Tuesday, December 2, 2008

वर्षाको एउटा छिटा

स्निग्धताको
मधुरो आभाष पनि
कति न्यानो, कति प्रेममय

तप्त अभिशप्त
रापले डढेको पहाडलाई
चीसो हावाले सरक्क
छोएर गए जस्तो
अपूर्णताको लामो एक्लोपना
र त्यसको अत्यासलाग्दो पीडापछि
प्राप्ति, पूर्णताको
एउटा सानो अंश पनि
कति अपार, कति सम्पूर्ण

लामो सुख्खा खडेरीपछि
वर्षाको पहिलो छिटा खस्दा
सन्तापले जर्जर भइ
चिराचिरा परेको भुइंमा
उठेको वाफ जस्तो
मधूरो सुगन्ध पनि
कति सुमधु्र, प्राणदायी

एउटा अठोट, एउटा संकल्प
आफैसंग एउटा वाचा
अडिग, अटल, चीरस्थायी

शनिवार, २०६५ मङसीर १५

अन्धेर नगरी-चौपट राजा

फाफुराले समाचार सुन्ने र पढ्ने काम गर्दैन । न रेडियो, न टिभी अनि न पत्रपत्रिका । जति गरेपनि यो एउटा कुलत उसले लगाउनै सकेन के गर्नू ? यति स...