Wednesday, July 29, 2009

यात्रा


सुन्न खोजिरहेको छु,
आवाज, ताल र लय
एक हातले बजाउँदै थपडी
तिमी
दुबै हातले छपछप
उज्याइउज्याइ धारिलो कोदाली
ताछ्दैछ्यौ मेरो मुटुको आली
पन्छाइरहिछौ जानी नजानी
भिजेका रातो माटो
खनिरहेकी छ्यौ
म जाने बाटो

1 comment:

  1. तपाईको यात्रालाई रोक्ने कसैको भलो नहोस् । तपाईको यो सिर्जनाले मेरो मन छोयो । धन्यवाद ।

    ReplyDelete

दशैका डोबहरु

केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित फेरि एकपटक दशैं आएर गयो।  तर यसपटक दशैंमा दुर्ग...