Translate

Tuesday, September 2, 2008

मदनदाइले भावुक बनाउँदा

मदनकृष्णले हँसाउँछन्, कुनै नौलो कुरै भएन। तर उनले भावुक पनि बनाउँदा रहेछन्। केही दिन अघि एउटा साङ्गीतिक कार्यक्रममा उनले आफ्नो एउटा पुरानो गीत सुनाए,

"मलाई त जिन्दगीले कति हँसायो हँसायो।"

त्यो गीतको एउटा हरफले मलाई भने एकदम भावुक बनायो,
"विधाताले किन आँखा चिम्लिदिन्छन्,
निर्दोष बलीका बोका रूँदा
मलाई त मेरै भगवानले रेटी रेटी हँसायो"

1 comment:

  1. अहिले सम्म शा काहारी भएकी छैन तर यि यस्ता भाबनात्मक कुरा सुनिरहदा चट्टक्क मासु खान छोडौ जस्तो हुन्छ । छिट्टै नै छोड्छु पनि होला । (हरेक पटक मासु खादा भित्री मनमा सन्तोष हुँदैन )
    यो त भयो आँफै सँग आँफैलाई चित्त नबुझेको आफ्नै कुरा । साच्चै भगवान को नाममा किन यसरी पशु बली दिन्छ मान्छे ! भगवान भन्ने अनी प्राणी को हत्या भगवान को नाममा गर्ने ! यि यस्ता कु - सस्कार लाई अबका शिछित समाज ले प छ्याउनु शोभा दिदैन ।
    मासु स्बास्थ्य को लागि हितकर त हुँदैन तथापी जो जस्ले खान्छन कम्तिमा पनि भगवान को नाम मा नखाइदिउन अर्थात भगवान को नाम मा बली दिएर कु - सस्कार लाई निरन्तरता नदिउन ।

    ReplyDelete