Monday, July 27, 2009

हिजो जस्तो भएपनि

२६ साउन २०६६, नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित



अचेल धेरै सुनिने कुरा हो, राजनीतिको कुरा गर्दा पढेलेखेका युवा पुस्ता, विशेष गरेर अंग्रेजी विद्यालयका उत्पादनहरू-जो आफ्नो नेपाली कमजोर हुनुलाई गर्वका रूपमा लिन्छन् -कुम उचाली-उचाली भन्छन्:
"आई हेट पोलिटिक्स्,"
अर्थात् म राजनीतिलाई घृणा गर्छु।

लौ त भनौँ भने यो भनाइ एक किसिमको फेसनका रूपमा नै प्रचलित भइसकेको छ। राजनीति भन्ने शब्दलाई अर्कै रूपमा स्वीकार गर्न थालेको छ हाम्रो समाजले। घरमा किचलो उत्पन्न गर्ने बुहारीले परिवारमा राजनीति गरेको भनिन्छ। कार्यालयमा काम गर्ने वातावरण बिगार्ने कर्मचारीले पनि राजनीति नै गरेको भनिन्छ। त्यसैले पनि सायद यो भनाइ व्यापक हुन थालेको होला। तर, यसो भन्नेहरूसँग एकैछिन कुरा गर्ने हो र त्यसका पछाडिका कारणहरू खोतल्ने प्रयास गर्ने हो भने थाहा हुन्छ,खासमा उनीहरूले घृणा गर्ने राजनीतिलाई होइन,राजनीतिज्ञहरूलाई हो। किनभने, राजनीतिज्ञहरूलाई नै राजनीतिको पर्याय मानेर उनीहरू हिँडिरहेका हुन्छन्।

राजनीति गर्नेहरूका कारण आममान्छेमा वितृष्णा पैदा हुनुलाई असामान्य भन्न मिल्दैन। शतप्रतिशत नभए पनि धेरै हदसम्म यसको पछाडिका कारक तत्त्वहरू उनीहरू नै हुन्। किनभने, आजसम्म पनि व्यक्तिगत, वैचारकि, दलीय स् वार्थ र पूर्वाग्रहभन्दा माथि उठेर देश र जनताका लागि सोच्ने नेताहरू लौ त भनौँ भने हाम्रो माटोमा औँलामा गन्न सकिनेजति पनि जन्मिएनन्। दूरदर्शिता भन्ने कुन चराको नाम हो भन्ने थाहा नभएका अनि थाहा भए पनि बुझपचाएका योजनाकार, नेता र शासकहरूले गर्दा मुलुक आजको स्थितिमा आइपुगेको हो। तर,यसलाई सुधार्नतिर आजको पढेलेखेको युवा पुस्ता नलाग्ने हो भने भोलिको स्थिति चाहिँ झन् कस्तो होला त?

उदेकलाग्दो के भने जागिरेहरू एउटा निश्चित उमेरमा पुगेपछि अवकाश पाउँछन्। किनभने, शारीरकि र मानसिक रूपमा उनीहरूको सक्षमता कम हुन्छ। त्यहाँ ऊभन्दा युवालाई पालो दिनुपर्छ। तर, नीति नियम बनाउने, कर्मचारीहरूका लागि योजना बनाउने, देशका लागि सोच्ने भनिएका नेता र मन्त्रीहरूलाई कुनै उमेरको हदबन्दी हुँदैन। अर्धजलमा सुत्ने भइसकेका, हिँड्न-बोल्न गाह्रो हुने र सास फेर्न पनि अक्सिजन लिनुपर्ने बेलासम्म पनि उनीहरू नेतृत्व र पदको जिजीविषाले ग्रस्त रहन्छन्। शिक्षित युवा पुस्ताका लागि जबसम्म बाटो खुल्दैन र जबसम्म त्यो बाटोमा उनीहरू हिँड्न चाहँदैनन्, तबसम्म कुनै सकारात्मक परविर्तनका बारेमा सोच्न पनि सकिन्न।

भारतमा पनि हालै मात्र राहुल गान्धीले युवा र शिक्षित पुस्तालाई सक्रिय राजनीतिमा आकषिर्त गर्नका लागि विशेष र दीर्घकालीन योजनाको आवश्यकता रहेको कुरा गरेका थिए। बारम्बार मथिंगलमा फन्फनी घुमिरहने कुरा के भने यहाँ त एकातिर पुराना पुस्ताको बर्चस्व सकिने नामनिसानै छैन अनि युवा पुस्तालाई पनि देशका लागि केही गर्नुपर्छ भन्नेमा कुनै आकर्षण नै छैन।

नरमाइलो त के भने समाजका ती वर्गका युवा पुस् ताहरू हुर्कने बेलादेखि नै एउटा अचम्मको मानसिकता बोकेर हुर्केका हुन्छन्। राजनीति वा सरकारी सेवा भनेको उनीहरूको प्राथमिकताको विषय नै होइन। बाबु-आमाले पनि उनीहरूमा अर्कै अपेक्षाका भारीहरू लादिदिएका हुन्छन्। कसरी हुन्छ, 'प्लस टू' सकाएपछि अमेरिका, बेलायत वा अस्ट्रेलियातिर छोराछोरी उडून्। त्यसका लागि आफ्नो ह्याउले भ्याउने-नभ्याउने साम, दाम, दण्ड, भेदको नीति पनि अँगाल्छन् उनीहरू। अनि, उता गएकाहरू सकेसम्म यता फर्केर नआउनका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गर्छन्। र,त्यहाँ बसेर यो देशको दूरावस्थामा चिन्ता प्रकट गर्छन्। राजनीतिलाई गाली गर्छन् र नेताहरूले देश डुबाए भनेर गोहीका आँसु बगाउँछन्।

तर, त्यहाँ पाएको आधुनिक जीवन र विकासका सुविधाहरूको माया मार्न भने सक्दैनन् उनीहरू। आफ्ना उपलब्धिका लागि रोबोट बनेर १८ घन्टासम्म जोतिने उनीहरू भनिरहेका हुन्छन्,
"यहाँको जीवन कहाँ सजिलो छ र ? यहाँ त काम नगरी खान पनि पाइँदैन।"

लाग्छ, नेपालमा त काम नगरेर खानेहरू मात्रै बसेका छन्। उनीहरूले सोच्न नचाहेको वा नसकेको चाहिँ के भने त्यति नै मिहिनेत यहाँ गर्ने हो भने त्यही उपलब्धि यहीँ नै पनि हुनसक्छ। समस् यालाई सुल्झाउनका लागि केही पनि नगर्ने र त्यसबाट भागेर हिँड्ने ती मान्छेहरूले नै यहाँ बसेर समस्यासँग लडिरहेकाहरूलाई सल्लाह दिइरहेका हुन्छन्,
"तपाईंजस्ता मान्छे के गररिहनुभएको छ, त्यहाँ ? तपाईं त यतै आउनुपर्ने हो नि !"

मानौँ, यो देशमै बस्नेहरू र उता जानेहरू दुईथरी भिन्दाभिन्दै प्राणीहरू हुन्। र, यहाँ बस्नेहरू भनेका उता जान नसकेका र नपाएका मान्छेहरू मात्रै हुन्। दुई वर्ष अमेरिका बसेर बिदामा केही समय यता आएका त्यस्तै एक जना परिचतले उनको आठवर्षे छोराले आफ्नो यहाँको घरको शौचालय प्रयोग गर्न नसकेको भन्दै पाँचतारे होटलमा कोठा लिनुपरेको कुरा सुनाउँदा मनै कटक्क कुँडिएको थियो।

त्यसैले त्यस्ता राष्ट्रभक्तहरूलाई भन्न मन लागेको एउटै मात्र कुरा छ, गुनासो मात्र नगर्नूस्, सक्नुहुन्छ भने आएर यस देशका लागि योगदान, श्रमदान, बलिदान के-के गर्न सक्नुहुन्छ, गर्नूस्। हिजोका गल्तीहरूबाट सिक्ने हो भने आज जस् तो भए पनि भोलि अर्कै हुनेछ।
कुनैबेला रेडियोमा एउटा गीत खूब बज्ने गर्थ्यो
'नजाऊ छोडी यो देश, आमालाई रुवाएर।'

आज यो गीतको सान्दर्भिकता नै नभएको जस्तो भान हुन्छ। किनभने, अचेलका आमाहरू आफ्ना सन्ततिहरू यो देश छोडेर नगएकामा रुन थालेका छन्।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...