Translate

Sunday, November 3, 2013

आशाको अंश

११८

केही समयअघिको एउटा रमाइलो प्रसंग छ। एक जना मित्र घरको खोजीमा भौँतारएि। त्यस क्रममा उनले निकै घर हेरे पनि। त्यही क्रममा एउटा घर हेर्न उनीसँग म पनि पुगेको थिएँ। धापाखेलको नयाँबस्तीमा बनेको त्यो घर ललितपुरतिरका शाक्यजीले बनाएका रहेछन्। घर देखाउने क्रममा उनले निष्कपटता र सरलताको अचेल हतपती देख्न नपाइने उदाहरण पनि देखाए। त्यो अनुभव मेरा लागि निकै सुखद रह्यो।


घरको तेस्रो तल्लाको बाथरुम देखाउनका लागि जब शाक्यजीले ढोका खोले, एकछिनका लागि उनी हतप्रभ भए। धारा, सावरका टुटी केही पनि जडान भएका रहेनछन्। मेरा मित्रले सोधे, "फिटिङ्को कामचाहिँ बाँकी रहेछ होइन?"

शाक्यजीले भने, "केको बाँकी हुनु? सबै भइसकेको थियो नि। खाली घर, कुनचाहिँले चोरेर लगेछ।"

अनि, दिक्क मान्दै उनले थपे, "यो एरयिामा चोरको चाहिँ साह्रै बिगबिगी छ । हेर्नूस् त, तीन तलामाथिको बाथरुममा पनि भ्याएछन्। "

मेरा मित्रले घर सबै हेरसिकेपछि शाक्यजीलाई सोधे, "बेच्नका लागि नै बनाउनुभएको हो घर?"

शाक्यजीले भने, "होइन हजुर। मैले खासमा आफैँ बस्नका लागि भनेर एकदमै बलियो र राम्रोसँग बनाएको घर हो यो।"

"ए... अनि किन नबस्नुभएको त?"

मेरा मित्रको प्रश्नमा गम्भीर हुँदै शाक्यजीले भने, "हेर्नूस्, मेरो पसल पुल्चोकमा छ। राती बन्द गरेर यसोउसो गर्दा आठ बजिहाल्छ। यहाँ त्यो मूल सडकबाट भित्र आउने ठाउँ अलि असुरक्षित छ। लुटपाटका घटना अलि बढी नै भइरहन्छ। त्यसैले मैले यहाँ बस्न आउन आँट नगरेको हुँ।"

यति कुरा भइसकेपछि मेरा मित्रले त्यहाँ घर किन्ने कुरा त सपनामा पनि चिताउन सक्ने कुरा भएन। यहाँनिर घर किनबेचभन्दा पनि महत्त्वपूर्ण कुरा शाक्यजीको व्यवहारको हो। उनी घर बेच्न चाहने मानिस भएर पनि त्यति स्पष्ट रूपमा कुरा गररिहेका थिए। अरू भएका हजार खराब पक्षहरू लुकाउन खोज्छन्, उनी स्पष्ट रूपमा सबै कुरा बताइरहेका थिए। कसैकसैलाई लाग्न सक्छ, उनी पटमूर्ख हुन्। तर, मलाई लाग्योे, उनी घिउ मान्छे हुन्। संसारमा अझै पनि कपट नभएका मानिस हुँदा रहेछन्। यस्ता मानिसले नै हामीलाई आशावादी हुन र मानवता भन्ने कुरा कहिले पनि निमिट्यान्न हुँदैन भन्नेमा विश्वास गर्न सघाउँछन्। हामीलाई यस्ता धेरै शाक्यजीहरूको खाँचो छ।

सत्ययुग, कलियुग वा अरू जे रूपमा बुझे पनि सत्य कुरा के हो भने समय कहिल्यै एकनास रहँदैन। समाज वा राष्ट्र परविर्तनशील कुरा हो। परविर्तनबाट अछुतो त कहिले को पो रहेको छ र? सकारात्मक वा नकारात्मक, सिर्जनशील वा विध्वंसात्मक, असल वा खराब र सानो वा ठूलो भन्ने मात्र फरक हो, परविर्तन त हरेक पल भइरहने कुरा हो।

परविर्तन पनि दुई प्रकारका हुन्छन्। एक, अप्रत्याशित वा अपेक्षित भौगोलिक तथा जलवायु परविर्तन। अप्रत्याशित परविर्तन मान्छेको नियन्त्रणभन्दा बाहिर हुन्छ। मान्छेको नियन्त्रणभन्दा बाहिरका अपवादलाई एकातिर पन्छाएर सोच्ने हो भने समाज र देशको परविर्तन भनेको त्यहाँ बस्ने मान्छेहरूको विचार, आनीबानी, व्यवहार र मानसिकताको परविर्तन हो। समग्र राष्ट्र कुन दिशातिर अग्रसर भइरहेको छ भन्ने कुरालाई यसैले निर्धारण गर्छ। हाम्रो परविर्तनको दिशा कुन हो त भनेर सोच्ने हो भने निश्चय नै त्यति आशालाग्दो तस्बिर आँखाअगाडि आउँदैन।

केही दिनअघि सामाजिक सञ्जालमा कसैले हालेको एउटा फोटोको कुरा यहाँनिर सान्दर्भिक हुन्छ। २० वर्षअघिको दुबई र आजको दुबईको एकै स्थानबाट खिचिएको त्यो फोटो हेर्दा अचम्म लाग्छ। मानिसले दुई दशकमा मुलुकको अनुहार कतिसम्म फेर्न सक्दा रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण थियो त्यो। संसारका अरू विकसित मुलुकको कुरा नगरी नजिकैको दिल्लीलाई मात्र हेर्ने हो भने पनि विकासको फड्को अविश्वसनीय लाग्छ। हामीसँग अनुहार, भाषा, धर्म, संस्कृति र धेरै हदसम्म मानसिकता मिल्नेहरूले समेत आफूलाई निकै अगाडि पुर्‍याइसक्दा पनि हामी किन झन् पछि सररिहेका छौँ त?

पश्चिमा मुलुकहरू अहिले नोएटिक साइन्सका नाममा मान्छेको मानसिक शक्तिका बारेेमा अनुसन्धान गररिहेका छन्। त्यसका प्रारम्भिक परण्िाामले के प्रमाणित गररिहेको छ भने मान्छेको सोच र मगजमा जति शक्ति अरू केही कुरामा छैन। त्यसको सही पहिचान र प्रयोग गर्न सक्ने हो भने वस्तुहरूलाई गति दिन, आकारप्रकार फेर्न र आफूले चाहेको हिसाबले प्रयोग गर्न सकिन्छ। यो कुरा उनीहरूले अहिले बुझेका भए पनि हाम्रो पूर्वीय ज्ञानको इतिहासले भन्छ, हामीले प्रारम्भिक र मध्यकालीन युगमै त्यसको भेउ पाइसकेका थियौँ। तर, आधुनिकताको होडमा त्यो कतै हरायो।

सामूहिक रूपमा एउटै मानसिकतामा केन्दि्रत भएर मानिसले चाहेको कुरा पूरा गर्न सक्छन्। त्यसका लागि सबै मानिसमा सकारात्मक सोचको विकास आवश्यक हुन्छ। हाम्रो असीमित मानसिक ऊर्जालाई चिन्नु र सही दिशातिर केन्दि्रत गर्नु मात्र पर्छ। त्यसैले आजैदेखि हामीले हरेक कुरामा सकारात्मक हुन प्रयत्न किन नगर्ने ?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment