Friday, July 20, 2018

हराएको मानिस भाग १

आषाढ ३०, २०७५ देखि दैनिक 'नयाँ पत्रिका'को शनिवार अंकका लागि धारावाहिक आख्यान शुरु गरेको छु, 'हराएको मानिस'



बिहानको १० बज्ने वेलाको समय 

थापाथलीको पुलको ट्राफिकमा असंख्य गाडीहरूको बीचमा एउटा महँगो, ठूलो चिल्लो गाडी पनि अड्किएको प्रचलित बजारभाउअनुसार त्यसको मोल पौने तीन करोडको हाराहारीमा पर्छ क्यारे पौने तीन करोडको गाडीभित्र पछाडिको सिटमा भव्य व्यक्तित्व भएको एकजना अधबैँसे मानिस बसेको

गाडीको झ्यालढोका टम्म लागेको तैपनि बाहिरको कर्कश ध्वनि कतैबाट छिरेकै सबै हर्न बजाइरहेका छन् पुलमा अलि ठूलो बस प्रवेश गर्नासाथ त्यो थोत्रो पुल भुइँचालो आएजसरी थर्थर काम्छ पूर्णतया वातानुकूलित गाडीमा पनि त्यो मानिसको निधारमा खै कसरी हो कुन्नि, केही थोपा पसिना आइरहेको देख्न सकिन्छ
उसको मन बेचैन भन्ने कुरा उसको अनुहारले नै स्पष्ट देखाइरहेको जतिसुकै महँगो गाडीभित्र बसे पनि मानिस तनावमुक्त खुसी हुन सक्छ भन्ने कुनै ग्यारेन्टी कहाँ हुँदो रहेछ  ! अगाडिपछाडि, दायाँबायाँ आँखाले भ्याउन्जेल चारपांग्रे दुईपांग्रे सवारीसाधनहरूले घेरिएको गाडीभित्र बसेको त्यो मानिस तीभन्दा कति हो कति गुना बढी चिन्ताले घेरिएको थियो

लेन मिचेर, बांगो टेढो परेर लम्पसार परेका अरू गाडी अनि भेटेकोजति कुना चेपचेपमा खाँदिएका मोटरसाइकलहरूले स्थितिलाई अझ बढी अप्ठ्यारो बनाएका छन् कतिपय दाहिने जानुपर्नेहरू देब्रेतिरको लेनमा देब्रे जानुपर्नेहरू दाहिनेको लेनमा छिरेर अड्किएका छन् बाटो सधैँजस्तै छिचोलिनसक्नु नै
कार्यालय समय सुरु हुन लागेका वेला काठमाडौंका सडकहरू यसै गरी अस्तव्यस्त हुन्छन् आफ्नो क्षमताले धान्नेभन्दा बढी मानिस सवारीसाधनहरूको बोझले किचिएको देशको राजधानीले जतिसुकै रोइकराइ प्रतिकार गरे पनि त्यो यहाँको कोलाहलमा कसैले सुन्दैन

कसैलाई कसैको प्रतिकार सुन्ने फुर्सद नै कहाँ यो प्रतिस्पर्धा भागदौडको निर्दयी समयमा यहाँ सबैलाई अघि बढ्नु , जसरी भए पनि, जसलाई जितेर भए पनि, जसलाई कुल्चिएर भए पनि बस्, यहाँ सबैलाई हतार
निकै बेरपछि त्यताको बाटो खुल्यो के उसको चिन्ताको बाटो पनि के त्यसै गरी खुल्ला ? लामो सास फेरेर उसले आफ्नो ड्राइभरलाई भन्यो, ‘छिटो कुदाऊ जितबहादुर नत्र, फेरि पुल काटेर चोकमा अर्को आधा घन्टा रोकिनुपर्छ
जितबहादुरले सक्नेजति एक्सिलरेटर थिच्यो

त्यसको आधा घन्टापछि त्यो पौने तीन करोडको गाडी कुनै एउटा तेह्रतले भवनको कम्पाउन्डमा सर्प घिस्रिएजसरी छि-यो लबीअगाडि गाडी रोकिनासाथ जितबहादुर फुर्तिका साथ ओल्र्यो घुमेर पछाडिपट्टिको ढोका खोल्न भ्यायो गार्डलगायत अरू केही मानिसको आँखा त्यतै केन्द्रित भयो पहिले सुनको मुठ भएको एउटा लौरो बाहिर निस्क्यो
त्यसलाई समातेको हातका चारैवटा औँलामा थरीथरी पत्थर जडिएका मोटा बाक्ला औँठी थिए एउटा ठूलो हीरा हुनुपर्छ, घाममा टिलिक्क टल्क्यो त्यसले रंगीबिरंगी प्रकाश फ्याँक्यो अनि बिस्तारै त्यो मानिस बाहिर निस्क्यो उसको उचाइ सामान्य नेपालीको भन्दा केही अग्लो थियो

सत्तरी वर्ष छुन लागेकाजस्तो देखिने त्यो मानिसको अनुहारमा उमेरका रेखाहरू देखिन्थे कपाल पूरै चाँदीजस्तो सेतो थियो तर, उसको शरीर त्यसको तुलनामा तनक्क तन्किएको स्वस्थ देखिन्थ्यो उसको समग्र व्यक्तित्व नै आकर्षक थियो अलि परबाट त्यतै हेरिरहेको एउटा युवकको आँखामा उसलाई चिनेको भाव आयो उसको मुखबाट निस्क्यो,
ओहो ! सर्वेश्वरराज कोइराला ?’
ढोकामा उभिएको गार्डले सर्वेश्वरराज कोइरालालाई बुट बजारेर सलाम -यो सर्वेश्वरराजले उसलाई सोध्यो,
सम्पादकजीको अफिस कुन तलामा ?’
तेह्रौँ तलामा हजुर

उसलाई परबाट हेरिरहेको युवक यति सुन्नासाथ हतारिँदै भित्रतिर लम्कियो सर्वेश्वरराजले एकपटक त्यो अग्लो भवनलाई टाउको उठाएर हे-यो बिस्तारै भित्रतिर लाग्यो
जितबहादुर गाडी पार्क गर्न गयो

तेह्रौँ तलामा लिफ्ट रोकियो ढोका राम्ररी खुल्दानखुल्दै अघि तल सर्वेश्वरराजलाई देखेर हतारिएको युवक बाहिर निस्क्यो लगभग दगुरेको गतिमा लामो करिडरको पल्लो छेउमा भएको कोठाको ढोकातिर लाग्यो त्यो ढोकाको नामपातोमा लेखिएको थियो,
प्रकाश राई, प्रधान सम्पादक
ढोका ढकढक्याउने सामान्य शिष्टाचारसमेत थाती राखेर ह्वात्तै भित्र पस्यो

अनायास कोही छिरेको आभास भएर प्रकाशले हतारिएर आफ्नो ल्यापटपमा खुलिरहेको पोर्न साइट बन्द -यो ल्यापटपबाट आँखा उठाएर हस्याङफस्याङ गर्दै भित्र छिरेको युवकलाई देखेर निश्चिन्त भयो उसले सोध्यो,
हुरीबतासजसरी छि-यौ भित्र कुनै ब्रेकिङ न्युज लिएर आयौ कि क्या हो ?’
युवकले आफ्नो सासलाई नियन्त्रण गर्न खोज्दै भन्यो,
त्यस्तै भन्ठान्नुस् सर सर्वेश्वरराज कोइराला आफैँ अफिसमा आएका छन्
प्रकाशको अनुहारमा जिल्ल परेको भाव आयो,
हाम्रो अफिसमा ? सर्वेश्वरराज कोइराला ? आर यु स्योर ?’
हो सर, मैले आफ्नै आँखाले देखेको उनी तपाईंकै अफिसमा आउँदै छन्

प्रकाश जुरुक्क आफ्नो कुर्सीबाट उठ्यो हतारहतार ढोकातिर लाग्यो आफ्नो अफिसको ढोका खोलेर बाहिर निस्कनु लिफ्टबाट सर्वेश्वरराज कोइराला बाहिर निस्कनु एकैपटक भयो सर्वेश्वरराज आफ्नो लठ्ठीको सहायताले सन्तुलित पाइला चाल्दै अघि बढ्न थाल्यो प्रकाश सय मिटर दौडको बन्दुक पड्केपछिको धावकजसरी त्यता लाग्यो सर्वेश्वरराजले चारपाँच पाइला नचाल्दै प्रकाश उसको छेउमा पुगिसकेको थियो सम्मानपूर्वक बोल्यो,
नमस्कार हजुर ! कत्रो ठूलो सौभाग्य मेरो हजुर स्वयं मेरो अफिसमा ? विश्वासै गर्न सकिरहेको छैन

सर्वेश्वरराज केही बोलेन प्रकाशले ससम्मान आफ्नै अफिसतिर सर्वेश्वरराजको सवारी चलाउन थाल्यो ढोका खोलेर त्यहीँ उभियो पहिले सर्वेश्वरराज भित्र छिरेपछि मात्र भित्र छि-यो सर्वेश्वरराजले सर्सर्ती उसको अफिसलाई हे-यो अनि छेउको सोफामा लमतन्न परेर बस्यो प्रकाश उसको अगाडि सोफाको अघिल्लो छेउमा आफ्नो पुठ्ठो अडाएर सतर्क मुद्रामा बस्यो उसले भन्यो,
खबर पठाउनुभएको भए आफैँ हाजिर हुन्थेँ हजुर स्वयंले यहाँसम्म आउने कष्टै गर्नुपर्दैनथ्यो
सर्वेश्वरराजले गम्भीर स्वरमा भन्यो,
काम मेरो थियो, त्यसैले नै आएँ
प्रकाशले सोध्यो,
काम हुँदै गर्छ हजुर चिसो, तातो के मगाऊँ ?’
एक गिलास पानी

प्रकाशले अघिदेखि उभिइरहेको युवकलाई आँखाले सान -यो युवक बाहिरतिर लाग्यो प्रकाश सर्वेश्वरराजले केही भन्लान् भनेजस्तो भावले मौन बसिरह्यो सर्वेश्वरराज के भनेर कहाँबाट कुरा सुरु गरौँ भनेझैँ मनमनै केही गमिरहे वातानुकूल यन्त्रको पंखा घुमेको मधुरो आवाज आइरहेको थियो

तल सडकमा गुडिरहेका गाडीहरूको हर्नको आवाज पनि सानो तर नियमित रूपमा आई नै रहेको थियो सर्वेश्वरराजले केही बोल्नलाई मुख खोल्नासाथ एउटी आकर्षक युवती किस्तीमा पानीको गिलास लिएर भित्र छिरी सर्वेश्वरराज मौन भएर उसलाई हेर्न थाल्यो प्रकाशकी सहायिका थिई
उसले मुसुक्क हाँसेर गिलास सर्वेश्वरराजको सामु राखिदिई नम्रतापूर्वक नमस्कार गरी सर्वेश्वरराजले गिलास उठाएर सफा पानीलाई नियालेर हे-योे मानौँ उसको आँखा माइक्रोस्कोप हो पानीमा कुनै कीटाणु भए/नभएको जाँच गरिरहेको नभएकोमा आश्वस्त भएपछि एकै घुट्कोमा उसले पानी सकायो प्रकाश उसको पानी निल्दा हल्लिरहेको रुद्रघण्टी हेर्दै सोच्न थाल्यो,
मैले आजसम्म कसैको यत्रो ठूलो रुद्रघण्टी देखेको छैन
गिलास रित्तिएपछि प्रकाशकी सहायिकाले नम्र स्वरमा सोधी,
अरू सर ?’
नो थ्याङ्क यु
सहायिका बाहिर गई प्रकाशले उसलाई सोध्यो,
के सेवा गर्न सक्छु हजुरको ?’

सर्वेश्वरराजले गम्भीर स्वरमा भन्यो,
मलाई तपाईंको पत्रिकामा एउटा विज्ञापन छपाउनु
प्रकाश अब जिल्ल -यो एउटा नाथे विज्ञापन छपाउनका लागि सर्वेश्वरराज कोइराला आफैँ उसको अफिसमा आउनु भनेको उदेकमर्दो कुरा थियो कुरा उसले बुझ्न सक्नेभन्दा गहिरो थियो
विज्ञापन ?’
हो पछाडिको फुल पेज भोलिको अंकमा

प्रकाशलाई अप्ठ्यारो भयो त्यो पत्रिकाको पछाडिको फुल पेज विज्ञापन साधारणतया एक महिनाभन्दा पहिले नै सुरक्षित भइसकेको हुन्थ्यो आजको भोलि भनेको असम्भव कुरा थियो उसले अकमकाउँदै भन्यो,
हजुर…, भोलि नै अलि सम्भव… 
सर्वेश्वरराजले कुरा काट्दै अत्यन्त नम्र स्वरमा भने,
प्रकाशजी ! तपाईंलाई मेरो बारेमा कति थाहा , त्यो भन्न सक्दिनँ तर, कृपया एउटा कुराचाहिँ थाहा पाइराख्नुहोला मैले कसैबाट नाइँ वा हुन सक्दैन भन्ने कुरा नसुनेको कति वर्ष भयो भन्ने पनि आफैँलाई हेक्का छैन त्यसैले मेरो सानो विनम्र अनुरोध विज्ञापन भोलि नै छापिनुपर्छ तपाईंले सक्नुहुन्न भने भन्नुस् जसले सक्नुहुन्छ वहाँसँगै कुरा गर्छु

प्रकाशलाई थाहा थियो, सर्वेश्वरराज कोइरालाको पहुँच पत्रिकाको स्वामित्व भएका मानिससम्म थियो सर्वेश्वरराजको कुरा उनले पनि नकार्न सक्दैनन् त्यसैले उसले समर्पण -यो,
त्यसको आवश्यकता छैन हजुर हामीलाई अप्ठ्यारो अवश्य नै पर्छ तर, हामी केही केही गरी एडजस्ट गर्नेछौँ
धन्यवाद ! यसो भनेर तपाईंले ममाथि ठूलो गुन लगाउनुभयो तपाईंको मेरो समय पनि बचाउनुभयो
प्रकाश खिस्स हाँस्यो उसले सोध्यो,
बरु कस्तो विज्ञापन हो छपाउन पर्नेचाहिँ ? केको बारेमा हो छाप्नुपर्ने विज्ञापन ?’

सर्वेश्वरराज कोइरालाको अनुहारमा पीडाको भाव आयो उसले बिस्तारै कोटको भित्री खल्तीमा हात घुसा-यो त्यो हात बाहिर निस्कँदा त्यसमा एउटा फोटो थियो उसले त्यो फोटो प्रकाशतिर बढायो प्रकाशले फोटो हे-यो त्यो चौबीसपच्चीस वर्षको एउटा सुन्दर युवकको फोटो थियो उसले फोटोबाट आँखा उठाएर पुलुक्क सर्वेश्वरराज कोइरालालाई हे-यो सर्वेश्वरराजले अलि थर्थर भएको स्वरमा भन्यो,
हराएको मानिस ’ 


क्रमश….

'हराएको मानिस' The Story So Far

धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...