२०६९ जेष्ठ १४ गतेको नेपाल साप्ताहिकमा प्रकाशित
काठमाडौंमा खुलेका अत्याधुनिक मलहरूमध्ये एउटा मलको लुगा पसलमा बाबु-आमा र एउटी टिनएजर छोरी किनमेल गर्दै थिए। छोरीले मन पराएको लुगामा बाबुको आपत्ति थियो भने त्यसबाहेक अरूमा छोरीको आँखा लागेको थिएन। बाबुलाई त्यो लुगा बढी उदांगो लागेको थियो। छोरी भने आफ्ना सबै साथीले त्यस प्रकारका लुगा लगाउने तर्क दिएर बाबुलाई आश्वस्त पार्न खोजिरहेकी थिइन्। आमा दुई जनाको बीचमा मध्यस्थकर्ता बन्ने प्रयासमा प्रस्तुत भइन्। अन्ततः नयाँ पुस्ताका सामु पुरानो पुस्ताले घुँडा टेक्यो। छोरी कानदेखि कानसम्म हाँसिन्, बाबु ठुस्स परेर पैसा तिर्न थाले।
आजको परविर्तित समाजले पुस्तान्तरका कारण भोगिरहेको 'एडजस्टमेन्ट'का अप्ठ्याराहरूको एउटा सानो अंश मात्र हो यो। पहिरन मात्र नभएर सिनेमा, गीतसंगीत, पुस्तक, जीवनशैली र जीवनप्रतिको दृष्टिकोणमा पनि परविर्तनका स्पष्ट संकेत देखिएका छन्। खासमा भन्ने हो भने त अहिलेका युवा पुस्ता र तिनका बाबुआमाका बीच त्यसभन्दा अघिको पुस्ताको जति फरक नहुनुपर्ने हो। किनभने, अहिलेका अभिभावकहरू तुलनात्मक रूपमा आफैँ नै पढेलेखेका र संसार बुझेका पुस्ता हुन्। आफ्नो अभिभावकसँग हुन नसकेको मित्रतापूर्ण र खुला सम्बन्ध आफ्ना छोराछोरीसँग रहोस् भन्ने कुरामा उनीहरू बढी सचेत हुन्छन्। तर पनि पुस्तान्तर भन्ने कुराले उनीहरूलाई सताउन छाडेको छैन। अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका बीचको मानसिकताको चेपुवामा परेको यो मध्यपुस्ताका लागि सन्तुलन कायम गर्न त्यति सजिलो पनि छैन। द्रुत विकासको युगमा बाँचेको यो पुस्ताले धेरै कुरामा सम्झौता गर्नुपरेको छ। पहिले २० वर्षको अन्तरालमा पुस्तान्तर हुन्थ्यो भने अहिले पाँच-सात वर्षको अन्तरमा नै दृष्टिकोण र मानसिकतामा भिन्नताहरू देखिन थाल्नु पनि यसको प्रमुख कारण हो।
गर्मी लागेपछि लुगाफाटाका पसललाई हेर्ने हो भने त्यहाँ बेच्न राखिएका परधिानहरूले विगतका केही समयमा हाम्रो समाज र मानिसहरूको मानसिकतामा आएका परविर्तनको बखान गररिहेको पाइन्छ। विशेष गरेर महिलाहरूका परधिानहरू पहिलेको तुलनामा बढी उदार र आकर्षक देखिन थालेका छन्। केही समय पहिलेसम्म पसलमा ठिंग उभिएका आकर्षक तर निर्जीव म्यानिक्विनहरूमा मात्र भिराइएका त्यस्ता पहिरनहरू अचेल बाटोमा हिँड्ने र स्कुटरमा हुइँकिने युवतीहरूले पनि निश्चिन्तताका साथ पहिरएिका हुन्छन्। पहिले भए हाफ प्यान्ट लगाएर बाटोमा हिँडेका युवतीलाई घिच्रो बटारीबटारी फर्केर हेर्नेहरू पनि अचेल त्यस्ता दृश्य सहज मान्न थालेका छन्।
मानवशास्त्री सुरेश ढकालका अनुसार विदेश पुगेका नेपालीहरूले पैसासँगै सांस्कृतिक रेमिट्यान्स पनि भित्र्याए। बाहिरी संसार र त्यहाँको प्रचलनसँग भिजेका कारण स्वतः उनीहरूको विचार र व्यवहारमा समेत बिस्तारै परविर्तन आउन थाल्यो। नेपाली समाजको जीवनशैलीमा देखिएको परविर्तनमा विदेशिएका युवाहरूले ल्याएको विचार, संस्कार र संस्कृतिको नै महत्त्वपूर्ण हात रहेको उनको ठम्याइ छ।
त्यस हिसाबले हेर्दा पहिरनको सन्दर्भमा मात्र नभई मानसिकतामा आएको यो परविर्तनले आजको समाज कामुकताप्रति बढी उत्साही र उदार हुँदै गएको भान हुन्छ। निकै लामो समयसम्म यौन र कामुकताका बारेमा हाम्रो समाजमा खुलेर चर्चा गरएिन। कला, साहित्य, संगीत र सिनेमामा पनि यस पक्षलाई खुलेर अगाडि सारएिन। किनभने, यो विषयमा चर्चा गर्नेहरूलाई छाडा, अश्लील र चरत्रिहीन भन्ने दोहोरो मानसिकता हाम्रो समाजमा व्याप्त थियो। तर पनि मानिसको प्राकृतिक आवश्यकताको यो कुरा अप्रत्यक्ष रूपमा बेलाबेला अभिव्यक्त भइरह्यो। मित्रसेनको पालाका केही गीतहरूमा कामुकताका अंश पाइन्छन् भने पछि गएर कुमार बस्नेत र राम थापाले पनि केही लाक्षणिक लोकगीतहरू गाएका थिए। तिनका कारण अहिलेसम्म पनि बस्नेतलाई 'पात्तिएको बूढा' भन्नेहरूको कमी छैन। त्यतिबेलाको कुरा उनी अहिले पनि झलझली सम्झन्छन्। उनका भनाइमा विपरीत लिंगीप्रतिको आकर्षण भनेको हरेक युगका हरेक प्राणीमा हुने कुरा हो, त्यसलाई समय र समाज अनुसार मान्छेले पूरा गर्ने तरकिाहरू अपनाएको हुन्छ। भन्छन्, "हाम्रो पालामा त्यस्तै गीत र नाचबाट त्यो सन्तुष्ट हुन्थ्यो। महिलाहरू नभएका कारण कुमार दर्शनधारीसँग केटी बनेर मैले पनि कति नाचेको छु। जात्रा र मेलामा केटाकेटीहरू एकार्काप्रतिको आकर्षणलाई जुहारी र दोहोरी गीतहरूका माध्यमबाट अभिव्यक्त गर्थे। त्यतिबेलाको कामुकता त्यत्तिमै सीमित थियो।"
तर, अहिलेको समाजमा त्यतिबेलाको दाँजोमा बेपत्ता परविर्तन आएको उनले अनुभव गरेका छन्। त्यस्ता अप्रत्यक्ष उपायहरूको आज आवश्यकता रहेन भन्ने उनलाई लाग्छ। यो परविर्तनलाई पश्चिमी हावाबाट प्रभावित मान्ने बस्नेत समयको मागलाई सहजतापूर्वक लिनुपर्ने ठान्छन्।
यसै कारण अचेल युवकयुवतीहरू पहिलेको तुलनामा बढी सेक्सी देखिन थालेका छन्। हुन त सेक्सी भन्ने शब्दको ठ्याक्कै अर्थ लाग्ने शब्द हाम्रो भाषामा छैन भने पनि हुन्छ। छेउछाउसम्म पुग्ने अर्थ लगाउने हो भने चित्ताकर्षक वा मनमोहक व्यक्तित्व भएको पुरुष वा महिलालाई बुझ्न सकिन्छ। चित्त र मन भनेका दुवै कुराको भौतिक अस्तित्व नभएको र यो भावना एवं विचारसँग आबद्ध कुरा भएकाले हाम्रा लागि सेक्सी भन्ने शब्दको पनि स्पष्ट र सटीक अर्थ नलागेको हो। केही हदसम्म सेक्सीलाई कामुक भनेर पनि बुझ्ने गरेका छौँ। तर, हरेक कामुक मान्छे सेक्सी हुनुपर्छ भन्ने छैन र सेक्सी मान्छे कामुक हुन्छ भन्ने पनि छैन। तर, सामान्य र बढी प्रचलित रूपमा त हामीले त्यस शब्दको असाध्यै गलत अर्थ लगाएका छौँ, बुझेका छौँ र बुझाएका छौँ। यौनका विषयमा बढी कुरा गर्ने, यौन चाहना बढी भएको वा अत्यधिक सम्भोग गर्नुपर्ने मानिसलाई पनि सेक्सी भनेर बुझ्ने गलत मान्यताका कारण पुरुषका लागि यो शब्द मर्दानगीको परचिायक भए पनि कुनै नारीलाई सेक्सी भन्नु उसको चरत्रिमाथि लान्छना लगाएको भन्ने बुझिन्छ।
को चरत्रिवान र को चरत्रिहीन भन्ने कुरामा पनि हाम्रा त्यस्तै अचम्मका मान्यता छन्। भलै, कुनै मानिस भ्रष्टाचारी होस्, अपराधी होस्, अरूको प्रगतिमा आरसि गर्ने दुच्छर प्राणी होस्, यदि उसको एकै मात्र विपरीत लिंगीसँग सम्बन्ध छ वा अरूसँगका सम्बन्ध उसले गोप्य राख्न सकेको छ भने त्यस्तो मान्छे चरत्रिहीन हुँदैन। तर, सबैको भलो गरेर हिँड्ने, सबैको दुःखमा रुने नैतिकवान र सोझोसाझो मान्छेमा यदि बढी यौन चाहना छ र एकभन्दा बढी सम्बन्धहरू उसले राखेको छ भने ऊ घोषित र सर्वमान्य चरत्रिहीन हुन्छ भन्ने गलत सोचाइ केही समयअघिसम्म पनि व्याप्त थियो। तर, बदलिँदो समयसँगै यौन चाहना बढी भएको अथवा एकभन्दा बढी पुरुष वा नारीसँगको सम्बन्ध -शारीरकिको मात्र होइन, धेरै हदसम्म मित्रता पनि) हुनेलाई चरत्रिहीन भनेर ठप्पा लगाउने हाम्रो मान्यता पनि अब बिस्तारै परविर्तन हुँदै गएको छ।
शरीरविज्ञानले यौन आवश्यकता हरेक मानिसको भिन्न हुन्छ भनेर मानेको छ। वयस्क मानिस मात्र होइन, कुनै पनि प्राणीको प्राकृतिक आवश्यकता हो यौन। जसरी कुनै मान्छेलाई बढी खाना खानुपर्छ वा बढी पानी पिउनुपर्छ, त्यसरी नै कसैको शारीरकि यौन आवश्यकता अर्को मान्छेको भन्दा धेरैथोरै हुन सक्छ। तर, यो साधारण प्राकृतिक कुरालाई हाम्रो समाजले यति धेरै ठूलो हौवा बनायो, जसले गर्दा आफ्नो प्राकृतिक आवश्यकता पूरा गर्नका लागि मान्छेले अनेकौँ लुकीछिपी उपायहरू अपनाउनुपर्छ। यसका कारण जन्मेका थुप्रै विकृतिलाई पनि आँखा चिम्लेर नदेखेको जस्तो गर्छ हाम्रो समाज। कोही धेरै खान्छ तर उसलाई खन्चुवासम्म भनिए पनि चरत्रिहीन भनिँदैन। त्यसैले यौनेच्छा बढी हुनेलाई मात्र किन चरत्रिहीन भनिन्छ भन्ने प्रश्नको उत्तर कसैसँग छैन। त्यसै कारण पश्चिमी समाजमा कसैलाई सेक्सी भन्नु गतिलो प्रशंसा गर्नु हुन्छ भने हाम्रो परपि्रेक्ष्यमा चाहिँ त्यसको विपरीत। तसर्थ, हाम्रो समाजमा खुलेआम प्रयोग गर्न लजाइने शब्द हो सेक्सी।
मान्छेको सर्वाङ्गीण शारीरकि र सामाजिक स्वास्थ्यमा यौनले सकारात्मक प्रभाव पार्छ भन्ने कुरा प्रमाणित हुँदाहुँदै पनि यो प्राकृतिक आवश्यकतालाई नियन्त्रण गर्न खोज्दा वा पूरा गर्न नपाउँदा उसको मानसिक र समग्र पारविारकि जीवन नै तहसनहस भएका उदाहरणहरू छन्। यिनै कारण र विपरीतलिंगीप्रतिको आकर्षणबाट आफूलाई विमुख राख्न नसकेका कारण पुराण, इतिहास र वर्तमानसम्ममा ठूला उथलपुथल भएका छन्। हामीले बाँचेको समयको नै मात्र कुरा गर्दा पनि अमेरकिाको राष्ट्रपति छँदा आफ्नी सहयोगी मोनिका लेविन्स्कीसँगको सम्बन्धले बिल क्लिन्टनको राजनीतिक र सामाजिक जीवनमा मच्चाएको बबन्डर धेरै पुरानो कुरा होइन। अघिल्लो वर्ष मात्र पनि अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डोमेनिक स्ट्राउस कानले एउटी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा आफ्नो करअिर नै चौपट पारेका थिए।
भिन्न समयमा भिन्न समाजमा यसलाई नियन्त्रण गर्नका लागि प्रयत्नहरू भएका छन्। मर्यादा, नैतिकता, धर्म र चरत्रिका खोल ओढाएर यसलाई नियन्त्रण गर्नका लागि रुढीवादी पूर्वीय मात्र होइन, खुला मानिएका पश्चिमा समाजमा पनि प्रयत्नहरू भएका छन्। हामीले ब्रह्मचार्यको कुरा गरेझैँ उताकाहरूले पनि 'सेलिबेसी' र 'च्यासिटी'का नाममा भन्ने कुरा त्यही हो। इन्दि्रयमाथि नियन्त्रण गरेर यौन चाहनालाई दबाउन सक्नु वा सुुषुप्त पार्न सक्नु। विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति सुम्निमाले यस बहुरूपी प्रथाका कारण हुनसक्ने उथलपुथललाई उहिले नै बडो सजीव ढंगले चित्रण गरेको छ।
तर पनि यौनका कुरामा हाम्रो समाजमा सधैँ विरोधाभास नै छ। पुरातन मन्दिरका टुँडालहरूमा कुँदिएका नारी र पुरुष समागमका बिम्वहरू, सन्तान प्राप्तिका लागि युवतीहरूले आराधना गर्दै ढोग्ने उन्मत्त भैरवको यौनांग, योनि र लिंगको समागमको प्रतीक मानेर दर्शन गरनिे शिवलिंगको आकृति पनि हाम्रै समाजले सहज रूपमा पचाएका कुरा हुन्। एकातिर हुर्किने उमेरका सन्तानलाई यौन शिक्षा दिन आँट नगर्ने र आफैँ सबै सिकून् भन्ने आशा गर्ने अनि स्वस्थानी पढ्ने नाममा पूरै परविार बसेर समागमका वर्णनहरू सुन्न सक्ने दोहोरो मानसिकतामा निकै लामो समय रुमल्लिएको समाजको पैदावर हौँ हामी। सारी-ब्लाउज लगाउँदा शरीरको जतिसुकै भाग उदांगो पार्न हुने तर अरू पहिरनमा भने आधा इन्च मात्र पनि त्वचा देखियो भने त्यसलाई उच्छृंखल पहिरनको नाम दिने हाम्रो समाजमा यस्ता थुप्रै कुरा विरोधाभासपूर्ण रहेका छन्। यिनै कारण सेक्सी भन्ने शब्दले निकै लामो समयसम्म हाम्रो जनमानसमा भ्रामक अर्थ बोकेर मात्रै कुदिरहनुपरेको थियो।
विपरीत लिंगीको ध्यान आकृष्ट गर्ने कला मानिसमा मात्र होइन, हरेक प्राणीमा हुन्छ। बेला भएपछि प्राकृतिक समागमका लागि तिनलाई आकृष्ट गर्नका लागि सोच्न र बोल्न नसक्ने जीवजन्तु र चराचुरुंगीहरू पनि अनेकौँ क्रिया गर्छन्। त्यो स्वस्फूर्त र प्रकृतिले नै सिकाएको कुरा हो। मानिस त झन् चेतना र विवेकको विकास भएको प्राणी हुनाले यो कुरामा एक-दुई पाइला अगाडि हुनु अस्वाभाविक होइन। राम्रो देखिन र राम्रो हेर्न चाहने मानिसमा अन्य इन्दि्रयले नपाएको अवस्थ्ाामा आँखाले नै मात्र भए पनि आकर्षक कुराको रसास्वादन गरेर चित्त बुझाउने प्रकृति हुन्छ। त्यसैले त एउटी युवती र आकर्षक साहुनीले मन्द मुस्कानका साथ चलाउने होटलमा अरूभन्दा बढी भीड लाग्छ। विश्वको परपि्रेक्ष्यमा कुरा गर्दा सिनेमा, मोडलिङ्, साहित्य, चित्रकला, फोटोग्राफी र मूर्तिकलाजस्ता कलाका माध्यममा कामुकताको प्रयोग सँधै भएको छ। तर, अश्लीलता र कामुकताका बीचमा एउटा असाध्यै मसिनो रेखा हुन्छ। बेलाबेला त्यो खुट्याउन नसक्दा कामुक बन्न वा बनाउन खोज्नेहरू अश्लील भएका उदाहरण पनि प्रशस्त छन्।
विशेषतः सिनेमा तथा मोडलिङ्का क्षेत्रमा सफलताका लागि सेक्सी देखिनु वा हुनुलाई आवश्यक गुण मानिन्छ। तर, खासमा यो चाहना कामुकताको हो। सिनेमा र मोडलिङ्को कुरा गर्दा हामीले बढी अंगप्रदर्शन गर्ने र आँटिला दृश्यमा सहजताका साथ अभिनय गर्ने अभिनेत्रीलाई सेक्सीको पगरी गुथाउने गरेका छौँ, कामुक मान्ने गरेका छौँ। पछिल्लो पुस्ताका करश्िमा केसी, कृष्टि केसी, बीना बुढाथोकी, सारंगा श्रेष्ठहरू यसै कारण सेक्सी वा भनौँ कामुक नायिकामा गनिए। करश्िमाले आफ्ना हरेक अन्तर्वार्तामा आफूलाई 'ग्ल्यामरस' भएको दाबी गररिहे पनि अरूहरू भने एकोहोरो उनलाई सेक्सी प्रमाणित गर्न लागिरहे। अंग प्रदर्शन र कामुकताका सन्दर्भमा चलचित्र निर्देशक यादव खरेल भन्छन्, "अलिअलि उत्सुकता भन्ने कुरा बाँकी रहेन भने पनि त्यसको कुनै अर्थ हुँदैन। रहस्य र उत्सुकताले सेक्सी बनाउँछ।"
तर, तिनै खरेलले पनि संवेदनशील अभिनयका लागि चर्चित गौरी मल्ललाई समेत एउटा चलचित्रका लागि सेतो धोतीमा बेरेर झरनामा भिजाए। तर, त्यसले न त गौरी मल्ललाई सेक्सी नायिका बनायो, न त्यो ग्ल्यामर खरेलले भजाउन सके। 'ब्यालेन्स' नभएको खाताबाट काटिएको चेकजस्तो त्यो प्रयास 'बाउन्स' भयो। उदांगो बन्दैमा सेक्सी वा कामुक दुवै नहुन पनि सकिन्छ भन्ने कुरालाई यसले पनि पुष्टि गर्छ। त्यसपछिको मध्य पुस्तामा रेखा थापा र अहिलेको नयाँ पुस्तामा विनीता बराललाई अंग प्रदर्शनमा उदारताका लागि सेक्सी र कामुक भन्न थालिएको छ। के नेपाली चलचित्रका कामुक नायिकाहरू उनीहरू मात्र नै हुन् त ? केहीअघि मात्र रििलज भएको एक फिल्ममा अंग प्रदर्शन गरेको भनेर सेक्सीको उपाधि पाएकी नायिका विनीता बराल भन्छिन्, "अंग प्रदर्शन गर्दैमा सेक्सी देखिन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। समग्र व्यक्तित्व, हाउभाउ, बोली र त्यस प्रकारका दृश्यमा अभिनय गर्दाको आत्मविश्वासले कसैलाई सेक्सी बनाउँछ।"
बदलिँदो समयसँगै बिस्तारै मान्यताहरू परविर्तन हुन थालेका छन्। सञ्चार र प्रविधिको द्रुत विकासका कारण बाहिरी समाजसँग घुलमिल गर्न सहज भएका कारण अचेल हाम्रो समाजमा सेक्स र सेक्सी भन्ने शब्दको बुझाइ परमिार्जन हुँदै गएको पाइन्छ। त्यसका साथै चरत्रिको सम्बन्धमा व्याप्त मिथकहरू पनि क्रमशः भंग हुँदै गएका छन्। त्यति मात्रै नभई आजको समाज बढी उदार र सहज हुन थालेको अनुभव गर्न सकिन्छ। अरूको तुलनामा उदार मानिने 'शो बिज'का व्यक्तित्वहरूलाई पनि केही समयअघिसम्म आफ्नो यौन जीवनका बारेमा सार्वजनिक रूपमा कुरा गर्न हच्किनुपर्ने अवस्था थियो। विवाहपूर्वको यौन सम्बन्धलाई सबैले नकार्ने गर्थे। तर, अचेलका पुस्ता खुलेर त्यस विषयमा कुरा गर्न थालेका छन्। त्यति हुँदाहुँदै पनि एउटै उमेर समूहका विभिन्न युवतीलाई कसैले तपाईंलाई सेक्सी वा कामुक भन्यो भने कस्तो लाग्छ भन्ने प्रश्न गर्दा कानको लोती रातो पारेर घोसेमुन्टो लगाउने, जिब्रो थुतिदिन्छु भनेर आक्रामक प्रतिक्रिया दिनेदेखि लिएर त्यसलाई प्रशंसाको रूपमा लिएर दंग पर्छु भन्नेजस्ता विविध प्रतिक्रिया पाइन्छ। सेक्सी भनेको के हो भन्ने कुरामा अझै पनि यो असमञ्जस्यता केही हदसम्म बाँकी नै छ।
सौन्दर्यशास्त्रका बारेमा अध्ययन गरेका दन्त चिकित्सक डा सुशील कोइरालाको भनाइमा हरेक मानिसको आफ्नो बेग्लै शारीरकि बनोट हुन्छ। त्यसलाई कत्तिको सहज र आकर्षक रूपमा प्रदर्शन गर्न सक्ने हो, त्यसैले मान्छे सेक्सी देखिने वा नदेखिने भन्ने निक्र्योल गर्छ। कोही सबै शरीर ढाक्ने पहिरनमा पनि सेक्सी देखिन सक्छन् भने कोही निर्वस्त्र हुँदा पनि त्यस्तो नदेखिन सक्छन्।
'सेक्स अपिल' भन्ने कुरा प्रकृतिप्रदत्त कुरा हो तर मानिसले लबाइखबाइ र व्यक्तित्वमा ल्याउन सक्ने परविर्तनले पनि धेरै हदसम्म त्यसलाई प्रभावित पार्न सक्छ। विश्वका विभिन्न भागमा कस्तो मान्छे सेक्सी हो भन्ने फरक-फरक मत पाइने हुनाले एउटै कसीमा सबैलाई नाप्न भने सकिँदैन। तर, जे भए पनि आफू सेक्सी देखिन चाहनु भनेको विपरीत लिंगीको यौनजन्य चाहनालाई भड्काउनका लागि मात्रै हो भनेर चाहिँ भन्न मिल्दैन। आफू आकर्षक देखिनाले मानिसमा आत्मविश्वासको वृद्धि हुने गर्छ। आत्मविश्वासी मानिसले कुनै पनि क्षेत्रमा अरूको तुलनामा सफलता प्राप्त गर्छ। यस अर्थमा बुझ्ने हो भने सेक्सी देखिन चाहनु नाजायज कुरा होइन, पौरुषताको परचिायक पनि होइन र चरत्रिहीनता त पटक्कै होइन भन्ने कुरा अहिलेको समाजले बिस्तारै स्वीकार गर्दै आएको छ।
Only the thing is constant is the change.
ReplyDeleteपहिले पहिले भनिन्थ्यो - खानु आफ्नो खुशीले, लाउनु अरुको खुशीले
But time is changed ............ With the time, meaning and value of everything also changed...... It's due the demand of the time, actually.
Looking Sexy and Vulgar is too different things. No any dress is vulgar and sexy but it depends on how it is worn and carried by the person.
But people should wear such dresses in which they feel comfort, beautiful, sober as well as that suites to their figure too. There is a saying in Nepali - भन्न पायो भन्दैमा प्याच्य नबोल्नू, बस्न पायो भन्दैमा थ्याच्य नबस्नू । I would like to add - लाउन पायो भन्दैमा जे पायो त्यही नलगाउनू...........
Nice article. :-)
~ RM