Translate

Tuesday, December 2, 2008

वर्षाको एउटा छिटा

स्निग्धताको
मधुरो आभाष पनि
कति न्यानो, कति प्रेममय

तप्त अभिशप्त
रापले डढेको पहाडलाई
चीसो हावाले सरक्क
छोएर गए जस्तो
अपूर्णताको लामो एक्लोपना
र त्यसको अत्यासलाग्दो पीडापछि
प्राप्ति, पूर्णताको
एउटा सानो अंश पनि
कति अपार, कति सम्पूर्ण

लामो सुख्खा खडेरीपछि
वर्षाको पहिलो छिटा खस्दा
सन्तापले जर्जर भइ
चिराचिरा परेको भुइंमा
उठेको वाफ जस्तो
मधूरो सुगन्ध पनि
कति सुमधु्र, प्राणदायी

एउटा अठोट, एउटा संकल्प
आफैसंग एउटा वाचा
अडिग, अटल, चीरस्थायी

शनिवार, २०६५ मङसीर १५

5 comments:

  1. कबिता सुन्दर छ , भाब झन सुन्दर !
    सुन्दर मा त्र भनेर यो मनले मानेन -- शब्द पनि छचल्कियो यसरी ----
    ~~^^~~^^~~^^~~
    घोलेर सुन्दर रङ्ग
    फागु पूर्णे को अ ध र मा
    फूलेको फूल जस्तो
    सुन्दर सुन्दर
    ति शब्द - भाब - मन
    ~~
    एउटा पहाड उचालेर
    प्रतिक्षा रत
    प्रेमी युबक झै
    बलबान
    ति शब्दका मर्म झन
    ~~
    उशा को लालिमा
    टल्केको शितको थोपा जस्तो
    कोमल सुन्दर निर्मल
    निश्छल
    त्यो अन्तस्करण ।
    ~~~~~~~~~

    ReplyDelete
  2. सुन्दर कविता , मन पर्यो ।

    ReplyDelete
  3. wonderful composition. too soft and delicate..I like

    ReplyDelete
  4. Lovely!!! As Always!!!

    ReplyDelete