Friday, March 12, 2010

जिन्दगीको म्याराथन

धेरैअघि कतै कुनै विद्वान्को एक उक्ति पढिएको थियो, 'गल्ती नदोहोर्‍याउन पहिलोपटक नै त्यो नगर्नू ।' तिनका अनुसार एकपटक गल्ती गर्नेले पटकपटक गल्ती गर्छ । गल्ती नै नगर्ने मान्छेहरूका कल्पना गर्न सक्ने र आदेश दिन सक्ने ती विद्वान्ले आफूले जीवनमा गल्ती गरे वा गरेनन्, त्यसलाई दोहोर्‍याए वा दोहोर्‍याएनन् भन्ने कुराचाहिँ थाहा भएन । 

तर, त्यतिबेला निकै सटीक र सार्थक लागेको त्यो भनाइ अहिले आएर सायद आदर्शका कुराहरू गर्नका लागि मात्र हो भन्ने भान हुन्छ । किनभने, घोडा चढ्ने मान्छे लड्छ, नलडी घोडा चढ्न सकिँदैन । त्यसैले लड्ने डर हुने मान्छेले केही गर्न सक्दैन । अझ भनौँ भने लडेपछि उठ्न डराउने मान्छे पनि अघि बढ्न सक्दैन । हामी सानो छँदा बामे सर्नेबाट हिँड्नेमा पदोन्नति हुनेबेला कतिपटक थचारएिका छौँ । त्यस अर्थमा गल्ती गर्दै त्यससँग लड्न र उठ्न प्रकृतिले मान्छेलाई सुरुदेखि सिकाएको हुन्छ ताकि पछि गएर जिन्दगीका ठूलठूला धक्कामुक्कीमा पछारएिर पनि ऊ त्यसैगरी फेर िउठेर प्रयास जारी नै राख्न सकोस् । लड्ने, पछारनिे, भूल गर्ने भनेको मान्छेले जीवनमा बारम्बार गर्ने कुरा हो । 

हामी आममानिसको मात्र कुरा नगरौँ, इतिहास पल्टाएर हेर्ने हो भने पनि जसजसका कारण संसारको रूप र भाग्य परविर्तन भएको छ, ती ठूलठूला मानिसहरूबाट पनि भूलहरू भएका छन् । पुराण र धर्मग्रन्थहरू पल्टायो भने देवीदेवता र ऋषिमुनिहरूबाट पनि गल्तीहरू भएका छन् । राजामहाराजा र शासकहरूबाट पनि गल्ती नभएका होइनन् । महाभारत, बर्लिनको पर्खाल, विश्वयुद्ध, हिटलरजस्ताहरूको पतन, देशहरूका विभाजन, मनहरूका विभाजन, मान्छेमान्छेबीच धर्मका नाममा मारकाटजस्ता गल्तीहरू भइरहेका थिए, अझै भइरहेछन् । 

त्यसैले अज्ञानताका कारण मात्र गल्तीहरू हुँदैनन् । कहिले दम्भका कारण, मातका कारण, उन्मादका कारण, कहिले अरूका कुरा नसुन्दा अनि कहिले अरूका कुरा बढी सुन्दा मै हुँ भन्नेहरू पनि च्यापुले माटो खानेगरी पछारनिे गर्छन् । नैतिकता र उत्तरदायित्व भएको नेता, सिङ भएको स्याल र गजमणि भएको हात्ती बरु खोज्यो भने पाइन सक्ला तर गल्ती नगर्ने मान्छे संसारमा कहीँ पनि भेटिँदैन । गल्तीबाट सिक्नु र त्यसलाई नदोहोर्‍याउनु नै मान्छेले पाउने जीवनको सबैभन्दा ठूलो शिक्षा हो । इच्छाशक्तिमा दृढता हुने हो र इमानदारीपूर्वक प्रयास गर्ने हो भने संसारमा यस्ता कुनै गल्ती हुँदैनन्, जसलाई सुधार्न नसकियोस् ।

केहीअघि सम्पन्न दक्षिण एसियाली खेलकुद -साग)मा नेपालको समष्टिगत प्रदर्शन राम्रो नै रह्यो । कतिपय नयाँ नौला कीर्तिमान पनि नेपाली खेलाडीहरूले राख्न सफल भए । यहाँनिर विशेष गरी म्याराथनमा स्वर्णपदक जित्ने राजेन्द्र भण्डारीको प्रदर्शनको प्रसंग बढी सान्दर्भिक छ । यसभन्दा अघिल्लोपटक उनले चार सय मिटरको तगारो दौडमा पाएको स्वर्णपदक डोपिङ् परीक्षणमा असफल भएका कारण गुमाउनुपरेको थियो । यस किसिमको परीक्षामा असफल भएपछि संसारका अधिकांश खेलाडीहरूको खेल जीवन नै समाप्त भएको छ । तर, राजेन्द्रले आफू चढेको घोडाबाट लड्नुलाई सहजतापूर्वक लिए, खोसिएको पदक फिर्ता लिएरै छोड्ने अठोटका साथ होमिए । र, आफ्नो दक्षताभन्दा अलग प्रवृत्तिको दौडमा पनि सबैलाई उछिनेर संसारलाई चमत्कृत बनाइदिए । उनी र उनीजस्ता उल्लेखनीय प्रदर्शन गर्ने खेलाडीहरूलाई हुन त सम्मान र पुरस्कारहरू प्राप्त भइरहेका नै छन् तर त्यसभन्दा अझ बढी हुनुपर्छ भन्ने लाग्छ । किनभने, अचेल संसारमा हाम्रो देश नकारात्मक कुराहरूका लागि चर्चित भइरहेको छ । राजेन्द्र र दीपक विष्टजस्ता खेलाडीहरूले निकै हदसम्म हाम्रो नाकमा लागेको कालो धुने जमर्को गरेका छन् । सचिन तेन्दुलकरले एउटा कीर्तिमान बनाएको केही सेकेन्डभित्रै प्रधानमन्त्री र राष्ट्रपतिले उनलाई बधाई दिन भ्याइसकेका हुन्छन्, सम्मान र पुरस्कारका ताँती लाग्छन् । सबै कुरा उतैको सिक्नमा खप्पिस हामीले यस्ता कुराहरूचाहिँ किन सिक्न नसक्ने हौँ कुन्नि ! 

कुरो राजेन्द्रको हुँदैथ्यो, जसले प्रमाणित गरेका छन्, गल्ती गर्नु नराम्रो होइन, आफूले गरेको गल्तीलाई मान्छेले कुन रूपमा लिन्छ भन्ने महत्त्वपूर्ण हो । हरेक गल्तीलाई एउटा सिक्ने अवसरका रूपमा लिएर अगाडि बढ्ने हो भने मान्छे बढी परपिक्व, बढी सफल अनि समाज र राष्ट्रप्रति उत्तरदायी बन्न सक्छ । आफ्नो कमजोरीलाई शक्तिमा बदल्न सक्यो भने मान्छे आफ्नै र देशका लागि उपयोगी बन्न सक्छ । तर, त्यसका लागि आफूमा भएको कमजोरी र आफ्नो गल्तीलाई खुट्याउन सक्नुपर्छ । गल्ती नमान्ने, त्यसबाट नसिक्ने र नचेत्नेहरू आफू पनि डुब्छन् र अरूलाई पनि डुबाउँछन् । गल्ती गर्ने तर नस्वीकार्ने यस्ता मूढहरूका हातमा शक्ति र काँधमा जिम्मेवारी पनि भयो भने त्यो स्िथति अझ भयावह हुनजान्छ । 


कहिलेकाहीँ भने समय र परििस्थतिले टेम्पो चलाउन नजान्ने मान्छेलाई हवाईजहाजको ककपिटमा लगेर पाइलटको कुर्सीमा राखिदिन्छ । त्यो मान्छेले पनि जब यो आफूले जानेको कुरा होइन भन्ने नसोची हवाईजहाज उडाउन खोज्छ, तब यात्रुहरूको के हविगत होला ? आफूले नजानेका कुरा र नबुझेको प्रणालीमा जब उसले यो हुन्छ कि त्यो भनेर जथाभावी प्रयोगहरू गर्न थाल्छ, मनलाग्दी स्वीचहरू थिच्न थाल्छ, त्यो अयोग्य प्राणीलेे या त इन्जिन नै चलाउन सक्दैन, सकेछ भने पनि हवाईजहाजलाई गतिमा हाल्न सक्दैन । कथंकदाचित त्यो पनि सकेछ भने हवाईजहाजलाई धावन मार्गमा नै कुदाइरहन्छ, उडाउन सक्दैन । हुन त यो संसारमा बेलाबेला चमत्कारहरू पनि नहुने होइनन् । र, मानौँ त्यस्तै चमत्कारै भएर उडाउन पनि सकेछ भने अन्ततः त्यसले कतै लगेर दुर्घटना गर्छ, सुरक्षित अवतरणचाहिँ कुनै चमत्कारले पनि गर्न सक्दैन । 

जनताको डोपिङ् टेस्टमा बारम्बार अनैतिक, अक्षम र असफल भएका हाम्रा नेताहरूले राजेन्द्रबाट अलिकति मात्र पनि सिक्न सके, आफूलाई सुधार्न सके यिनले पनि भोलिका म्याराथनहरू जित्न सक्थे होलान् ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...