Saturday, February 27, 2010

अनवरत नाटक

यो एउटा बहुआयामिक र विशाल रंगमञ्चको दृश्य हो, जहाँ विभिन्न कुनामा एकसाथ विभिन्न दृश्यहरू चलिरहेका हुन्छन् । अहिले यहाँ दुईवटा दृश्यहरू विशेष रूपमा उल्लेखनीय छन् । एउटा कुनामा एक जना नेताको विदेशमा भएको उपचारको विशाल धनराशिको खर्च फस्र्यौट गर्नका लागि कसरत भइरहेको देखिन्छ । डेढ करोड रुपियाँको विवादास्पद खर्च भुक्तानीका लागि परराष्ट्र र अर्थ मन्त्रालयका बीच पौँठेजोरी चलिरहेको छ । रंगमञ्चको अर्को कुनामा रुकुमको जर्जर आर्थिक अवस्था भएको एक आमनागरकि, जो सम्भवतः डेढ करोडमा कतिवटा शून्य हुन्छ भनेर गन्न पनि सक्तैन, आफ्नी छोरीको उपचार गर्न नसकेका कारण सपरविार आत्महत्या गर्छ ।

हाम्रो देशमा नाटकको उल्लेख्य विकास हुन सकेन भन्ने कुरा बेलाबेला त्यसका पारखीहरूले गर्ने गरेको सुनिन्छ । त्यसका लागि भनेर खटाइएका संघसंस्थाहरूले पनि खासै केही गरेनन् भनेर नाट्यविद् र दर्शकहरूले चित्त दुखाएको सुनिएको छ । हुन पनि हो, केही व्यक्तिगततर्फबाट भइरहेका प्रयासहरूबाहेक अन्य कतैबाट नाटक जोगाउन र फैलाउन केही भएजस्तो लाग्दैन । मनोरञ्जनका अन्य तरकिाहरूमा हजारौँ विकल्प पाउने मान्छेले नाटक हेर्नका लागि कुनै विकल्प पाउँदैन । त्यसैले नाटक र नाटकका कलाकारहरूले पाउनुपर्ने ख्याति र लोकपि्रयता पाउन नसकेको भान हुन्छ । त्यसैले नाटकमा लाग्नेहरूले अपवाद छोडेर त्यसैबाट ज्यूज्यान पाल्न सक्दैनन् भन्ने साधारण मानिसको सोचाइ हुन्छ ।

तर, गहिरएिर सोच्ने हो भने विश्वमा नै सायद हामीकहाँजति नाटकको विकास भएको होला । अनि, नेपालमा नाटक गर्नेहरूले जति मानसम्मान र द्रव्य अरू मुलुकमा विरलै कमाएका उदाहरण पाइएलान् । यहाँजति राष्ट्रियस्तरमा नाटकका लागि सोचिएको र कार्य गरएिको, नाटकका लागि भनेर राज्यको ढुकुटी रत्ियाइएको पनि अन्त कतै छैन होला । त्यसको मञ्चन कुनै सानो रंगमञ्चमा नभई बृहत् ढंगले राष्ट्रव्यापी रूपमा हुने गर्छ । यो नाटकले अरू पनि विश्व कीर्तिमान कायम गरेको छ । यो सम्भवतः सबैभन्दा लामो समयसम्म चलेको नाटक पनि हो । त्यति मात्र होइन, यसका अरू विशेषताहरू त गनेर साध्य नै छैनन् । लामो समयको साथसाथै, निरन्तरतामा पनि यसको दाँजो कसैले गर्न सक्दैन । बिनाकुनै विश्राम यो नाटक चलेको छ । यसलाई सर्वाधिक दर्शकले एकैसाथ हेरेको नाटक हुने गौरव पनि प्राप्त छ । दर्शकहरू युगौँदेखि यो नाटक हेरेर अघाएका छैनन् । अनि, यस नाटकका अभिनेताहरूले अकूत सम्पत्ति र शक्ति पनि हासिल गरेका छन् । परचियको हिसाबले भन्ने हो भने यिनले जति सञ्चारमाध्यममा ठाउँ कसैले पाएका छैनन् । नाम र दुर्नामको कुरा नगर्ने हो भने यिनीहरूको जति चर्चापरचिर्चा अरू कसैको हुँदैन पनि । यिनले आफ्ना सात पुस्ता सुधारसिकेका छन् । यिनीहरू करोडौँका गाडी चढेर हिँड्छन्, महँगा होटलहरूमा खान्छन्, अघिपछि लावालस्कर र सुरक्षा लिएर हिँड्छन् ।

हरेक साल दसैँका बेला रामलीला हेरेर पनि मान्छेहरू फेर िअर्को रामलीला त्यति नै चाख मानेर हेरेजस्तो छ यसको पुनरावृत्ति पनि । तर, यो नाटकमा रामायणको आदर्श, त्याग र तपस्याको कुराचाहिँ हेर्न पाइँदैन । यसमा हेर्न पाइन्छ, महाभारतको जस्तो रणनीति, छलकपट, धोका र विश्वासघात । बेलाबेला पात्रहरू परविर्तन हुन्छन्, नयाँ लुगा लगाउँछन्, कहिले मुकुट लगाउँछन्, कहिले मुकुट फुकाल्छन् तर कथा त्यही हुन्छ । लुगा फेरेर आएका कलाकारहरूको कुरा फेरँिदैन । कुरा फेरएिर आउनेहरूको काम फेरँिदैन । बहुआयामिक र विशाल रंगमञ्चमा एकैसाथ थुप्रै कुनाकुनामा थरीथरीका दृश्यहरू चलिरहेका हुन्छन् यस नाटकमा ।


यसका लेखक र निर्देशकहरू अरू नाटकमा जस्तै पर्दापछाडि कतै लुकेका हुन्छन् । अभिनेताहरू तिनले तोकेको भूमिका र लेखेका संवादहरू न्वारानदेखिको बल निकालेर जीवन्त बनाउने प्रयास गररिहेका हुन्छन् । ती कलाकारहरू तिनलाई खुसी बनाउने क्रममा दर्शकलाई त्यो कुरा मन परेको छ कि छैन वा उनीहरूले हेर्न खोजेको कुरा त्यो हो कि होइन भनेर सोच्न पनि सोच्दैनन् । लेखक र निर्देशकले पनि यस्तो कुनै छुट अभिनेताहरूलाई दिएका छैनन् । यी अभिनेताहरूको बाध्यता र दर्शकहरूको विडम्बना भनेको नै त्यही हो । बेलाबेला त यिनीहरूका हातखुट्टा र टाउकोमा दर्शकहरूले नदेख्ने डोरी बाँधेर पर्दापछाडि बसेर निर्देशकले यिनीहरूलाई कठपुतली बनाएर पनि नचाउँछन् । भूमिका मन नपरेर विरोध गर्ने अभिनेताहरूको त जहाँ पनि, जुनै पनि नाटकमा रोल काटेर पठाइदिने चलन नै हुन्छ । यहाँ पनि त्यस्तै रोल काट्ने चलन छ । समानता र भिन्नताहरू हुँदाहुँदै पनि अकाट्य कुरा के हो भने यो नाटक सदियौँदेखि चलिरहेको छ र आउँदो सदियौँसम्म पनि चली नै रहने लक्षण छ ।

हामी यो नाटकलाई राजनीति भन्ने गर्छौं र यसका अभिनेताहरूलाई नेता भन्छौँ । त्यसै पनि खासै फरक छैन यी दुईमा । अभिनेता बाँच्नका लागि अभिनय गर्छ, नेता अभिनय गर्नका लागि बाँच्छ ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...