Sunday, November 8, 2009

लाज लाग्न छाडेपछि


आदिम मान्छेलाई लाज भन्ने कुरा के हो भन्ने थाहा थिएन रे ! त्यसैले अनुसन्धानविद्हरू भन्ने गर्छन्, त्यतिबेलाका हाम्रा पुर्खाहरू लुगा नलगाईकनै हिँड्थे रे ! विस्तारै विकासक्रममा मान्छेलाई लाज ढाक्न र मौसमको प्रतिकूल असरबाट बच्नका लागि प्रकृतिले धेरै कुरा सिकाउन थाल्यो अनि पातपतिंगर र जनावरका छाला हुँदै मान्छेले थरीथरीका लुगा लगाउन थाल्यो । चेतनाको विकास पनि हुँदै गएपछि मान्छेले अरू जनावरहरूभन्दा आफूलाई श्रेष्ठ बनाउँदै लग्यो र अहिलेका हामी मान्छे विकसित प्रजातिका रूपमा बाँच्न पाएका छौँ । 


समय र विकासक्रमसँगै लाजको परभिाषा पनि परविर्तन हुँदै गयो । लाज लाग्नु-नलाग्नु भनेको अब आएर कपडाले शरीर ढाक्नु र नढाक्नुमा मात्र सीमित रहेन । लाज शारीरकि मात्र नभएर सामाजिक, मानसिक र बौद्धिक कुराहरूसँग पनि गाँसिने कुरा बन्यो । हामी सबैलाई लाज लाग्छ तर लाज कहाँ लाग्छ, किन लाग्छ वा कसरी लाग्छ भन्ने कुराचाहिँ हामीलाई थाहा छैन । नदेखिने कुरा भए पनि लाज लाग्ने भएर नै मान्छेले धेरै गर्न नहुने कुराहरू गर्नबाट आफूलाई बचाउँछ । तर, लाज नलाग्ने मान्छेले जे पनि गर्न सक्छ । नैतिकता, सामाजिक जिम्मेवारी, कसैप्रतिको कुनै पनि उत्तरदायित्व भन्ने कुरा लाज नलाग्ने मान्छेले बुझ्दैन । लाज लाग्नु तसर्थ मान्छेको आपmना लागि र अरूका लागि पनि साह्रै महत्त्वपूर्ण कुरा हुन्छ ।

केही दिनअघिको प्रसंग हो, यो पंक्तिकार माइक्रोबसमा चढेको थियो । सिनामंगलबाट शान्तिनगर हुँदै रत्नपार्कको रूटमा चल्ने त्यो माइक्रोबसमा कारेश्वर मन्दिरबाट चढ्ने बेला नै सिटमा अटाउनेजति यात्रुहरू भरइिसकेका रहेछन् तर खलासी भाइले तीन जना अलि पातलापातला मान्छेहरू बसेको ठाउँमा खाँदिन दिएको आदेशलाई शिरोपर गर्दै पिँध अडाइयो । त्यसपछि पाइलैपिच्छे जहाँ जसले हात उठाए पनि त्यो माइक्रो रोकिँदै आएको बात छैन भनेझैँ यात्रु चढाउन थाल्यो । हरेकपटक लाग्थ्यो, अब त को कहाँ अटाउलान् र ? तर, मान्छेको शरीरमा जस्तोसुकै ठाउँमा पनि, जसरी भए पनि, जति पनि खाँदिन सक्ने अलौकिक शक्ति हुँदोरहेछ भन्ने कुराको ज्ञान त्यसदिनको माइक्रो यात्राले दियो । शान्तिनगरको द्वारमा पुग्ने बेलासम्म कोही कतै चलमल गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । भर्खरै चढेकी एउटी भद्रनारी गुनासो गर्दै थिइन्, "असाध्यै मानिस खाँद्छन् भन्या !"

सिट भरसिकेको र पहिलेदेखि नै अटेसमटेस गरी भरएिका यात्रुहरूको भार थाम्न हम्मेहम्मे परेर एकातिर कोल्टे परेको माइक्रोलाई हात दिएर रोक्दै चढेका अन्य यात्रुहरूले उनको होमा हो मिलाए । मानौँ, उनीहरूलाई उभिरहेको ठाउँबाट खलासीले जबरजस्ती उचालेर ल्याएर इच्छाविपरीत त्यहाँ खाँदेको हो ।

मूल सडकमा आएपछि पनि खलासी भाइले सवारी साधनको प्रतीक्षामा बसेका यात्रुहरूलाई बोलाउन छाडेको थिएन, "सफा ट्याम्पुको हडताल छ है, कोटेश्वरमा जाम छ । अर्को केही आउँदैन, जाने भए चढिहालौँ ।" ऊ गन्तव्यमा पुग्न चिन्तित यात्रुहरूको मानसिकतामाथि प्रयोग गर्दै थियो । एक-दुई जना शूराहरूले अझै खाँदिने हिम्मत गरे, केही पन्छिए । अनि, ड्राइभर र खलासीको वार्तालाप सुरु भयो, "२५ लाखको माइक्रो नचढेर मान्छे किन सफा ट्याम्पु चढ्छन् होला ?"

"त्यही त यस्तो सुविधा हुँदाहुँदै ।" मैले सकी नसकी टाउको घुमाउँदै मनमनै गुन्दा त्यहाँभित्र बसेका, खाँदिएका, उभिएका, कुपि्रएका र झुन्डिएका गरी ३७ जना यात्रु चाङ लगाइएका रहेछन् । खाँद्ने र खाँदिने दुवैथरीलाई लाज नलागेको हो कि त ?

अचेल हामी हाम्रा आदिमानव पुर्खाको नजिक हुन थालेका त होइनौँ भन्ने प्रश्न मनमा खेलिरह्यो । हामीलाई लाज लाग्न छोड्न थालेको जस्तो छ । झूट बोल्न लाज लाग्नुपर्छ, असामाजिक काम गर्न लाज लाग्नुपर्छ, अनैतिक हुन, भ्रष्टाचार गर्न, जिम्मेवारीबाट भाग्न र आपmनो सजिलोका लागि अरूलाई असजिलो बनाउन लाज लाग्नुपर्छ । तर, माथिदेखि तलसम्मका कसैलाई पनि ती सब कुरामा लाज लाग्दैन कि क्या हो अचेल ! बनेको सरकारलाई कसरी हुन्छ, नढाली नछोड्ने प्रतिपक्षी दलहरू, काम गर्न नसकेर गल्तीमाथि गल्ती गरेर राजीनामा दिने अनि आफूले राजीनामा गरेपछि अरूलाई पनि काम गर्न कसरी नदिने भनेर लागिपर्नेहरू, सरकारमा भएर पनि दिनैपिच्छे बोली फेर्ने, बोलेका कुरा पुर्‍याउन नसक्दा पनि नैतिक जिम्मेवारी लिन नसक्ने, आपmना असफलताका दोषजति सधैँ अरूका थाप्लामा हाल्न मात्र खोज्ने पार्टी, नेताहरू र आफूले खोजेजस्तो नहुन्जेल सबथोक भँड्खालोमा हाल्छु भन्नेहरू सबैलाई लाज लाग्न छाडेको छ अचेल ।

केही दिनअघि एक जना मन्त्री महोदयले बीच बाटोमा गाडी फुटाइन् । मन्त्रीजस्तो ओहदामा भएकी उनलाई गृह मन्त्रालयले खटारा गाडी उपलब्ध गराउने धृष्टता गरेछ । कहिले कहाँ त्यो गाडी घ्याच्च रोकिने हो भन्ने नै थाहा नहुने । बारम्बार गाडीले धोका दिएपछि अति भएर एकै मुक्कामा पछाडिको ऐना झ्वाराम्झुरूम्म पारनि् उनले, उनलाई लाज भएन । न मन्त्री मण्डलको आकार सोचेभन्दा ठूलो भएका कारण सबैलाई राम्रो गाडी दिन नसकेको स्पष्टीकरण दिने गृह मन्त्रालयलाई लाज लाग्यो । माइक्रोबसमा ३७ जना खाँदेजस्तो गरी माइक्रो देशको माइक्रो सरकारमा मन्त्रीहरू खाँदेर सुविधा नै प्रदान गर्न गाह्रो हुने गरी मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीलाई पनि लाज लागेन । प्रधानमन्त्रीलाई त्यसो नगरी धर नदिने गठबन्धनवाला पार्टीहरूलाई लाज लागेन, सार्वजनिक स्थलमा राष्ट्रको सम्पत्ति मुक्का हानेर फुटाउने मन्त्रीलाई पनि लाज लागेन । लाज कसैलाई लाग्यो भने त्यो समाचार पढ्ने-हेर्ने हामीजस्ता आमनागरकिलाई मात्र लाग्यो ।

दुई-चारपटक गाडी रोकिँदा उनले त त्यसलाई फुटाएर आफूलाई शान्त पारनि्, प्रतिपक्षीहरू, तिनका कार्यकर्ताहरूले पनि बेलाबेला सडकपेटीका बार र सार्वजनिक संरचनाहरू भत्काएर, फुटाएर आपmनो आवेग मार्छन् । तर, एकपटक सोचौँ त, हामी जनताले देशको गाडी नै तपाईंहरूको जिम्मामा लगाएका छौँ । यो त खटारा गाडी पनि होइन, आफँै रोकिने । तर, त्यसलाई कसले हाँक्ने भन्ने व्यर्थको होडबाजीमा तपाईंहरूले कतिपटक र कति ठाउँमा त्यसलाई रोक्नुभएको छ ? कसले हाँक्ने भन्ने कुराभन्दा कसरी गन्तव्यमा पुग्ने भन्ने कुरा बढी जरुरी हो भन्ने सानो कुरा पनि तपाईंहरूको त्यति ठूलो दिमागमा किन नआएको हो कुन्नि ? अहिले पनि त्यो गाडीलाई गति दिन सक्नुभएको छ, तपाईंहरूले ?

हामी आमजनताले चाहिँ आपmनो आवेगलाई के गरेर शान्त पार्ने त ? हामीसँग त भत्काउनका लागि आपmनो भविष्य र फुटाउनका लागि आपmनै पुर्पुरो मात्रै छ । तर, त्यसो गर्न कमसेकम अहिलेसम्म हामीलाई लाज लाग्छ ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...