राणीहरू। निर्वाध रूपमा त्यस्ता प्लास्टिकका पोका उत्पादन गर्ने, पसल-पसलबाट बिक्री वितरण गर्ने खुलेआम छुट किन दिन्छ प्रशासनले भन्ने कुरा कुनै पनि तर्कको कसीमा घोट्नु बेकार छ। यस किसिमका क्रियाकलापमा संलग्न हुनेलाई कडा सजायको व्यवस्था हुनुपर्छ। मान्छेलाई मात्र नभई वातावरणलाई समेत प्रभाव पार्ने त्यस्ता पदार्थको बिक्री-वितरणमा रोक लगाउनुपर्छ। हुन त सजायको डरबाट मात्र कुकर्म गर्नबाट आफूलाई रोक्ने भनेको विवेकहीन जनावरहरूको चरत्रि हो, मान्छेको होइन। तर, दुई खुट्टा टेकेर उभिँदैमा मात्र मान्छे भइन्न। मान्छे हुनु भनेको विवेकशील हुनु हो। अरूका लागि पनि सोच्न सक्नु हो। यदि मान्छेले मान्छे नभएर आफूलाई पशुको स्तरमा झार्छ भने त्यस्ता जन्तुलाई सजायको डर देखाएरै भए पनि नियन्त्रण गर्नुपर्छ। फागुका नाममा फैलिएको यस कुसंस्कारका कारण अब त हुँदाहुँदा कतिपय विद्यालय र कलेज फागु पूणिर्माको एक साताअघिदेखि नै अनौपचारकि रूपमा बन्द हुन थालेका छन्। फागु आउनुभन्दा पहिलेदेखि नै सुरु हुने यो आतंक पूणिर्माको दिन आफ्नो चरममा पुग्छ। त्यस दिन त झन् पर्वको बहानामा अनेकौँ किसिमका मादक पदार्थ सेवन गरेकाको डरले गर्दा मान्छे कुनै काम विशेषले पनि बाहिर निस्कन नपरोस् भनेर प्रार्थना गर्न बाध्य हुन्छ।

आ-आफ्नो हिसाबले कुनै पनि पर्व मनाउनु वा रमाउनु सबैको स्वतन्त्रताको कुरा हो। तर, आफ्नो रमाइलोका लागि अरूलाई पीडा दिनु, अरूका हक र अधिकारलाई कुण्ठित गर्नु अमानवीय कुरा हो। फागु अर्थात् होली भनेको सद्भाव बाँड्नका लागि मनाइने पर्व हो तर मान्छेका रूपमा जनावरको व्यवहार गर्नेहरूका विकृतिले गर्दा यो विस्तारै दुर्भाव, झैझगडा र वैमनस्यता फैलाउने अवसर बन्दै गइरहेको छ, आतंकको पर्याय हुँदैछ। लोला र प्लास्टिक प्रहारका कारण मुक्का ठोकाठोक र बंगारा झाराझारको अवस्था आएको पनि देख्न पाइन्छ। हामीले यहाँनिर सोच्नुपर्ने कुरा के हो भने यस्ता विकृतिलाई फैलन नदिनु सबैको दायित्व हो। जबसम्म हामी सबैमा मानसिक रूपमा यस किसिमको पशुत्व प्रदर्शन गर्नु भनेको मानसिक विकार हो भन्ने चेतना पलाउँदैन, तबसम्म पर्वका नाममा मच्चिने आतंकबाट समाजले मुक्ति पाउन सक्दैन ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...