Tuesday, July 29, 2008

कालो बजारमा पाइँदैन माया

अस्तिको हप्ता बल्ल बल्ल २ लिटर पेट्रोल पाइयो, त्यो पनि कालोबजारमा।


१०० रुपैंया लिटरको पेट्रोललाई २०० रुपियाँ तिरेर किन्नुपर्दा लौ त भन्ने हो भने मेरो चित्त पनि दुखेको थियो। रुखमा फल्दैन पैसा र आफूले मेहेनत गरेर कमाएको पैसा त्यसरी खर्च गर्नुपर्दा म खिन्न पनि भएको थिएं। तर आवश्यकताको अगाडि केही लागेन। पेट्रोल नपाउन थालेदेखि मैले आजकल कतै जानै छोडेको छु। पहिले पहिले केही साथीहरु मिलेर शुक्रवार शनिवार हुनै हुन्नथ्यो कतै न कतै लामो यात्रामा हिंडिहाल्थ्यौं हामी। अहिले त घरबाट अफीस, अफीसबाट घर, टाप लगाएको घोडा जस्तो भइसकेका छौं हामीहरू सबै। यता उति कतै जानै पर्ने भयो भने किलोमिटरको हिसाब गरेर चुकचुकाउनु पर्ने भएको छ।  



आज एक जनाले बढी मोल नतिरिकनै ५ लिटर पेट्रोल मिलाइदिएका छन्। त्यो लिनको लागि मलाई जान आउन गरेर ३० किलोमिटर जति लाग्छ तर पनि मलाई तिनी भगवानले माथिबाट पठाइदिएका कुनै दिव्यपुरुष जस्तो लागे। ओहो, ५ लिटर पेट्रोल त्यो पनि परल मोलमा?

जिन्दगीमा हरेक कुरामा पनि हामी यस्तै हुन्छौं। सम्वन्धका कुरामा पनि यही त लागू हुन्छ। सजिलोसंग आरामले पाएको मायालाई पनि हामी पहिले पहिलेको पेट्रोल जस्तै गर्ने गर्छौं। तर जब त्यसको अभाव हुन थाल्छ अनि मात्र हामी त्यसको महत्व बुझ्ने गर्छौं। तर भावना, स्नेह, प्रेम र सम्बन्ध त अझ झन् कालो बजारमा बढी पैसा तिरेर पनि पाइंदैन। त्यति जान्दाजान्दै पनि किन हामी सजिलोसंग पाएको कुराको महत्व नबुझ्ने मूढ  हुन्छौं ?


हेरौं त एकपटक हाम्रो वरिपरि नियालेर, भोलि महत्व बुझेर चुकचुकाउनु पर्ने कति त्यस्ता सम्बन्धहरुको कतै आज हामी बेवास्ता त गरिरहेका छैनौं?

Monday, July 28, 2008

Om Namoh Shivay

The world was coming to an end. Something was tearing the earth apart. There was chaos everywehere. People were running around, shouting and screaming.


I was chanting "Om Namoh Shivay.....Om Namoh Shivay.....Om Namoh Shivay..." somewhere. Lord Shiva appeared in front of me. I can not remember how he exactly looked, it was a vague vision. I was thinking that I should not ask for anything. I did not ask for anything.


But he blessed me. He blessed me that nothing could destroy me, no one could look in to my eyes and dominate me.


Then I woke up. It was midnight. My little daughter, who had slept with me was nudging me. She was suffering from tonsil infection. She had high fever. After giving her cetamol,  cooling her forhead with water soaked cloth & making her sleep, I lay awake for a long time thinking about the strange dream.



Couple of my friends, upon knowing about this dream of mine have suggested that I should go to Shiva Temple and bow my head today. I agree with them. I am planning to do that on my way back to home.

Tuesday, July 22, 2008

अनुसरण, हाम्रा च्यानलहरूको

सिक्नु राम्रो कुरा हो। हामी सबै संधै सिकिरहेका हुन्छौं, केही न केही, कहीँ न कहीँ। तर के सिक्ने र के नसिक्ने भन्ने कुरा चाहिँ थाहा हुनुपर्छ।  
 
अहिले हाम्रा टेलिभिजन च्यानलहरुले हिन्दी समाचार च्यानलका विकृतिहरु सिक्न थालेका छन्। गीति रिपोर्ट भनेर हिजो एउटा च्यानलले गाइजात्रा गरिरहेको देख्दा मलाई वाक्क लाग्यो। नौटङ्की पारामा राष्ट्रपति निर्वाचनको परिणामको बारेमा व्याख्या गर्दै पृष्ठभूमिमा गीत बजाएर प्रस्तुत भएको त्यो रिपोर्ट ठ्याक्कै हिन्दी न्यूज च्यानलहरुको फोटोकपी लाग्दथ्यो । हिन्दी न्यूज च्यानलहरुले सस्तो लोकप्रियताको लागि समाचारको स्तरलाई नै रसातलमा जाक्ने काम गरिरहेको आवाज भारतमा नै उठ्न थालिसकेको बेला हाम्रा च्यानलहरु अब त्यसैको सिको गर्न तिर लागेका छन्। भारतमा समाचार च्यानलहरुले आफ्नो बिश्वसनीयता गुमाइसकेका छन्। पहिले पहिलेका मनोहर कहानियाँ र सत्य कथा भन्ने पत्रिका जस्ता भएका छन् भारतीय समाचार च्यानलहरु। होडवाजीको क्रममा उनीहरुले नैतिकता, जिम्मेवारी, तथ्य जस्ता सबै कुराहरुलाई पाखा लगाइसकेका छन्। तर दुखको कुरा के भने अब हाम्रा समाचार च्यानलहरु पनि त्यही बाटोमा हिंड्ने भए। 

मलाई सोच्न वाध्य बनाउने अर्को कुरा पनि छ। पछिल्लो वर्स सगरमाथा टिभीको लागि मैले परामर्शदाता भएर केही समय काम गरेको थिएं । त्यतिबेला स्वरसम्राटको पुनर्जन्म भनेर एउटा न्यूजब्रेक गर्दा अलिकति नौटङ्की मैले पनि गर्न सिकाएको थिएं । त्यो बेलामा भारतीय न्यूज च्यानलको सिको हुन लाग्यो भनेर कसैकसैले भनेका थिए । कतै मैले नै यो प्रवित्ति भित्र्याउन शुरुवात गरेको त हैन भनेर म एकछिन झसङ्ग पनि भएं । (लिङ्क)
 
हामी किन छिमेकीको गलत कुराहरु मात्रै सिक्ने गर्छौं? राजनीति, कला, सिनेमा, सङ्गीत, टेलिभिजन कार्यक्रम, समाचार, बोलीचाली, आचरण र व्यवहारमा जहिले पनि हामी गलत अनुसरण मात्र किन गर्छौं?

Sunday, July 6, 2008

Love beyond the bars

I smiling girl is flashing her engagement ring. I saw the picture in one of the newspapers this morning. It was very usual, but the unusual part was the caption which said this 20 years old girl has been engaged to Charles Shovraj. She had been visiting him in prison to help in the translation of his case. They fell in love. My first reaction was,
"How could a 20 years old girl fall in love with Charles Shovraj?"

But later on I realized that I could not be judgemental. What do I know about them? What do I know about the girl or Charles Shovraj? The only thing I know about him is whatever I have read in newspapers, heard or seen in Television. Whatever developed between them, however it developed is entirely between them. And it is entirely their own personal buisness. Love is the strangest thing. It can happen to anyone, anywhere and it has no barriers.

To LOVE someone, only one reason is sufficient; that you love him or her.
To LEAVE someone, you can find many many reasons.

Leaving someone is easy, loving someone is not.

अलि विस्तारमा,


प्रसन्न मुद्रामा आफ्नो औंलामा भएको औंठी देखाइरहेकी एउटी युवतीको फोटोले मेरो ध्यान तान्यो। त्यो यसको “इन्गेजमेण्ट” को औंठी रहेछ। तर त्यो फोटोको मुनि छापिएको कुरा पढेर त एकछिन जिल्ल नै परें। ती २० वर्षीया युवतीको “इन्गेजमेण्ट” चार्ल्स शोभराजसंग भएको रहेछ। शोभराजको मुद्दाको सन्दर्भमा अनुवादका लागि सहयोग गर्न जाँदा उनीहरुको बीचमा प्रेम पलाएको कुरा त्यहाँ उल्लेख थियो। 

मेरो पहिलो प्रतिकृया थियो, एउटी २० वर्षीया युवतीको चार्ल्स शोभराजसंग प्रेम? यो कसरी सम्भव हुन सक्छ? यो कुरा मेरो मनमा निकै बर रहिरह्यो, खेलिरह्यो।  

अलिक बेर सोचेपछि मलाई लाग्यो, म किन यसरी निष्कर्षमा पुग्न खोजिरहेको छु? हामी सबैको बानी हुन्छ, देखेको र सुनेको कुराको भरमा आफ्नो सोच बनाउने। म ती युवतीको बारेमा केही पनि जान्दिनं। शोभराजको बारेमा पनि मलाई त्यति नै थाहा छ जति मैले पत्रिकामा पढेको छु, रेडियो टिभीमा सुनेको वा देखेको छु। त्यसबाहेक पनि एउटा मान्छेको रुपमा पनि त शोभराजको आफ्नै व्यक्तित्व छ नि। त्यस अर्थमा हेर्दा उनीहरुको बीचमा किन र कसरी त्यो सम्बन्ध बन्न गयो, त्यसका पछाडि के कारणहरु थिए भन्ने कुरा उनीहरुलाई मात्र थाहा हुने कुरा हो। ती कुराहरु मलाई मात्र होइन हामी कसैलाई पनि केही थाहा छैन।  

यसलाई एउटा उदाहरणको रुपमा मात्र लिएर म सोच्न थालें। वास्तवमै प्रेम भन्ने कुरा अति नै अनौठो हुन्छ। यो कुनै पनि बेला, कसैसंग पनि हुन सक्छ। न त त्यसको कुनै मापदण्ड छ, न कुनै तर्क, न कुनै नीतिनियम र न कुनै सीमा। प्रेमलाई न उमेरले, न जातले, न सामाजिक स्तरले, न त भूगोलले, केहीले पनि बाँध्न नसकेका कति प्रसंगहरु छन्। पुराणका पाना पल्टाए पनि, इतिहास खोतलेर हेरे पनि अथवा हाम्रै परिवेशलाई नियाले पनि यस्ता प्रेमप्रसंगहरु थुप्रै थुप्रै नपाइने होइनन्। त्यसैले कैदको डण्डी वारिपारि पनि प्रेम पलाएन होला भनेर भन्न कहाँ सकिन्छ र?
 
यही विषयमा समामान्य छलफल हुँदा मैले मेरा मित्र गायक तथा सङ्गीतकार आभासलाई अचम्म लागेन भनेर सोधेको थिएं। उनले पनि भने, 
“अचम्म लाग्ने कुरा के छ र? यो स्वाभाविक कुरा हो। तर के भने यस्ता सम्बन्धहरु कि त कुख्यात कि त प्रख्यात मान्छेहरुका भए मात्र हामी सहज रुपमा स्वीकार्ने गर्छौं।”  

अस्वाभाविक परिस्थितिमा जन्मने प्रेम सम्बन्धहरु निश्चय नै जटिल हुन्छन्। तिनले आफूसंगै हजारौं अप्ठ्याराहरु बोकेर आउँछन्। सामाजिक मान्यता, नैतिक मूल्यका प्रश्नहरु पनि उठ्ने गर्छन्। तर प्रेमलाई ती कुराहरुसंग जोड्नु कति उचित हो वा होइन भन्ने कुरा हामी हत्पति सोच्दैनौं। त्यसलाई अनुचित हुनुको छाप लगाउनु अघि हामी दुइपटक पनि सोच्दैनौं। ओशोले भनेका छन् माया भन्ने कुरा सबैभन्दा माथि हुन्छ। एकजना कसैलाई माया गर्नुको अर्थ अरु कसैलाई माया नगर्नु होइन। माया भाग लगाउने कुरा होइन। एउटाको भागबाट कटाएर अर्को कसैलाई बाँड्ने कुरा हैन माया।  

हुन पनि हो, माया कि त लाग्छ, कि त लाग्दैन। धेरैथोरैको कुरा नै आउँदैन मायामा। कसैलाई माया गर्न एउटै मात्र कारण पर्याप्त हुन्छ, त्यो मान्छेको माया लाग्नु। त्यो लाग्यो भने प्रेम आफैमा पूर्ण हुन्छ। त्यसका परिणाम, त्यसले निम्त्याउने सकारात्मक नकारात्मक सबै कुराहरु गौण हुन जान्छन् तर माया नलाग्नका लागि, माया नगर्नका लागि भने तिनै कारणहरु सर्वोपरि हुने गर्छन्। हजारौं लाखौं कारणहरु फेला पार्न सकिन्छ माया नगर्नका लागि। 

शायद त्यसैले होला, माया गर्न जति गाह्रो हुन्छ, माया नगर्न त्यति नै सजिलो हुन्छ।
असार २३, २०६५ कान्तिपुर दैनिकमा प्रकाशित

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...