Translate

Tuesday, November 29, 2016

...र फुलेनन् गुराँसहरु

मंसीर १२, २०७३ को नेपाल साप्ताहिकमा प्रकाशित


अलि पर, उतापट्टिबाट आइरहेका दुईजना केटीहरुमध्ये एकजनाले हामी सबैको ध्यान एकैपटक तानिन् ।

२६ वर्ष अघि, २०४७ साल तिरको कुरो हो । निर्देशक अरुणकुमार झा, अभिनेता सन्तोष पन्त, पत्रकार शैलेश आचार्य र म घण्टाघरबाट कमलादी स्थित वसन्त चौधरीको ग्रूप थ्री भन्ने एउटा विज्ञापन एजेन्सीको अफीस तिर गइरहेका थियौं । त्यतिबेला ग्रूप थ्रीले नै उर्वशी भन्ने सिने पत्रिका पनि निकाल्थ्यो जसको सम्पादक शैलेश दाइ थिए । हामी एउटा सिनेमा बनाउन लागिरहेका थियौं, “..र फुल्छन् गुराँसहहरु” । त्यसको लागि भेटघाट गर्ने थलो पनि उर्वशीको अफीस नै थियो ।

भर्खरभर्खर केही टेलिफिल्महरुमा अभिनय गरेको म, त्यस सिनेमाबाट ठूलो पर्दामा हाम्फाल्ने भएको थिएँ । त्यतिबेला सबैको आँखा लाग्ने नबिल बैंकको गतिलो जागीर पनि मैले सिनेमाको हीरो बन्नका लागि तिलाञ्जलि दिने मनस्थिति बनाइसकेको थिएँ । आफैले लेखेको कथामा पटकथा र सम्वाद तयार भैसकेको थियो । एउटा प्रेमकथामा आधारित त्यस चलचित्र आएपछि फर्केर हेर्नपर्दैन भन्ने लाग्थ्यो मलाई भर्खर बीस एक्काइस वर्षको उमेरमा । अरु सबै मुख्य भूमिकाहरु पनि कसले खेल्ने भन्ने लगभग टुंगो लागिसकेको थियो ।

Sunday, November 20, 2016

एक शुभेच्छु पाठकको प्रतिकृया

महेन्द्र आदर्श विद्याश्रमको पढाई सकिएनि सातदोबाटो जाने मेरो बानी सकिएको थिएन । मेरो जक्सन भएको थियो सातदोबाटो । बिहान या साँझ दिनको एक पटक नगै चित्त बुझदैनथ्यो  । केटाहरुसँग बस्यो चिया खायो । फर्कियो । <br>
<br>
एकदिन हामी महेन्द्र आदर्श विद्याश्रम अगाडिको चिया पसलमा बाहिरै बसेर चिया खाँदै थियौं । सडक तिरै फर्केर चियाका चुस्की लिइरहेका बेला उमेशले सडक तीर हेरेर उत्साहित हुदै भन्यो &quot;उ उ दाई त्यो गाडीमा ब्रजेश ।&quot; मैले नि पुलुक्क हेरें अखबारको पानामा देखे जस्तै एउटा अनुहार आफै गाडी चलाएर गोदावरी तिर जाँदै थियो । तर म ठोक्का गरेर भन्न सक्दिन त्यो ब्रजेश थियो या ब्रजेश जस्तै अरु कोई ।
त्यतिबेला म सातदोबाटोको दीपावली पुस्तकालयको सदस्य र नियमित पाठक थिएँ । ब्रजेशलाई नदेखे नचिनेको भए  पनि बेला बेला कान्तिपुर,नागरिक आदिमा आउने  ब्रजेशका लेखहरु चाहिँ म पढ़थ्ये । सायद त्यही भएर हुनुपर्छ उमेशले बाटोमा देखिएको ब्रजेश मलाई देखाएको ।