समयमा हिंड्ने, समयमा भनेको ठाउँमा पुग्ने भनेको नेपालमा खराब बानी हो, कुलत हो। त्यतिमात्र होइन लौ त भनौं भने यो एउटा रोग हो। मेरो यो सोच बारम्बार प्रमाणित भै रहन्छ र पनि हालै एकदिन फेरि म यो रोगको सिकार हुन पुगें। बिहान आठ बजेको समयमा एक ठाउँमा एक जना मान्छेसंग भेटघाटको कार्यक्रम तय भयो। भनेको ठाउँमा म ठीक आठ बजे पुगें र ती महानुभावका लागि धेरै त होइन पौने दुइ घण्टा कुरें। बारम्बार फोनमा उनले पुग्न लागें, नजीकै छु, मोडैमा छु, जस्ता बहाना बनाएर मलाई अड्काइरहे। अहिले त मोबाइलको जमाना छ, जहाँ नेर भएर जहाँ नेर छु भन्न पनि पाइन्छ। प्रविधिको यो सुविधाको उनले सकुन्जेल सदुपयोग गरे, मलाई अल्मलाएर राख्नका लागि।
तर म ती महानुभावलाई कुनै दोष दिन्नं किनभने समयमा हिंड्ने रोगबाट ग्रस्त त म हुँ र उनी त थुप्रै अरुहरु जस्तै स्वस्थ्य वर्गमा पर्ने मान्छे हुन्। समयको बारेमा हाम्रो आरुनै मूल्य र मान्यताहरु छन्। कुनै बिहे बर्तमन वा भोजभतेरको निम्तो पाउनासाथ हामी समय हेर्छौं र भन्छौं,
"छ बजे बोलाएको रहेछ, विस्तारै सात साढे बजेतिर पुग्नुपर्ला नि।"
तपाईंले झुक्केर पनि होइन छ बजे नै पुगौं न भन्नुभयो भने सबैले तपाईंलाई कुनै सामाजिक अपराधीलाई झैं हेर्छन् र हकार्छन्,
"के भन्या त्यस्तो, छ बजे बोलाएको ठाउँमा छ बजे नै पनि कोही जान्छ, खानै नपाएको जस्तो?"
मानौं कसैको खुसियालीमा सहभागी हुनु भनेको खान मात्र जानु हो र हो नै भने पनि भनेको समयमा गएर खानु हुँदैन।
कतिपय मान्छेहरु समयमा कहीं पुग्यो भने आफू काम नभएको र फुर्सद भएको प्रमाणित भइन्छ भनेर पनि अलमल गर्छन्। व्यस्त हुनु, काम हुनु र समयमा नहिंड्नु फरक कुरा हो भनेर हामी बुझ्दैनौं। जो जति ढीला कतै पुग्छ, त्यो त्यति नै ठूलो भीआइपीमा गनिन्छ। केही अपवादलाई छोड्ने हो भने म र म जस्ता समयरोगीहरु हरेक पटक हरेक ठाउँमा भनेको समयमा पुग्ने गर्छौं। यदि घडीको सियोसंग हामी तालमेल गर्न सक्छौं भने, कहिले कहीं मलाई अचम्म लाग्छ, यी स्वस्थ्य प्राणीहरु किन त्यसो गर्न सक्दैनन्?
कहिले कुनै कार्यक्रम भनेको समयमा सुरु हुँदैन, भनेको समयमा अन्त्य हुँदैन। हवाइ उडान, बस छुट्ने, प्रतिनिधि सभा, गोष्ठीभेला, चुनाव, कुर्सी बाँडफाँड, सरकार गठन, निर्णय, बजेट, निर्माण कार्य, विकास योजना, तिनको कार्यान्वयन कुनै पनि चीज भनेको समयमा हुँदैन। नेपाली टाइम भन्ने विशेषण सबै ठाउँमा व्याप्त, सर्वमान्य र सर्व स्वीकार्य भैसकेको छ। यी स्वस्थ्य मान्छेहरु बडो गर्वका साथ यो शव्दलाई प्रयोग गर्ने गर्छन्। अर्कोपल्ट कुनै त्यस्तो स्वस्थ्य मान्छेले
"नेपाली टाइम भन्या यही हो" भन्ने बेलामा तपाईं उसको अनुहारमा नियालेर हेर्नुस् त कति धेरै आत्मन्तुष्टि र गौरव हुन्छ त्यहाँ त्यतिबेला।
एकातिर हाम्रो समय प्रतिको मान्यता यस्तो छ भने अर्को तिर हामीलाई जति हतार कसैलाई हुँदैन। एकएक पल मानौं हाम्रो लागि लाखौं बराबर हुन्छ। तर त्यो कस्तो बेलामा भने, ट्राफिक बत्ती कुर्न परेको बेला वा कतै लाममा लाग्नु परेको बेला। दुइ सेकेण्ड कुर्न यस्तो बेलामा स्वस्थ्य मान्छेहरु सक्दैनन्। आफू रोकिएको बेलामा आफ्नो तिर हरियोबाट पहेंलो हुँदै बत्ती रातो भएको दुई सेकेण्डसम्म पनि छिर्न पाइन्छ भन्ने बिश्वास उनीहरुलाई हुन्छ। किनभने यता हरियोबाट पहेंलो भएर रातो भएपछि मात्र उतातिर रातोबाट पहेंलो बत्ती बल्न थाल्छ र अनि मात्र उताबाट सवारी साधनहरु गुड्न गाल्छन् भन्ने दूरदर्शिता उनीहरूमा हुन्छ। तर उनीहरू जस्तै दूरदर्शिता भएकाहरु उतातिर पनि हुन्छन् जो आफ्नो अगाडिको रातो बत्ती होइन, गर्धन बंग्याएर यता तिरको हरियो बत्ती हेरेर कुरिरहेका हुन्छन्, अनि यतातिर हरियोबाट पहेंलो हुनासाथ उता रातै भए पनि हुँइकिन कटिवद्ध भएर बसेका हुन्छन् भन्ने उनीहरू बिर्सन्छन्।
नचाहिने बेलामा चाहिँ समयको सदुपयोग गर्ने स्वस्थ्य मान्छेको संस्कार हुन्छ। समय प्रतिको यो मोह, यो हत्तारो, यो स्फूर्ति सकारात्मक र रचनात्मक कुरामा प्रयोग गरेको भए आज हामी कहाँ हुन्थ्यौं होला।
तर त्यसरी नियम मिचेर समयको सदुपयोग गरे पनि स्वस्थ्य मान्छेहरु भनेको ठाउँमा चाहिँ समयमा पुग्दैनन्। कर्मचारीहरु त्यसरी कार्यालय पुगे पनि एकआध घण्टा घाम नतापी, राजनैतिक टीकाटिप्पणी र विश्लेषण नगरि, चियाको चुस्कीसंगै अघिल्लो राति टिभीमा हेरेका कार्यक्रहरुको बारेमा सामूहिक छलफल नगरि आफ्नो टेबुलमा पुग्दैनन्।
हामींसंग एउटा यस्तो खाता छ, जसमा कसैले हरेक दिन छयासी हजार चारसय रुप्याँ हालिदिन्छ। तर बेलुका बाँकी रहेको जति पनि रकम छ, त्यो निकालिदिन्छ र भोलिपल्ट फेरि त्यति नै जम्मा गरिदिन्छ। एक दिन भरिमा हामीले त्यो प्रयोग गरेनौं भने त्यो खेर जान्छ। एक दिनमा चौबीस घण्टा, एक घण्टामा साठी मिनेट र एक मिनेटमा साठी सेकेण्ड। हाम्रो एक सेकेण्ड कम से कम एक रुप्याँ बराबरको हुन्छ भनेर मान्ने हो भने हरेक दिन छयासी हजार चारसय रुप्याँ हामीले पाइरहेका छौं, प्रयोग गर्ने कि खेर फ्याल्ने भन्ने हाम्रो हातमा नै छ।
तर स्वस्थ्य मान्छेहरुको यो ठूलो जमातले यो खाता देखेको छैन। यी स्वस्थ्य मान्छेहरुले नेपाली टाइम भनेर एकआध घण्टा खेर फाल्नुलाई राष्ट्रिय मान्यताप्राप्त तथ्य बनाइसकेका छन्। यो हाम्रो गौरवशाली परम्परा बनेर बर्सौंदेखि चलिआएको छ र आगामी धेरै वर्षसम्म पनि चलिरहने लक्षण छ। यसरी बर्सौंदेखि हामीले गर्वका साथ हरेक ठाउँमा बारम्बार खेर फाल्दै आएको एकडेढ घण्टाहरु जम्मा हुँदाहुँदा हामी विकास, उपलव्धि र संसारको गतिमा कति पछाडि परिसक्यौं भन्ने स्वस्थ्य मान्छेहरुले कहिले सोच्ने हुन् कुन्नि।
*** *** ***
mysansar.com मा यो प्रकाशित भएपछि प्राप्त प्रतिक्रियाहरू
Brajesh ji, I’m also of ur view. In fact, this is the real picture of our modern urban Nepali culture. But we should be optimistic. Brajesh ji, we can change this culture, if we have commitment to do it. I’m with u, don’t worry. Brajesh ji,I cent percent agreed with u. This is the real picture of our modern Nepali society. But, Brajesh ji, we should be optimistic. We should be changemakers. We we change ourselves with commitments from the heart, we can change the world. Don’t worry, I’m with you.
-diwaker
TAPAILE BASTAB MAI NEPALIKO BANI KO LUR ALEKHNU BHAKO HO THANKS.
-SURAJ
Hami badi fursadi bhayaka karan nai hola yeso bhayako.Kunai sano kaam ko lagi hami pura din chutaayauauchau.15 minutes maa hune kaam ka lagi ghantau bitauchau.Java country lay arthik kranti gerney cha taba yo bistara hetcha hola!!
maa pani ekdam samaya mai pugney gerchu tara kahiley kahi dherai kurnu perda,risayara hideko pani chu.
Mathi neta bata manis lai ghantau kurauney rog tala hami janata samma pugeko cha.
abasya aba chahi swoch nai percha,bhaneko belamaa naune haru prati - Birodh sworoop 2/4 din Tin lai bahiskar gerneho ki ?
-Nishant Sharma
ट्राफिक बत्तीको कुराले साह्रै घत लाग्यो, यद्यपि मसँग लाइसेन्स र मोटरसाइकल दुवै छैन । काठमाडौंमा त गाडी चलाएकै छैन ।
-Pushpa
The trend is set mostly by our so called leaders.Anyhow they must come at the last.
In case of meeting, I think a person comes on time generally if he has the work to do,but if he is called to help it’s god knows when will be his time.
-Jeev
Hello Brajesh jee
Its been long, we haven’t heard from you. We really love your script writing on movie. We still waiting for your acting like “Timoti” and script writing like on movie “Manakamana”.
-Ran
त्यसरी पातो फुस्किने गरेर नभन्नोस् न बन्धु ! म पनि समय पालनको लागि रोगी(तपाइँको भाषामा स्वस्थ) हुँ । कुइरेसित काम गर्दादेखिबाहेक जहिल्यै पनि केही न केही ढिला भैहल्छ । कुइरेसँग ढिलो हुनुको मतलब चोरी गरेजस्तो ठगेजस्तो र अनुत्तरदायी भएजस्तो हुन्छ । कोही भर्खर विदेशबाट आएको भए बेग्लै हो, नत्र चलिहाल्छ नेपालाँ । राम्रो कुरो उठाउनुभयो , हेरौं अब सुध्रिन सकिन्छ कि ?
-Kalyan Acharya
Very good writeup and it is relevant too. I am sure you are one of the handful number of people in Nepal who really cares about keeping time. No other revolution can change the fate of our country unless everyone of us realize that the revolution is required within us the way we perceive time. And it is the easiest thing to do!
-Badri Khanal, Washington DC
ब्र जे श खनाल जि !
लेख राम्रो लाग्यो । यथार्थ लेख्नु भो ।
-Luna
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment