तुषारोले सेताम्य भएका घाँसहरू अनि पुषको कठांग्रिने जाडो।
बोल्न नसक्ने एउटा निरिह जीवको मायालाग्दो रूवाइले मेरो निन्द्रा खुल्छ। मेरो घर छेऊमा एउटा खालि जग्गा छ। ती जग्गाधनी त्यहाँभन्दा टाढा बस्छन्। उनले त्यहाँ चारैतिर अल्गो पर्खाल लगाएका छन्। टिनको ढोकामा मारेको ताल्चा पनि खिया लागिसकेको छ। हिजो राति एउटा कुकुर त्यहाँ हाम्फालेछ। केही पाइएला कि भन्ने आशामा त्यहाँ छिरेको त्यो बिचरा रातभरि त्यहाँ चीसोमा थुनिएछ। मैले राति नै कतै कुकुर रोएको सुनेको थिएँ तर कुकुर रुनु कुन नौलो कुरा हो र भन्ने सोचेर निदाएँ। बिहान पनि त्यही आवाज सुनेर खोजीनिति गर्दा पो माया लाग्दो गरि यता र उति गर्दै रोइरहेको त्यो कुकुरलाई देखें। त्यो कठाग्रिंएको कुकुर भोक र जाडोले काम्दै रोइरहेको थियो। कोही आएर आफूलाई त्यहाँबाट मुक्त गरिदेला भनेर आफूले जानेको भाषामा गुहार माग्दैथियो।
त्यसलाई त्यहाँबाट निकाल्ने मेरा सामु दुईवटा मात्र उपाय थिए, या त भित्र गएर त्यसलाई बोकेर पर्खाल कटाउनुपर्थ्यो, या टिनको ढोकामा मारेको ताल्चा खोल्नु पर्थ्यो। मलाई दोमन भयो, त्यहाँ भित्र गएर नचिनेको कुकुरलाई बोक्न जाऊँ भने टोक्ला कि भन्ने डर। नटोके पनि कुनै रोगसोग लागेको हुन सक्थ्यो त्यसलाई। ताल्चा खोल्नका लागि साँचो छैन। जग्गाधनीलाई बोलाऊँ भने त्यति टाढाबाट एउटा भुस्याहा कुकुरलाई मुक्त गर्न उनी आउलान् भनेर मलाई बिश्वास भएन। छरछिमेकबाट उनको फोन नम्बर पत्ता लगाएर ताल्चा फुटालेर कुकुरलाई छुटाउने अनुमति मागें। नयाँ ताल्चा हालिदिने शर्तमा उनले अनुमति प्रदान गरे। मैले बल्लबल्ल ताल्चा फुटाएँ, चारवटा जति बिस्कुट खान दिएँ। त्यो कुकुर खुशी भएर पुच्छर हल्लाउँदै गयो।
त्यसलाई देखेर मलाई लाग्यो, अहिले हाम्रो हविगत पनि त त्यही कुकुरको भन्दा कति नै फरक छ र? हामी पनि त त्यस्तै नाघ्न नसक्ने पर्खालहरूले घेरिएका छौं, थुनिएका छौं। १६ घण्टाको लोडशेडिङ्ग, सडकमा थुप्रिएका फोहोरको डङ्गुर, शान्तिसुरक्षाको अभाव र राजनैतिक अस्थिरताका अल्गाअल्गा चारवटा पर्खालहरूका बीच रन्थनिएर छटपटिएका छौं। हामी पनि कहिले कसैले आएर त्यो ताल्चा काटेर हामीलाई उम्काइदेला भनेर टुलुटुलु हेरेर बसिरहेका छौं। बेलाबेला ढोकामा कोही आएको थाहा पाएर हामी उत्साहित हुन्छौं तर आउनेहरू परिस्थितिको अवलोकन गर्छन्, हामीलाई कसरी त्यहाँबाट मुक्त गर्ने भनेर छलफल गर्छन्, बिवाद गर्छन्, सहमतिमा पुग्दैनन्। आफै लड्न थाल्छन्, लडिरहन्छन्।
हामी कुरिरहेका छौ, कहिले कस्को आशमा, कहिले कस्को आशमा।
जाडो झनझन बढ्दो छ, भोक पनि।
Monday, January 12, 2009
चार पर्खाल र थुनिएको कुकुर
Subscribe to:
Post Comments (Atom)
एकदमै सही ।
ReplyDeleteक्या सटीक प्रतीक राख्नुभयो ब्रजेशजी नेपालको अहिलेको अबश्था देखाउन!
ReplyDeleteत्यो कुकुरप्रति तपाईँले देखाउनुभएको दयाले तपाईँको संवेदनशील हृदयको परिचय दिन्छ। यस्तो संवेदनशीलता मान्छेहरुले गुमाऊँदै गईरहेको बेलामा तपाईँले भने भरपूर जोगाएर राख्नुभएको रहेछ। सलाम छ तपाईँलाई!
Brajesh,
ReplyDeleteIt is really good post. Though the Incident was pretty simple and ordinary you made a perfect analogy with the present situation of Nepal and Nepali.
You are truly a good writer.
कहिले सम्म रुने हो ? रुन पनि त एनर्जी चाहिन्छ । फेरी रुने तपाईं एक्लो पनि त हुनु हुन्न । " मर्नु भन्दा बहुलाउनु निको " भन्छन --
ReplyDeleteभोली स्बर मच्याउन को लागि एनर्जी को तरखर गर्दा बेश होला--
संसार एक मिनेट को भाईसक्यो । केही समय को लागि जहाँ बस्नु भए पनि देश लाई खोजेर आबाज निकालिरहन सक्नु हुन्छ --
महत्ब पूर्ण कुरा निरासित जिबन बाच्नु भन्दा ' कि गर कि मर ' --
जिन्दगी को यथार्त पल लाई स मेटे र मार्मिक लेख लेख्नु भो । निरन्तरताको शुभ कामना ।
जिबन पल नै पल हरुले गुज्री रहेको हुन्छ । त्यो कुकुर रोएको रात , भोली पल्ट् कुकुर को बिजोग देख्नु भएको छ्ण (पल) , अनी आफूले सक्दो त्यो अ मूक प्राणी लाई गर्नु भएको उद्दा र , अनी त्यो पर्खाल र पर्खाल सगै तपाईंको मानस पट ल तरङित भएका भाबना हरु र हाम्रो मुलुक र हामी नेपाली को द यनिय परिस्थिती लाई बडो सजिब सँग प्रस्तुत गर्नु भो !
ReplyDeleteयही प्रस्तुती मा मैले एउटा जागरुक मन अत्यन्तै निराश भएको पनि देखे । मलाई पिर लाग्यो । यसरी निरासित हुनु भन्दा थोरै समय को लागि मुभ एक्सन हुनु ठीक होला भन्ने सम्झेर एक शुभ चिन्तक पाठक को नाताले यसरी लेख्न पुगे ।
( यो भन्दा अघिको त्यो पुन्टे बालक को तस्बिर र त्यो बालक ले हिड्दै गरेको बाटो लाई एउटा बयस्क मन ले 'हाम्रो बाटो पनि त त्यस्तै होला ' भनेर लेखेको शब्द भित्र म घोत्लिएको थिए र केही शब्द हरफ पनि लेखेकी थिए । त्यो पनि एक शुभ चिन्तक पाठक को नाताले लेखेकी थिए । अहिले त त्यो पोस्ट पनि हटेछ । अब पाठक भए पछी लेख्ने छुट हुदो रहेछ ! मैले पनि त्यही अधिकार प्रयोग गरे !अनजान मा ठेस पुग्ने गरी लेखेकी रहेछु भने छेमा चाहन्छु )
thank you luna jee. the post about a small kid got accidentally deleted. i value your comments. do please free to comment.
ReplyDelete