Translate

Sunday, November 22, 2009

गतिरोधक ढिस्काहरु

हुन त परविर्तन संसारको पुरानो र सबैभन्दा स्थायी कुरा भएकाले त्यसलाई साधारण मान्नुपर्छ । तर, परविर्तनको गति र त्यसको प्रकृतिको पनि एउटा निश्चित शैली हुन्छ । त्यो शैलीमा नाटकीय भिन्नता आउनुचाहिँ असाधारण हुनसक्छ । केही समय भयो, नयाँनयाँ कुराहरू देखिन थालेका छन् । मान्छेको बोली, व्यवहार, काम, मानसिकता, भावना, संवेदनशीलता, उसको परविेश, मौसम, प्रविधि र प्रकृति सबै कुरामा परविर्तन देखिन थालेको छ । यो आकस्िमक र अनियमित परविर्तनका लघुकालीन असर नियालेर हेर्ने हो भने अहिले नै देखिन सुरु भइसकेको छ । दीर्घकालीन असरहरू त अनुमान मात्र गर्न सकिने कुरा हुन् । 

यस्तै सरसरी हेर्दा सामान्य लाग्ने एउटा कुराको प्रसंगबाट सुरु गरौँ, अचेल काठमाडाँैमा एउटा नयाँ कुराको विकास भएको देखिन थालेको छ । मूल सडक छोडेर कुनै पनि भित्री बाटोहरूमा गतिरोधक ढिस्काहरू वषर्ात्को बेलामा उम्रने जंगली च्याउजस्तो गरी पलाउन थालेका छन् । साँघुरा बाटाहरूमा तोकिएको गतिभन्दा बढीमा हुँइकिएर आफूलाई बहादुर ठान्ने चालकका वाहनहरूलाई नियन्त्रण गर्नका लागि गतिरोधक ढिस्काहरू बनाइने गर्छन् । तर, तिनका पनि केही नीति-नियम भने हुन्छन् । कति दूरीमा कस्तो ढिस्का बनाउने भन्ने कुराको कुनै सीमा हुने गर्छ । तिनका उचाइ र चौडाइको पनि कुनै मापदण्ड हुन्छ । साथै, अगाडि त्यस्ता ढिस्काहरू छन् भन्ने कुरामा सतर्क बनाउनका लागि निश्चित दूरी अगावै स्पष्टसँग देखिने सूचना पनि हुनुपर्छ । तर, अचेल जताततै देखिने गतिरोधक ढिस्काहरूको कुनै पनि मापदण्ड छैन । कुनैकुनै बाटोमा मुस्िकलले पाँच सय मिटरको दूरीमा दर्जनभन्दा बढी यस्ता गतिरोधक बनाइएका छन् । तिनका चौडाइ पनि थरीथरीका कुनै चुच्चो परेका र कुनै अजंगका पनि हुने गर्छन् । सबैभन्दा नरमाइलो कुरा त के भने अगाडि ती गतिरोधक छन् भन्ने कुराको कुनै संकेतसम्म पनि हुँदैनन् । मानिसलाई लाग्ने अढैया वा साढेसातीको दशा पनि बरु पहिले नै थाहा हुन्छ तर यी ढिस्कारूपी दश्ााहरू त अप्रत्यासित रूपमा प्रकट हुन्छन् । दुईपाङ्ग्रे सवारीचालक भए उसले आफूलाई नियन्त्रण गर्नुअघि नै ऊ त्यसको फन्दामा परसिकेको हुन्छ र चार बल्ड्याङ खाएर उत्तानो टांग भइसकेको हुन्छ । त्यति नभए पनि उसको अत्यन्तै संवेदनशील अंगमा उसलाई सहनै नसक्ने चोट लागिसकेको हुन्छ । चारपाङ्ग्रे चालक पनि यसकोे जालबाट उम्कन खोज्दा बतासिएर गाडी एकातिर जोत्न पुगिसकेको हुन्छ । 

हेर्दाखेरी अत्यन्तै साधारण लाग्ने यो कुरा गहिरएिर सोच्ने हो भने त्यति साधारण मात्र छ त ? यसले हाम्रो अहिलेको अवस्थाको समष्टिगत रूपमा प्रतिनिधित्व गरेको छैन त ? हाम्रो समाज, हाम्रो मानसिकता र हाम्रो नियतिको चित्रण यसले गरेको छैन त ? टिलिक्क पारेर चम्काइएको ऐनाजस्तै हाम्रासामु यो उभ्याइएको यथार्थ होइन त ? गतिरोधक ढिस्काहरूको जञ्जालमा हामीलाई अलमल्याएर रनभुल्ल पार्न चाहनेहरूका उद्देश्यलाई जानीनजानी सघाउँदै हामी स्वयं पनि जताततै ढिस्काहरू उठाइरहेका छैनौँ त ?

हुन त हामी बिचरा जनताको त के कुरा गरसिाध्य छ र ? उहिलेकाहरूले पनि थरीथरी ढिस्काहरू नै मात्र तेस्र्याए हाम्रासामु । कहिले हाम्रो बोली र अभिव्यक्तिमा, कहिले हाम्रो समुन्नतिमा । जनता बलिया हुनु भनेको आफू कमजोर हुनु हो भन्ने गलत बुझाइ पालेका शासकहरू, तिनको दिमागमा त्यो भूस भर्ने मुट्ठीभरका तिनका सल्लाहकारहरू, अरू विवेकशील हुनु भनेको आफू उल्लू बन्नु हो भन्ने भ्रम पालेर दुवैथरीका खुट्टामा बञ्चरो हान्नेहरू र आफँै बसेको हाँगा काट्ने कालीदासहरूले तेस्र्याएका ढिस्काहरू सम्याउनका लागि हामीले ठेकेदार लगायौँ । तर, जिम्मा लिएका ठेकेदारलाई काम नै गर्न नदिने मनसायले उनीहरूका सामु अर्काथरी ठेकेदारहरूले अझै अरू ढिस्काहरू ठड्याइदिए । हाम्रा गतिरोधक ढिस्काहरू सम्याउनका लागि आफूलाई मात्र सही ठेकेदार सावित गर्नका लागि होडबाजी गर्दागर्दै सबै ठेकेदारहरूले ठेक्का केका लागि भन्ने नै पोलेर खाइसकेका छन् । अनि, यो क्रममा यी ठेकेदार र तिनका ज्यामीहरूले अझै ठूलठूला ढिस्काहरू हाम्रासामु उठाइदिएका छन् । 

यी ठेकेदारहरूलाई ढिस्का सम्याउने काममा सघाउन र सिकाउनका लागि भनेर विदेशी विशेषज्ञहरू पनि ओइरएिका छन् । तर, यो बहानामा छाला ओढेर छिरेका ब्वाँसाहरू पनि आ-आफ्नै निहित स्वार्थका पोकापन्तुरा बोकेर आएका छन् । ती स्वार्थलाई हाम्रो समुन्नतिको नाम दिएर हाम्रा आँखामा छारो हाल्न यिनीहरू खप्पीस हुन्छन् । अन्त अन्त पनि यस किसिमका धेरै कामहरू गरसिकेका हुनाले यिनीहरू आफ्नो काममा यति अनुभवी छन्, कुनबेला यिनले हाम्रो आन्द्राभुँडी खोतलेर लगे भन्ने हामीले चाल पनि पाउँदैनौँ । त्यसका लागि यिनीहरूले पनि जात, वर्ग, धर्म र समुदायका ढिस्काहरूसमेत उभ्याउने गर्छन् । यस कुरालाई बुझ्नका लागि संसारको इतिहासमा धेरै पुरानो पाना पनि पल्टाउनु पर्दैन । जलवायु परविर्तनमा देखिन थालेका अत्यासलाग्दो विश्वव्यापी असरका कारण भोलिका दिनमा अहिलेका कुनै पनि इन्धनभन्दा पानी महँगो र महत्त्वपूर्ण हुने भविष्यवाणी भइसकेको अवस्थामा नेपालजस्तो जलस्रोतमा दोस्रो धनी मुलुकमा संसार हाँक्न खोज्ने राष्ट्रहरूका के कस्ता स्वार्थहरू हुन सक्छन् भन्ने कुरा बुझ्न एकैछिन मात्र घोरएि पुग्छ ।

त्यसैले, अहिलेको बेला भनेको हामीले झीनामसिना कुराहरूमा बल्भिmएर पथभ्रष्ट हुने होइन । आत्मसंयम र व्यक्तिगत स्वार्थलाई पाखा लगाएर सिंगो नेपाल र समस्त नेपालीको भविष्य सुनिश्चित गर्नका लागि डट्ने बेला हो । क्षणिक फाइदा-बेफाइदालाई बिर्सेर दीर्घकालीन र दिगो श्ाान्ति तथा समुन्नतिका लागि कटिबद्ध हुने बेला हो, समर्पित हुने बेला हो, संकल्प गर्ने बेला हो । हरेक बाटाहरूमा गतिरोधक ढिस्काहरू ठड्याउने होइन, भएका ढिस्काहरूलाई सम्याउने बेला हो ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment