केही दिनअघि पसलमा छापा मारएिको कुरा समाचारहरूमा देख्न र पढ्न पाइयो । गुणस्तरहीन ख्ााद्यपदार्थ बेचेको आरोपमा पसलका साहू समातिएका थिए । स्वाभाविक कुरा हो, ठग्न पाइँदैन । ठग्नेलाई कारबाही गर्नैपर्छ । तर, के सबै ठगहरू समातिएका छन् त ? अनेकौँ रूपमा आज आमनागरकिहरू ठगिएका छौँ । बौद्धिक ठगहरू, धार्मिक ठगहरू, शैक्षिक ठगहरू, रोजगार ठगहरू, राजनीतिक ठगहरू, आर्थिक ठगहरू र अन्य थुप्रै प्रकारका ठगहरू खुलेआम जनतालाई उल्लू बनाइरहेका छन्, तिनलाई कसले र कसरी कारबाही गर्ने हो ? सोच्दाखेरी पनि कहालीलाग्दो, अत्यासलाग्दो । ओहो ! कति धेरै ठगिएर बाँचेका रहेछौँ हामी आमनागरकि ।
एक जना मित्र कार्यालयमा त्यसदिन राती ढिलासम्म काम गर्दै थिए । घरमा खाना र ढोका कुर्दाकुर्दा थाकेकी उनकी श्रीमतीले ज्यान गए फोन नलागेपछि सन्देश पठाइन्, 'तुरुन्त घर आउनूस्, होइन भने म ढोकासोका लगाएर सुतेँ ।' तर, त्यो सन्देश उनको सेटमा भोलिपल्ट दिउँसो १ बजे मात्र आयो । कुनै निश्चित समय र परििस्थतिका लागि पठाइएको सन्देशको अर्थ अर्को समयमा अनर्थ हुन जान्छ । अर्का एक परििचत पनि यस्तै फोनका कारण असहज परििस्थतिमा परेका थिए । उनकी श्रीमतीले उनलाई गरेको फोन कुनै अर्कै नारी स्वरले उठाएछ । रमाइलो कुरा के भने यताबाट बोलेको उताबाट नसुनिने । आफ्नो श्रीमान्को साटो एकोहोरो कुनै अरू नारीले 'हलोहलो' भनेर काटिएको फोनमा उनले भर्खर डायल भएको नम्बर हेर्दा त्यो अन्त कतै गएको पनि देखिएनछ । यीबाहेक पनि मोबाइल फोनका अरू कर्मकाण्डका बारेमा छापामा दिनहुँ भनेजस्तै थुप्रै मसी खर्च भइसकेका छन् । उस्तै समझदारी नभएका कुनै लोग्नेस्वास्नीको सम्बन्ध नै फोनले बिगारििदयो भने अचम्म नमाने हुन्छ ।
द्रुत गतिमा इन्टरनेट चलाउन सकिने भनेर विज्ञापन गरएिको एउटा निजी सेवा प्रदायकको कार्डबाट कहिलेकाहीँ त एउटा इमेल गर्न पनि घन्टौँ प्रयास गर्नुपर्छ । जुन गतिमा नेट चल्छ भनेर उनीहरूले ग्राहकलाई भनेका हुन्छन्, त्यसको त एकछेउ पनि चलेको हुँदैन । तर, मासिक रूपमा उनीहरू एकमुष्ट भनेको जति शुल्कचाहिँ लाजै नमानी लिन्छन् । त्यत्तिका ग्राहकहरूसँग त्यति चर्को शुल्क लिएर गुणस्तरहीन सेवा प्रदान गर्नेहरूलाई धनी बनाउन आमनागरकिको कति पैसा खर्च भइरहेको छ, हिसाब निकाल्न सजिलो छैन । महिनैपिच्छे आरामसँग भइरहेको यो ठगीचाहिँ कुन वर्गको ठगी होला ?
स्वअध्ययनबाट कोही डाक्टर बनेर बिरामी जाँच्न पाउँदैन, वकिल बनेर मुद्दा लड्न पाउँदैन । तर, राष्ट्रको चौथो अंग भनिने पेसामा लागेर आफूलाई पत्रकार भन्न कुनै पनि निश्चित अध्ययन वा तालिम चाहिँदैन । अझ च्याउजस्ता एफएम र टेलिभिजनमा यस्ता स्वनामधन्य पत्रकारहरू पनि छन्, जो अन्तर्वार्ता लिन्छु भनेर फोन गर्छन् अनि आफ्नोबारेमा केही भन्नूस् न भनेर लाजै नमानी सोध्छन् । पत्रकारतिाका नाममा 'प' पनि नबुझेकाहरूको जत्थ्ाा बटुलेर बौद्धिक ठगी गर्नेहरूको पनि कमी छैन ।
ज्योतिष विद्या र कर्मकाण्डका नाममा हुने ठूलो ठगी र तिनमा लागेका इज्जतदार ठगहरूको त झन् कुरा गरसिाध्य नै छैन । आमजनताको ठूलो धनराशि यस्ता धार्मिक ठगहरूले कुम्ल्याउने गरेका छन् । तिनलाई कारबाही कसले गर्ने र कसरी गर्ने भन्ने कुरा पनि विज्ञ पाठकहरूकै तजबिजमा छोडौँ ।
एक ठाममा एउटा रोजगारका लागि आश्वासन दिएर अर्कै ठाउँमा लगेर अलपत्र पारििदने रोजगार ठगहरूले समष्टिगत रूपमा हेर्दा जनताको कति पैसा कुम्ल्याएका छन्, त्यो ठगीको हरहिसाब कसैले गरेको छ ? निजी विद्यालयहरूले लिने चर्को शुल्क अनुसारका सुविधा प्रदान गरेका हुँदैनन्, न त त्यहाँका शिक्षकहरूको क्षमतामाथि प्रश्न उठाउने अभिभावकहरूलाई अधिकार हुन्छ । विदेश पढ्न पठाउने परामर्श दिने नाममा गल्लीगल्लीमा खुलेका कन्सल्ट्यान्सीहरूले विदेशमा पठाएर अलपत्र बनाएका विद्यार्थीहरूका बारेमा उत्तरदायित्व लिने कसले ? घरैपिच्छे खुलेका ब्यांक, फाइनान्स कम्पनी र सहकारीका नाममा भइरहेका निकृष्ट व्यवस्थापन र सुविधाका बारेमा कसले, कहाँ गुनासो गर्ने ? धारामा पानी नआओस्, चीममा बिजुली नआओस् तर आमनागरकिलाई आफूले कर तिरेपछि आधारभूत सुविधा किन नपाउने भनेर सरकारसँग प्रश्न गर्ने हक छ कि छैन ? कहाँ जान्छ हामीले कर तिरेको पैसा भनेर प्रश्न गर्ने अधिकार छ कि छैन ?
अब सबैभन्दा ठूलो तहका ठगहरूको कुरा गरौँ । यी भनेका राजनीतिक ठगहरू हुन् । सिंगो मुलुक र मुलुकबासीको भविष्य कोर्ने जिम्मेवारी पाएको यो वर्गका ठगहरू अहिलेका लागि सबैभन्दा पहिले नियन्त्रण हुनुपर्ने देखिएका छन् । जुन गहन जिम्मेवारी प्रदान गरेर जनताले यिनीहरूलाई संसद्सम्म पुर्याए, त्यसैलाई पाखा लगाएर यिनीहरू शक्ति र सरकार बनाउने, ढाल्ने, बनाउने खेलमा मात्र आफ्ना सारा ऊर्जा खर्च गररिहेका छन् । व्यक्तिगत 'इगो' र राजनीतिक महत्त्वाकांक्षाभन्दा माथि नयाँ पुराना कुनै पनि धार र विचारकाहरू उठ्न सकेका छैनन् । यिनीहरूलाई देश र जनताका बारे तीलको गेडो जति पनि मतलब छैन भन्ने कुरा यिनको बोली, आचरण र व्यवहारले बारम्बार प्रमाणित गरसिकेको छ । सहयोग र सद्भाव भनेको कुन चरो हो, यी चिन्दैनन् । एउटा हातले अर्को हातलाई धुन्छ भन्ने कुरा यिनले पटक्कै पनि बुझेका छैनन् । छरपष्ट रहुन्जेल औँलाहरू औँला नै मात्र रहिरहन्छ, एकआपसमा गाँसिएपछि मात्र मुट्ठी बन्छ र त्यसो भएपछि मात्र शक्ति आउँछ भन्ने कुरा पनि यिनीहरूले बिर्सिसकेका छन् । राजनीतिक अस्िथरताले कुनै पनि मुलुकलाई कति पछाडि धकेल्न सक्छ भन्ने कुरा विश्व इतिहासमा पढेका हुन् भने पनि त्यसलाई पोलेर खाइसकेका छन् सायद यिनीहरूले । देश नै पछाडि भयो भने यिनीहरू आफँै पनि कहाँ हुन्छन् त भन्ने सोच्नेसम्म फुर्सद छैन यिनलाई ।
सदन चलेको छैन, बजेट पास भएको छैन, भोलिको कुरा थाहा छैन भने दीर्घकालीन योजना, दूरदर्शिता र देश कुन बाटोमा हिँडाउने भन्ने कुरा त कहाँ हो कहाँ ! खालि फोस्रा नाराबाजी र यिनीहरूले बाँडेका पूरा हुन नसक्ने सपनाहरूमा हामी कहिलेसम्म रमाइरहनुपर्ने हो, थ्ााहा छैन । राष्ट्रको ढुकुटीबाट यिनले ज्यूनार गररिहेका तलब, भत्ता र सुविधाहरू केका लागि ? समयमा संविधान बनेन भने यीमध्ये कसैले एकरत्ति पनि नैतिक जिम्मेवारी लिने छैनन् । त्यतिबेला एकअर्काको थ्ााप्लोमा दोषको नाम्लो र ढाडमा असफलताको भारी टिकाउनमा यिनका सारा शक्ति खर्च हुनेछन् । तर, जुन कामका लागि भनेर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यति धेरै धनराशि र समय खर्च भएको छ, त्यसको हिसाब यिनीहरूसँग माग्न हामीजस्ता साधारण जनताले पाउने कि नपाउने ?
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment