Translate

Friday, July 31, 2020

'हराएको मानिस' The Story So Far

धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित २० भाग यहाँ प्रस्तुत गरेको छु।


हराएको मानिस

बिहानको दश बज्ने बेलाको समय । थापाथलीको पुलको ट्राफिकमा असंख्य गाडीहरुको बीचमा एउटा महँगो, ठूलो र चिल्लो गाडी पनि अड्किएको छ । प्रचलित बजार भाउ अनुसार त्यसको मोल पौने तीन करोडको हाराहारीमा पर्छ क्यारे । पौने तीन करोडको गाडीभित्र पछाडिको सिटमा भव्य व्यक्तित्व भएको एकजना अधवैंशे मानिस बसेको छ । गाडीको झ्यालढोका त टम्म लागेको छ । तै पनि बाहिरको कर्कश ध्वनि कतैबाट छिरेकै छ । सबै हर्न बजाइरहेका छन् । पुलमा अलि ठूलो बस प्रवेश गर्नासाथ त्यो थोत्रो पुल भुइँचालो आए जसरी थर्थर काम्छ । पूर्णतया वातानुकूलित गाडीमा पनि त्यो मानिसको निधारमा खै कसरी हो कुन्नि, केही थोपा पसीना आइरहेको देख्न सकिन्छ । उसको मन वेचैन छ भन्ने कुरा उसको अनुहारले नै स्पष्ट देखाइरहेको छ । जतिसुकै महँगो गाडीभित्र बसे पनि मानिस तनावमुक्त र खुशी हुन सक्छ भन्ने कुनै ग्यारेण्टी कहाँ हुँदो रहेछ र । अगाडि पछाडि, दायाँ बायाँ आँखाले भ्याउन्जेल चारपाङ्ग्रे र दुइपाङ्ग्रे सवारी साधनहरुले घेरिएको गाडीभित्र बसेको त्यो मानिस ती भन्दा कति हो कति गुना बढी चिन्ताले घेरिएको थियो ।

लेन मिचेर, बाङ्गो टेढो परेर लम्पसार परेका अरु गाडीहरु अनि भेटेकोजति कुना र चेपचेपमा खाँदिएका मोटरसाइकलहरुले स्थितिलाई अझ बढी अप्ठ्यारो बनाएका छन् । कतिपय दाहिने जानुपर्नेहरु देब्रे तिरको लेनमा र देब्रे जानुपर्नेहरु दाहिनेको लेनमा छिरेर अड्किएका छन् । बाटो सँधैजस्तै छिचोलिनसक्नु नै छ । कार्यालय समय शुरु हुन लागेको बेला काठमाण्डौका सडकहरु यसै गरी अस्तव्यस्त हुन्छन् । आफ्नो क्षमताले धान्ने भन्दा बढी मानिस र सवारी साधनहरुको बोझले किच्चिएको देशको राजधानीले जतिसुकै रोइकराइ प्रतिकार गरे पनि त्यो यहाँको कोलाहलमा कसैले सुन्दैन । कसैलाई कसैको प्रतिकार सुन्ने फुर्सद नै कहाँ छ र यो प्रतिस्पर्धा र भागदौडको निर्दयी समयमा । यहाँ सबैलाई अघि बढ्नु छ । जसरी भए पनि, जसलाई जितेर भए पनि, जसलाई कुल्चिएर भए पनि । बस् यहाँ सबैलाई हतार छ ।

निकै बेरपछि त्यताको बाटो खुल्यो । के उसको चिन्ताको बाटो पनि के त्यसै गरी खुल्ला त ? लामो सास फेरेर उसले आफ्नो ड्राइभरलाई भन्यो,
“छिटो कुदाऊ जीतवहादुर । नत्र फेरि पुल काटेर चोकमा अर्को आधा घण्टा रोकिन पर्छ ।”
जीतवहादुरले सक्नेजति एक्सिलरेटर थिच्यो । 

त्यसको आधा घण्टापछि त्यो पौने तीन करोडको गाडी कुनै एउटा तेह्र तल्ले भवनको कम्पाउण्डमा सर्प घिस्रिए जसरी छि¥यो । लबी अगाडि गाडी रोकिनासाथ जीतवहादुर फूर्तिका साथ ओल्र्यो र घुमेर पछाडिपट्टिको ढोका खोल्न भ्यायो । गार्ड लगायत अरु केही मानिसहरुको आँखा त्यतै केन्द्रित भयो । पहिले सुनको मूठ भएको एउटा लौरो बाहिर निस्क्यो । त्यसलाई समातेको हातका चारैवटा औंलाहरुमा थरिथरि पत्थरहरु जडिएका मोटा बाक्ला औंठीहरु थिए । एउटा ठूलो हीरा हुनुपर्छ, घाममा टिलिक्क टल्क्यो । त्यसले रंगीविरंगी प्रकाश फ्याँक्यो । अनि बिस्तारै त्यो मानिस बाहिर निस्क्यो । उसको उँचाइ समान्य नेपालीको भन्दा केही अल्गो थियो । सत्तरी वर्ष छुन लागेका जस्तो देखिने त्यो मानिसको अनुहारमा उमेरका रेखाहरु देखिन्थे । कपाल पूरै चाँदी जस्तो सेतो थियो । तर उसको शरीर त्यसको तुलनामा तनक्क तन्किएको र स्वस्थ्य देखिन्थ्यो । उसको समग्र व्यक्तित्व नै आकर्षक थियो । अलि परबाट त्यतै हेरिरहेको एउटा युवकको आँखामा उसलाई चिनेको भाव आयो । उसको मुखबाट निस्क्यो,
“ओहो । सर्वेश्वरराज कोइराला ?”
ढोकामा उभिएको गार्डले सर्वेश्वरराज कोइरालालाई बूट बजारेर सलाम ग¥यो । सर्वेश्वरराजले उसलाई सोध्यो,
“सम्पादकजीको अफीस कुन तल्लामा छ ?”
“तेह्रौं तल्लामा हजुर ।”
उसलाई परबाट हेरिरहेको युवक यति सुन्नासाथ हतारिंदै भित्रतिर लम्कियो । सर्वेश्वरराजले एकपटक त्यो अल्गो भवनलाई टाउको उठाएर हे¥यो र बिस्तारै भित्र तिर लाग्यो । 
जीतवहादुर गाडी पार्क गर्न गयो । 

नवौं तल्लामा लिफ्ट रोकियो । ढोका राम्ररी खुल्दा नखुल्दै अघि तल सर्वेश्वरराजलाई देखेर हतारिएको युवक बाहिर निस्क्यो र लगभग दगुरेको गतिमा लामो करिडरको पल्लो छेउमा भएको कोठाको ढोका तिर लाग्यो । त्यो ढोकाको नामपातोमा लेखिएको थियो,
‘प्रकाश राई, प्रधान सम्पादक’ 
ढोका ढकढक्याउने सामान्य शिष्टाचार समेत थाँती राखेर ऊ ह्वात्तै भित्र पस्यो । 
कोही अनायास कोही छिरेको आभास भएर प्रकाशले हतारिएर आफ्नो ल्यापटपमा खुलिरहेको पोर्न साइट बन्द ग¥यो । ल्यापटपबाट आँखा उठाएर हस्याङफस्याङ गर्दै भित्र छिरेको युवकलाई देखेर ऊ निश्चिन्त भयो । उसले सोध्यो,
“हुरी बतास जसरी छि¥यौ त भित्र । कुनै ब्रेकिङ्ग न्यूज लिएर आयौ कि क्या हो ?”
युवकले आफ्नो सासलाई नियन्त्रण गर्न खोज्दै भन्यो,
“त्यस्तै भन्ठान्नुस् सर । सर्वेश्वरराज कोइराला आफै अफीसमा आएका छन् ।”
प्रकाशको अनुहारमा जिल्ल परेको भाव आयो,
“हाम्रो अफीसमा ? सर्वेश्वरराज कोइराला ? आर यू स्योर ?”
“हो सर, मैले आफ्नै आँखाले देखेको । उनी तपाईँकै अफीसमा आउँदै छन् ।”
प्रकाश जुरुक्क आफ्नो कुर्सीबाट उठ्यो र हतारहतार ढोकातिर लाग्यो । ऊ आफ्नो अफीसको ढोका खोलेर बाहिर निस्कनु र पर लिफ्टको ढोका खुलेर सर्वेश्वरराज कोइराला बाहिर निस्कनु एकैपटक भयो । सर्वेश्वरराज आफ्नो लठ्ठीको सहायताले सन्तुलित पाइला चाल्दै अघि बढ्न थाल्यो । प्रकाश सय मिटर दौडको बन्दूक पड्केपछिको धावक जसरी त्यता लाग्यो । सर्वेश्वरराजले चार–पाँच पाइला नचाल्दै प्रकाश उसको छेउमा पुगिसकेको थियो । ऊ सम्मानपूर्वक बोल्यो,
“नमस्कार हजूर । कत्रो ठूलो सौभाग्य मेरो । हजूर स्वयं मेरो अफीसमा ? म त विश्वासै गर्न सकिरहेको छैन ।”
सर्वेश्वरराज केही बोलेन । प्रकाश ससम्मान सर्वेश्वरराजको सवारी फेरि आफ्नै अफीसतिर चलाउन थाल्यो । ढोका खोलेर ऊ त्यहीं उभियो । पहिले सर्वेश्वरराज भित्र छिरेपछि मात्र ऊ भित्र छि¥यो । सर्वेश्वरराजले सर्सर्ती उसको अफीसलाई हे¥यो अनि छेउको सोफामा लमतन्न परेर बस्यो । प्रकाश उसको अगाडि सोफाको अघिल्लो छेउमा आफ्नो पुठ्ठो अडाएर सतर्क मुद्रामा बस्यो । उसले भन्यो,
“खबर पठाउनुभएको भए म आफै हाजिर हुन्थें । हजूर स्वयंले यहाँसम्म आउने कष्टै गर्नुपर्दैनथ्यो ।”
सर्वेश्वरराजले गम्भीर स्वरमा भन्यो,
“काम मेरो थियो, त्यसैले म नै आएँ ।” 
प्रकाशले सोध्यो,
“काम त हुँदै गर्छ हजूर । चिसो तातो के मगाऊँ ?”
“एक गिलास पानी ।”
प्रकाशले अघिदेखि उभिइरहेको युवकलाई आँखाले सान ग¥यो । युवक बाहिर तिर लाग्यो । प्रकाश सर्वेश्वरराजले केही भन्लान् भनेजस्तो भावले मौन बसिरह्यो । सर्वेश्वरराज के भनेर र कहाँबाट कुरा शुरु गरौं भने झैं मनमनै केही गमिरहे । वातानूकुल यन्त्रको पंखा घुमेको मधुरो आवाज आइरहेको थियो । नौ तल्ला तल सडकमा गुडिरहेका गाडीहरुको हर्नको आवाज पनि सानो तर नियमित रुपमा आइ नै रहेका थियो । सर्वेश्वरराजले केही बोल्नलाई मुख खोल्नासाथ एउटी आकर्षक युवती किस्तीमा पानीको गिलास लिएर भित्र छिरी । सर्वेश्वर मौन भएर उसलाई हेर्न थाल्यो । ऊ प्रकाशकी सहायिका थिई । उसले मुसुक्क हाँसेर गिलास सर्वेश्वरराजको सामु राखिदिई र नम्रतापूर्वक नमस्कार गरी । सर्वेश्वरराजले गिलास उठाएर सफा पानीलाई नियालेर हे¥योे । मानौं उसको आँखा माइक्रोस्कोप हो र ऊ पानीमा कुनै किटाणु भए नभएको जाँच गरिरहेको छ । नभएकोमा आश्वस्त भएपछि एकै घुट्कोमा उसले पानी सकायो । प्रकाश उसको पानी निल्दा हल्लिरहेको रुद्रघण्टी हेर्दै सोच्न थाल्यो,
“मैले आजसम्म कसैको यत्रो ठूलो रुद्रघण्टी देखेको छैन ।”
गिलास रित्तिएपछि प्रकाशकी सहायिकाले नम्र स्वरमा सोधी,
“अरु सर ?”
“नो । थ्याङ्क यू ।”
सहायिका बाहिर गई । प्रकाशले उसलाई सोध्यो,
“के सेवा गर्न सक्छु म हजुरको ?”
सर्वेश्वरराजले गम्भीर स्वरमा भन्यो,
“मलाई तपाईँको पत्रिकामा एउटा विज्ञापन छपाउनु छ ।”
प्रकाश अब जिल्ल प¥यो । एउटा नाथे विज्ञापन छपाउनका लागि सर्वेश्वरराज कोइराला आफै उसको अफीसमा आउनु भनेको उदेकमर्दो कुरा थियो । कुरा उसले बुझ्न सक्ने भन्दा गहिरो थियो ।
“विज्ञापन ?”
“हो । फुल् पेज । पछाडिको । भोलिको अंकमा ।”
प्रकाशलाई अप्ठ्यारो भयो । त्यो पत्रिकाको पछाडिको फुल पेज विज्ञापन साधारणतया एक महीनाभन्दा पहिले नै सुरक्षित भइसकेको हुन्थ्यो । आजको भोलि भनेको असम्भव कुरा थियो । उसले अकमकाउँदै भन्यो,
“हजूर.....भोलि नै त अलि सम्भव.......”
सर्वेश्वरराजले कुरा काट्दै अत्यन्त नम्र स्वरमा भने,
“प्रकाशजी । तपाईँलाई मेरो बारेमा कति थाहा छ त्यो त म भन्न सक्दिनँ । तर कृपया एउटा कुरा चाहिँ थाहा पाइराख्नुहोला । मैले कसैबाट नाइँ वा हुन सक्दैन भन्ने कुरा नसुनेको कति वर्ष भयो भन्ने पनि म आफैलाई हेक्का छैन । त्यसैले, मेरो सानो र विनम्र अनुरोध छ । विज्ञापन त भोलि नै छापिनु पर्छ । तपाईँले सक्नुहुन्न भने भन्नुस् । जसले सक्नुहुन्छ म वहाँसंगै कुरा गर्छु ।”
प्रकाशलाई थाहा थियो, सर्वेश्वरराज कोइरालाको पहुँच पत्रिकाको स्वामित्व भएका मानिससम्म थियो । सर्वेश्वरराजको कुरा उनले पनि नकार्न सक्दैनन् । त्यसैले उसले समर्पण ग¥यो,
“त्यसको आवश्यकता छैन हजूर । हामीलाई अप्ठ्यारो त अवश्य नै पर्छ । तर हामी केही न केही गरी एडजष्ट गर्नेछौं ।”
“धन्यवाद । यसो भनेर तपाईँले ममाथि ठूलो गुन लगाउनु भयो । तपाईँको र मेरो समय पनि बचाउनु भयो ।”
प्रकाश खिस्स हाँस्यो । उसले सोध्यो,
“बरु कस्तो विज्ञापन हो छपाउन पर्ने चाहिँ ? के को हो छाप्नुपर्ने विज्ञापन ?”
सर्वेश्वरराज कोइरालाको अनुहारमा पीडाको भाव आयो । उसले बिस्तारै कोटको भित्री खल्तीमा हात घुसा¥यो । त्यो हात बाहिर निस्कँदा त्यसमा एउटा फोटो थियो । उसले त्यो फोटो प्रकाशतिर बढायो । प्रकाशले फोटो हे¥यो । त्यो चौबीस–पच्चीस वर्षको एउटा सुन्दर युवकको फोटो थियो । उसले फोटोबाट आँखा उठाएर पुलुक्क सर्वेश्वरराज कोइरालालाई हे¥यो । सर्वेश्वरराजले अलि थर्थर भएको स्वरमा भन्यो,
“मानिस हराएको सूचना ।”


बिहान राम्ररी हुन पनि पाएको थिएन । एउटा केटा आफ्नो साइकलमा थरिथरि पत्रिका बोकेर आफ्नो नियमित काममा कुदिरहेको थियो । ऊ साइकल चलाउँदाचलाउँदै बडो दक्षताका साथ चाङबाट चाहिने पत्रिका छानेर निकाल्दै, मुठो बनाउँदै घरघरमा हु¥याइरहेको थियो । ऊ त्यसै गरी एउटा पत्रिका कुनै सानो र साधारण टिनले बारेको चिया पसल अघि फ्यालेर अघि बढ्यो । 
थापासरको चिया पसल । 

चिया पसलको साहुलाई टोलभरिका मान्छेले थापासर भन्छन् । सर भन्ने उपाधि पाउँदा ऊ पनि दंग पर्छ । भनिन्छ, उसको हातमा अनौठो जादू छ । उसले जस्तो मीठो चिया अरु कसैले बनाउनै सक्दैन । त्यसैले उसको चिया पसलमा बिहान देखि बेलुकासम्म मानिसहरु नभएको दिनै हुँदैन । उसले दिनभरिमा कति कप चिया बनाउँछ भन्ने गनेरै साध्य हुँदैन । थापासर सँधै मुस्काइरहन्छ, बोल्दैन । उसको भागको बोल्ने काम चाहिँ उसकी श्रीमतीले गर्छे । उसलाई चाहिँ कसैले म्याडम भन्दैनन् । ठाडै थपिनी भन्छन् । चियापसलमा आउने ग्राहकहरु हरेक विषयका ज्ञाता हुन्छन् । संसारभरका कुराहरुमा त्यहाँ छलफल हुन्छ । थपिनी ती सबैलाई निरुत्तर बनाउन सक्छे । उसको ज्ञानको भण्डार त्यही चिया पसल हो । ऊ बिहान पसल खोलेका बेलादेखि बेलुका बन्द नहुन्जेलसम्म निरन्तर बोलिरहन सक्छे । उसको गलामा भगवानले लाउडस्पीकर हालेर पठाएको छ । तर धेरै कम मानिसले मात्र उसको अनुहार देख्न पाउँछन् । ऊ अधिकांश समय चिया पसलको टिनले बारेको भित्री कोठामै हुन्छे । त्यहीँ बसेर ऊ लोग्नेलाई सघाउँछे । आलू र अण्डा उसिन्ने, छोडाउने, सेल पकाउने, चना तार्ने लगायतका सबै काम उसैले गर्छे । तर त्यहाँ आउनेहरुका लागि सबैभन्दा ठूलो आकर्षण थापासरको चिया नै हुने गर्छ । 

जस्तापाताले छाएको त्यो सानो चिया पसल खुल्नु अघि नै बिहानीको हिंडाइमा निस्केका बूढा मानिसहरु, कलेज भ्याउन हतारिएर निस्केका युवा लगायत अरु केही मानिस उभिन भ्याइसकेका हुन्छन् । एकपटक नयाँ आइफोन निस्कने बेला अमेरिकको कुनै पसल अघि लागेका मानिसहरुको लामको फोटो हेर्दै थपिनीले भनेकी थिई,
“ए बूढा हेर त, अम्रिकाँ नि हाम्रो जस्तै पसल हुँदो रछ ।”
थापासर मुसुक्क हाँसेको थियो । 

त्यसदिन पनि थापासरले पसल खोल्दा दुई जना सेवानिवृत्त सरकारी हाकिमहरु आइपुगिसकेको थिए । उनीहरुमध्ये एकजना सहसचिव थियो । अर्का शाखा अधिकृतबाट माथि नगई रिटायर्ड भएको थियो । ऊ आफूलाई ‘रिटायर्ड हर्ट’ भन्थ्यो । आफूभन्दा नालायकहरुले प्रगति गरेकोमा चित्त दुखेर ऊ ‘हर्ट’ भएको थियो । 
“आज पसल खोल्न किन ढीला गरेको थापासर ?”
सहसचिवले निहुरिएर भुईँमा फ्याँकिएको पत्रिकाको मूठो टिपिसकेको थियो । उनीहरु आफ्नो नियमित कुनाको टेबलमा गएर बसे । त्यसको दुबैतिर तीनजना अट्ने लामो बेञ्ची थियो । थापासरलाई थाहा थियो, चाँडै त्यहाँ कोरम पुग्नेछ । टोलका सहकारीका अध्यक्ष, उपाध्यक्ष र एकजना डाक्टरसाहब केही बेरमै त्यहाँ आइपुग्छन् । छैठौं सिटमा चाहिँ उनीहरुको उमेरसमूहभन्दा निकै कान्छो एकजना युवा हुन्छ । यी छ जना थापासरका नियमित मध्येका पनि सबैभन्दा नियमित ग्राहकहरु हुन् । एघार बजेसम्म उनीहरुको अखडा त्यहीं हुन्छ । थापासर फटाफट दूधका पोकाहरु च्यात्दै उमाल्ने भाँडोमा खन्याउन थाल्यो । पालैपालो सहकारीका अध्यक्ष, उपाध्यक्ष, डाक्टरसाप र कलिलो टिठो पनि आइपुगे । उपाध्यक्षले चुरोट सल्कायो सहसचिवले बोकेर ल्याएर टेबलमा राखेको पत्रिका सम्याउन थाल्यो । टोलका अरु केही मानिसहरु पनि आइसकेका थिए । त्यही बेला एउटा अर्को पत्रिकावालाले पनि आफ्नो पत्रिका हु¥याएर गयो । थापासरको चिया पसलमा चारवटै प्रमुख दैनिक पत्रिका आउँछन् । त्यहाँका ग्राहकहरुले आआफ्नो रुचि अनुसारका पृष्ठहरु बाँडेर किस्ताबन्दीमा पढ्छन् । थापा सर आफै चाहिँ कहिले पढ्दैन । उल्लेख्य कुराहरुका बारे ग्राहकहरुले नै यति धेरै टीकाटिप्पणी गरिसकेका हुन्छन्, उसलाई सबै थाहा भइसक्छ । उसलाई ती पत्रिकाहरु भोलिपल्ट समोसा र पकौडा प्याक गर्न काम लाग्छ । थापासरले पहिलो लटको चिया छ वटा ग्लासमा खन्यायो र आफ्ना नियमित ग्राहकहरुको अगाडि लगेर राख्यो । 
डाक्टरसापलाई मधुमेह छ, चिनी नहालेको । 
अध्यक्षज्यूलाई कडा चाहिन्छ ।
सहसचिवज्यूलाई रंग थोरै, बढी गुलियो । 
अरु दुई जना जस्तो भए पनि केही भन्दैनन् । 
कलिलो केटोलाई दूध नहालेको चाहिन्छ । 

उसले सँधैजस्तै अरुलाई भन्यो, 
“कालो चिया खान थाल्नुस् भन्या तपाईँहरु मान्नु हुन्न । नेपालमा ‘डेरी प्रडक्ट’ सेवन गर्नु भनेको आत्महत्या गर्नु हो । मन्द विष सेवन गरे बराबर हो । स्वास्थ्यको ख्याल राख्नु पर्छ ।” 
अनि उसले चुरोट सल्कायो र बुङबुङ धूँवा उडायो ।
उपाध्यक्षले पत्रिकाको अन्तिम पृष्ठ पल्टायो । उनको आँखामा आश्चार्यको भाव आयो । उसले भन्यो,
“पूरै पेजमा मान्छे हराएको सूचना ।”
यसै पनि यस्ता कुराले अरु मानिसको ध्यान तान्छ । झन् पूरै पृष्ठ भन्नासाथ अरुहरुलाई अझ बढी कौतुहलता हुनु स्वाभाविकै हो । अध्यक्षले सोध्यो,
“को हराएछ ?”
उपाध्यक्षले पूरै पाना सबैलाई देखायो । एउटा आकर्षक युवकको ठूलो फोटो सहित विज्ञापन छापिएको थियो । सबै मनमनै त्यो पढ्न थाले । कलिलो केटो चाहिँ ठूलो स्वरमा वाचन गर्न थाल्यो,
मानिस हराएको सूचना
राजेशराज कोइराला । तसवीरमा देखिएको वर्ष २६, गहुँगोरो वर्णको युवक यही आषाढ १५ गते बेलुका देखि हराइरहेको हुँदा कसैले निजलाई देख्नु भएको भए वा निजको बारे कुनै जानकारी छ भने कृपया नजीकको प्रहरी चौकी वा निम्न फोन नम्बरमा सम्पर्क गर्नु होला । कुनै पनि सूचना दिने मानिसलाई रु २५ लाखको नगद पुरस्कार टक्राइनेछ ।
छोरा राजेश, तिमी जहाँ भए पनि तुरुन्त घर फर्क । बाबा तिम्रा हरेक कुरामा सहमत छु । तिमीले जे चाहन्छौ, त्यही हुनेछ । तर घर फर्क छोरा ।
त्यसको मुनि दुईवटा मोवाइल फोनको नम्बर छापिएको थियो । सबै जना एक छिन त्यो हेरेर अचम्म परे । डाक्टरले भन्यो,
“पच्चीस लाख ? आम्मामामा....सानोतिनो बम्पर चिठ्ठै पर्ने रहेछ पाउने मान्छेलाई ।”
सबै हाँसे । 

अलिपरको टेबुलमा बसेर चिया सुर्काइरहेको मानिस पनि त्यो कलिलो केटोको वाचन सुनिरहेको थियो । ऊ अर्को कुनै पत्रिका पल्टाइरहेको थियो । उसको आँखा त्यसको भित्री पृष्ठमा तलको कुनामा छापिएको अर्को सानो विज्ञापनमा प¥यो । त्यो पनि थियो, मानिस हराएकै सूचना ।
युवक हराएको सूचना
प्रेमवहादुर ताम्राकार । 
वर्ष २६
वर्णः गहुँगोरो 
आषाढ ७ गते बिहान घरबाट कलेज जान निस्केको मेरो भतिजो सम्पर्क बिहीन अवस्थामा रहेको छ । प्रेमका बारेमा कसैसंग केही सूचना छ भने कृपया नजीकको प्रहरी चौकी वा तलको नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिएको छ ।

पत्रिका पढ्ने मान्छे पल्लो टेबुलतिर हेरेर बोल्यो,
“यो पत्रिकामा पनि एउटा मान्छे हराएको सूचना रहेछ ।”
उसको कुरा सुनेर ढोकैको छेउमा बसेर सेल टोकिरहेको एउटा मान्छेले भन्यो,
“मान्छे हराउने सिजन नै रहेछ कि क्या हो । यहाँ पनि एउटी स्वास्नीमान्छेले आफ्नो लोग्ने हराएको विज्ञापन छपाएकी छ ।”
सबै अब उसतिर आकर्षित भए । उसको अगाडि फिँजारिएको पत्रिकामा छापिएको थियो,

मेरा श्रीमान जनकध्वज विष्ट पछिल्लो केही हप्तादेखि हराइरहनुभएको हुनाले निजको बारे कसैलाई केही जानकारी छ भने कृपया निम्न नम्बरमा खबर गरिदिनु होला । 
भाद्र २९ गते अफीसबाट घर आउँदै गरेपछि उहाँ सम्पर्क बिहिन हुनुहुन्छ । सही सूचना प्रदान गर्नुहुनेलाई आभारका साथ उचित पुरस्कार प्रदान गरिनेछ । 

त्यसै बेला चिया पसलमा चौथो पत्रिका आइपुग्यो । भनिरहनु नपर्ला,  त्यस पत्रिकामा पनि एउटा अर्को हराएको मानिसको विज्ञापन छापिएको थियो । मानिस हराएको चौथो विज्ञापनको व्यहोरा थियो,

भाइ कमल । जहाँ भए पनि तुरुन्तै घर आऊ ।
तिमी गएको दिन देखि म बिरामी छु । 
२८ वर्षको गहुँगोरो वर्णको मेरो भाइ कमलसिंह परियार पछिल्लो सात दिन देखि हराइरहेको हुनाले निजको बारे कुनै सूचना र जानकारी हुने मानिसले तलको फोन नम्बर वा नजीकको प्रहरीमा खबर गरिदिन
भए अनुगृहित हुने छु । 
–बिमलसिंह परियार
फोन नम्बर ९८........

चिया पसलमा अरु विषय गौण हुन पुग्यो । सबै जना एकै दिन विज्ञापन छापिएका ती चार हराएका मानिसको बारे कुरा गर्न थाले । 

हुन त लाखौं मानिस अटेसमटेस गरेर बाँचिरहेका यस सहरमा एकै–एकै समयमा चारजना मानिस हराउनु कुनै उदेकमर्दो घटना त नहुनुपर्ने थियो । तर एकै दिन तिनका बारे फरकफरक पत्रिकामा सूचना छापिनु भने पक्कै पनि अचम्मको संयोग थियो । तर त्यो भन्दा ठूलो अर्को कुरा थियो जसले यो साधारण जस्तो लाग्ने घटनालाई अत्यन्तै असाधारण बनाएको थियो ।

राजेशराज कोइराला, प्रेमवहादुर ताम्राकार, जनकध्वज विष्ट र कमलसिंह परियारका नाममा भिन्नभिन्न पत्रिकामा फरकफरक मानिसले छपाएका चारै वटा फरक सूचनामा तसवीर चाहिँ एउटै मानिसको थियो ।

सुकेको वनमा लागेको डढेलो जसरी दिउँसोसम्ममा यो कुरा सहरभरि फैलिन भ्यायो । ट्विटर, फेसबुक, अनलाइन समाचार र टिभीका बुलेटिनहरुमा हराएको मानिसको विज्ञापनको कुरा प्रमुख आकर्षणको रुपमा छायो । चारवटा भिन्नै नाम र थर दिइएर एक जना मानिस हराएको सूचनाका कारण दिनभरि काठमाण्डौमा चर्चा परिचर्चाको बजार तातिरह्यो । यो कसरी सम्भव छ ? एउटै मानिसको चारथरि फरकफरक थर कसरी हुनसक्छ ? उसका बाबु कोइराला हुन् भने काका कसरी ताम्राकार भए ? अनि उसका दाजु कसरी परियार भए ? अनि ऊ छायाँ विष्टको श्रीमान हो भने छायाँ विष्टको बाँकी मानिसहरुसंग कुनै नाता कसरी हुन सक्छ ? के उहाँ विज्ञापन छाप्ने पत्रिकाहरुबाट कुनै ठूलै गलती भएको हो त ?  कि विज्ञापन छपाउनेहरुको नियतमा कुनै खोट छ ? हो चारैजना विज्ञापनदाता र चारवटै पत्रिकाले यसलाई कुनै गलती मानेका छैनन् । त्यसो हो भने के यसको पछाडि कुनै गम्भीर षडयन्त्र लुकेको छ ? हो भने त्यो षडयन्त्र के हुन सक्छ ? कसको के फाइदाका लागि यो सब गरिएको हो ? जसको फोटो छापिएको छ, त्यो मानिसकोे वास्तविक पहिचान के हो त ? आज राजधानीमा दिनभर यस विषयमा चर्चा परिचर्चा चलेको छ । तर त्यो मानिसको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । के त्यो मानिस जीवित छ ? के उसको कसैले अपहरण गरेको हो ? 
आखिर को हो र कहाँ छ त यो चतुर्मुखी ब्रम्हा ? 

काठमाण्डौबाट निकै टाढा कुनै एक दुर्गम पहाड ।

कोलाहलभन्दा निकै पर, सुन्दर प्रकृतिको काख । हेर्दा यस्तो लाग्छ, मानौं स्वर्ग भनेकै यही हो । आकाश सफा छ, नीलो छ । विशाल आकाशमा विचरण गरिरहेका बादलका टुक्राहरु सिमलको भुवा जस्तो सेता, बेदाग र पवित्र देखिन्छन् । हरिया रुखहरु, अनेकौं प्रकारका जंगली फूलहरु । आँखाले भ्याउन्जेल देखिने एउटा पहाडलाई ढाकेजस्ता अरु पहाडका पत्रहरु । चराहरुको चिरबिर । यस्तो लाग्छ मानौं यहाँ कुनै समस्या नै छैन । तर, समस्या कहाँ हुँदैन र ?

एउटा अल्गो पहाड र झ्याम्म परेका रुखहरुको बीचमा धागोजस्तो नागबेली बाटो देख्न सकिन्छ । त्यो पहाडको माथि पारीपट्टि सम्भवतः कुनै गाउँ हुनुपर्छ । बाटो कहिले घुमेर रुखहरुको बीचमा हराउँछ । अनि अचानक अलि तल फेरि प्रकट भएको देखिन्छ । विकट पहाडमा पनि मानिसले आफ्ना पाइलाहरु चाल्न कहाँ छोड्न सक्छ र ? त्यही बाटोमा एउटा मानव आकृति देखिन्छ । एकजना भरिया, ढाडमा ठूलो डोकोमा अटाइ नअटाइ सामानहरु बोकेर ओरालो झर्दै छ  । उसले एउटा मैलो कमेज, त्यसको माथि इष्टकोट र पाइण्ट काटेर बनाइएको कट्टु लगाएको छ । उसको शरीर, हात र खुट्टा वलिष्ठ छन् । उकाली ओराली गर्दागर्दा उसका पिंडूलाहरुमा माछा सलबलाए जस्ता मांशपेशीहरु देखिन्छन् । उसका पैंताला पटपट फुटेका छन् । ती पैंताला उसले हरेक दिन छिचोल्ने बाटोका पत्थरसंग प्रतिस्पर्धा गरेर तिनैजस्ता कठोर भइसकेका छन् । उसले एकजोर चप्पल लगाएको त छ तर त्यो चप्पलको अवस्था पनि उसकै जस्तो छ । तर पनि उसको अनुहारमा चिन्ताका कुनै रेखा छैनन् । ऊ प्रसन्न मुद्रामा आफैमा मग्न छ । ऊ ठूलो स्वरमा गीत गाउँदै ओरालो झरिरहेको छ,
“कान्छाले कान्छीलाई लग्यो, बनको बाटो लाल्टीनै बालेर...”
उसको स्वरमा प्राकृतिक माधुर्य छ । 

गीत गाउँदै भरियाले ठाडो, लामो र घुमाउरो ओरालो झरेर सकायो । ओरालो सकिएर अब उसको सामु निकै परसम्म सीधा बाटो थियो । ऊ रोकियो । इष्टकोटको खल्ती छामछुम पारेर उसले एउटा बाङ्गोटिङ्गो भएको चुरोट निकाल्यो र हे¥यो । त्यसको सूर्ती पनि अलिअलि झरिसकेको थियो । अर्को खल्तीबाट सलाइको बट्टा निकालेर भरियाले चुरोट सल्कायो र आनन्द मानेर धुँवा उडाउन थाल्यो । आधा जति चुरोट तानेर उसले त्यसलाई निभायो र ठूटोलाई फेरि खल्ती मै हाल्यो । ऊ अब समथर बाटोमा अघि बढ्न थाल्यो । उसको चाल अझै तेज भयो । उसलाई थाह थियो, एक घण्टा तेर्पाइँ–तेर्पाइँ हिंडेपछि दम्स्याइलो बाटो सकिन्छ । त्यहाँ फेरि ऊ अहिले झरेको भन्दा निकै ठाडो र अजंगको पहाड उसलाई कुरिरहेको हुनेछ । उसलाई आफूले बोकेका सामानहरु त्यही पहाड चढेर ध्वाँकोटसम्म पु¥याउनु थियो । ध्वाँकोट पुग्दा साँझ झमक्कै परिसक्छ भन्ने पनि उसलाई राम्ररी थाहा थियो । ऊ हिंडिरहेको गोरेटोको एकापट्टि एउटा सानो खोलो बगिरहेको थियो । अहिले हेर्दा सानो, घुँडासम्म पनि मुश्कीलले पानी आइपुग्ने त्यो शान्त खोला बर्सातको बेलामा दुर्भाषा ऋषिको रुप धारण गर्छ । त्यतिबेला उसको आकार पनि भीमसेनको जत्रो हुन्छ । यो गोरेटो मात्र नभै पारीपट्टिका बुट्यानहरु सबै खोलाले आफ्नो गहिराइमा लुकाइदिन्छ । त्यस्तो बेला ध्वाँकोट जानु प¥यो भने माथि तिरैबाट माने देउराली हुँदै चार घण्टा लामो बाटो हिंड्नु पर्छ । 

भरिया आफ्नै सुरमा रमाउँदै अघि बढिरहेको थियो । वरिपरिका सबै उसले सँधै देखिरहेको, अभ्यस्त भैसकेको र नजानिंदो गरी उसको चेतले स्वीकार गरिसकेका कुराहरु थिए । अचानक ऊ टक्क अड्यो । सबै नियमितताका बीचमा उसलाई केही अनियमित लाग्यो । ऊ सोच्न थाल्यो, किन केही अप्ठ्यारो लागिरहेको छ उसलाई ? सबै थोक त उस्तै छ, सँधै जस्तै । ऊ चारैतिर हेर्न थाल्यो । उसले सँधै देखिरहेको पहाड, उसले सँधै हेरिरहेको आकाश, उसले सँधै सुनिरहेको खोलाको कलकल आवाज अनि उसले सँधै हिंडिरहेको गोरेटो । सबै उही छ, उस्तै छ । तर पनि भर्खरै केही अनौठो र अमिल्दो कुराको आभास उसको अवचेतन मस्तिष्कले गरेको थियो । ऊ भर्खर अघि बढेको बाटोको पछाडि तिर उसको आँखा घुम्न थाल्यो । पचास अथवा सय पाइला पर बिस्तारै बाटोबाट दायाँ तिर उसको आँखा स¥यो । अनि उसले देख्यो, त्यहाँ एउटा ठूलो ढुङ्गाले छेलिएको कुनै वस्तु छ जुन त्यहाँको नियमितता भन्दा बाहिरको हो । ऊ चिम्सा आँखा पारेर फेरि आफू आएकै बाटो फर्कन थाल्यो । अलि नजीक पुग्दा उसलाई लाग्यो, त्यो एउटा मानव आकृति हुनसक्छ । उसको मुखबाट स्वयं निस्क्यो,
“आच्या...मान्छे पो हो कि क्या हो ?” 

ऊ अझै हतारिंदै अघि बढ्यो । नभन्दै त्यो कुनै मानिस नै थियो । आधा खोलामा र आधा बगरमा घोप्टो परेर लडिरहेको मानिसको आकृति देखेर उसको आंग ढक्क फुल्यो । के त्यो मानिस ज्यूँदो थियो ? उसले खुट्याउन सकेन । ऊ अझै नजीक गयो । अब ऊ त्यो मानिसको टाउको निरै पुगेर उभियो । उसको मुटुको वेग अचानक तीब्र हुन थाल्यो । उसले ध्यान दिएर हेर्न थाल्यो । त्यो मानिस यतातिरको होइन भन्ने उसको लुगाले नै बताउँथ्यो । जिन्सको पाइण्ट, महँगो जस्तो देखिने छालाको ज्याकेट, खुट्टामा पनि महँगै खालको जुत्ता । ऊ लड्दा ज्याकेटको तल्लो भाग सोहोरिएर माथितिर सरेको थियो । उसको कम्मर र ढाडको देखिएको भाग गोरो र सुकुमार थियो । तर त्यहाँ कसैले लौरोले बजाएको जस्तो नीलडाम देखिन्थ्यो । उसको एउटा हात उसकै शरीर मुनि थिचिएको थियो । अर्को हात टाउको निर तन्किएको थियो । नाडीमा ठूलो र महँगो देखिने घडी थियो । त्यसको सेकेण्ड देखाउने सियो टिक टिक टिक गर्दै चलिरहेको थियो । के उसको मुटु पनि त्यसै गरी चलिरहेको होला ? ध्यान दिएर हेर्दा भरियालाई त्यो मानिसको सास चलिरहेको हो कि जस्तो लाग्यो । हुन त खोलाको पानी छचल्किंदै त्यो मानिसको शरीरलाई भिजाउँदै फर्किरहेको हुँदा त्यसको चालले त्यस्तो लागेको पनि हुन सक्थ्यो । 

भरियाले बिस्तारै आफ्नो भारी ढुंगाको आडमा बिसायो । उसले चारैतिर हे¥यो । कतै कोही अरु मानिसको उपस्थितिको भेउ पाउन सकेन । हुन पनि यो बाटो दिनमा मुश्कीलले दुई जना पनि हिंड्दैनन् भन्ने उसलाई थाहा थियो । उसले के गर्ने भन्ने निर्णय गर्न सकेन । उसलाई साँझ नपर्दैै ध्वाँकोट पुग्नु पनि थियो । किनभने त्यहाँको केही वरको जंगलमा चितुवा लाग्थ्यो । तर परिवन्दमा परेको एउटा आफूजस्तै अर्को मानिसलाई त्यसै अलपत्र छाडेर जान पनि उसको मनले मानिरहेको थिएन । किनभने त्यो ज्यूँदै रहेछ र उसले वास्ता नगरी हिंड्यो र बच्न सक्ने मानिस केही गरी म¥यो भने त उसलाई पाप लाग्छ । आफ्नो अन्तरात्माले आफैलार्ई जीवनभर माफ गर्न सक्दैन भन्ने उसलाई लाग्यो । उसले मनमनै निर्णय ग¥यो, 
“हेर्नु त प¥यो नै । ज्यूँदै पो छ कि । मरिसकेको रहेछ भने त केही गर्न सकिन्नँ, आफ्नो बाटो लाग्नुपर्ला ।”

ऊ टुक्रुक्क परेर बस्यो र ध्यान दिएर हेर्न थाल्यो । त्यो मानिसको साससंगै बिस्तारै ढाड पनि तलमाथि गरिरहेको नै रहेछ । अब भरियाले बिस्तारै उसको दुबै कुम समाएर उसलाई पल्टायो । भरिया झसंग भयो । उसको मुखबाट निस्क्यो,
“हे भगवान् ।”

त्यो एउटा सुन्दर युवक थियो । तर उसको अनुहारभरि चोटपटकका डामहरु थिए । बन्द आँखाको डिलहरु बेस्मारी सुन्निएर फुलेका थिए । नाक र ओठमा रगतका टाटाहरु कटकटिएका थिए । कपाल भुत्ल्याएको जस्तो अस्तव्यस्त थियो । जिउमा पनि चोटपटकका डामहरु प्रशस्तै थिए । उसको हो कि होइन भने जसरी मन्द सास चलिरहेको थियो । तर त्यो युवकको सास फेराइ नियमित थिएन । घरिघरि रोकिन्छ कि भने जस्तो गरी उसको सास चलिरहेको थियो । 

भरियाले पत्रपत्रिका पढ्ने भइदिएको भए अघिल्लो दिन काठमाण्डौका प्रमुख पत्रिकाहरुमा तसवीर छापिएको त्यस युवकलाई चिन्थ्यो होला । उसले गम्भीर भएर एउटा निर्णय ग¥यो । अनि ऊ धमाधम आफ्नो डोकाका सामानहरुलाई भुईमा खन्याउन थाल्यो । उसलाई थाहा थियो, यसो गर्दा उसलाई नोक्सान हुन्छ । तर उसले आफ्नो मनलाई सम्झायो, 
“मान्छेको ज्यानभन्दा महँगो कुरा यो संसारमा अरु केही पनि हुँदैन काइँला ।”

काइँलाले सकीनसकी त्यो अचेत युवकको शरीरलाई डोकोमा हाल्यो । त्यसमा ढाड अडाएर नाम्लो निधारमा लगायो । भएभरका बल लगाएर ऊ उठ्यो । अनि काइँला फर्केर सकेजति छिटो फेरि आफू आएकै बाटो तिर कुद्न थाल्यो । समथर बाटो सकिएर ऊ केही बेर अघि झरेको पहाडको फेदमा आइपुग्यो । तर अब यसपटक उसलाई उकाली चढ्नु थियो । अनि उसको भारी अझै गह्रुँगो भएको थियो । ऊ दृढ भएर उकालो चढ्न थाल्यो । कुद्न नसके पनि ऊ सकेसम्म छिटो ठाडो लाग्न थाल्यो । केही बेरमै उसको सास बढ्न थाल्यो, गोडाहरु लूला हुन थाले । तर पनि ऊ रोकिएन । एकनास चढि नै रह्यो । पढेलेखेको नभए पनि उसलाई थाहा थियो, केही क्षणको मात्र ढीलाचाँडोले त्यो युवकको बाँच्नु र मर्नुमा फरक पर्न सक्छ । त्यसैले ऊ सकेसम्म छिटो स्वास्थ्य चौकी पुग्न चाहन्थ्यो ।

तर त्यहाँबाट सबैभन्दा नजीकैको स्वास्थ्य चौकी नै दुई घण्टाको दूरीमा थियो ।

अन्ततः भरिया काइँलाले आफूभन्दा गह्रुँगो र अचेत मानिसलाई डोकोमा बोकेर त्यत्रो ठाडो र अजंगको पहाड चढ्यो । माथि पुग्दासम्म उसको फोक्सो त खलाँतिजस्तो भइसकेको थियो । उसका पिंडूलाहरु फत्रक्क भएर गलिसकेका थिए । माथि एउटा झ्याम्म परेको रुख थियो जहाँ ऊ सँधै सुस्ताउन रोकिन्थ्यो । तर त्यस दिन उसले त्यो बिसौनी देखेन । त्यसैको छेउमा कटुसको बोटको मुनि मूल फुटेको थियो । ऊ सँधै त्यसको अमृतजस्तो मीठो र स्वादिलो पानी पिएर आफ्नो थकाइ माथ्र्यो । त्यस दिन त झन् उसलाई बेस्मारी तिर्खा लागेको थियो । तर उसले त्यसको पनि वास्ता गरेन । किनभने उसलाई थाहा थियो, उसको डोकोमा भएको अचेत युवकको सास कुनै पनि बेला रोकिन सक्छ । 

बस्ती शुरु भइसकेको थियो । फाट्टफुट्ट घरहरु देखिन थालेको थिए । केही मानिसहरु भरिया काइँलालाई देखेर जिल्ल परे । केही घण्टा अघि उनीहरुले उसलाई डोकाभरी सामान बोकेर गएको देखेका थिए । भोलपल्ट साँझ तिर मात्र फर्कनु पर्ने काइँला फर्केको थियो । अनि उसको डोकामा त मानिस पो थियो ।
“कसलाई बोकेर ल्याइस् ए काइँलो ?” 
एकजना बूढा मान्छे उसलाई हेरेर कराए । काइँला रोकिएन तर उसले स्याँस्याँ गर्दै भन्यो,
“खै, को हो काका । तल खोल्सामा भेटें । जिम्दै छ जस्तो लागेर ल्याएको । चौकी पु¥याउन पाए बाँच्ला कि भनेर ।”
उत्सुक भएर बूढा मान्छे पनि उसको पछि लाग्यो । हेर्दाहेर्दै केही बेरमै गाउँका थुप्रै मानिसहरु काइँलाको पछिपछि लागे । गुनगुन गर्दै । हेर्दाहेर्दै उसको पछाडि सानोतिनो जुलुस नै बन्यो । भरिया स्वास्थ्य चौकीमा पुग्यो । उसले डोको बिसायो । भित्रतिर हेर्दै करायो,
“डाउडर साब, ए डाउडर साब ।”
हुन त त्यो दुर्गम गाउँको चौकीमा डाक्टर हुँदैनथ्यो । हेल्थ असिस्टेण्ट हुथ्यो । तर पनि सेतो कोट लगाउने, रक्तचाप नाप्ने, स्टेथेस्कोप झुण्डाउने, सानोतिनो चिरफार र चोटपटकको ओखतीमूलो गर्ने मोतीप्रसाद धौभडेल सारा गाउँलेहरुका लागि डाउडर नै थियो । हल्लाखल्ला सुनेर ऊ बाहिर निस्क्यो । काइँला अरु गाउँलेको सहयोगले डोकाबाट घाइते युवकलाई झिकेर सुताउँदै थियो । धौभडेलको आँखा त्यस अचेत युवकमा प¥यो । 
काइँलाले भन्यो,
“खोलाँ लडिराथ्यो डाउडर साब । एस्सो हेर्दा सास फेरिरहेको देखेर यहाँ ल्याइद्या । सहरतिरा मुन्से जस्तो छ ।”
धौभडेलका अनुभवी र अभ्यस्त आँखाले हेर्नासाथै त्यस युवकको अवस्था एकदमै चिन्ताजनक छ भन्ने बुझिहाल्यो । ऊ हतारिएको स्वरमा बोल्यो,
“भित्र ल्याऊ भित्र ।” 
अनि ऊ हतारिंदै भित्र लाग्यो । गाउँलेहरुले युवकलाई झ्याल्टुङ पार्दै उचालेर भित्र लगे । भित्र सानो कोठाको सानो कुनामा भएको एउटा सानै बेडमा उसलाई सुताए । अटाइ नअटाइ अरु गाउँलेहरु पनि भित्र छिरिसकेका थिए । सबै उत्सुक थिए । धौभडेलले युवकको अवलोकन गर्दै अरुहरुलाई भन्यो, 
“यहाँ भीड नगर्नुहोला । कृपया तपाईहरु सबैजना बाहिर गइदिनुस् त ।”
अनि ऊ युवकको जाँच गर्न थाल्यो । 
गाउँलेहरु बाहिर गए । उनीहरु काइँलालाई प्रश्नहरु गर्न थाले । काइँला बारम्बार एउटै उत्तर दिइरह्यो । अब गाउँलेहरु आफै गुनगुन गर्न र लख काढ्न थाले । 
“हाम्रातिरा त कोइ होइन होला नि ।”
“काँ हुनु हाम्रा तिरा ? लुगाफाटो हेर्दै सहरतिरा जस्तो छ ।”
“सहरतिरा ठिटो काँट यो अनकण्टाराँ आइपुगेछ त ?”
“खै यता र कुइरे हिंड्ने बाटा नि छैनन् । किन आएछ ।”
“कालले कुत्कुत्याएर काँकाँ पुराम्छ मुन्सेलाई ?”
“कसको छोरो होला, घराँ कति पीर गरिरा होलान् ।”
“बाँच्छ कि बाँच्दैन कुन्नि ।”
“नमरोस् बरा, यस्तो लाउँलाउँ खाउँखाउँ भन्ने उमेरा देखिन्छ ।”

केही बेरमा गम्भीर मुद्रामा धौभडेल बाहिर निस्क्यो । गाउँलेहरुको गुनगुन बिस्तारै मत्थर हुँदै गएर सबै शान्त भए । उनीहरु आँखामा प्रश्नवाचक भाव लिएर धौभडेललाई हेर्न थाले । एउटा बूढाले सोध्यो,
“के भो डाउडर साब ?”
“कसैले बेस्मारी मारपिट गरेको हुनुपछै बिचरालाई । चोटपटक नलागेको कुनै अंग नै छैन । टाउकामा तीन ठाउँमा त टाँका लगाइदिएँ काका । बाहिर देखिएका जति घाउहरु पनि सफा गरिदिएको छु । तर उसको हात गोडा र करङ ठाउँठाउँमा भाँचिएका हुन सक्छन् । हुनेजति पट्टी गरिदिएँ । तर भित्री चोटपटक पनि लागेको छ । रगत पनि निकै बगेको छ । भित्रको रक्तश्राब झनै डरमर्दो हुन्छ । यहाँ हेर्न सकिंदैन । उसको यहाँ अरु उपचार हुन सक्दैन काका । अवस्था एकदमै नाजुक छ । अहिलेसम्मसास त चलिरहेको छ । तर कुनै पनि बेला केही पनि हुन सक्छ । अलि ठूलो अस्पतालमा पु¥याउन सके कुन्नि, नत्र त.......।” 
धौभडेलले बाँकी शव्दहरु त्यसै छोडिदियो ।
उसले काका भनेको बूढा मान्छे सोचमग्न भएर बोल्यो,
“याँट त मोटर बाटो भेट्नै आठ नौ घण्टा लाग्छ । कसरी पु¥याउनु ठूलो अस्पताल ?”
सबै मौन भए । त्यसैबेला अचानक अलि पर कतैबाट भटभटभटभट गरेको आवाज आयो । सबैको ध्यान त्यता गयो । एउटा गाउँले उत्साहित भएर करायो,
“चीलगाडी ।”
अर्कोले पनि आँखा नचाउँदै भन्यो,
“हो त । त्याँ माथि घोप्टेडाँडाँ चीलगाडी आथ्यो । कुइरेहरु आका थे नि केके जाति खिच्न ।”
काका पनि उत्तेजित भयो,
“हो त । तिनैलाई लिन आको हो । जान लाका होलान् ।”
अनि उसले काइँलालाई भन्यो,
“दुगुर काइँला दुगुर । तिनेरलाई रोक् त गएर । हामी यो मुन्सेलाई ल्याम्दै गर्छम् ।”

काइँलालाई थाहा थियो घोप्टे डाँडो त त्यहीं नजीकै छ । कस्सिएर कुद्यो भने ऊ चीलगाडी उड्नु अघि माथि पुग्न सक्ने सम्भावना छ । ऊ फेरि कुद्न थाल्यो । अरु चारजना बलिया बाङ्गा गाउँलेहरु धौभडेलसंग भित्र गए । उसले त्यस युवकलाई स्ट्रेचरमा हालिदियो । उसले भन्यो,
“भित्र रगत बगेको हुनसक्छ । सकेसम्म धेरै नहल्लाइ लग्नुहोला है ।”
बलिया गाउँलेहरु उसलाई बोकेर माथितिर लागे । बाटो साँघुरो थियो । ठाडो पनि थियो । धौभडेलले भनेजस्तै सकेसम्म सावधानीका साथ उनीहरु बिस्तारै माथितिर उक्लिन थाले । काइँला चाहिँ उहिल्यै मोड काटेर हराइसकेको थियो । 

संसार पनि बडो अचम्मको छ । यो थरिथरि मान्छेहरु मिलेर बनेको छ । एकातिर ती मानिसहरु थिए, जसले पक्कै त्यस युवकलाई चिनेका जानेका थिए होलान् । त्यसैले ती मानिसहरुले उसको ज्यान लिने नियतले त्यसरी कुटपिट गरेको हुनुपर्छ । अनि अर्को तिर यो गाउँका मानिसहरु । एउटा यस्तो मान्छेको ज्यान बचाउन हरसम्भव प्रयत्न गरिरहेका थिए जसलाई उनीहरुले चिनेका पनि छैनन् । देउता पनि, राक्षस पनि हामी मानिसहरुकै रुपमा, हाम्रै संसारमा, हाम्रै वरिपरि त घुम्दारहेछन् नि । कसले कुन बेला, कहाँ र कसलाई भेट्छ भन्ने मात्र आ–आफ्नो भाग्यको कुरो हुँदो रहेछ । 

घोप्टे डाँडामा बसेको त्यो एयरबस हेलिकप्टर थियो । त्यसको थाप्लोमा भएको रोटर फनफनी घुमेर तीब्र भइरहेको थियो । पाइलटले ‘इग्निसन अन’ गरेको दुई मिनेट भइसकेको थियो । उसले एकपटक ‘हाइड्रोलिक सिस्टम’ र इन्जिनको तापक्रम लगायतका अरु सबै कुरा ठीक छ कि छैन भनेर पक्का ग¥यो । अब ‘पावर’ साठ्ठी प्रतिशतबाट बिस्तारै बढ्दै थियो । भित्रपट्टि तीनजना ‘कुइरे’हरु बसेका थिए । पाइलटले उनीहरुलाई भन्यो,
“वी आर अल सेट टू गो नाउ ।”

ती कुइरेहरु एउटा विदेशी चलचित्रको छायाँकनका लागि स्थलगत निरिक्षण गर्न आएका थिए । घोप्टे डाँडाको माथिपट्टि जहाँ अहिले हेलिकप्टर ओर्लेको थियो, त्यही चौरमा चालीसवटा जति पाल टाँगेर छायाँकन टोली बस्न सक्ने उनीहरुले निधो गरेका थिए । छायाँकन गर्नको लागि उनीहरुले खोजेका जस्तै ठाउँ त्यहाँ वरिपरि फेला पारेको हुनाले उनीहरु खुसी भएका थिए । अबको केही महीनापछि आएर बीस एक्काइस दिन त्यहाँ छायाँकन गर्ने उनीहरुको योजना बनाएर उनीहरु फर्कन लागेका थिए । पाइलट अब हेलिकप्टरलाई उडाउन ठीक्क मात्र के परेको थियो, अचानक उसका आँखा परबाट चौरमा प्रकट भएर त्यतै कुदेर आइरहेको एउटा मान्छेमा परे । त्यो मान्छे दुबै हात हावामा उचालेर केही भन्दै थियो । ऊ जिल्ल प¥यो । उसलाई दोमन भयो । हेलिकप्टरको इन्जिन बन्द गर्नु भनेको फेरि केही समय खेर फ्याल्नु थियो । यो बेला यतातिर मौसमको भर हुँदैन । केही गरी रोकिनु परेछ भने दिनभर फस्न सकिन्थ्यो । तर त्यो मानिस परबाट जुन हिसाबले आइरहेको थियो, वास्ता नगरी उडिहाल्न पनि उसको मनले मानेन ।  

काइँला डाँडाको माथिपट्टि पुग्दा चीलगाडी उड्न तयार भइसकेको देख्यो । यो उड्यो भने उसले त्यति दुख गरेर ल्याएको युवकको प्राणपखेरु पनि संगै उड्छ भन्ने उसलाई थाहा थियो । ऊ दुबै हात हावामा उठाएर हल्लाउँदै, सके जति ठूलो स्वरमा चिच्याउँदै त्यतै कुद्न थाल्यो,
“ए पख्...........पख्........ नउडा नउडा.........एक छिन पख् ।” 

हेलिकप्टर भित्रबाट कुइरेहरुले पनि उसलाई देखे । उनीहरुको टोली नेताले भन्यो,
“होली शिट् । इज हि ट्राइंग टू डाइ अर ह्वाट् ?”
उससंगै भएकी युवतीले सोचमग्न हुँदै भनी,
“आइ गेस देयर इज सम इमर्जेन्सी ।”
पाइलटले मनमनै केही निर्णय ग¥यो र भन्यो,
“आइ एम स्टपिंग द रोटर्स ।”
उसलाई थाहा थियो, ‘रोटर्स’ पूर्ण रुपले रोकिन दुई मिनेटको हाराहारी लाग्छ । त्यो मान्छे हेलिकप्टरसम्म आइपुग्न त्यति नै समय लाग्ला । नभन्दै काइँला नजीकै आइपुग्दा हेलिकप्टर शान्त भइसकेको थियो । पाइलट ओल्र्यो । उसले सोध्यो,
“के भयो ?” 
काइँला बोल्नै नसक्ने गरी स्याँस्याँ गरिरहेको थियो । कुइरेहरु पनि ओर्ले । बिस्तारै आफ्नो सासलाई नियन्त्रित गरेर काइँलाले पाइलटलाई सबै स्थिति अवगत गरायो । पाइलटले दोभाषेको काम गर्दै कुइरेहरुलाई त्यो कुरा सुनायो । एउटा मानिसको जीवन–मरणको कुरा सुनेर उनीहरु केही बेर कुर्न राजी भए । त्यसको केही बेरमै स्ट्रेचर बोकेर आउनेहरु पनि माथि आइपुगे । अचेत युवकलाई हेलिकप्टरमा हालियो । धौभडेलले पाइलटलाई युवकको अवस्थाको बारे जानकारी गराइदियो । पाइलटले भन्यो,
“हामी काठमाण्डौ नै जान लागेका हौं । म एयरपोर्टमा एम्बुलेन्स मगाइदिन्छु ।”

हेलिकप्टरको रोटर फेरि घुम्न थाल्यो । धूलो उड्न थाल्यो । तर गाउँलेहरु त्यसको परवाह नगरी उभिइरहे । हेलिकप्टरले भुईँ छोड्न थालेपछि उनीहरुले हात हल्लाएर अभिवादन गरे । दुई मिनेट चानचुनमा हेलिकप्टरले भुइँ छोड्यो र अकाशिन थाल्यो । अनि हेर्दाहेर्दै त्यो विशाल चीलगाडी बिस्तारै माथिमाथि चढ्न थाल्यो । पहिले चील, त्यसबाट काग, अनि ढुक्कुर, भँगेरा, फिस्टो जस्तो सानोसानो हुँदै गयो र एउटा डाँडा पछाडि हरायो । केही बेरमा त त्यसको आवाज पनि सुनिन छाड्यो । एकजना गाउँले लामो सास फेरेर आफैसंग बोल्यो,
“को होला, कसले यस्तो दुर्गति बनाएका होलान् । हेर्दा त हुनेखाने नै देखिन्थ्यो ।”
काइँलाले धौभडेललाई हेर्दै सोध्यो,
“डाउडर साब, त्यो मान्छे बाँच्छ होला ?”
धौभडेलले अनिश्चित स्वरमा भन्यो,
“भन्न सक्दिनँ काइँला । हामीले गर्न सक्ने यो भन्दा बढी केही थिएन । आशा गरौं, बाँच्ला ।”
काइँलाले आकाशतिर हेरेर दुबै हात जोड्दै भन्यो,
“लौ परमेश्वर रक्षे गर, कसैको छोरा होला....कसैको दाजुभाइ होला, कसैको बूढा होला ।”
बूढा मानिको मुखबाट निस्क्यो,
“कुइरेको जय होस् ।”


हेलिकप्टर काठमाण्डौ तिर उडिरहेको थियो । पाइलटलाई मौसम बिग्रेला भन्ने डर थियो । यो बेला केही भन्न सकिन्न । तर काठमाण्डौ आइपुग्ने बेलासम्म मौसमले धोका दिएन । त्यो हेलिकप्टरमा पाइलट बाहेक दुई जना कुइरे र एक जना कुइरी थिए । अनि थियो, एउटा अचेत युवक । घोप्टे डाँडामा गाउँलेहरुले कतैबाट उद्धार गरेर ल्याइदिएको युवक । उसको अवस्था एकदमै नाजुक थियो । एउटा कुइरे किण्डलमा कुनै किताब पढिरहेको थियो भने अर्को आहिर आकाश हेरेर टोलाइरहेको थियो । कुइरी बेलाबेला सहानुभूतिपूर्ण आँखाले त्यस युवकलाई हेर्थी, मनमनै केही प्रार्थना गरेर छातीमा क्रस बनाउँथी ।
“सेभ हिम जिजस ।”
उसको मुखबाट निस्क्यो । यात्रा अवधिभर कोही केही बोलेको थिएन । सबैको मन एकतमासको भइरहेको थियो । अब पाइलट हेलिकप्टरमा भएको स्याटेलाइट फोनबाट १०२ नम्बरमा सम्पर्क गर्न खोजिरहेको थियो, निरन्तर । उसका एक विज्ञापन व्यवसायी मित्र रञ्जीत आचार्यको पहलमा ‘नेपाल एम्बुलेन्स सेवा’ सञ्चालन भएको छ भन्ने उसलाई थाहा थियो । तर त्यो सेवा उसले आजसम्म प्रयोग गर्न भने परेको थिएन । कसैलाई पनि सकेसम्म त्यो सेवा प्रयोग गर्न नपरेकै राम्रो हो । अत्याधुनिक उपकरणहरु सहितका ती एम्बुलेन्सहरुमा अस्पताल पु¥याउनु अघि आवश्यक उपचार गर्न तालीम दिइएका प्यारामेडिक विज्ञहरु पनि हुन्थे । एम्बुलेन्स सेवासंग सम्पर्क भयो । आकाशबाट यसरी फोनमा सम्पर्क गर्न सक्नु केही वर्ष अघि भए कल्पना पनि गर्न सकिन्नथ्यो । दूरसंचारको विकास र प्रविधिले मानिसको जीवन धेरै सहज बनाएको छ भनेर सोच्दै उसले आफ्नो परिचय दियो र घाइते युवकको अवस्था बारे पनि बताइदियो । १०२ को मानिसले सोध्यो,
“कति बेरमा पुग्नुहुन्छ ?”
उसले भन्यो,
“बीस मिनेटको हाराहारीमा हामी ल्याण्ड गर्नेछौं ।”
उताबाट एम्बुलेन्स सेवाको ‘डिस्प्याचर’ले गम्भीर भएर भन्यो, 
“हाम्रा केही एम्बुलेन्समा भेन्टिलेटर पनि छन् । म सकेसम्म ती मध्ये एउटालाई हेलिप्याडतिर पठाइदिन्छु ।”
१०२ नम्बरमा सम्पर्क गर्न सकिने एम्बुलेन्सहरुमा जिपिएस पनि जडान गरिएका हुनाले कुन वाहन कहाँ छ भनेर पनि तत्काल निक्र्यौल गर्न सकिन्थ्यो । ऊ भेन्टिलेटर भएको एम्बुलेन्स खोज्न मनिटरमा आँखा घुमाउन थाल्यो । सिनामंगलको अस्पतालमा एउटा बिरामी पु¥याएर आफ्नो स्टेसन तिर फर्किरहेको एम्बुलेन्स भर्खर एयरपोर्ट नाघेर तिलगंगा निर पुगेको रहेछ । विमानस्थलबाट त्यो भन्दा नजीक अरु कुनै बाहन थिएन । उसले त्यस एम्बुलेन्सका ‘पाइलट’संग सम्पर्क गर्ने उपक्रम ग¥यो । हो, उनीहरु एम्बुलेन्सको चालकलाई ‘ड्राइभर’ हैन, ‘पाइलट’ भन्ने गर्थे । उता आकाशमा भएको हेलिकप्टरको पाइलटले फेरि आफ्नो मित्र रञ्जीतलाई सम्पर्क गर्न थाल्यो । रञ्जीत कुनै उत्पादनको लागि विज्ञापनको आइडियामा आफ्नो टीमसंग माथापच्ची गरिरहेको थियो । अरुको फोन भए पछि उठाउँथ्यो होला तर पाइलट उसको मिल्ने साथी थियो । तीन घण्टीमा रञ्जीतले फोन उठायो र चहकिलो स्वरमा भन्यो,
“ओहो पाइलट साहब, लंग टाइम ।”
पाइलट हतारिंदै बोल्न थाल्यो, 
“इमर्जेन्सी । क्रिटिकल अवस्थामा भएको एउटा बिरामी लिएर ल्याण्ड गर्दैछु । मैले १०२ मा जानकारी गराइसकेको छु । एम्बुलेन्स पठाइदिन्छु भनेका छन् । जस्ट इन केस, तिमीलाई पनि इन्फर्म गरेको ।”
उसको स्वरबाटै रञ्जीतले पनि अवस्थाको गम्भीरता बुझिहाल्यो । उसले भन्यो,
“त्यसो भए त पुगिहाल्छ । डण्ट वरी । तै पनि म एकपटक बुझ्छु ।”

एम्बुलेन्सको पाइलटले खबर पाउनासाथ साइरन र बत्ती अन ग¥यो अनि आफ्नो दक्षताको प्रदर्शन गर्दै फनक्क यूटर्न मा¥यो । उसले आफ्नो पूरै खुट्टाको दबाव एक्सिलरेटरमा दियो । एम्बुलेन्स ताँदोबाट छुटेको तीर जसरी हुत्तिएर एयरपोर्ट तिर हुँइकियो । उता रञ्जीतले पनि डिस्प्याचरसंग सम्पर्क गरिसेकेको थियो । डिस्प्याचरले एम्बुलेन्स बाटोमा भएको र हेलिकप्टर ल्याण्ड हुनु अघि पुग्ने जानकारी दिंदै थियो । 

नभन्दै हेलिकप्टरले भुईँ छुँदा एम्बुलेन्स तयार थियो । त्यसमा भएका तीनैजना इ.एम.टि प्यारामेडिकहरु सतर्कताका साथ स्कूप स्ट्रेचर बोकेर हेलिकप्टर तिर लम्किए । नामैले बताए अनुसार यो किसिमको स्ट्रेचरमा विशेष गरी ढाडमा चोटपटक लागेको बिरामीहरुलाई नसमाती, नहल्लाई चढाउन सकिन्छ । स्ट्रेचरको दुइटा फक्ल्याटो परेको भागलाई बिरामीको शरीरको दायाँबायाँ दुइतिर मुनिबाट ख्वाप्ल्याक्क पारेर छिराएर ट्याक्क जोड्न सकिन्छ । अनि सतर्कताका साथ उसलाई लैजान सकिन्छ । डिस्प्याचरले एम्बुलेन्सलाई खबर गर्दा नै त्यहाँको अवस्थाको गम्भीरता बारे जानकारी दिइसकेको थियो । इ.एम.टी कर्मचारीहरुले अचेत युवकलाई दक्षताका साथ स्कूप स्ट्रेचरमा हाले र एम्बुलेन्स तिर दौडाए । एम्बुलेन्स त्यस युवकलाई लिएर फेरि नजीकैको अस्पतालतिर कुद्यो । एयरपोर्टको ढोकाबाट बाहिर मूल सडकमा निस्कने ठाउँमा निकै धेरै ट्राफिक थियो । पाइलटले दुबैतिर हे¥यो । सिनामंगल तिर जाने बाटोमा त झनै धेरै लामो जाम थियो । त्यही बेला उसको फोन बज्यो । उताबाट रञ्जीत बोल्दै थियो,
“सिनामंगल चोकमा माइक्रोले बाइकलाई ठक्कर दिएकोले अवस्था ठीक छैन । गौशाला रातोपुल हुँदै जानु पर्ला । म ट्राफिक प्रहरीसंग समन्वयमा छु । कता छिटो पु¥याउन सकिन्छ फेरि भनूँला ।”
“हस् ।” संक्षिप्त उत्तर दिएर पाइलटले दाहिने मोड्यो । उसको ठ्याक्कै अगाडि भएको एउटा गाडी सुस्त गतिमा चलिरहेको थियो । त्यसको अगाडि लमतन्न बाटो खाली थियो । त्यो गाडीले बाटो अड्काइरहेको थियो । त्यसका चालकले साइरनको आवाज सुनेको थिएन । सुनोस् पनि कसरी, ऊ त झ्याल डम्म पारेर एसी चलाएर ठूलो स्वरमा गीत बजाइरहेको थियो । जिम मरिसन गाइरहेको थियो,
“देयर इज अ किलर अन द रोड......”
एम्बुलेन्सको पाइलट मनमनै सोच्दै थियो, ‘पहिले त एम्बुलेन्सको लागि मान्छेहरु बाटो बनाइदिन्थे । आजकल त साइड पनि छोड्दैनन् । यो सहरका मानिसहरुमा मानवता भन्ने कुरा पनि किन यसरी मर्दै गएको होला ।’

गल्फ कोर्स सकिने ठाउँनिर उसले बल्लबल्ल त्यो सङगीतप्रेमी चालकलाई उछिन्यो र गति बढायो । गौशाला पुग्ने बेला फेरि त्यत्ति नै लामो जाममा ऊ फस्यो । राष्ट्रपतिको कुनै कार्यक्रमका लागि त्यताबाट ‘सवारी’ चल्न लागेको रहेछ । अर्को साइड पनि पूरै सवारी साधनहरुले भरिएको थियो । मोटरसाइकल र स्कूटरहरु दाहिने, देब्रे, आफ्नो र अरुको साइडमा कुनै पक्षपात नगरी कुना कुनामा कोच्चिन भ्याइसकेको थिए । चलहल गर्न नसक्ने गरी त्यो अव्यस्थित जाममा फसेको एम्बुलेन्स प्रतिवादमा रोएको जसरी प्याँप्याँ गरिरह्यो । मानौं त्यो निर्जीव वाहन भनिरहेछ, 
“ए सजीव मानव हो । म मेरो गर्भमा एउटा बिरामी मानिस बोकिरहेको छु । केही मिनेट तलमाथि भएर तिमी स्वस्थ्य मानिसहरुलाई फरक पर्दैन । तर उसको सास जान सक्छ । लौ न बाटो छोड ।”
तर उसको साइरनको भाषा शायद आजकलका मानिसहरुले बुझ्न छाडिसेका थिए । एम्बुलेन्समा भएका इ.एम.टी कर्मचारी मध्ये एकको आँखा त्यहाँ जाडिएको मनिटरमा प¥यो । त्यसले अचेत युवकको हृदयको गति देखाइरहेको थियो । ऊ आत्तियो र भन्यो, “छाँटकाँट राम्रो छैन । इट्स गोइंग डाउन ।”
अरु दुईजना पनि त्यतै लागे । अर्कोले भन्यो,
“हे भगवान । यो जाम कतिबेला खुल्ने हो ।” 
पाइलट असहाय भावले कतैबाट एम्बुलेन्सलाई छिराउन सकिन्छ कि भनेर हेर्न थाल्यो । यता प्यारामेडिकहरु आत्तिन थाले । किनभने युवकको हृदयको गति झनै कमकम हुन थालिसकेको थियो । सवारी चलिसकेको थिएन । जाम खुल्ने अझै कुनै संकेत नै थिएन । झन् एम्बुलेन्सकै अगाडिको देब्रेतिरबाट कोच्चिन गएको मोटरसाइकलको लेग गार्डले एउटा चिल्लो गाडीको छेउमा कोतरेको हुनाले दुबै बाहन चालक ओर्लेर एक आर्कालाई तथानाम गालीगलौज गर्दै बाझ्न थालिसकेका थिए । अब उनीहरुले एकअर्कासंग मुक्कामुक्की गर्न मात्र बाँकी थियो ।
यता मनिटरले युवकको हृदयको गति बन्द भएको देखायो । एक जना प्यारामेडिकले हतारहतार स्टेथेस्कोप कानमा लगाएर युवकको छातीमा टाँस्यो । 
“छैन ।” उसले सानो स्वरमा भन्यो ।
“शिट् । अब के गर्ने ?” अर्कोले सोध्यो । 
“डिफिब्रिलेटर ?” पहिलोले निर्णय ग¥यो । 
मनिटर र स्टेथेस्कोपले फेला नपारे पनि मानिसको मुटुले पूरै काम गर्न नछोडेको हुनसक्छ । त्यस्तो बेलामा उसको छातिमा दुइटा प्याड गाएर करेण्ट हान्ने उपाय हुन्छ । त्यही उपकरणलाई डिफिब्रिरिलेटर भनिन्छ । मानिस र अवस्था हेरेर कति करेण्ट लगाउने भन्ने कुरा फरक पर्छ । परम्परागत उपकरणमा कति करेण्ट प्रवाह गर्ने भन्ने ठ्याक्कै थाहा नहुने हुनाले चिकित्सकहरुले थोरैबाट बिस्तारै मात्रा बढाउँदै लैजानु पर्ने हुन्थ्यो । तर १०२ को एम्बुलेन्समा अत्याधुनिक र स्वचालित डिफिब्रिरिलेटर जडान भएको थियो । त्यसैले प्याडलाई बिरामीको छातीमा जोड्नासाथ अवस्था अनुसार कति अन्तरालमा कति पटक झट्का दिने भन्ने त्यसले आफै पत्ता लगाउँथ्यो । यसो हुँदा सामान्य जानकारी भएको मानिसले पनि यसको प्रयोग गरेर कसैको ज्यान जोगाउन सकिन्थ्यो । १०२का प्यारामेडिकहरु त झन आधारभूत तालीम भएकाहरु नै भए । उनीहरुले तेजीका साथ हृदयगति बन्द भएको युवकको छातीमा उपकरण जडान गरे । लामो सास फेरेर पशुपतिनाथलाई सम्झँदै एक जनाले डिफिब्रिरिलेटरको स्वीच अन गरिदियो ।

वरिष्ठ शल्य चिकित्सक डाक्टर सरोज धिताल आजकल पहिले जति धेरै शल्यकृया गर्दैनथ्योे । एकदमै जटिल अवस्थाका बिरामीहरुको शल्यकृयामा मात्र आफू संलग्न हुन्थ्यो । उसको अस्पतालमा उसले आफैले बनाएको समूहमा एक से एक कुशल शल्यचिकित्सकहरु थिए । त्यस दिन पनि उसले एउटा त्यस्तै जटिल र लामो शल्यकृया सफलतापूर्वक सकाएका थियो । केही बेर बिश्राम गरेपछि सबै वार्डहरुको निरीक्षण गरेर ऊ घर जान तल ओर्लेको थियो । आफ्नो गाडी तिर जानै लाग्दा अलि परबाट आइरहेको एउटा एम्बुलेन्सको आवाज उसको कानमा प¥यो । ऊ सतर्क भएर रोकियो । लामो सेवाको अनुभवले होला, उसको छैठौं इन्द्रियले उसलाई कुनै गम्भीर बिरामी ल्याइँदै छ भन्ने संकेत दियो । ऊ फरक्क फर्कियो र लबीमा पुग्यो । उसले ड्यूटीमा भएको कर्मचारीलाई अलर्ट गराउन थाल्यो ।
एम्बुलेन्सको आवाज क्रमश ठूलो हुँदै नजीक–नजीक आइरहेको थियो । नभन्दै त्यसको केही बेरमै एम्बुलेन्स सेवा १०२ को वाहन अस्पतालको हातामा छि¥यो । अस्पतालका कर्मचारीहरु तयार नै थिए । एम्बुलेन्सबाट अस्पतालको स्ट्रेचरमा सारेर युवकलाई भित्र तिर लैजाँदालैजाँदै प्यारामेडिकले डाक्टर धिताललाई जानकारी गरायो,
“बीचमा हामीले डिफिब्रिरिलेटर चलाएपछि हि केम ब्याक ।”
डाक्टर धितालले आफ्ना कर्मचारीहरुलाई निर्देश दियो,
“ओटीमा लैजानुस्, छिटो । मलाई लाग्छ इन्टरनल हेमोरेज छ । अपरेशनको लागि टिमलाई तयार गर्नुस् । म ज्वाइन गर्छु ।” 
“डाक्टरसाहब... यो त पुलीस केस होइन र ?” 
“हो । पुलीसमा पनि खबर चाहिँ गर्नुस् । तर उसको उपचार म शुरु गर्छु । कुर्न सकिंदैन । हाम्रो सबैभन्दा पहिलो प्राथमिकता बिरामीलाई बचाउन खोज्नु हो । बाँकी कुरा हुँदै गर्छ ।”
भर्खर निकै लामो र जटिल शल्यकृया गरेर निस्केको डाक्टर धिताल फेरि अर्को त्यस्तै शल्यकृयाका लागि आफूलाई तयार पार्न थाल्यो । ओटी तिर जानु अघि उसले घरमा फोन ग¥यो । उसले भन्यो,
“सुलो...एउटा इमर्जेन्सी आयो । मेरो घर आउने ठेगान नहुने भयो है ?”




इन्सपेक्टर बिनोद खड्काले गम्भीर मुद्रामा अस्पतालको बेडमा सुताइएको अचेत युवकलाई एकैछिन हेरिरह्यो । अनि छेउमा उभिएको डाक्टर धितालसंग सोध्यो, 
“केही पनि थाहा छैन यो मानिसको बारेमा ?”
ओठ लेप््रयाउँदै डाक्टर धितालले भन्यो,
“नथिंग । उससंग आफ्नो परिचय खुल्ने केही कागजपत्र पनि थिएन । उसको अवस्था एकदमै खराब थियो । त्यसैले हामीले कुनै रिस्क लिन नसकेर तुरुन्तै अपरेशन ग¥यौं ।”
अचेत र गम्भीर अवस्थामा अस्पताल ल्याइएको त्यस युवकको शल्यक्रिया सफल भएको थियो । डाक्टर धितालको लामो अनुभवका आधारमा उसलाई त्यस युवकको ज्यान चाहिँ बच्यो भन्ने लागिरहेको थियो । इन्सपेक्टर बिनोदले डाक्टर धिताललाई पुलुक्क हेर्दै सोध्यो,
“उसलाई कहिले होश आउला डाक्टर साहब ?”
“ठ्याक्कै त म भन्न सक्दिनँ । तर सबै रिकभरी मैले सोचे अनुसार भयो भने सम्भवतः चाँडै ।”
“चाँडै भन्नाले ? कुनै टाइमफ्रेम ?” 
“बाह्र, चौबीस......छत्तीस वा अठ्चालीस घण्टा पनि हुनसक्छ । निश्चित त कसरी भन्नू ।”
त्यस युवकको अपरेशन हुँदै गर्दा प्रहरीमा जानकारी दिने औपचारिक प्रकृया पूरा गरेपछि इन्सपेक्टर बिनोद खड्का खटिएर आएको थियो । अब मूल कुरो थियो त्यस युवकको परिचय । उसको बारे केही पनि थाहा थिएन । बिनोदले लामो सास फेरेर आफैसंग प्रश्न ग¥यो,
“को होला त यो मानिस ?”
डाक्टर धितालले उत्तर दियो,
“खै, अनुहारमा लागेको चोटपटकले गर्दा त उसको आफ्नै बाबुआमाले पनि चिन्न गाह्रो हुने अवस्थामा यहाँ ल्याइएको थियो ।”
इन्सपेक्टर बिनोदले फेरि युवकलाई हे¥यो । अब उसका घाउचोटहरु सफा गरिएको हुनाले अनुहार अलि स्पष्ट देख्न सकिन्थ्यो । उसलाई त्यो अनुहार कताकता परिचित झैं लाग्यो । के उसले त्यस युवकलाई पहिले कतै देखेको छ ? तर निकै बेर सोच्दा पनि ठ्याम्मै यसै भनेर उसले ठहर गर्न सकेन । उसले डाक्टर धिताललाई भन्यो,
“मलाई किनकिन यो मान्छेको अनुहार परिचित लागिरहेको छ ।”
डाक्टर धिताल पनि केही सोच्दै बोल्यो,
“अचम्मको कुरो त उसलाई देखेको बेलादेखि नै मलाई पनि त्यस्तै लागिरहेको छ । आइ ह्याभ सिन हिम समह्वेयर । तर कहाँ होला ?” 
उनीहरु दुबैलाई त्यस्तो लाग्नु अस्वाभाविक थिएन । त्यस युवकको केही दिन अघि पत्रिकाहरुमा चारवटा बिभिन्न नाम थर सहित चारवटा बिभिन्न फोटो छापिएको थियो । तर छापिएका फोटा र उसको अहिलेको अनुहारको अवस्थाले गर्दा तिनमा भएका समानताहरु पुरिएका थिए । 
बिनोदले आफूसंग आएको एउटा प्रहरीलाई भन्यो,
“सइ साप्, फोटो खिच्नुस् । सर्कुलेट गर्नुपर्छ । डाक्टर साहब, एउटा फोटो प्रिन्ट गरेर अस्पतालको मूल ढोका र लबीमा पनि सूचना राखिदिनुहोला ।”
डाक्टर धितालले सहमतिसूचक टाउको हल्लायो । सइ बिभिन्न कोणबाट त्यस युवकको फोटो खिच्न थालिसकेको थियो ।
ààà

अस्पतालको अर्को पाटोमा भएको भिभिआइपी क्याबिनको ढोका खुल्यो । आफ्नै उमेरका एक अधवैंशे मानिससंग सर्वेश्वरराज कोइराला करिडरमा निस्क्यो । त्यो अर्को अधवैंशेको अनुहारमा चिन्ताका रेखाहरु स्पष्टसंग देख्न सकिन्थ्यो । सर्वेश्वरले उसलाई हे¥यो, उसको काँधमा आश्वासनको हात राख्दै भन्यो,
“किन चिन्ता गरिरहेको प्रयाग ? भाउजु चार दिनमै तङ्ग्रििएर घर आउनुहुन्छ ।”
प्रयाग मुस्काउन खोज्यो । उसले आफ्नो चिन्ताले सुकेको च्यापु हल्लाउँदै घुटुक्क थुक निल्यो अनि ओठ चाट्यो । सर्वेश्वरले फेरि भन्यो,
“त्यसमाथि पनि आजकल एपेण्डिसाइटिसको अपरेशन भनेका एकदमै साधारण कुरा हो । चिन्ता लिनै पर्दैन ।”
प्रयाग मुस्कायो । 
“ल म अहिले गएँ । केही प¥यो भने फोन गर्नू । नत्र म भोलि आउँछु ।”
सर्वेश्वर लिफ्टतिर लाग्यो । प्रयाग भित्र क्याबिनतरि फर्कियो । लिफ्टबाट सर्वेश्वरले जीतवहादुरलाई फोन ग¥यो,
“म निस्कँदै छु । गाडी अगाडि ल्याऊ जीतवहादुर ।”
लिफ्टबाट लबीमा निस्केर बाहिरतिर गइरहेको सर्वेश्वर अचानक टक्क अड्यो र बिस्तारै पछाडि फर्कियो । उसले आफ्ना आँखाका कुनाबाट केही परिचित कुरा देखेको थियो । उसको आँखा रिसेप्सन अघि भित्तामा भएको एउटा सूचनापाटीमा प¥यो । त्यहाँ पिन लगाएर अड्काइएका बिभिन्न सानाठूला सूचनाहरुको बीचमा एउटा ‘ए फोर’ साइजको कागज पनि टाँसिएको थियो । कम्प्यूटरबाटै प्रिन्ट गरिएको कुनै श्वेतश्याम फोटो र केही अस्पष्ट अक्षरहरु टाढाबाट तिरिमिरि देखिन्थे । ऊ उत्तेजित भएर त्यता लाग्दालाग्दै कोटको माथिल्लो खल्तीबाट पढ्ने चस्मा निकालेर नाकको डाँडीमा अडाउन भ्याइसकेको थियो । नजिकबाट अस्पतालको बेडमा सुताइएको अचेत युवकको त्यो फोटो देख्नासाथ उसको मुखबाट ठूलो र आत्तिएको स्वर निस्क्यो,
“राजेश ?” 
उसले एकै सासमा त्यहाँ लेखिएको व्यहोरा पढ्यो । त्यस लावारिस युवकलाई कसैले चिनेको वा उसको बारे थाहा भए अस्पताल प्रशासनसंग सम्पर्क गर्नुहोला भन्ने आशयको त्यो व्यहोरा पूरै पढ्नु अघि नै ऊ रिसेप्सनमा भएकी महिलासंग विक्षिप्त भएर कराउन थाल्यो,
“मेरो छोरा.......। राजेशराज कोइराला......यो मेरो छोरा हो बुझ्नुभयो तपाईंले ? कहाँ छ ऊ ? कतिदिनदेखि म बहुलाजसरी उसलाई आकाश पाताल खोजिरहेको छु । मेरो छोरा यहाँ.......अनि सर्वेश्वरराज कोइरालाको छोरालाई....हाउ क्यान यू से लावारिस ? कहाँ छ मेरो राजेश ?”
हेर्दाहेर्दै केही मान्छेहरु जम्मा हुन भ्याइसकेका थिए । रिसेप्सनकी महिला अलमल्ल पर्दै बोली,
“सर प्लीज काम डाउन ।”
उसले एउटा नम्बरमा फोन लगाउन थाली । उताबाट डाक्टर धिताल बोल्नासाथ उसले हतारिंदै भनी,
“सर यहाँ एकजना मान्छे त्यो युवकको बारे.....”
सर्वेश्वरले बाजले कुखुरा झम्टेजसरी उसको हातबाट फोन झम्ट्यो र माउथपिसमा बाघ गर्जेझैं करायो,
“एकजना मान्छे होइन । सर्वेश्वरराज कोइराला । तपाईँ को हो ? कहाँ छ मेरो छोरा ?”
त्यहाँ भेला भएका तमाशेहरुमध्ये एउटाले मोबाइल फोनमा खच्याक्क फोटो खिच्यो । उसले पनि केही दिन अघि पत्रपत्रिकामा त्यस युवकको फरकफरक परिचय सहितका विज्ञापनहरु हेरेको थियो । ऊ अलि पर कुनामा गयो र ती फोटाहरु हालेर एउटा ट्विट गर्न थालिहाल्यो ।
“चारथरि बिभिन्न जातका मानिसले आफ्नो फरक नाता क्लेम गरेको रहस्यमयी र वेपत्ता युवक भर्खर काठमाण्डौ मोडल अस्पतालमा फेला परेको छ ।” 
उसलाई ट्विटरमा पच्छ्याउने एक लाखभन्दा धेरै ट्विटेहरुले यो खबर तुरुन्तै देखे । ती मध्ये धेरैले त रिट्विट पनि गर्न थाले । सुकेको जंगलमा लागेको डढेलो जसरी यो कुरा केही क्षणमै लाखौं मानिससम्म पुग्यो । 
àà

डाक्टर सरोजले सर्वेश्वरराज कोइरालाको नाम सुन्नासाथ उसको स्मृतिमा लागेको कुहिरोको पर्दा एकैपटक छ्याङ्गै भएर खुल्यो । पत्रिकामा केही दिन अघि छापिएको त्यो युवकको फोटो र हल्लाखल्ला उसले सम्झियो । उसले हतारहतार भन्यो,
“रिल्याक्स सर्वेश्वर जी । ऊ हाम्रो केयरमा छ । तपाईँ कृपया चौथो तल्लाको पोष्ट अपरेटिभ वार्डमा आउनुहोला ।”
डाक्टर धितालले फोन राख्यो र कौतुहल आँखाले आफूलाई हेरिरहेको इन्सपेक्टर खड्कालाई भन्यो,
“सर्वेश्वरराज कोइराला । यो युवक आफ्नो छोरा हो भन्दैछ । ऊ यहीं आउँदैछ ।”
अब बिनोद खड्कालाई पनि त्यस युवक आफूलाई किन परिचित लागेको भन्ने थाहा भैहाल्यो । उसले भन्यो,
“चतुर्मुखी ब्रम्हा । शिट्....मैले अघि नै सम्झिनुपर्ने ।”
उनीहरु दुबै मौन भएर सोच्न थाले । एकैछिनमै स्याँस्याँ गर्दै सर्वेश्वरराज कोइराला आँधी छिरेकोजसरी वार्डमा छि¥यो ।
“खै मेरो छोरा ? कहाँ छ मेरो राजु ? मेरो छोरालाई तलमाथि भयो भने म यो अस्पताल बन्द बनाइदिन्छु । म को हूँ भन्ने कुरा तपाईंहरुलाई थाहा छैन । मलाई चिन्नुभएको छ ? सर्वेश्वरराज कोइराला हूँ म ।”
सर्वेश्वरराज कोइराला निकै पहुँच भएको धनाढ्य र प्रभावशाली मानिस हो भन्ने कसलाई थाहा थिएन र ? डाक्टर सरोजले त्यस युवकलाई राखिएको भित्री कोठातिर इशारा गर्ने आँटेको बेला इन्सपेक्टर खड्काले उसलाई उछिन्यो र सर्वेश्वरराज कोइरालालाई कठोर स्वरमा भन्यो,
“तपाईं गिरिजाप्रसादै कोइराला हुनुहोला । तर अस्पतालको पोष्ट अपरेटिभ वार्डमा छु भन्ने कुरा हेक्का राख्नसु् ।”
सर्वेश्वरले हान्ने राँगाले जसरी बिनोद खड्कालाई हे¥यो । बिनोद खड्काले पनि उसलाई त्यसै गरी हे¥यो । ऊ अलि सनकी र आफ्नै पाराको मानिस थियो । उसकै ब्याचकाहरु एसपीसम्म हुन्जेल ऊ इन्सपेक्टरमात्रै रहनुको प्रमुख कारण त्यही थियो । उसले आँखा नझिम्क्याइ सर्वेश्वरलाई हेरिरह्यो । यस्तो लाग्थ्यो मानौं दुबै पहिले कसले झिम्क्याउँछ भनेर आँखा जुधाइ खेलिरहेका छन् । अन्ततः सर्वेश्वरले नै पहिले आँखा आँखा झिम्क्यायो । यसपटक उसले अलि भद्र, सानो तर गम्भीर स्वरमा भन्यो,
“माफ गर्नुस् । आफ्नो एक्लो छोरो हप्तौंदेखि हराइरहेको हुनाले म आवेगमा आएँ । कृपया एउटा बाबुको मनोदशा बुझ्ने प्रयास गरिदिनुहोला । मलाई उससंग भेट्न दिनुस् ।”
“एकै छिन हजुर, एकैछिन । जसलाई तपाईं आफ्नो छोरा भनेर क्लेम गरिरहनुभएको छ, अरु केही मानिसहरुले पनि उसलाई आफ्नो कोही भनेका थिए । र, उसलाई यहाँ निकै गम्भीर अवस्थामा ल्याइएको थियो । यो पुलीस केस हो ।”
सर्वेश्वरले बोल्न खोज्यो । पानीबाट झिकेर बगरमा लडेको माछाले जसरी दुईपटक मुख प्याकप्याक खोल्दै र बन्द गर्दै भन्यो,
“पुलीस केस ? किन पुलीस केस ? के ग¥यो मेरो राजुले ?”
“उसले के ग¥यो भन्ने कुरा त अहिले हामीलाई थाहा छैन । तर उसलाई चाहिँ निर्घात कुटपिट गरिएको थियो । उसलाई समयमा यहाँ नल्याइपु¥याएको भए र डाक्टर धितालले समयमै रिस्क लिएर अपरेशन नगरेको भए शायद यतिबेलासम्म ऊ मरिसक्थ्यो ।”
सर्वेश्वरराज डाक्टर धितालतिर फर्कियो, हात जोडेर बिनीत भावले भन्यो,
“तपाईंको यो उपकार म सातजन्म तिर्न सक्दिनँ डाक्टर । मेरो राजुको अवस्था कस्तो छ ?”
“हि सर्भाइभ्ड । तर अझै बेहोश छ ।”
“के म एकपटक टाढैबाट भए पनि उसलाई हेर्न सक्छु ?”
बिनोद खड्कालाई दोमन भयो । उसको तालीमप्राप्त पुलिसिया मगजले यो सबै कुरामा केही न केही गडबड छ भनिरहेको थियो । एउटै मानिसको चारवटा फरक नाम र थर त हुनै सक्दैन । उसलाई आफ्नो भनेर दावी गर्ने चारजनामध्ये तीन जना त गलत नै हुन् । के थाहा चारै जना नै गलत हुन् । सही भए एक जनामात्र सही हुन सक्थ्यो । त्यो को हो त ? 
सर्वेश्वरले उसको मनोभाव बुझेझैं भन्यो,
“म तपाईंको अवस्था बुझ्न सक्छु । तर एउटा बूढो बाबुलाई कृपा गरें भन्ने सोचेर मलाई एकपटक मात्र उसलाई हेर्न दिनुस् इन्स्पेक्टर ।”
टाढाबाट हेर्दैमा त के फरक पर्ला र भनेर बिनोद खड्का पग्लिनै मात्र के आँटेथ्यो, ठूलो स्वरमा रुँदै कराउँदै त्यहाँ एउटी युवतीको प्रवेश भयो । ऊ अन्दाजी बीस बाइस वर्षकी युवती थिई । उसले पहेंलो रंगको कुर्ती र सेतो जिन्सको प्याण्ट लगाएकी थिई । कुमकुमसम्म कपाल काटेकी थिई । धेरै दिनदेखि रोएको जस्तो उसका आँखाका डिलहरु सुन्निएका थिए । अनुहारमा कुनै मेकअप थिएन । तै पनि उसको अनुहारमा आभा थियो । उसका आँखाहरु ठूलाठूला थिए । रंग गोरो । ऊ निकै सुन्दर थिई ।
“मेरो जनक.....कहाँ हुनुहुन्छ उहाँ ? मैलै थाहा पाइसकें उहाँ यही अस्पतालमा हुनुहुन्छ रे ।” 
उसले हातेव्यागबाट एउटा फोटो निकालेर तेस्र्याई । त्यो फोटो, भित्र अचेत लडिरहेको युवकको थियो ।
बिनोद खड्काले आफ्नो अघिल्तिर उभिएकी सुन्दरी युवतीलाई हे¥यो । युवती आँखामा याचनाको भाव लिएर उसैलाई हेरिरहेकी थिई । उसले प्रश्न ग¥यो,
“तपाईं को हो ?”
“कामिनी विष्ट । उहाँकी श्रीमती ।” 

इन्सपेक्टर खड्काले आफ्ना आँखा चिम्सा पारेर युवतीमा फोकस गर्दै भन्यो,
“एक मिनेट, तपाईँले पत्रिकामा आफ्ना श्रीमान हराइरहेको भन्ने आशयको विज्ञापन छपाउँदा त तपाईको नाम छायाँ विष्ट थियो ।” 
“हो इन्सपेक्टर साहब । मेरो खास नाम छायाँ हो । सरकारी कागजपत्र सबैमा त्यही नाम छ । तर मलाई आफ्नो छायाँ भन्ने नाम मन पर्दैनथ्यो । त्यो कुरा उहाँलाई थाहा थियो । हाम्रो बिहेपछि उहाँले नै मायाले कामिनी भन्ने नाम दिनुभएको हो ।”
यति भन्दाभन्दै उसका ठूलाठूला आँखाहरुबाट मोतीका दानाजस्ता आँसुका केही थोपा टिलपिल गर्न थाले । उनीहरुको कुरा सुनिरहेको सर्वेश्वरराज कोइराला अचानक बम्क्यो,
“ह्वाट् ननसेन्स ।”
अनि ऊ लम्किंदै कामिनी विष्टतिर आयो र कुर्लियो,
“त्यो मेरो छोरा हो । राजेशराज कोइराला । ऊ तिम्रो श्रीमान भए तिमी मेरी बुहारी हुनुप¥यो । के म तिम्रो ससुरा हुँ ?”
कामिनीले उसको आँखामा आँखा भिडाएर भनी,
“तपाईं को हो म चिन्दिनँ । मलाई मतलब पनि छैन । तपाईं किन मेरो श्रीमानलाई आफ्नो छोरा भनिरहनुभएको छ भन्ने मलाई थाहा छैन ।”
सर्वेश्वरले इन्सपेक्टर बिनोदलाई हेर्दै भन्यो,
“मलाई यो केटीको चालामाला ठीक लागिरहेको छैन इन्सपेक्टर ।”
कामिनीले पनि उसलाई हेर्दै भनी,
“अनि मलाई पनि यो मान्छले कुनै ठूलै जाल बुनिरहेकोजस्तो लागिरहेको छ ।”
त्यही बेला एउटा अन्दाजी पैंतालीस वर्षको एउटा मानिस चारैतिर हेर्दै त्यहाँ आइपुग्यो । उसले डाक्टर धिताललाई सोध्यो,
“मैले फेसबुकमा देखेको । मेरो भतिजा यहाँ अस्पतालमा छ रे । के भएको छ उसलाई ? कहाँ छ मेरो प्रेम ?”
इन्सपेक्टरले त्यो मानिसलाई सोध्यो,
“तपाईं को हो ?”
उसले आफ्नो फोनमा फेसबुकमा कसैले हालेको एउटा पोष्ट देखाउँदै भन्यो,
“रामकृष्ण महर्जन । प्रेमको काका । यी हेर्नुस् यही हो मेरो प्रेम । कति दिनदेखि खोजिरहेको थिएँ म उसलाई ।”
उसका आँखा रसाए, थर्थर कामेको स्वरमा उसले भन्यो, 
“दाइले मर्नेबेला उसलाई अबदेखि यो तेरै छोरा हो भनेर मेरो जिम्मा लगाएर गएको थियो । आठ वर्षको थियो प्रेम । मैले उसैको लागि भनेर बिहे गरेन । प्रेम हराएको बेलादेखि पीरले मेरो त आधामासु भइसकेको थियो । उसलाई केही भयो भने मैले माथि गएर दाइलाई के मुख देखाउँथ्यो होला ? ऊ ठीक छ छ नि ?”
आशालु आँखाले आफूलाई हेरिरहेको रामकृष्णलाई डाक्टर धितालले भन्यो,
“होश नआउन्जेल केही भन्न सकिन्न महर्जनजी ।”
रामकृष्णले आँखा चिम्ल्यो र हात जोडेर प्रार्थना ग¥यो,
“मेरो प्रेमको रक्षा गर भीमसेन महाराज ।” 
एकैछिन कोही केही बोल्नै सकेन । अनि त्यही बेला प्रवेश भयो, यो रहस्यमयी घटनाको चौथो र महत्वपूर्ण पात्रको । 
बिमलसिंह परियार । 
ऊ अन्दाजी ३० वर्षको हृष्टपुष्ट शरीर भएको युवक थियो । उसको छाती नाङ्लोजस्तो फैलिएको र उचालिएको थियो । उसले आधा बाहुले टिशर्ट लगाएको थियो । त्यसको पनि मोहोता दुईपटक जति दोब््रयाएर माथितिर सारेको थियो । उसका पाखुराका पाँसुलाहरु भुक्लुक्क परेर निस्केका थिए जसमा एकापट्टि महादेवको र अर्कोपट्टि गोमन सर्पको टाटु थियो । ऊ नियमित व्यायाम र शारीरिक सुगठनको अम्मली थियो भन्ने कुरा हेर्दै थाहा हुन्थ्यो । उसको कपाल ठूटो पारेर काटिएको थियो । कन्चटतिर जिरो नम्बरको मेशिन लगाएर ताछेको हुनुपर्छ । त्यहाँ अँग्रेजीको ‘जेड्’ अक्षरजस्तो देखिने गरी धर्का बनाइएको थियो । उसले एकापट्टि कानको लोतीमा सुनको ठूलो मुन्द्रा लगाएको थियो । उसको चाल पनि एकदमै आत्मविश्वासी थियो । करिडरको पारीबाट ऊ नजीक आउँदासम्ममा इन्स्पेक्टर बिनोदले यी सबै कुराहरु अध्ययन गर्न भ्याइसकेको थियो । बिमलसिंह परियार नजीक आइपुग्यो । सबै उसलाई एकटक हेरिरहेका थिए । उसले पनि पालैपालो सबैसंग आँखा जुधायो । अन्त्यमा बिनोद खड्कालाई हेरेर ऊ बोल्यो,
“मेरो भाइलाई हेर्न आएको म ।”
सबै एकपटक आश्चर्यचकित भए । हेर्दा त्यस्तो अजंगको बिमलसिंहको स्वर कसैले आँखा चिम्लेर सुन्ने हो भने पक्कै कुनै स्वास्नीमानिस बोलिरहेको भन्ठान्थ्यो ।
“तपाईंको भाइ ? को हो तपाईं ?” इन्सपेक्टर बिनोदले सोध्यो । 
बिमलसिंह परियारले मुखले केही बोलेन । आफ्नो खल्तीबाट एउटा दोबारेर राखेको पत्रिकाको पाना निकाल्यो र त्यसलाई फिंजाएर सबैको आँखा अगाडि देखायो । त्यो केही दिनअघि पत्रिकामा उसले छपाएको विज्ञापन थियो ।
भाइ कमल । जहाँ भए पनि तुरुन्तै घर आऊ ।
तिमी गएको दिन देखि म बिरामी छु । 
२८ वर्षको गहुँगोरो वर्णको मेरो भाइ कमलसिंह परियार पछिल्लो सात दिन देखि हराइरहेको हुनाले निजको बारे कुनै सूचना र जानकारी हुने मानिसले तलको फोन नम्बर वा नजीकको प्रहरीमा खबर गरिदिन
भए अनुगृहित हुने छु । 
–बिमलसिंह परियार
फोन नम्बर ९८........
इन्सपेक्टर बिनोद बोल्न थाल्यो,
“इन्टरेस्टिंग । भेरी भेरी इन्टरेस्टिंग । यहाँ एकजना अचेत बिरामी ल्याइएको छ । डाक्टर धिताल भन्नुहुन्छ, अपरेसन सफल भएको छ तर होशमा नआउन्जेल केही भन्न सकिन्न । अनि यहाँ पालैपालो चारजना उसका आफन्तहरु आइपुग्नुहुन्छ । त्यो मानिस कसैको छोरा हो, कसैको श्रीमान हो, कसैको भतिजा हो र कसैको भाइ हो । तर चारैजनाको एकआर्कासंग कुनै नाता छैन । तपाईंहरु त एकआर्कालाई चिन्नु पनि हुन्न । किनभने तपाईंहरु एकजना कोइराला, एकजना महर्जन, एकजना विष्ट र एकजना परियार हुनुहुन्छ । ”
चारैजनाले एकआर्कालाई आग्नेय आँखाले हेरे । बिनोद खड्का फेरि बोल्न थाल्यो,
“यसको मतलब तपाईंहरु चारजनामध्ये कोही एक मात्र सही हुनुहुन्छ । बाँकी तीन गलत । अथवा चारैजना गलत हुन सक्नुहुन्छ । तर चारैजना सही हुन सक्नुहुन्न । तपाईंहरु किन र केका लागि यो सब गरिरहनुभएको छ, मलाई अहिले थाहा छैन । तर त्यो थाहा नपाउन्जेल त्यस युवकको कस्टडी कसैलाई पनि दिन सकिन्न । यति कुरा राम्ररी बुझ्नुभए हुन्छ ।”
यतिन्जेल केही बोलिरहेको सर्वेश्वरराज उत्तेजित भएर बोल्न थाल्यो,
“यो अत्ति भइसक्यो । तपाईंहरुले मलाई चिन्नुभएको छैन । हेर्नुस् अब म के गर्छु ।”
अनि उसले आफ्नो मोबाइल फोन निकालेर एउटा नम्बर डायल ग¥यो । उताबाट कसैले फोन उठाएपछि इन्स्पेक्टर खड्कालाई हेर्दै ऊ बोल्न थाल्यो,
“आइजीपी साहब । म सर्वेश्वरराज कोइराला ... जय नेपाल हजुर...।”
बिमलसिंह परियार कुर्लन थाल्यो,
“हेरौं कसको बाउको तागत रहेछ मेरो भाइलाई केही गर्ने । मेरो जिमखानाका पचासजना भाइहरु अहिले पनि यहीं तल बसिरहेका छन् । प¥यो भने म अरु दुइसय जनालाई ‘यूँ’ बोलाउनसक्छु ‘यूँ’ ।” 
उसले चुट्की बजायो । रामकृष्ण महर्जन पनि पाखुरा सुर्कंदै बोल्न थाल्यो,
“हामी पनि यही काठमाण्डौको रैथाने नेवारहरु हो । हाम्रो पनि मान्छे छ । निहुँ नै खोज्ने हो भने हामी पनि गुठीगुठियार सबै उठाएर ल्याउन सक्छौं । के भन्ठान्या हामीलाई ?”
कामिनी विष्ट केही नबोली रुन थाली । रुँदा ऊ अझ मायालाग्दी देखिई । उसले बिनोदको हात च्याप्प समाती र सुँक्कसुँक्क गर्दै भन्न थाली,
“मेरो त न घर न माइती, कोही पनि छैन । मेरो जे भने पनि, जो भने पनि यो संसारमा उहाँबाहेक अरु कोही छैन । मेरो सर्वस्व नै उहाँ हो । केही गरी उहाँलाई केही भयो वा कसैले मबाट खोसेर लग्यो भने मैले त झुण्डेर मर्ने बाहेक अरु केही उपाय बाँकी रहँदैन इन्सपेक्टर साहब । बिन्ती मेरो मदत गर्नुहोस् । यहाँ कुनै ठूलो खेल हुँदैछ । मेरो सोझोसाझो श्रीमानले कसैको केही बिगार गर्नुभएको छैन भन्ने कुरामा मलाई पूरा विश्वास छ । यति ठूलो षडयन्त्रको म एक्लैले प्रतिकार गर्न सक्दिनँ ।”
बिनोद खड्का जतिसुकै कठोर प्रहरी भएपनि आखिर ऊ मानिस नै थियो । त्यति राम्री युवतीको ठूलाठूला आँखाबाट बगेका आँशुले उसलाई पगाल्नु कुनै ठूलो कुरा भएन । त्यसैले त्यतिबेला उसको सहानुभूति सबैभन्दा बढी कामिनी विष्टप्रति नै थियो । तर पनि ऊ उसलाई पूर्णरुपले सही नै हो भन्न सक्दैनथ्यो । उसले कामिनीको हातबाट आफ्नो हात छुट्यायो र भन्यो,
“सत्य के हो झूटो के हो भन्ने कुरा कुनै न कुनै बेला अघि आइहाल्छ । तपाईं साँचो हुनुहुन्छ भने कुनै चिन्ता गर्नुपर्दैन । म कसैलाई पनि अन्याय हुन दिन्नँ । मेरो काम नै त्यही हो । मेरो पेशाको धर्मबाट म डेग चल्नेछैन ।”
कामिनीको अनुहारमा अलिकति आश्वस्त भएको भाव आयो । त्यही बेला सर्वेश्वरराजले फोन बिनोदतिर बढाउँदै भन्यो,
“तपाईंको आइजीपी साबसंग कुरा गर्नुस् ।”
बिनोदले फोन लियो र तनक्क तन्केर भन्यो,
“जय नेपाल साब ।”
अनि उसले आइजीपी साबलाई त्यहाँको सबै वस्तुस्थितिबारे जाहेर ग¥यो । आइजीपी साबले गम्भीर भएर सबै कुरा सुन्यो । “तपाईं आफ्नो हिसाबले जे गर्नुपर्ने हो गर्नुस् । एउटा कुरा ध्यानमा राख्नु । सर्वेश्वरराज कोइराला चानचुने मानिस हैन । त्यसैले बी केयरफुल । तर त्यसको मतलब देशको कानून उसको लागि फरक हुँदैन ।” 
बिनोदले सबैलाई हेरेर भन्यो,
“यहाँ प्रहरीको पहरा हुनेछ । उसलाई होश आएर खास कुरो थाहा नहुन्जेल तपाईंहरुमध्ये कसैले पनि त्यस युवकलाई हेर्न वा भेट्न पाउँदैन । त्यतिन्जेलमा बरु मलाई सहयोग गर्नुस् । म पालैपालो तपाईंहरुसंग डिटेलमा कुरा गर्न चाहन्छु ।” 
उसले डाक्टर धिताललाई सोध्यो,
“कुराकानी गर्न एउटा कोठा दिन सक्नुहुन्छ डाक्टर साहब ?”
डाक्टर धितालले खुसीखुसी आफ्नो अफीस उपलव्ध गरायो । बिनोदले सबैभन्दा पहिले सर्वेश्वरराजलाई नै बोलायो ।
“मलाई तपार्इं आफ्नो छोराको बारे सबै कुरा बताउनुस् । ऊ कसरी, कहिले र किन हरायो ?”
सर्वेश्वरराज आफ्नो छोरा राजेशराज कोइरालाको बारे बताउन थाल्यो । 

क्रोएसियाको दुब्रोभ्निख विमानस्थलतिर त्यो जहाज उडिरहेको थियोे । एक हजार माइलभन्दा बढीको यात्रा सकिसकेको विमान केहीबेरमै अवतरण हुँदैछ भनेर एकैछिन अघि उद्घोषण भएको थियो । बिजनेस क्लासको आरामदायी सिटमा बसेको त्यस मानिसले झ्यालबाट पुलुक्क बाहिर हे¥यो । मेडिटेरानियन समुन्द्रको नीलो पानीको बीचबीचमा बिभिन्न आकारका सानासाना जमीनका हरिया टुक्राहरु तैरिरहेकाजस्तो देखिन्थे । दायाँपट्टिको एउटा टुक्रा कुनै जनावरको आँ गरेको मुखजस्तो देखिन्थ्यो र बायाँपट्टिको एउटा सानो गोलकार टुक्रालाई निल्न गइरहेकोजस्तो लाग्थ्यो । हवाइजहाज तलतल ओर्लंदै थियो । जमीन ठूलोठूलो हुँदै थियो । 
यो दृश्य उसको लागि नौलो थिएन । पन्ध्र महिनाअघि पनि ऊ यहाँ आएको थियो । तर, त्यतिबेला दुब्रोभ्निखको सुन्दरता उसले देखेको थिएन । मानिसको मन प्रसन्न नरहे कुनै पनि कुरा सुन्दर लाग्दैन । मन प्रसन्न भए रौरव नर्क पनि इन्द्रवाटिका सरह हुन्छ । यसपटक ऊ एक्लै छ, तर प्रसन्न छ । पहिलोपटक एक्लै थिएन, उसको छोरा र उसका केही अत्यन्त विश्वासपात्र मानिसहरु पनि थिए । एकजना डाक्टर, दुइजना अंगरक्षक । तर ऊ दुःखी थियो । 

लागूपदार्थको दुव्र्यसनका कारण ध्वस्त र जीर्ण भइसकेको आफ्नो एकमात्र छोरालाई लिएर ऊ आएको थियो । कसैले उसलाई त्यहाँको एउटा उपचारगृहको बारे बताएको थियो । त्यो उपचार केन्द्र राम्रो थियो, निकै महँगो थियो र सबैभन्दा मुख्य कुरा एकदमै गोप्य थियो । ऊ आफ्नो छोराको उपचार गोप्य राख्न चाहन्थ्यो । छोरालाई उपचार केन्द्रका कर्मचारीहरुको जिम्मा लगाएर फर्कने बेला उसलाई आफ्नो मुटु, कलेजो त्यहीं छोडेर फर्केकोजस्तो गाह्रो भएको थियो । विक्षिप्त छोराको करुण आर्तनाद उसको कानमा निकै दिनसम्म गुञ्जिरहेको थियो,
‘ड्याड, प्लीज । डन्ट लिभ मी हेयर । मलाई केही भएको छैन । आइ प्रमिस अबदेखि म कुनै ड्रग्स छुन्न ड्याड । म यहाँ बस्न चाहन्नँ ड्याड । आइ डण्ट वाण्ट टू रट इन दिस फ...हेल् ड्याड ।’ 
उसले लामो सास फे¥यो र आफूलाई अतीतबाट फर्कायो । हवाइजहाज अझै तल ओर्लिसकेको थियो । केही छिनमै उसले आफ्नो देब्रेतिर दुब्रोभ्निखको ऐतिहासिक र सुन्दर सहरका दृश्यहरु देख्न थाल्यो । सबैजसो घरका छानाहरुमा लगाइएको हल्का सुन्तालारंगले गर्दा माथि आकाशबाट कुनै पेन्टिंग हेरेकोजस्तो लाग्थ्यो । त्यहाँका मानिसहरु कुनै बेला जर्ज बर्नाड शले भनेको कुरा अझै सम्झन्छन्, 
‘नमरी स्वर्ग देख्न मन छ भने दुब्रोभ्निख आउनू ।’

बर्नाड शको भनाइ सही थियो । जादूगरले सिर्जना गरेकोजस्तो छ दुब्रोभ्निख । त्यहाँका पुराना किल्लाहरु, पुरानो सहर, समुन्द्र किनारमाथि लगाइएको पर्खाल लगायतका संरचनाहरुलाई उनीहरुले यसरी कायम राखेका छन्, कुनै पनि मानिस त्यहाँ पुगेपछि फर्कनै नपरे हुन्थ्यो भन्ने सोच्न थाल्छ । तर दुब्रोभ्निखको सुन्दरता ऊ यसपटकमात्र देखिरहेको छ । 
केही दिन अघि सुधारगृहका डाक्टर एभान कोभाकिभाइकले उसलाई फोन गरेर संसारको सबैभन्दा मीठो सङ्गीत सुनाएका थिए,
“योअर सन इज टोटल्ली क्लिन नाउ मिष्टर कोइराला ।”
सर्वेश्वरका आँखाबाट हर्षका आँशुहरु बगेका थिए । उसले भनेको थियो,
“आइ एम टेकिंग द नेक्स्ट फ्लाइट डाक्टर । तपाईंलाई म कुन मुखले धन्यवाद भनौं ?’
डाक्टर इभानले भनेको थियो,
‘वी डिड आवर जब मिस्टर कोइराला ।’
हवाइजहाजको पाङ्ग्राले रनवेको जमीन छोएर जहाज एकपटक बेस्मारी थर्कियो । अब विमानस्थलबाट दुब्रोभ्निखसम्म करीव बाह्र माइलको दूरी पनि उडेरै काट्न पाए हुन्थ्योजस्तो लागिरहेको थियो उसलाई ।
ààà
इन्सपेक्टर बिनोद खड्काले आफ्नो सामु बसेको सर्वेश्वरराज कोइरालालाई नियालेर हे¥यो । उसको तालीमप्राप्त र अनुभवी आँखाले आजसम्म धेरै मानिसहरुको फट्याइँ सुनेको थियो । त्यसको आधारमा ऊ मानिसले साँचो बोलिरहेको छ कि छैन भन्ने धेरै हदसम्म थाहा पाउँथ्यो । झूट बोल्ने मान्छे जति धेरै बोल्दै जान्छ, त्यति नै उसको कहीं न कहीं चिप्लने सम्भावना हुन्छ । सर्वेश्वरराजका कुराहरु अहिलेसम्म कतै आपसमा बाझेका थिएनन् । के सर्वेश्वरराज सही छ त ? त्यसो हो भने बाँकी अरु फटाहा हुन् ? उसको मनमा कुराहरु खेल्न थाले । उसले सोच्यो, ‘पहिले सबैको कुरा सुनौं । अनि त्यसपछि मात्र कुनै धारणा बनाउनुपर्ला । उसले सर्वेश्वरराजलाई सोध्यो,
‘तपाईंको छोरा लागू औषधिको दुव्र्यसनी कसरी भयो ?’
सर्वेश्वरले लामो सास फेरेर भन्यो,
‘लामो कथा छ । मेरो पुख्र्यौली घर पूर्व पहाडको दुर्गम जिल्लामा हो । मलाई पढ्नेलेख्ने र संसार देख्ने चाहना थियो । त्यसैले म काठमाण्डौ आएँ । यहाँ एसएलसीसम्म पास गरेर म भारत गएँ । बनारसमा केही चिनेका मानिसहरु थिए । त्यहाँ बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकसम्म अध्ययन गरेर म भौंतारिंदै रुस पुगें । मास्टर्स गर्दागर्दै मेरो इरिनासंग भेट भयो । हामी संगै पढ्थ्यौं । उसका पिता भ्लादिमिर रुसका असाध्यै धनाढ्य मानिस थिए । इरिना उनकी एक्ली छोरी । खै कसरी हो हामी नजीक भयौं र एकअर्कालाई माया गर्न थाल्यौं । यो कुरा थाहा पाएर पहिले त उसका पिता एकदमै क्रुद्ध भए । उनले मेरो पछाडि गुण्डाहरु पनि लगाइदिएका थिए । एकपटक म मुश्कीलले आफ्नो ज्यान बचाउन सफल भएको थिएँ । यो थाहा पाएर इरिनाले मलाई केही भयो भने ऊ पनि बाँच्दिन भनेर आफ्नो बाबुलाई धम्काई । छोरीको मायामा लाचार भ्लादिमिरले हाम्रो सम्बन्धलाई स्वीकारे । हाम्रो बिहे भयो । त्यो बेला सोभियत संघ भटाभट टुक्रन थालेको थियो । त्यसको केही समयपछि नै राजनीतिक परिवर्तन र शक्ति सन्तुलनको तालमेल नमिलेको कारण भ्लादिमिरको सारा व्यवसाय चौपट बनाइयो । अनेक आरोपहरु लगाएर उसलाई वाण्टेड सूचिमा राखियो । भ्लादिमिरले आत्महत्या ग¥यो । सन् १९९१मा म इरिनालाई लिएर लातभिया पुगें । दश वर्ष अघि नै लातभिया रुसबाट अलग स्वतन्त्र राज्य बनिसकेको थियो । हामीसंग भएका अलिअलि पैसा र सुनले मैले त्यहाँ आफ्नै सानो व्यवसाय सुरु गरें । इरिना गर्भवती थिई । केही महिनामा राजेश जन्म्यो । उसलाई जन्माउने बेला इरिनाले मेरो साथ छोडेर गई ।’
अन्तिम वाक्य बोल्ने बेला सर्वेश्वरराज कोइरालाको स्वर थर्थर काम्यो । उसका आँखामा आँशु रसाए । ऊ पर कतै हेरेर टोलाइरह्यो । बिनोद खड्काले उसलाई कोट्याएन र सम्हालिने समय दियो । ऊ अघिलेखि नै एउटा नोटप्याडमा केही बूँदाहरु टिपिरहेको थियो । सर्वेश्वरराजले भनेका कुराहरु सही हुन् वा हैनन् भनेर पत्ता लगाउन अहिले इण्टरनेट, सूचना र प्रविधिको युगमा त्यति गाह्रो काम थिएन । प्रविधिको विकासले पनि मानिसहरुलाई कम ढँटुवा बनाउँदै लगेको छ । खड्का सोच्दै थियो, सत्य युग आउँछ जहाँ कसैले झूठ बोल्दैन र बेइमानी गर्दैन भनेको त्यस्तै युगलाई होला । मान्छे पक्राउ पर्ने पक्का भएपछि डरैले अपराध गर्दैन । उसले जगमा भएको पानी एउटा गिलासमा खन्याएर सर्वेश्वरराजतिर सारिदियो । उसले कृतज्ञ भावले त्यो लियो र एकै घुट्कोमा पियो । 
‘अनि......?’ बिनोद खड्काले सर्वेश्वरराज कोइरालालाई प्रश्नवाचक भावले हे¥यो ।
सर्वेश्वर फेरि टोलायो र बोल्न थाल्यो,
‘मेरो व्यवसाय फस्टाउन थाल्यो । म झनै पैसाको पछि कुद्न थालें । वैभवको पनि आफ्नै नशा हुन्छ इन्सपेक्टर साहब । त्यसले दिने किक् सबैभन्दा मात लाग्ने हुँदोरहेछ । जति भए पनि नपुग्ने । त्यो अन्धो दौडमा वरिपरिका कति कुराहरु गुमाउँदै गइयो भन्ने मानिसलाई थाहा पनि नहुने खतरनाक किक् । राजेशलाई संसारका सबै सुखसुविधा, राम्रो शिक्षा दिइरहेको छु भनेर म दंग थिएँ । तर आमाले जन्मँदै छोडेर गएकी त्यो बालकको मैले बाबु पनि खोसिरहेको थिएँ भन्ने मलाई थाहै भएन । राजेश कहिले हुक्र्यो, कहिले जवान भयो भन्ने पनि मलाई हेक्का भएन । यता मेरो फोश्रो साम्राज्य खडा भइरहेको थियो, उता मेरो खास सम्पत्तिको जरा खोक्रो हुन थालिसकेको रहेछ । मनग्गे पैसा हुनु तर सही बाटो देखाउने मानिस नहुनुले मेरो राजेश खराब संगतमा परिसकेको थियो । उसले ड्रग्स सेवन गर्न थालिसकेको रहेछ ।’
ààà 
लातभियाको राजधानी रिगा अवस्थित लिभू स्क्वायर नाइटक्लब र महँगा रेष्टुराँहरुको लागि प्रख्यात छ । कहिले नसुत्ने ठाउँ भनेर मानिने त्यो स्क्वायर तन्नेरीहरुको अखडा मानिन्छ । रातको करीव एक बज्ने बेला लिभू स्क्वायरको मून सफारी डान्स क्लबमा राजेशले राति साढे एघार बजेदेखि तीन घण्टा रमाएको अभिनय गरेर बिताइसकेको थियो । उससंग सर्लक्क परेकी लोनिजा नाम गरेकी युवती थिई । ऊ राजेशसंग लपक्कै टाँसिएर बसेकी थिई । राजेशले पनि उसलाई चपक्कै पारेर अंगालोमा बेरेको थियो । लोनिजाका आँखा पन्नाजस्ता थिए । नाक सुलुत्त परेको । पुक्क परेको ओठ, गोरो रंग । छिनेको कम्मर र लामो खुट्टा भएकी लोनिजा छोटो स्कर्ट र बाहुला नभएको खुल्ला टपमा उत्पात देखिएकी थिई । 
उनीहरु तीन दिन अघिमात्र कुनै पार्टीमा भेटिएका थिए र फोेन नम्बर आदानप्रदान गरेका थिए । आज उनीहरुको पहिलो औपचारिक डेट थियो । लोनिजाले नै त्यो डान्स क्लब छानेकी थिई । तर त्यो ठाउँमा उनीहरुजस्ता तन्नेरीभन्दा अलि पाका मानिसहरुको बढी भीड थियो । राजेशले बल्लबल्ल उसलाई त्यहाँबाट निस्केर कतै लामो ड्राइभमा जान तयार पारेको थियो । लोनिजाले टकिलाको पन्ध्रभन्दा बढी शट घुट्काइसकेकी थिई । 
राजेश र लोनिजा लठारिंदै बाहिर निस्कँदा उसकोे बि एम डब्ल्यू सेभन सिरिजको कार क्लबको भ्यालेले अगाडि ल्याएर तयार राखिसकेको थियो । हुन त हरेक साँझ रात आकर्षक युवतीहरु देख्ने बानी परिसकेको भए पनि भ्यालेले आँखाभरी लोनिजाको सुन्दरता पान ग¥यो । ऊ अरुभन्दा विशेष थिई । राजेशले भ्यालेलाई सय यूरोको एउटा पत्ता टिप दियो । उसले भुईँको इटालियन मार्बल चर्केलाजसरी बूट बजाएर सलाम ग¥यो र तनक्क तन्केर उनीहरु दुबैको लागि पालैपालो ढोका खोलिदियो । लोनिजाका आँखामा टकिलाका गुलाबी धर्साहरु तैरिन थालिसकेका थिए । राजेश पनि होशमा थिएन । उसले क्लबमै शौचालय जाने बहानामा गएर एक्स्ट्यासीको एउटा गतिलो मात्रा सुँघिसकेको थियो ।
 
अलि खुला बाटोमा जानासाथ राजेशले बि एम डब्ल्यूको गति ह्वात्तै बढाइदियो । गाडी अनियन्त्रित भएर बतासियो । तर नशामा चूर भएका दुबैलाई त्यसको हेक्का भएन । लोनिजाले मस्त भएर आफूलाई राजेशतिर ढल्काई । उसलाई गम्रङ्ग अँगालो हालेर लोनिजाले आफ्ना अधरहरु उसतिर बढाई । राजेश बाटोतिर नहेरी उसतिर फक्र्यो । दुबैका ओठहरु एकआर्कासंग जोडिए । उनीहरुका लागि मानौं समय टक्कै अडेको थियो । दुबैलाई होश थिएन । गाडी अनियन्त्रित भएर सडक छोडेर छेउको पेटीमा चढ्यो, बार भत्काउँदै गएर एउटा मोटो फेद भएको रुखमा वेगले ठोक्कियो । रातको निस्तव्धतामा त्यो आवाजसंगै शीशा फुटेको र त्यसमा लोनिजाको चित्कार मिस्सियो । अनि सबै शान्त भयो । बि एम डब्ल्यूको शक्तिशाली इन्जिन मात्र क्रुद्ध भएजसरी कराइरह्यो । त्यसको एकैछिनमा कतै टाढाबाट प्रहरीको गाडीको साइरन सुनियो । साइरन क्रमश नजीकनजीक र ठूलोठूलो हुन थाल्यो । अनि देखिए ती गाडीका थाप्लामा बलिरहेका पिलपिल गर्ने रातानीला बत्तीहरु ।

त्यसदिन सम्भवतः पहिलोपटक आफ्नो छोरा कुनबेला घर आइपुग्ला भनेर सर्वेश्वरराज कोइराला उसलाई कुरेर बसेको थियो । 





कसैले बाहिरबाट ढोका ढक्ढकायो । सर्वेश्वरराज कोइराला र इन्सपेक्टर बिनोद खड्काको कुराकानी एकछिनको लागि रोकियो । बिनोदले ढोकातिर हेरेर ठूलो स्वरमा भन्यो,
‘कम इन ।’
अस्पतालको एकजना कर्मचारी भित्र छि¥यो । उसको हातमा एउटा ट्रे थियो । त्यसमा दुई कप कफी । उसले त्यो ल्याएर उनीहरुको बीचमा राखिदियो र भन्यो,
‘डाक्टर धितालले पठाइदिनुभएको । अनि तपाईंहरुलाई अरु केही चाहिन्छ भने त्यो पनि सोध्नु भन्नुभएको छ ।’
बिनोदले अलि कमै मात्र प्रयोग गर्ने आफ्नो नम्र स्वरमा भन्यो,
‘डाक्टर साहबलाई धन्यवाद भनिदिनू । हामलिाई केही चाहियो भने भनौंला । अहिलेलाई यो कफी काफी छ । धन्यवाद भाइ ।’
कर्मचारी गयो । कोठामा बाँकी दुबैजना केही नबोली कफीको चुस्की लगाउन थाले । हिमालयन बिन्जको अमेरिकानोले उनीहरुलाई अलि स्फूर्ति प्रदान ग¥यो । खड्का उठ्यो र खुट्टा तन्काउँदै झ्यालतिर गएर बाहिरको कोलाहल हेर्न थाल्यो । सर्वेश्वरले बसेकै ठाउँमा अलि लमतन्न परेर जीउ तन्क्यायो । खड्काले पछाडि नफर्कीकनै सोध्यो,
‘अनि के भयो ?’
सर्वेश्वर कहाँबाट सुरु गरुँ भनेर सोच्न थाल्यो । केही बेर मौन रहेर उसले भन्यो,
‘त्यसदिन म सम्भभवतः जीवनमा पहिलो पटक आफ्नो छोरा कुन बेला घर आउँछ भनेर पर्खिरहेको थिएँ । रातको दुई बजिसकेको थियो । तर राजेशको अत्तोपत्तो थिएन । मैले आफ्ना स्टाफहरुसंग कुरा गरेर ऊ जहिले पनि ढीला आउँछ भन्ने थाहा पाइसकेको थिएँ । कहिले एक बजे, कहिले तीन बजे, कहिले बिहान हुनेबेला र कहिलेकहीं त ऊ दुइतीन दिन पनि घर आउँदैन भन्ने थाहा पाएर म आफूलाई आजसम्म कु–पिता भएकोमा धिक्कारिरहेको थिएँ ।’
ààà
लातभियामा सर्वेश्वर कोइरालाको अफीस राजधानी रिगाको सबैभन्दा अल्गो जेड टावर्स भन्ने भवनको तीसौं तल्लामा थियो । त्यसदिन सर्वेश्वरराज कोइराला लन्चमा निस्कनु पाँच मिनेट अघि एउटा अजंगको मान्छे सीधै उसको अफीसमा पुग्यो । छ फीट पाँच इन्चको हाराहारीको त्यस मानिसको अनुहारमै एक किसिमको कठोरता थियो । उसका आँखाहरु क्रूर थिए । कपाल छोटो काटेको त्यस मानिसको काँध गोरुकोजस्तो चौडा थियो । उसले ब्लेजर र खैरो पाइन्ट लगाएको थियो । सर्वेश्वरकी सुन्दरी सेक्रेटरी नतालीले आफ्ना ठूलाठूला आँखाले उसलाई हेर्दै लातभियनमा भनी,
‘म तपाईंलाई के सहयोग गर्न सक्छु ?’
उसले सर्वेश्वरकी सेक्रेटरीलाई लोभी आँखाले हे¥यो । अनि रुद्रघण्टी नै पकलक्क बाहिर आउला जसरी थुक निल्यो र भन्यो,
‘मेरो नाम योहान्स हो । योहान्स ब्रेन्सिस । स्टेट प्रहरीको जुनियर लेफ्टििनेन्ट । मलाई मिष्टर ‘सार्वेश्वोर’संग भेट्नु छ ।’
उसले आफ्नो आइडी निकालेर देखायो । सेक्रेटरीले उसलाई ध्यान दिएर हेरी र औपचारिक मुस्कानका साथ भनी,
‘तपाईंको वहाँसंग अप्वाइन्टमेन्ट छ अफीसर ?’
‘छैन । तर मेरो भेट्नु जरुरी छ ।’
सेक्रेटरीलाई थाहा थियो, सर्वेश्वरसंग बिना अप्वाइन्टमेन्ट भेट्नु भनेको असम्भव हुन्थ्यो । हुन त यो मानिस स्टेट प्रहरी थियो तर उसको ओहदा त्यति माथिल्लो थिएन । मेजरभन्दा माथिको भए एकपटक खबरसम्म गर्ने बारे ऊ सोच्थी होला । त्यसैले उसले नम्र भएर भनी,
‘अफीसर, वहाँ त अहिले एकदमै व्यस्त हुनुहुन्छ । के काम थियो मलाई भन्नुभयो भने शायद म अरु कसैसंग यहाँलाई...’
योहान्सले उसलाई बाँकी बोल्नै नदिई भन्यो,
‘मेरो काम उहाँसंगै मात्र हो । तपाईं उहाँलाई यतिमात्र भनिदिनुस्, मेरो लागि अहिले केही मिनेट समय निकाल्नुभएन भने उहाँले आफ्नो छोराको लागि केही वर्ष समय निकाल्नु पर्नेछ । त्यो पनि जेलमा भेट्न जानको लागि ।’
नतालीको गुलाबी अनुहार एकैपटक सेतो भयो । उसले योहान्सलाई अलि पर सोफामा बस्न अनुरोध गरी । ऊ लापरवाह चालले त्यतै गयो र थ्याच्च बस्यो । नतालीले स्वचालित रोबोटजसरी फोन उठाई र सानो स्वरमा केही भनी । उताको कुरा सुनेर उसले फोन राखी र बसेको कुर्सीबाट उठी । योहान्सले उसको लामा र सर्लक्क परेको खुट्टाहरु देख्यो र मनमनै तिनको तारीफ ग¥यो । नतालीले लगाएको मिनी पेन्सिल स्कर्ट छोटो र कस्सिएको थियो । त्यही कपडा र रंगको कोट कम्मरको माथिल्लो भागसम्ममात्र आउने थियो । त्यसको भित्र सफा वेदाग र पातलो कपडाको शर्ट थियो । त्यसको टाँक माथिसम्मै बन्द भए पनि कपडा पातलो भएकोले भित्रको कालो परिधानको माथिल्लो भागको बुट्टा देख्न सकिन्थ्यो । नताली योहान्सतिर पुगुन्जेलमा उसका अभ्यस्त र लोभी आँखाले यतिका कुराहरु हेर्न भ्याइसकेको थियो । नतालीले उसको छेउमा पुगेर नम्रतापूर्वक योहान्सलाई भनी,
‘दश मिनेट समय निकाल्नुभएको छ । कृपया मेरो पछि आउनुहोला ।’
योहान्सको उत्तर नकुरी ऊ फर्केर एकातिर बढी । योहान्स जुरुक्क उठ्यो र लामो बरण्डामा आफूभन्दा पाँचसात पाइला अघि हिंडिरहेकी नतालीको कलात्मक हिसाबले लच्किएको नितम्बमा आँखा गाडेर पछि लाग्यो । उसको स्कर्टमा हिंडडुल गर्न सजिलोका लागि पछाडि अलि माथिसम्म चिरा बनाइएको थियो । योहान्सले बरण्डा लामो बनाउने इन्जिनियरलाई धन्यवाद दियो । त्यसको पल्लो छेउमा एउटा ठूलो काँचको ढोका थियो । नतालीले आफ्ना आँखा त्यहाँ बीचतिर भएको एउटा सानो यन्त्रको नजीक लगी । ढोका बिना आवाज सर्लक्क भित्तातिर बिलायो । योहान्सले रेटिना स्क्यानरलाई चिनिहाल्यो । वास्तवमै सर्वेश्वरराजलाई अनावश्यक मानिसले भेट्नसक्दैन रहेछ । त्यहाँबाट दाहिने मोडिनासाथ भएको ढोका खोलेर नताली उभिई र योहान्सलाई सम्झना गराई,
‘दश मिनेट अफीसर ।’
योहान्स मुस्कायो र भन्यो
“मलाई थाहा छ ।’
नतालीलाई चाहिँ बरु त्यतिबेला थाहा थिएन, पाँच मिनेटपछि सर्वेश्वरले उसलाई त्यसदिनको सारा अप्वाइण्टमेन्ट रद्द गर्ने आदेश दिनेछ र योहान्सलाई दिएको दश मिनेट चार घण्टामा पनि सकिनेछैन । योहान्स नतालीको छेउबाट उसलाई छोइएला जसरी भित्र छिर्नेबेला नतालीको मधुरो र महँगो अत्तरको वासना उसको नाकबाट फोक्सोसम्मै पुग्यो । योहान्स भित्र छिर्नासाथ ढोका बाहिरबाट बन्द भयो । अत्तरको वासना पनि बिस्तारै बिलायो । योहान्सले देख्यो, सर्वेश्वरको अफीस झण्डैझण्डै एउटा भलिबल कोर्टजत्रो थियो । त्यहाँ भएका सबै फर्निचरहरु निकै महँगा थिए । कोठाको अर्कोपट्टि स्नूकर खेल्नै मिल्ला जत्रो टेबल पछाडि सर्वेश्वर सत्ताइस इन्चको आइ म्याकमा केही हेरिरहेको थियो । उसको पछाडि भित्ताको साटो भुईदेखि छतसम्म पूरै शीशा जडिएको थियो । त्यो शीशा यति बेदाग र चमकदार थियो, यस्तो लाग्थ्यो पछाडि अरु केही छैन । तीस तल्लाबाट देखिने रिगा सहरको मनमोहक दृश्यले जोकसैलाई पनि मुग्ध बनाउँथ्यो । सर्वेश्वरले पुलुक्क आफूतिर आइरहेको योहान्सलाई हे¥यो र उठ्यो । आफ्नो हात अघि बढाउँदै उसले भन्यो,
‘अफीसर, तपाईंले मेरो छोराको विषयमा केही अति जरुरी कुरा छ भनेकोले मात्र मैले समय निकालेको हूँ । यदि यो कुरा महत्वपूर्ण रहेनछ भने म तपाईंको जनरलसंग कुरा गर्न बाध्य हुनेछु ।’
सर्वेश्वरको हात आफ्नो मोटो र खश्रो हातमा समातेर हल्लाउँदै योहान्सले भन्यो,
‘विश्वास गर्नुस्, त्यसको कुनै आवश्यकता हुनेछैन ।’
‘हामी दुबैका लागि त्यही राम्रो हुनेछ अफीसर । बस्नुस्, र..’
घडी हेर्दै सर्वेश्वरले वाक्य पूरा ग¥यो,
‘शूट ।’
योहान्सले खल्तीबाट फिलिप मोरिस चुरोटको कुच्चिएको बट्टा निकाल्यो । सर्वेश्वरले उसलाई कठोर स्वरमा भन्यो,
‘मलाई धूम्रपानसंग सख्त एलर्जी छ अफीसर र यो अफीस नो स्मोकिंग जोन हो ।’
योहान्सले केही नभनी बट्टा फेरि खल्तीमा हाल्यो र सर्वेश्वरको आँखामा हेरेर बोल्न थाल्यो,
‘मिष्टर कोइराला, हिजो बिहान मेरो एउटा भरपर्दो सुराकीको सूचनाको आधारमा मैले लागूपदार्थको कारोवार गर्ने एउटा बिचौलियालाई समातें ।’
सर्वेश्वरले उसलाई रोक्दै भन्यो,
‘यसको मसंग के...’
‘कृपया मेरो कुरा पहिले पूरै सुन्नुहोस् । तपाईंले नै मलाई मात्र दश मिनेट समय दिनुभएको छ ।’
सर्वेश्वर आफ्नो आरादायी मेचमा पछाडि ढल्कियो र भन्यो,
‘ओ के ।’
योहान्स फेरि बोल्न थाल्यो । 
‘नियमित औपचारिकताका लागि मैले उसको अपार्टमेन्ट उधिनें । त्यहाँ उसले बडो जतन गरेर लुकाएर राखेको एउटा डायरी मेरो हात लाग्यो । त्यसमा लेखएका कुराहरु सबै एउटा कोडमा थिए । मैले निकै प्रयास गर्दा पनि केही पत्ता लगाउन सकिनँ । अब उसैले बताउनुपर्ने भो मलाई । तर समस्या के भने, पहिले त उसले त्यसको बारे केही बताउनै मानेन । तर, हामीसंग मानिसलाई बोल्न लगाउने उपायहरु छन् । मैले जब उसको नङ र मासुको बीचमा आलपिन छिराउन थालें, उसको सारा वहादुरी हावा खायो । उसले तेश्रो पिनभन्दा धेरै खप्न सकेन । सब ओकल्यो । उसले आफूले सामान ल्याउने मानिसहरु, सप्लाई गर्ने मानिसहरु लगायत आफ्ना महत्वपूर्ण र नियमित ग्राहकहरुको नाम ठेगाना लेखेर राखेको रहेछ । त्यो डायरीमा उसका ग्राहकहरुको लिस्टमा सबैभन्दा बढी इन्ट्री कसको नाममा छ होला, अन्दाज गर्न सक्नुहुन्छ मिष्टर कोइराला ?’
दुबै कसले पहिले आँखा झिम्काउँछ भनेजसरी एकआर्कालाई हेरिरहे । कोही केही बोलेन । सर्वेश्वरको दिमाग घुम्न थालिसकेको थियो । उसले कहिले पनि ड्रग्सको काम गरेको थिएन । तर यो कुरा आफूसंग कुनै न कुनै रुपमा सम्बन्धित त छ । नत्र योहान्स यसरी उसलाई भेट्न आउँदैनथ्यो । उसले अघि रिसेप्सनमा नतालीलाई भनेको कुरा फेरि सर्वेश्वरको मगजमा गुञ्जियो,
‘तपाईं उहाँलाई यतिमात्र भनिदिनुस्, मेरो लागि अहिले केही मिनेट समय निकाल्नुभएन भने उहाँले आफ्नो छोराको लागि केही वर्ष समय निकाल्नु पर्नेछ । त्यो पनि जेलमा भेट्न जानको लागि ।’ 
योहान्सले भन्यो,
‘सबैभन्दा बढी इन्ट्री भएको नाम, राजेशराज कोइराला । योर सन ।’
सर्वेश्वरलार्ई कसैले आफ्नो जीउभरि चि......सो पानी खन्याइदिएकोजस्तो भयो । यति हुँदा पनि आफ्नो छोराको त्यससंग कुनै सम्बन्ध होला भनेर स्वीकार्न एउटा बाबुलाई गाह्रो भइरहेको थियो । ऊ ट्वाल्ल परेर योहान्सलाई हेरिरह्यो । ऊ यसरी भेट्न आउनुको मतलब कुनै डिल गर्नलाई नै हो । 
यसपटक योहान्सले घडी हे¥यो र जुरुक्क उठेर भन्यो,
‘ओह, आइ एम सरी । माइ टेन मिनेट्स आर ओभर ।’
अनि ऊ ठमठम गर्दै ढोकातिर लम्कियो । उसले ढोका खोल्न लाग्दामात्र सर्वेश्वर मानौं होसमा आयो । उसले आतुर स्वरमा भन्यो,
‘अफीसर, पख्नुस् ।’
योहान्स मुसुक्क हाँस्यो र फर्कियो,
‘यस्..?’
ऊ सर्वेश्वरको टेबुलतिर जाँदाजाँदै सर्वेश्वरले फोन उठायो र भन्यो,
‘नताली, मेरो आजको सबै अप्वाइन्टमेन्ट रद्द गरिदेऊ । यस्, यू हर्ड राइट । क्यान्सल अल गडड्याम्न्ड अप्वाइन्टमेन्टस ।’
उसले सबै दोष त्यही फोनको हो भनेजसरी त्यसलाई बजा¥यो । योहान्स उसको अगाडिको कुर्सीमा फैलिएर र लच्किएर बस्यो । उसले फेरि चुरोटको त्यही कुच्चिएको बट्टा निकाल्यो । यसपटक सर्वेश्वर केही बोलेन । योहान्सले त्यसबाट एउटा बाङ्गोटिङ्गो भइसकेको खिल्ली थुत्यो र आरामसंग त्यसलाई सोझ्याउन थाल्यो । उसले खल्तीबाट लाइटर निकाल्यो र चुरोट सल्कायो । सर्वेश्वर चुपचाप बस्यो । उसले केही बेरपछि गम्भीर स्वरमा सोध्यो,
‘कम टू द प्वाइण्ट नाउ । ह्वाट डू यू वान्ट ?’
योहान्स ब्रेन्सिसले एक मुश्लो धूँवासंगै ओकल्यो,
‘वान मिलियिन यूरो ।’

१०
सर्वेश्वरले ट्वाँ परेर आफ्नो अगाडि बसेर बुङबुङ चुरोटको धूँवा उडाइरहेको त्यो भीमकाय प्रहरीलाई हे¥यो, जसले भर्खर मात्र उससंग दश लाख यूरोको माग गरेको थियो । हुन त सर्वेश्वरको लागि त्यो सुनेरै आत्तिनुपर्ने रकम त थिएन । तर पनि लातभियाको स्टेट प्रहरीको एउटा जुनियर लेफ्टिनेन्टले उससंग ढुक्कै त्यत्रो रकम माग गर्नु चाहिँ अनौठो कुरा थियो । ऊ आफ्नो छोरा राजेशको ड्रग्ससंगको आवद्धताको कुरा सुनेर नराम्ररी हल्लिएको थियो । तर सर्वेश्वर एउटा चतुर व्यापारी पनि थियो । पश्चिम नेपालको दुर्गम पहाडबाट शून्यबाट जिन्दगी शुरु गरेर भारत र रुस हुँदै लातभिया पुगेर अरबौंपति बन्ने जिन्दगीको क्रममा उसले कठिनभन्दा कठिन परिस्थितिको सामना गरेको थियो ? त्यसैले भित्रभित्र जति नै हल्लिए पनि त्यसलाई प्रत्यक्षमा प्रकट हुने गरी नदेखाउन उसलाई जिन्दगीले सिकाइसकेको थियो । अहिले पनि ऊ त्यही कलाको दक्षतापूर्वक प्रदर्शन गर्दै थियो । रिंगमा आफू कमजोर भएको भनक मात्र पायो भने पनि प्रतिद्वन्दी दोहोरो आत्मबल र गतिले आक्रमण गर्न थाल्छ भन्ने कुरा उसलाई राम्ररी थाहा थियो । उसले भन्यो,
‘त्यो रकम भनेको सानो होइन अफीसर ।’
योहान्सले ठूटो भइसकेको चुरोटले नयाँ चुरोट सल्कायो । उसले अनुमति नमागी सर्वेश्वरको टेबलमा भएको नोटप्याडबाट एउटा पाना धर्र च्यात्यो । त्यसको सोली जस्तो आकार बनायो र ठूटोलाई त्यो सोलीमा हालेर निभायो । अनि उसले भन्यो,
‘म मान्छु, मिलियन यूरो भनेको हामीजस्ताहरुको लागि सानो रकम होइन । हाम्रो तीनचार पुस्ता सुध्रिन्छ त्यति पैसाले । तर तपाईंको लागि त्यो कुनै अचम्भित पार्ने संख्या होइन । तपाईंको जे दाउमा लागेको छ, त्यसको अगाडि त झनै त्यति रकमको कुनै औकात छैन मिष्टर कोइराला । म यहाँ तपाईंसंग कुनै व्यापारिक सम्झौता गर्न आएको होइन । त्यसैले बारगेनिंग गरेर बेकारमा किन आफ्नो अमूल्य समय खेर फ्याल्नुहुन्छ ? मेरो कुरा तपाईंलाई मञ्जूर छैन भने सीधै भन्नुहोस्, म यहाँबाट जान्छु र मेरो पेशाको धर्मले जे भन्छ त्यही गर्छु । कुरा खतम ।’
सर्वेश्वर सोचमग्न भयो । उसलाई थाहा थियो, लातभियाको कानून अनुसार लागू औषध प्रयोगकर्तालाई पनि तीनचार वर्ष कैद हुन सक्छ । हुन त त्यो उससंग कति मात्रामा त्यस्ता पदार्थ बरामद भएको हो भन्नेमा पनि भर पथ्र्यो । राजेश यदि त्यसको कुलतमा फसिसकेकै हो भने पनि अहिलेसम्म ऊ गिरफ्तार त भएको छैन । एउटा सप्लायरको डायरीमा उसको नाम उल्लेख मात्र भएको आधारमा उसलाई कसैले सजायँ दिलाउन सक्दैन भन्ने पनि सर्वेश्वरलाई थाहा थियो । तर उसलाई के पनि थाहा थियो भने, यो कुरा बाहिर निस्क्यो भने त्यससंगै अनावश्यक चर्चा परिचर्चा र समाचारहरु पनि बाहिर आउँछन् । अनि लागू पदार्थको कुलतमा फसिसकेको उसको छोरालाई कसैले चाहेरै पछि लाग्यो भने उम्कन नसक्ने बेलामा समात्न पनि गाह्रो हुँदैन । समस्याको मूल चुरो आफ्नै घरभित्र छ । त्यसैलाई सम्बोधन नगरी अरु कुराहरु सोच्नु भनेको जरामा कीरा लागेको विरुवाको पातमा उपचार गरे सरह हुनेछ । अहिलेलाई यो लालची प्रहरीलाई चुप लगाउनु नै आफ्नो प्राथमिकता हो भनेर सर्वेश्वरले खुट्यायो । उसले भन्यो,
‘एकछिनको लागि मानिलिऊँ, मैले तपाईंको कुरा मानें अफीसर । त्यसपछि के हुन्छ ?’
उसको प्रश्न यस्तै हुन्छ भनेर पहिले नै आश्वस्त भएर बसेको योहान्सले आँखा झिमिक्क पनि नगरी तत्काल उत्तर दियो,
‘त्यो डायरीको कुरा अहिलेसम्म मलाई बाहेक अरु कसैलाई थाहा छैन । मैले केस दर्ता गर्दा त्यसको कतै पनि उल्लेख हुँदैन । तपाईंले मलाई मेरो रकम दिनासाथ म त्यसलाई नष्ट गरिदिन्छु । अथवा चाहनुहुन्छ भने तपाईंलाई नै ल्याएर दिन्छु । बाँकी कुरा तपाईंको हातमा ।’
सर्वेश्वर उठ्यो र केही सोच्दै गएर भित्ताभरिको शीशाबाट बाहिर हेर्न थाल्यो । तीस तल्ला माथिबाट परपरसम्म लातभियाका् राजधानी रिगा र व्यस्त सडकहरु भव्य देखिन्थे । यहाँ उभिएर बाहिर हेर्दा सर्वेश्वरलाई जहिले पनि यहाँसम्म पुग्न आफूले गरेका मेहनत र परिश्रमको सम्झना हुन्थ्यो । अनि उसलाई आफ्नो उँचाइको गर्व हुन्थ्यो । तर अहिले लातभियाको सबैभन्दा अल्गो भवनको सबैभन्दा मथिल्लो तल्लामा उभिंदा पनि उसलाई आफू त्यो प्रहरी अफीसरभन्दा पुड्को भएको आभाष भइरहेको थियो । उसले बाहिरै हेरेर प्रश्न ग¥यो,
‘तपाईं मसंग फेरि पटकपटक यस्तै माग लिएर आउनुहुन्न भन्ने म कसरी विश्वास गरौं ?’
योहान्सको आँखामा आहत भएको भाव आयो । उसले सर्वेश्वरलाई हेर्दे दुःखी स्वरमा भन्यो,
‘म ब्ल्याकमेलर होइन मिष्टर कोइराला । एउटा प्रहरी अफीसर हूँ । त्यसमाथि म चाहेर पनि तपाईंसंग फेरि यस्तो माग लिएर आउन सक्दिनँ । मेरो विश्वास गर्नुस् ।’
सर्वेश्वर फिस्स हाँस्यो र भन्यो,
‘विश्वास...? यो एउटा यस्तो शव्द हो अफीसर जसमाथि मलाई पटक्कै विश्वास छैन । विश्वास शव्दको आफैमा कुनै अर्थ हुँदैन । तबसम्म, जबसम्म तपाईँ त्यसलाई प्रमाणित गर्ने कुनै आधार देखाउन सक्नुहुन्न ।’
योहान्सले एकैछिन ठूटो भएको दोश्रो चुरोटलाई हे¥यो । अर्को सल्काउँ कि नसल्काउँ भनेर एकछिन गम्यो । केही सोचेर उसले त्यसलाई पनि कागजको सोलीमा हालेर निभायो र उठेर सर्वेश्वरतिरै गयो । ऊ पनि बाहिर हेर्दै बोल्यो,
‘ओ के । मिष्टर कोइराला । मेरै मुखबाट सुन्न चाहनुहुन्छ भने सुन्नुहोस् । तपाईंको यो अफीस कति हाइ–टेक छ भन्ने मैले देखिसकेको छु । रेटिना स्क्यान नभई कोही तपाईंको बरण्डामा छिर्न समेत सक्दैन । तपाईंको र मेरो भेटघाट र वार्तालाप कुनै हाइ डेफिनेसन क्यामराले रेकर्ड गरिरहेको छ भन्ने कुरा बुझ्न कुनै ठूलो आइतवार छैन । मेरो उद्देश्य नराम्रो भएको भए यहाँ आएर यसरी स्पष्ट आफ्ना पत्ताहरु तपाईंसामु खोल्ने थिइनँ । मैले आफ्नो घाँटी तपाईंको मुठ्ठीमा राखिदिइसकेको छु । म आफ्नो कुराबाट एक इन्च पनि दायाँबायाँ भएँ भने कुनै पनि बेला निचोरिदिन सक्नुहुन्छ । अब यो प्रमाणित गर्न यो भन्दा बढी म तपाईंलाई के प्रमाण दिऊँ मिष्टर कोइराला ?’
जुनियर लेफ्टिनेन्ट भनेर आफूले कम तौलेको त्यो मानिसबाट सर्वेश्वर प्रभावित भयो । उसको कुरा सही थियो । सर्वेश्वरले निकै ध्यान दिएर त्यस मानिसलाई हे¥यो । कदकाठी भीमकाय भएको कारण भएको भन्दा पाको देखिए पनि योहान्सको उमेर अठ्ठाइस या तीसभन्दा माथि थिएन भन्ने उसले लख काट्यो । यो मानिस लामो दौडको घोडा हो भन्ने उसलाई लाग्यो । उसले भन्यो,
‘मलाई तपाईंको बैंक अकाउण्टको डिटेल दिनुहोस् अफीसर । म अहिले नै रकम त्यहाँ हालिदिन्छु ।’
योहान्स हाँस्यो र भन्यो,
“तपाईं अझै मलाई तौलन खोज्दैहुनुहुन्छ मिष्टर कोइराला । मलाई भुक्तानी नगदमा चाहिन्छ । त्यो पनि प्रयोगमा आइसकेको पाँचपाँच सयको दरको नोटको रुपमा । त्यसको बन्दोवस्त गर्न म तपाईंलाई चार घण्टाको समय दिन्छु । कहाँ र कसरी त्यसको डिलेभरी गर्ने भन्ने कुरा म तपाईंलाई त्यसपछि भन्छु ।’
उसले खल्तीबाट एउटा सस्तो खालको सेल्युलर फोन निकाल्यो र सर्वेश्वरको टेबलमा राखिदियो । सर्वेश्वरले अचम्म मानेर योहान्सलाई हे¥यो । योहान्सले भन्यो,
‘अबको चार घण्टामा यो फोनमा म तपाईंलाई कल गर्छु । हाम्रो बाँकी कुराकानी अरु कुनै माध्यमबाट हुनेछैन । गूड डे मिष्टर कोइराला ।’
अनि योहान्स फूर्तिलो चालले उसको कोठाबाट बाहिर निस्केर गयो । सर्वेश्वर एकटक त्यो सस्तो फोनलाई हेरिरह्यो । उसले लामो सास फेरेर इन्टरकमको स्वीच थिच्यो र नतालीलाई भन्यो,
‘इल्मार्सलाई पठाइदेऊ ।’
इल्मार्स सर्वेश्वरको सुरक्षाप्रमुख, अंगरक्षक र विश्वासपात्र मानिसको नाम थियो । 
बाहिर नतालीले इल्मार्सलाई सर्वेश्वरको सन्देश दिएर फोन राख्दा सर्वेश्वरको क्याविनबाट निस्केको योहान्स उसको अगाडिको बरण्डामा लम्किएर आउँदै थियो । योहान्स प्रसन्न देखिन्थ्यो । नतालीको अघि आइपुगेर उसले टाउको हल्कासंग झुकाएर उसको अभिवादन ग¥यो,
‘धन्यवाद ।’
उ मनमनै सोच्दै थियो । एक मिलियन यूरो हातमा परेपछि कुनै दिन यो सुन्दरीलाई डिनरमा लैजानुपर्ला । 
ààà
इल्मार्स आफेनो कोठामा आउनासाथ सर्वेश्वरले उसलाई भन्यो,
‘दश लाख यूरो, क्यास । त्यो पनि पाँच सयको प्रयोग भइसकेको नोटहरुका रुपमा । बढीमा तीन घण्टाभित्र ।’
आफ्नो बोसको यो अप्रत्याशित माग सुनेर इल्मार्स आश्चर्यचकित भयो । तर उसले त्यो भाव अनुहारमा आउन दिएन । उसले भन्यो,
‘यति कम समयमा सर ? कसरी सम्भव...’
सर्वेश्वरले गम्भीर भएर अलि कडा स्वरमा भन्यो,
‘कसरी भन्ने तिम्रो टाउको दुखाई हो । तिमीलाई मैले तलब दिने रिजल्टको लागि हो ।’  
इल्मार्सले जति नै लुकाउन खोज्दाखोज्दै पनि उसको अनुहारमा आहत भएको भाव आयो । किनभने यसअघि सर्वेश्वरले उससंग त्यस्तो छुच्चो मुख कहिले पनि गरेको थिएन । सर्वेश्वरलाई पनि यता भन्दाभन्दै आफ्नो त्यो अनावश्यक टिप्पणीमा पछुतो भइसकेको थियो । उसले आफूलाई नियन्त्रण गर्दै भन्यो,
‘सरी इल्मार्स । कुरा अलि गम्भीर छ ।’
इल्मार्सले भन्यो,
‘केही छैन सर । म बन्दोवस्त गर्छु ।’ 
ऊ सर्वेश्वरको अफीसबाट निस्कने बेला सोच्दै थियो, पक्कै केही गम्भीर समस्या परेको हुनुपर्छ । नत्र ऊ त्यस्तो मानिस होइन । समस्या के भन्ने कुरा आवश्यक परे उसले अवश्य पनि बताउला । नचाहिने प्रश्न सोध्ने इल्मार्सको काम थिएन । उसको काम आदेश मान्ने हो र मागिएको बेला सल्लाह दिने हो । ऊ आफ्नो काममा जुट्यो । भनिएको रकम भनिएकै रुपमा उसले डेढ घण्टामै जोहो गरेर सर्वेश्वरलाई खबर ग¥यो । अब सर्वेश्वरको सामु योहान्सको फोन कुर्ने बाहेक अरु केही काम थिएन । ऊ राजेशको बारेमा सोच्न थाल्यो । आफ्नो एक्लो छोरा कहिले र कसरी यस्तो खराब संगतमा लागेछ भन्ने थाहा नभएकोमा उसले त्यसदिन आफूलाई पटकपटक धिक्का¥यो । ठ्याक्कै चार घण्टामा योहान्सले छोडेर गएको फोन थर्थर गरेर काम्न थाल्यो । उसले देख्यो,
‘ड्रागन कलिंग...’
सर्वेश्वरले फोन रिसिभ ग¥यो र रकमको बन्दोवस्त भइसकेको जानकारी गरायो । योहान्सले भन्यो,
‘रकम लिएर तपाईं सेन्ट पिटर्स चर्चमा आउनुस् मिस्टर कोइराला । त्यहाँ अगाडि फूलबारी नजीक तपाईंले एउटा सानो स्टलमा क्याण्डीहरु बेच्न बसेकी कपाल सेताम्य फुलेकी एक बृद्धा देख्नुहुनेछ । उसले नीलोमा सेता फूलहरुको बुट्टा भएको कमिज लगाएकी हुनेछ । तपाईं ठीक छ बजे त्यहाँ पुगेर उससंग समय सोध्नुहुनेछ । उसले तपाईंलाई नौ बजेर सत्ताइस मिनेट गयो भनेर गलत समय बताउँछे । त्यति भएपछि तपाईं रकम उसलाई सुम्पेर फर्किनुहुनेछ । तपाईं घर पुग्दा त्यो डायरी तपाईंलाई कुरिरहेको हुनेछ । तपाईंको समस्या खत्तम ।’  योहान्स बोल्न थाल्यो भनेर यी बाँकी कुरालाई डिटेलमा लेख्नु पर्ला ।
उसले फोन काटिदियो । 
योहान्सले भनेझैं गरेर घर पुग्दा नभन्दै एउटा पार्सल उसलाई कुिररहेको थियो । कोडमा लेखिएको डायरी र त्यसको ब्रेक गरिएको अर्थको प्रिन्ट आउट त्यहाँ थियो । योहान्सले भनेका सबै कुरा सही थिए । सर्वेश्वर जिन्दगीमा पहिलोपटक आफ्नो छोरालाई कुरिरह्यो । राजेश त आएन तर राति साढे तीन बजे अस्पतालबाट उसको खबर आयो,
‘मिष्टर कोइराला । तपाईं कृपया तुरुन्तै आउनुहोला । सकेजति छिटो प्लीज ।’
११
दिमित्रिस इभानोभिक
काठमाण्डौको एउटा अस्पतालमा प्रहरी इन्सपेक्टर बिनोद खड्कालाई आफ्नो छोरा राजेशको बारे बताइरहेको सर्वेश्वर कोइराला एकछिन रोकियो । उसले अगाडिको जगबाट गिलाँसमा पानी खन्यायो । एकछिन यसरी त्यो गिलाँसलाई हे¥यो, मानौं उसको आँखामा माइक्रोस्कोपको लेन्स लगाइएको छ र ऊ व्याक्टेरिया खोज्दै छ । उसको अगाडि बसेको इन्सपेक्टर बिनोद खड्काले पनि यो मध्यान्तरको फाइदा उठाएर आफ्नो आङ तन्क्यायो । अनि ऊ उठेर खुट्टा तन्क्याउँदै झ्यालतिर गयो र बाहिर हेर्न थाल्यो । रातिको आठै मात्र बजेको थियो । तर काठमाण्डौका बाटाहरुमा चहलपहल कम हुन थालिसकेको थियो । नौ साढे नौ बजेसम्म त यो सहर सुतिसकेको हुन्छ । सर्वेश्वर कोइरालाले पानी घुट्कायो । बिनोदले भन्यो,
“कस्तो गुम्म भयो कोठामा बस्दाबस्दा । एक छिन कौसीमा गएर फ्रेश हावा खाने हो सर्वेश्वरजी ? बाँकी कुरा माथि नै गर्न पनि सकिन्छ ।”
सर्वेश्वर मौन सम्मति जनाउँदै केही नबोली उठ्यो । इन्सपेक्टर बिनोद अघिअघि र ऊ पछिपछि कोठाबाट निस्के । बाहिर बरण्डामा अझै पनि अरु तीनजना मानिसहरु कुरिरहेका थिए । ती तीन जनाले पनि अस्पतालको आइसीयुमा अचेत अवस्थामा रहेको एउटा युवकमाथि आ–आफ्नो दावी ठोकिरहेका थिए । सर्वेश्वर कोइरालाको छोरा, कामिनी विष्टको श्रीमान, रामकृष्ण महर्जनको भतिजा र बिमलसिंह परियारको भाइ एउटै मानिस त कसैगरे पनि हुन सक्दैनथ्यो । इन्सपेक्टर बिनोद यही गुत्थी सुल्झाउन पालैपालो सबैको बयान लिंदै थियो, उनीहरुको दावीलाई प्रमाणित गर्ने आधारहरु खोज्दै थियो र उनीहरुको कथा सुन्दै थियो । त्यसै सन्दर्भमा पहिलो पालो सर्वेश्वर कोइरालाको थियो । उनीहरु बाहिर निस्केको देखेर बाँकी सबैले उत्सुक आँखाले हेरे । तीनै जना पालै पालो बसेको ठाउँबाट उठे । बिनोदले उनीहरुको भाव बुझेर भन्यो,
“धैर्य गर्नुहोस् । उहाँको कुरा सकिएको छैन ।”
उनीहरु केही नबोली फेरि पालैपालो आआफ्नो स्थानमा बसे । बिनोद र सर्वेश्वर बरण्डाको पल्लो छेउमा भएको लिफ्टतिर लागे । ढोका खुलै थियो । भित्र पसेर बिनोदले सातौं तल्लाको स्वीच थिच्यो । एकैछिन प्रतिकार गरेजसरी घच्चघच्च गर्दै लिफ्टको ढोका बन्द भयो र अल्छी पाराले माथितिर चढ्न थाल्यो । कौसीमा पुगेर दुबै पर्खालको छेउमा उभिए । लोडसेडिंगको अन्त्य नहुन्जेल किस्ताबन्दीमा उज्यालो देखिने सहर आजकल एकमुष्ट चम्किन थालेको छ । बिनोदले सर्वेश्वरलाई सोध्यो,
“अनि ? अनि के भयो सर्वेश्वरजी ?”
सर्वेश्वरले एकैछिन सोच्यो र भन्यो,
“म कहाँ थिएँ रे ?”
बिनोदले सम्झाउँदै भन्यो,
“त्यसदिन पहिलो पटक आफ्नो छोरा राजेश ड्रग्सको कुलतमा फसेको थाहा पाएर तपाईं उसलाई घरमा कुरिरहनुभएको थियो । अस्पतालबाट फोन आयो ।”
सर्वेश्वर टाढा हेर्न थाल्यो । अनि काठमाण्डौबाट मानौं कुनै टाइम मेसिनमा सवार भएझैं ऊ लातभिया फर्कियो । 

ààà
आफ्नो छोरासंग गम्भीरतापूर्वक कुरा गर्छु भनेर पहिलोपटक कुरेर बसेको सर्वेश्वर कोइरालालाई जब अस्पतालबाट सकेसम्म छिटो आइपुग्न भन्दै फोन आयो, उसको सातोपुत्लो एकैपटक उड्यो । एकैछिन त उसको कान टुँ गरेर बजेजस्तो भयो । रक्तचाप एकैपटक न्यून भएजसरी उसलाई भाउन्न भएर रिंगटा लाग्यो । आँखा अगाडि कालो छायो । उसलाई आफ्नो वरिपरिका सबै कुराहरु फन्फन्ती घुमिरहेको छन् जस्तो लाग्न थाल्यो । हुन त अस्पतालबाट फोन गर्नेले उसको छोरा राजेशको नाम पनि लिएको थिएन । तर, जुन किसिमले त्यस दिन घटनाक्रमहरु विकसित भइरहेका थिए, सर्वेश्वरको छैठों ईन्द्रियले उसभित्रको अलार्मको स्वीच थिचिदिइसकेको थियो । र, त्यो अलार्म तीखो र ठूलो आवाजमा उसको मथिंगलभित्र बज्न थालिसकेको थियो । तै पनि सर्वेश्वरले आफूलाई नियन्त्रण गर्दै सोध्यो,
“के विषयमा होला, केही भन्न सक्नुहुन्छ ?”
उताबाट कसैले भन्यो,
“तपाईंको छोरा मिष्टर राजेश कोइरालाको गाडी दुर्घटना भएको छ । उहाँको अवस्था गम्भीर छ । त्यसैले तपाईं कृपया चाँडै आउनुहोला । बाँकी कुरा यहीं आएर गर्नुहोला । प्रहरी पनि यहाँ आइसकेको छन् ।”
सर्वेश्वरले सबैभन्दा पहिले इल्मार्सलाई फोन ग¥यो र गाडी तयार गर्न भन्यो । उसले फोन आउनु अघि मात्र आफ्नो महँगो ह्विस्कीको संकलनबाट डाल्मोर ६२ सिंगलमाल्टको एउटा गतिलो पेग खनाएको व्रिmष्टल ग्लासलाई हे¥यो । उसले त्यसबाट एक चुस्की मात्र लगाएको थियो । उसले त्यो ग्लास उठाएर बाँकी ह्विस्की ठाडो घाँटी लगाएर एकै घुट्कोमा निल्यो । त्यो घाँटीदेखि पेटसम्म चररररर गर्दै गयो । सर्वेश्वर हतारहतार हतार बाहिर निस्क्यो । इल्मार्सले सर्वेश्वरको ‘डार्ट्ज प्रोम्बोर्न’ गाडी तयार राखिसकेको थियो । गोली, ग्रेनेड तथा ल्याण्डमाइन विष्फोटसम्म थेग्न सक्ने त्यो गाडीको इन्जिन चालु थियो । सर्वेश्वर पुग्दानपुग्दै अभ्यस्त दक्षताका साथ इल्मार्सले त्यसको पछाडिको ढोका खोलिसकेको थियो । सर्वेश्वर बस्नासाथ इल्मार्स फूर्तिका साथ चालक सिटमा बस्यो र गाडी अगाडि बढायो । 
“इस्ट क्लिनिकल युनिभर्सिटी हस्पिटल । अनि सकेसम्म छिटो इल्मार्स ।”
इल्मार्सले एक्सिलरेटरमाथि खुट्टाको पूरै वजन हालिदियो । गाण्डिवबाट छुटेको तीर जसरी गाडी हुँइकियो । सर्वेश्वरले इल्मार्सलाई भन्यो,
“अझै कुदाऊ इल्मार्स । राजेशको गाडी दुर्घटना भएको छ । उसको अवस्था राम्रो छैन रे ।”
आफ्नो छोराप्रति सर्वेश्वरको मोह कतिसम्म छ भन्ने कुरा इल्मार्सलाई थाहा थियो । उसले आफ्नो दक्षताको प्रदर्शन गर्दै गाडीको गति हुनसक्ने जति बढायो । इमर्जेन्सीको संकेत दिन चारैवटा साइडलाइट पिलपिल बाल्दै उसले अघिल्लो मोडबाट गाडीलाई एकोहोरो सवारी चल्ने लेनमा हालिदियो । त्यसो हुँदा अस्पतालसम्मको बाटो आधाभन्दा कम छोटो हुन्छ भन्ने उसलाई थाहा थियो । उताबाट आइरहेका गाडीहरु अप्रत्याशित रुपमा छिरेको त्यो डरलाग्दो गाडीको झनै डरलाग्दो चालसंग  प्रतिवाद गरे जसरी चर्को हर्न बजाउन थाले । तर त्यसलाई साइड नदिने ह्याउ कसैको थिएन । इल्मार्स त्यसको पटक्कै वास्ता नगरी दायाँबायाँ गर्दै अघि बढिरह्यो । अस्पतालको पोर्चमा पुग्दा पनि उसको गति निकै तीब्र थियो । टायरहरु चर्र कराउने गरी ब्रेक हानेर गाडी पूर्णरुपले नरोकिंदै उसले ड्राइभिंग सिटबाट ओर्लेर पछाडिको ढोका खोल्न भ्याइसकेको थियो ।
अस्पतालको लबीभित्र कुद्दै भनेजस्तो छिरेको सर्वेश्वरको स्वागत एउटा परिचित अनुहारले ग¥यो । योहान्स । लातभियन प्रहरीको जुनियर लेफ्टिनेन्ट । जसले त्यसै दिन दिउँसो सर्वेश्वरलाई भेटेको थियो । अनि राजेशको लागू पदार्थको संलग्नताको कुरालाई लिएर दश लाख यूरो चप्काएको थियो । योहान्स हतारिंदै उसतिर आयो र भन्यो,
“संसार सानो छ मिष्टर कोइराला । यति छिटो हाम्रो फेरि भेट होला भन्ने मलाई लागेको थिएन ।”
सर्वेश्वर भित्रतिर लम्किंदै बोल्यो,
“के भएको हो ? राजेश कहाँ छ ? कस्तो छ उसलाई ?”
उससंगै लम्किंदै योहान्सले भन्यो,
“खासै गतिलो अवस्थामा छैन । अहिलेसम्म डाक्टरहरु उसलाई बचाउने प्रयास गरिरहेका छन् ।”
स्याँस्याँ गर्दै सर्वेश्वरले सोध्यो,
“भएको चाहिँ के हो ?”
“लिभू स्क्वायरको नाइट क्लबबाट करीव एक बजे मिष्टर राजेश निस्कनुभएको थियो । उहाँको साथमा एउटी युवती पनि थिई । लोनिजा । उसको उमेर करीव २१ वर्ष । क्लबको भ्याले र पालेहरुका अनुसार दुबैजना नशाले चूर थिए । सिसिटिभी क्यामराको फुटेजका अनुसार अलि पर खुला सडकमा गएर गाडीले अत्याधिक गति लियो । प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला राजेशको ध्यान ड्राइभिंगमा थिएन । गाडी फुटपाथमा चढेर रेलिंग भत्काएर पार्कमा छिरेर रुखमा ठोकिउन्जेल पनि त्यसको गति सय माइलभन्दा बढी नै थियो । ”
सर्वेश्वरको आङ जिरिंग भयो । 
योहान्स भन्दै थियो,
“मेडिकल जाँचका अनुसार पनि लोनिजामा अत्याधिक अल्कोहल फेला प¥यो भने राजेशमा त्यसको साथसाथै एक्स्ट्यासीको मात्रा पनि भेटिएको छ ।”
सर्वेश्वर टक्क अड्यो । उसको पछिपछि हिंडिरहेको एल्मार्स भावशून्य मुद्रामा सबै कुरा सुनिरहेको थियो । सर्वेश्वर केही बोल्न नसकी आफ्नो अनियन्त्रित भएको सासलाई नियन्त्रण गर्ने प्रयास गर्न थाल्यो । उसलाई आफ्ना पिंडूलाहरु फत्रक्क गलेकोजस्तो अनुभव भइरहेको थियो । उसले एक हातले भित्ता समात्यो र त्यहाँ छेउमा भएको बेन्चीमा थचक्क बस्यो । केही बेर उसलाई हेरेर योहान्स पनि छेउमा बस्यो । उसले चारैतिर पल्याकपुलुक हे¥यो र सानो स्वरमा भन्यो,
“तर त्यो सबको चिन्ता नगर्नुस् मिष्टर कोइराला । संयोगवश ड्युटी मेरै थियो । मैले सिसिटिभी क्यामराको फुटेजको बन्दोवस्त गरिदिइसकेको छु । घटना आफ्नै आँखाले देख्ने अर्को गाडी चालक पनि अब अगाडि आउँदैन । उसको बयान मेरो मगजको एउटा कोठामा ताल्चा मारेर राखिदिइसकें । अब कुरो अस्पतालको मेडिकल रिपोर्टको मात्र हो । त्यो मेरो वशमा छैन । तर तपाईंको लागि त्यो कुनै ठूलो कुरा नहोला ।”
सर्वेश्वरले पुलुक्क इल्मार्सलाई हे¥यो । आफ्नो बोसका भावहरु पढ्न अभ्यस्त भइसकेको इल्मार्स केही नबोली एकातिर लाग्यो । सर्वेश्वरले योहान्सलाई हेर्दै भन्यो,
“धन्यावाद योहान्स । यसपटक कति, कहाँ र कसरी पु¥याउने बन्दोवस्त गरुँ त म ?”
योहान्स मुस्कायो र भन्यो,
“तपाईं अझै पनि मलाई चिन्न सकिरहनुभएको छैन मिष्टर कोइराला ।”
अलमलिएको भावले सर्वेश्वरले सोध्यो,
“मैले कुरा बुझिनँ योहान्स ।”
योहान्स उठ्यो र भन्यो,
“मैले पहिले पनि भनेको थिएँ । म एउटा प्रहरी अधिकारी हूँ, ब्ल्याकमेलर होइन । मलाई थप केही चाहिन्न । यसलाई फोसा भन्ने सोच्नुहोस् मिष्टर कोइराला ।”
सर्वेश्वरले गम्भीर स्वरमा उसको आँखामा आँखा भिडाएर भन्यो,
“म कसैको फेभर लिनेमा विश्वास गर्दिनँ ।”
योहान्सले पनि झिमिक्क नगरी उसलाई हेर्दै भन्यो,
“अनि म पनि कसैलाई आफूलाई तौलिन दिनेमा विश्वास गर्दिन । प्रयास पनि नगर्नुस् मिष्टर कोइराला । विश्वास गर्नुस्, आइ एम टू हेभी फर द्याट ।”
सर्वेश्वर केही बोल्न सकेन । दुबै केही नबोली बसिरहे । केही क्षणमा इल्मार्स फेरि प्रकट भयो । उसको र सर्वेश्वरको आँखाआँखामा फेरि केही कुराकानी भयो । सर्वेश्वरको अनुहारमा अलि निश्चिन्त भएको भाव आयो । उ पछाडि ढल्क्यो, बेन्चीपछाडि भित्तामा ढाड अडायो । उसले आँखा चिम्ल्यो र लामो सास फे¥यो । योहान्सले बिस्तारै भन्यो,
“एउटा अर्को समस्या बाँकी छ मिष्टर कोइराला ।”
सर्वेश्वरले पुलुक्क आँखा खोल्यो र उसलाई प्रश्नवाचक भावले हे¥यो । योहान्स बोल्न थाल्यो,
“लोनिजा..। त्यो केटी जो राजेशसंग गाडीमा थिई । एयरव्यागले उसलाई बचाउन सकेन । ऊ यहाँ ल्याइपु¥याउँदासम्म..शी वाज डिक्लेयर्ड डेड ।”
“शिट्..।” सर्वेश्वरको मुखबाट निस्क्यो । उसले जिन्दगीमा यसरी एकपछि अर्को ‘सकर पन्च’हरु नखाएको धेरै भइसकेको थियो । उसले आफूलाई निकै कठिनतापूर्वक नियन्त्रण ग¥यो । इल्मार्स अझै पनि निर्विकार भावले उभिइरहेको थियो । सर्वेश्वरले योहान्सबाट आफ्नो आँखा इल्मार्सतिर उठायो र उसलाई भन्यो,
“त्यो केटीको बाबुआमासंग डिल गर इल्मार्स । रकमको कुनै सुर्ता नगरे हुन्छ । ह्वाटएभर दे वान्ट ।”
योहान्सले असहाय भावले भन्यो,
“यहाँ तपाईंको वैभवले काम गर्दैन मिष्टर कोइराला । किनभने तपाईंलाई थाहा छैन, दुर्घटनामा मरेकी लोनिजा कसकी छोरी थिई ।”
सर्वेश्वरले आँखा चिम्सा पारेर सतर्क भएर उसलाई हे¥यो । यसपटक योहान्सले ठूलै बम खसाल्यो,
“दिमित्रिस इभानोभिक ।”
“ह्वाट् ?”
यसपटक आफूलाई नियन्त्रणमा राख्ने सर्वेश्वरको कुनै पनि प्रयासले काम गरेन । दिमित्रिस इभानोभिक भन्ने नाम सुन्नासाथ उसको अघि सबैथोक निष्पट कालोमा परिणत भयो र ऊ आफू बसेको बेन्चीमै लल्याकलुलुक परेर रित्तो बोरा फैलिएजसरी पसारियो । 

१२ 
लातभियामा दिमित्रिस इभानोभिकको नाम नसुन्ने कुनै मानिस पनि थिएन । उत्तरी यूरोपका लगभग हरेक मानिसले उसको नाम सुनेका थिए । तर, उसलाई देख्ने मानिस निकै कम थिए । प्रहरीलाई निकै लामो समयदेखि उसको खोजी थियो । केही मानिस भन्थे, प्रहरीले उसलाई छुन सक्दैनथ्यो । ऊ चाहेको बेला चाहेको स्थानमा कुनै पनि रुपमा प्रकट हुन सक्थ्यो र त्यसै गरी गायब हुन सक्थ्यो । उसका बहुरुपहरुका बारे कसैलाई थाहा पनि थिएन । विश्वका थुप्रै देशका पासपोर्ट र नाम भएको मानिने दिमित्रिस इभानोभिक लागू औषध व्यापार र हातहतियारको सबैभन्दा ठूलो डिलरको रुपमा कुख्यात थियो । उसकी थिई । आफ्नी एक्ली छोरी छोरी लोनिजाप्रति दिमित्रिस हदभन्दा बढी आशक्त थियो । उसको सुरक्षाको लागि हुनसक्नेजति बन्दोवस्त गरेको थियो । लोनिजा सँधै चारजना अंगरक्षकहरुको सुरक्षामा हुन्थी । 
दिमित्रिस इभानोभिक आफ्नी एकलौटी छोरीको मृत्युको खबर सुनेर बहुलाएको थियो । उसको सामु लोनिजाको सुरक्षाको लागि खटाइएका चारजना उभिएका थिए । दिमत्रिस खाउँलाजसरी उनीहरुलाई हेरिरहेको थियो । निकै बेरमा एउटाले घुटुक्क थुक निल्यो र भकभकाउँदै भन्यो,
“यस्तो...प..प..पहिले कहिले पनि भएको थिएन । बेबीले कहिल्यै हामीलाई छल्ने प्रयास गर्नुभएको थिएन । त्यसैले हामीलाई केही शंकै भएन । हिजो पनि उहाँ नर्मल नै हुनुहुन्थ्यो । तर, कुनबेला बाथरुमको पछाडिको झ्यालबाट निस्केर गाडी नलिई उहाँ कहाँ जानु भयो भन्ने हामीलाई थाहा पनि भएन सर ।”
दिमित्रिसले केही पनि भनेन । आग्नेय नेत्रले नै उनीहरुलाई हेरिरह्यो । यसै पनि कुन बेला बाहिर निस्केर खस्लान् जस्ता उसका भ्यागुते आँखा त्यतिबेला अझै बाहिर निस्कन खोजेजस्ता देखिएका थिए । नचाहँदानचाहँदै पनि ती चारमध्ये एकलाई आफ्नो पिसाब चुहिन थालेको थाहा भइसकेको थियो । दिमित्रिसले केही नबोली आँखाले नै उनीहरुलाई बाहिर जान ईशारा ग¥यो । उनीहरु एक सेकेण्डको विलम्व नगरी निस्किए । तर उनीहरुलाई त्यतिबेला थाहा थिएन, अबको केही घण्टाभित्रै उनीहरुको शरीर बाल्टिक सागरको पानीमुनि हुनेछ, हात र खुट्टा बाँधिएका हुनेछन् अनि कम्मरमा बाँधिएको हुनेछ फलामको गहु्रँगो टुक्रा । बाल्टिकको नूनिलो पानी उनीहरुको नाक र मुखबाट ह्वाल्ह्वाल् गर्दै भित्र छिरेर फोक्सोमा पुग्नेबेला हुने पीडाबाट उनीहरु त्यतिबेलासम्म अनभिज्ञ थिए । 
ààà
सर्वेश्वर कोइरालाले आफूलाई निकै यत्नका साथ नियन्त्रण ग¥यो । अब समस्याको समाधान कसरी गर्ने भन्ने कुरामा उसको ध्यान केन्द्रित हुन थाल्यो । दिमित्रिस इभानोभिकलाई कसैले पनि चाहेर भेट्न सक्दैनथ्यो । उसले चाह्यो भने मात्र त्यो सम्भव थियो । तर सर्वेश्वरलाई विश्वास थियो, दिमित्रिसले अवश्य पनि उससंग सम्पर्क गर्नेछ । त्यो बेला के गर्न सकिन्छ भन्ने मात्र उसको दिमागमा खेलिरहेको थियो । शक्ति, साधन, वैभव र अरु कुनै पनि कुरामा दिमित्रिसलाई मात दिन ऊ सक्दैनथ्यो । प्रहरी वा प्रशासनले पनि यो कुरामा उसलाई कुनै सहयोग गर्न सक्दैनथ्यो । त्यो खूँख्वार अपराधीकी एक्ली छोरी मारिएकी थिई । कुनै न कुनै रुपमा राजेश त्यसको जिम्मेवार थियो । इल्मार्स र योहान्स पनि मौन थिए । उनीहरुले पनि दिनसक्ने कुनै सल्लाह वा सुझाव थिएन । 
त्यही अन्यौलमा तीनचार घण्टा सर्वेश्वर अस्पतालको बेन्चीमै बसिरह्यो । बाहिर बिहान हुने बेला भइसकेको थियो । तर सर्वेश्वरको जीवनमा चाहिँ चूक घोप्ट्याएको औंसीजस्तो रात परिरहेको थियो । यस्तो रात, जसको बिहान कुनबेला हुने हो अथवा हुने हो कि नहुने हो भन्ने पनि उसलाई थाहा थिएन । त्यही बेला अस्पतालको एकजना कर्मचारी उनीहरु भएको ठाममा आयोे र सर्वेश्वरलाई भन्यो,
“तपाईंलाई डाक्टर लूकाको च्याम्बरमा बोलाउनु भएको छ मिष्टर कोइराला ।”
सर्वेश्वर जुरुक्क उठ्यो र अघि बढ्यो । तनाव र लामो समय निश्चल भएर त्यसरी उठेको कारणले होला, उसलाई फेरि भननन्न रिंगटा लाग्यो । इल्मार्सले अघि बढेर नथामेको भए त ऊ फेदमा आरी चलाएको रुखजसरी गर्लम्म ढल्थ्यो होला । केही बेरमै उसले आफूलाई नियन्त्रण ग¥यो र इल्मार्सलाई कृतज्ञ आँखाले हेर्दै भन्यो,
“धन्यवाद इल्मार्स । म अब ठीक छु ।”
ऊ अस्पताल कर्मचारीको पछिपछि लाग्यो । इल्मार्स उसको पछि लाग्यो । योहान्स केही सोच्दै त्यहीं नै बसिरह्यो । लामो बरण्डाको पल्लो छेउमा गएर उनीहरु लिफ्टको ढोका अघि रोकिए । लिफ्ट खुल्लै थियो । पहिले अस्पताल कर्मचारी र सर्वेश्वर भित्र छिरे । इल्मार्सले एउटा खुट्टा भित्र हुलिसकेको देखेर कर्मचारीले उसलाई रोक्दै भन्यो,
“सरी.. वहाँलाई मात्र लिएर आउनू भन्ने आदेश छ ।”
इल्मार्सले प्रतिवाद गर्न खोज्यो,
“तर......।”
सर्वेश्वरले उसको कुरा काट्दै भन्यो,
“ठीकै छ । तिमी यहीं बस इल्मार्स ।”
आफ्नो बोसलाई यस्तो अवस्थामा एक्लै छोड्न इल्मार्सलाई पटक्कै मन थिएन । उसले अमीलो अनुहार लगाएर आदेश पालन ग¥यो । लिफ्ट बिना आवाज बन्द भयो । इल्मार्सले लिफ्ट दशौं तल्लामा पुगेकोसम्म हेरिरह्यो । 
ààà
दशौं तल्लामा लिफ्ट सीधै डाक्टर लुकाको च्याम्बरमा खुल्थ्यो । कर्मचारी लिफ्ट भित्रै बस्यो र उसले हातले ससम्मान सर्वेश्वरलाई निस्कन इशारा ग¥यो । बाहिर बसेकी एक युवतीले पुलुक्क उनीहरुलाई हेरी । उसले मधुरो स्वरमा सोधी, 
“मिष्टर कोइराला ?”
सर्वेश्वरले हल्कासंग टाउको हल्लायो–सहमति स्वरुप । युवती मुसुक्क हाँसी । उसका दाँतहरु असाध्यै सफा र टम्म मिलेका थिए । उसले भनी,
“कृपया भित्र जानुहोला । डाक्टर लुका र उहाँका सहयोगी तपाईंकै प्रतीक्षामा हुनुहुन्छ ।”
सर्वेश्वर उसले इशारा गरेको ढोकातिर बढ्यो । एकपटक लामो सास फेरेर आफूलाई नियन्त्रित गर्दै ऊ भित्र पस्यो । त्यो कोठाको सजावट राम्रो थियो । एउटा गतिलो अस्पतालको ठूलो डाक्टरको कोठामा हुनुपर्ने सबै कुराहरु त्यहाँ थिए । ऊ भित्र पस्दा डाक्टर लुका र उसको सहायक भित्तामा राखिएको उज्यालो बोर्डमा कसैको टाउकाको एम आर आइ टाँसेर अध्ययन गर्दै थिए । सर्वेश्वरको छोरा राजेशको टाउकाको एम आर आइ । सर्वेश्वर छिरेको थाहा पाएर दुबैले फर्केर हेरे । सर्वेश्वरले दुबैको अभिवादन ग¥यो । सहायकले अभिवादन फर्कायो । डाक्टर लुका केही प्रतिकृया नजनाई खुरुक्क आफ्नो कुर्सीमा बस्यो । उसको अगाडिको दुईवटा कुर्सीमध्ये एकमा सर्वेश्वरलाई इशारा गर्दै सहायकले भन्यो,
“बस्नुस् मिष्टर कोइराला ।”
सर्वेश्वर बसेपछि ऊ पनि संगै बस्यो र उसले प्रश्नवाचक आँखाले डाक्टर लुकालाई हे¥यो । डाक्टर लुका केही नबोलेपछि उसले मुखै फोरेर सोध्यो,
“कस्तो छ मेरो छोराको अवस्था ?”
डाक्टर लुकाले आँखाले सहायकलाई बोल्न इशारा ग¥यो । सहायकले घाँटी खकार्दै भन्यो,
“तपाईंको छोराको अवस्था बारे त थाहा पाइसक्नुभयो होला । हो, दुर्घटना निकै नै डरलाग्दो थियो । उसका करंगहरु भाँचिएका छन् । एउटा चुच्चोले उसको फोक्सोमा छेडेको छ । आन्तरिक रक्तश्राव पनि निकै भएको छ । दाहिने हात तीन ठाउँमा भाँचिएको छ । कुहिनाको जोडमा हुने डल्लो पनि धूलोपिठो भएको छ । खुट्टामा कुनै फ््रयाक्चर छैन । तर टाउकोमा लागेको गम्भीर चोटका कारण मगजको एउटा भाग सुन्निएको छ । हामीले केही समय अघि अपरेसन गरेर आन्तरिक रक्तश्राब त रोकिदिएका छौं । तर उसको मगजको चोटको बारे अहिले केही भन्न सकिन्न ।”
राजेशको अवस्थाबारे सुनेरै मात्र पनि सर्वेश्वरको आङ जिरिङ्ग भयो । उसले डराइडराइ सोध्यो,
“मेरो छोरा...बाँच्न त बाँच्छ नि ?”
यसपटक डाक्टर लुका पहिलोपटक बोल्यो,
“चिन्ता नगर्नुस् सर्वेश्वरराज कोइराला । उसको अवस्था जस्तोसुकै भए पनि उसलाई म मर्न दिन्नँ । तपाईंको छोरालाई म जसरी भए पनि बचाउँछु ।”
त्यति ठूलो डाक्टरले यसो भन्दा कुनै पनि मानिसले निश्चिन्तताको सास फेर्नुपर्ने हो । तर किन हो किन सर्वेश्वरलाई झनै चिसो भएर आयो । किनभने एक त डाक्टर लुकाले बिना कुनै सम्बोधन सिधै उसको पूरा नाम मात्र लिएको कस्तोकस्तो सुनिएको थियो । उसलाई त्यस्तो सम्बोधन सुन्ने बानी नै थिएन । अर्को कुरा डाक्टर लुकाको बोलीमा आश्वासनको एक अंश पनि भाव नै थिएन भन्ने उसलाई अनुभूति भयो । के त्यो उसको बिथोलिएको मनस्थितिका कारण भएको थियो ? उसले डाक्टर लुकालाई ध्यान दिएर हे¥यो । डाक्टरको अनुहारमा हुनुपर्ने कोमलता पनि उसको अनुहारमा थिएन भन्ने सर्वेश्वरलाई लाग्यो । तै पनि त्यसलाई आफ्नो मनको भ्रम ठानेर उसले भन्यो,
“धन्यवाद डाक्टर लुका । म तपाईंको यो गुन कहिले पनि बिर्सने छैन । तपाईंको मुखमा भगवानको बास भएको होस् ।”
डाक्टर लुका मुसुक्क हाँस्यो । तर उसको ओठमात्रै तन्किएको थियो । उसका आँखाहरुसम्म त्यो मुस्कान पुग्न सकेको थिएन । आँखा नहाँसी तन्किएका ओठहरु बडो डरलाग्दो देखिन्छन् । डाक्टर लुकाले भन्यो,
“म किन तपाईंको छोरालाई मर्न दिन्नँ थाहा छ सर्वेश्वरराज कोइराला ?”
सर्वेश्वर उसको व्यवहार बुझ्नै सकिरहेको थिएन । उसले सोध्यो,
“किन डाक्टर लुका ?”
डाक्टर लुकाले बम फोड्यो,
“तपाईं मलाई गलत नामले सम्बोधन गर्दै हुनुहुन्छ । डाक्टर लुका त तपाईंको छेउमा बस्नुभएको छ ।”
सर्वेश्वर अझै अलमल्ल प¥यो । छेउमा भएको मानिस, जसलाई उसले डा. लूकाको सहयोगी ठानिरहेको थियो, वास्तवमा डा. लूका हो भने डा. लूकाको कुर्सीमा बसेको यो मानिस को हो ? यसको अनुहारमा आएको प्रश्न शायद त्यो मानिसले पनि पढ्यो । 
अनि आफ्ना बल्ड्याङ्ग्रे र हेर्दै बाहिर निस्केर भुईंमा झर्लान्जस्ता आँखाहरुले सर्वेश्वरलाई खाउँला जसरी हेर्दै भन्यो,
“मलाई.....दिमित्रिस भन्छन् ।” 
सिकार गर्नेबेला हाँसेको हुँडारको जस्तै मुस्कान सहित उसले वाक्य अन्त्य ग¥यो,
“इभानोभिक । दिमित्रिस इभानोभिक ।”

१३
अस्पतालको कौसीमा सर्वेश्वरराज कोइरालाको कुरा सुनिरहेको इन्सपेक्टर बिनोद खड्का झसंग भयो । उसले अविश्वसनीय स्वरमा सोध्यो,
“जो मानिससंग तपाईं डाक्टर लुका भनेर कुरा गरिरहनुभएको थियो, त्यो दिमित्रिस इभानेभिच पो थियो ?”
लागू औषध र हातहतियारजस्ता जघन्य अपराधका लागि लातभिया र यूरोपका अरु देशका प्रहरीहरुको मोस्ट वाण्टेड सूचिमा अग्रपंक्तिमा नाम रहेको दिमित्रिस इभानोभिच डाक्टरको क्याविनमा त्यति सहजै कसरी पुग्न सक्यो होला ?
सर्वेश्वरले भन्यो,
“हो इन्सपेक्टर । तपाईं यो कुरा अहिले सुन्दामात्र त यसरी झस्किनु भयो भने मेरो त के गति भयो होला ? दिमित्रिसका बारे मैले सुनेका कुराहरु साँचो रहेछन् । उसले चाहेको अवस्थामा वास्तवमै ऊ जहाँ जसरी पनि प्रकट हुन सक्थ्यो । उसको पहुँच कहाँसम्म थियो होला भन्ने कुरा बुझ्न मलाई एक सेकेण्ड पनि लागेन । हुन त म आफै पनि लातभियाको निकै पहुँच, श्रोत र साधन भएका मानिसहरु मध्ये एक थिएँ । तर, दिमित्रिस खूँख्वार अपराधी पनि थियो । उसको सामु मेरो कुनै कुराको महत्व थिएन । भन्छन् नि, ‘हराम से राम भी डरे’, मेरो अवस्था त्यस्तै थियो ।”
बिनोद खड्कालाई चुरोटको तलतल लाग्यो । हुन त त्यो अस्पताल थियो, तापनि त्यतिबेला रातको चकमन्नमा माथि कौसीमा कसले के भन्ला र भन्ने सोच्दै उसले आफ्नो खल्तीबाट निकालेर एउटा चुरोट सल्कायो र गम्भीर भएर धूँवा उडाउन थाल्यो । 
सर्वेश्वर उसले उडाएको धूँवासंगै उडेर फेरि लातभियातिर फर्कियो । 
ààà
स्तव्ध र सेतो भएको सर्वेश्वरको अनुहारमा आफ्ना बल्ड्याङ्ग्रे आँखा गाडेर दिमित्रिसले भन्यो,
“हुन त चाहें भने म...”
उसले आफ्नो मोटो बूढी औंला र चोर औंला सर्वेश्वरको नाकै अघिल्तिर ल्याएर चुट्की बजाउँदै भन्यो,
“...तिम्रो छाउरोलाई यहीं भुसुनाजसरी किचिमिचि पारिदिन सक्छु ।”
त्यो चुट्कीको आवाज सर्वेश्वरको कानमा डाइनामाइट जसरी पड्कियो । दिमित्रिसको चीसो स्वरले उसलाई भित्रैसम्म सिरिङ्ग भयो ।
दिमित्रिसले भन्यो,
“तर तिम्रो छाउरो अस्पतालको बेडमा बेहोशीको अवस्थामै म¥यो भने त मेरी लोनिजामाथि ठूलो अन्याय हुन्छ । मेरी छोरीको ज्यान लिने मानिसले यति सजिलोसंग कहाँ मुक्ति पाउँछ र ? उसले त मेरो हातबाट मर्नु छ । केका लागि मर्दैछु भन्ने थाहा पाएर । विश्वास गर कोइराला, आजसम्म संसारमा कसैको त्यति लामो र पीडादायी मरण भएको छैन । त्यसका लागि ऊ ठीक हुनै पर्छ । म डाक्टर लुकालाई त्यही कुरा भन्न आएको हूँ ।”
सन्तानको मोहले सर्वेश्वरलाई यति लाचार बनाइसकेको थियो, ऊ कुर्सीबाट उठेर दिमित्रसको घुँडामा छाँद हाल्न पुग्यो  । एउटा लाचार बाबुले पिलपिल गर्दै भन्यो,
“त्यो एउटा दुर्घटना थियो मिष्टर दिमित्रिस । मेरो छोराले जानीजानी गरेको होइन । लोनिजाको मृत्युमा म पनि दुःखी छु । तर मेरो छोरा आफै पनि जीवनमरणको दोसाँधमा लडिरहेको छ । ऊ पनि त्यहीं मर्नसक्थ्यो ।”
दिमित्रिसलाई उसको पिलपिलले रत्तिभर पनि असर गरेन । उसले अझै चीसो स्वरमा भन्यो,
“लागू पदार्थको सुरमा होशमा नहुने गरी लापरवाही पूर्वक गाडी चलाएर उसले मेरी छोरीको ज्यान लिएको छ कोइराला । यसलाई तिमी दुर्घटना भनेर उम्किन सक्दैनौ ।”
सर्वेश्वरलाई उसको कठालो समातेर एउटा प्रश्न गर्न मन लागेको थियो, ‘कसले गथ्र्यो लागू पदार्थको व्यापार ? जुन अपराधबाट तैंले आफ्नो साम्राज्य खडा गरिस्, त्यही नै तेरी निर्दोष छोरी मारिनुको कारक तत्व बन्यो । तेरो पापको फल तेरी निर्दोष छोरीले भोग्नुप¥यो । अब तँ मेरो छोरालाई हत्याराको रुपमा उभ्याएर आफ्नो पाप उसको टाउकोमा हाल्न चाहन्छस् ?’
तर उसलाई थाहा थियो यस्तो तर्क गरेर कुरा झनै बिग्रन्छ । पैसाको लोभ दिमित्रिसको लागि कुनै माने राख्दैनथ्यो । त्यसैले सर्वेश्वरले हुनसक्नेजति उसको सामु हातपाउ ग¥यो । तर दिमित्रिस टसमस भएन । उसको एउटै रट थियो, राजेशलाई ठीक पार्ने, अनि सजायँ दिने । सजायँ पनि यस्तो जसको वकील र न्यायाधीश दुबै ऊ नै हुन्थ्यो । कस्तो अचम्मको अवस्थामा थियो एउटा लाचार बाबु भने, ऊ आफ्नो छोरा चाँडै ठिक होस् भनेर प्रार्थनासम्म पनि गर्न सक्दैनथ्यो । त्यही बेला कोठामा एउटा अर्को मानिसको प्रवेश भयो । दिमित्रिसले त्यस मानिसलाई पुलुक्क हे¥यो मात्र । उसले आँखाले केही ईशारा ग¥यो । दिमित्रिस कुर्सीबाट उठ्यो र डाक्टर लुकालाई भन्यो,
“म अरु धेरै बेर यहाँ बस्न सक्दिनँ डाक्टर । कुकुरहरुले मेरो गन्ध सुँघिसकेका छन् । जानु अघि म त्यही कुरा दोहो¥याउन चाहन्छु । कोइरालाको छाउरो मर्न हुँदैन । त्यो म¥यो भने धेरै अरु मानिस उसको सती जानेछन् ।”
डाक्टर लुका असहाय भावले केही बोल्न नसकी बसिरह्यो । दिमित्रिस र त्यो मानिस हतारिएर कोठाबाट बाहिर निस्किए । बाँकी दुबैले लामो सास फेरे । डाक्टर लुका पहिलोपल्ट भडास निकालेर बोल्न थाल्यो,
“हामी डाक्टर भगवान होइनौं । हामीले चाहेर हुने भए कुनै पनि बिरामीको निधन हुँदैन । यो के भाउँतोमा फसियो । एउटा यस्तो मान्छेलाई बचाउने जिम्मेवारी हाम्रो टाउकोमा छ, जसको ‘डेथ सेन्टेन्स’ पहिले नै तोकिइसकेको छ । न उसलाई मर्न दिन सकिन्छ, न बचाउने प्रयास गर्न ।”
सर्वेश्वर केही बोल्न सकिरहेको थिएन । एउटा बाबुका लागि त्यो भन्दा दुखद र पीडादायी कुरा अरु के हुनसक्छ जब उसले आफ्नो एक्लो छोरा बरु अस्पतालको बेडमै मरोस् भन्ने कामना गर्न परोस् । निकै बेर सोचेर उसले डाक्टरलाई भन्यो,
“डाक्टर लुका, यस्तो कुनै उपाय छैन जसले गर्दा राजेश चाँडै ठीक पनि नहोस् तर ज्यूँदै पनि रहोस् ? त्यसो हुँदा मसंग यो समस्याको समाधानका बारे सोच्ने केही समय प्राप्त हुन्छ । अहिले हामी दुबै एउटै समस्याबाट पीडित छौं र त्यो समस्याको नाम हो, दिमित्रिस इभानोभिच् ।”
डाक्टर लुकाले उसको कुरा मनन ग¥यो । तर ऊ बोल्न सकेन । बोल्नका लागि उससंग केही हुनु पनि प¥यो नि । सर्वेश्वरले नै भन्यो,
“म राजेशलाई चुपचाप दिमित्रिसको पञ्जाबाट उम्क्याएर उसको पहुँचभन्दा पर कतै लैजान सक्छु । त्यसको लागि मलाई केही समय चाहिन्छ । प्लीज हेल्प मी डाक्टर । म तपाईंले जे भने पनि, जति भने पनि तिर्न तयार छु ।”
डाक्टर लुकाले भन्यो,
“मिष्टर कोइराला, संसारका सबै कुरा पैसाले सुल्झाउन सकिन्न भन्ने कुरा तपाईंले अब त बुझिसक्नुभएको होला । हामी आफूले सक्नेसम्म गर्नेछौं । तर प्लीज, पैसा र रुपैंयाको लोभ नदेखाउनुस् । म एउटा डाक्टर हूँ र मेरो धर्मले जे गर्नुपर्ने हो म गर्छुृ ।”
सर्वेश्वरले उसको हात आफ्नो दुबै हातमा टप्प अँठ्यायो र कृतज्ञ भावले भन्यो,
“मलाई गलत नबुझ्नुहोला डाक्टर प्लीज । तपाईंलाई धेरैधेरै धन्यवाद ।”
यति भनेर ऊ फटाफट कोठाबाट बाहिर निस्क्यो । समय कम थियो र सोच्नुपर्ने अनि गर्नुपर्ने कुरा धेरै । सर्वेश्वर इल्मार्ससंग सल्लाह गर्न चाहन्थ्यो । उसले अहिले विश्वास गर्न सक्ने मानिस इल्मार्स मात्र थियो । इल्मार्स उसैलाई कुरिरहेको थियो । दुबैजना अस्पतालबाट निस्के ।
“कहाँ जाने ?” इल्मार्सले गाडी अस्पतालको पार्किंगबाट निस्केपछि सोध्यो । 
“सडकहरुमै यता र उति गुडिराख इल्मार्स । अनि मेरो कुरा ध्यान दिएर सुन ।”
गाडी लातभियाका सडकहरुमा निरुद्देश्य घुमिरह्यो । सर्वेश्वरले अहिलेसम्मका नालीबेली बिस्तारमा सुनायो । इल्मार्स केही नबोली सबै कुरा सुनरह्यो ।
ààà
काठमाण्डौको अस्पतालको कौसीमा चीसो बढेको थियो । रात पनि निकै छिप्पिसकेको थियो । बिनोदले सर्वेश्वरलाई भन्यो,
“तलै जाऊँ होला अब । चीसो हुन थाल्यो ।”
सर्वेश्वरले मौन सम्मति जनायो । उनीहरु फेरि डाक्टर धितालले बन्दोवस्त गरिदिएको कोठामा आए । सर्वेश्वरले भन्यो,
“हाम्रो दिमागले केही पनि काम गरिरहेको थिएन । मलाई जिन्दगीले ‘डू अर डाइ’ भन्ने अवस्थामा ल्याइदिएको थियो । गर या मर । मैले कि त गर्नुपथ्र्यो, कि त मर्नुपथ्र्यो । सैंतीस दिन अस्पतालमा जीवन र मृत्युसंग लडेर राजेश विजयी भयो । अर्को दुई महीनामा ऊ त्यहाँबाट अन्त लैजान सकिने अवस्थामा आयो । हुन त डाक्टर लुकाले उसको अवस्था लुकाउन सक्नेजति सहयोग गरिरहेको थियो । तर धेरै लामो समयसम्म त्यसलाई धान्न सकिँदैन थियो भन्ने हामीलाई थाहा थियो । मैले त्यतिन्जेलमा दुब्रोभ्निखको गोप्य र सुरक्षित सुधारगृहको बारेमा पत्ता लगाइसकेको थिएँ । योहान्सले पनि दश लाख यूरोको सोझो गरेर मलाई निकै सहयोग ग¥यो । हामीले राजेशलाई अस्पतालबाट ठूलो रिस्क लिएर गायब पा¥यौं र दुब्रोभ्निख पु¥यायौं । त्यहाँ उसको कुलतको उपचार भयो ।” 
ààà
बिनोद खड्का चमत्कृत भावले सर्वेश्वर कोइरालालाई हेरिरहेको थियो । सर्वेश्वर भन्दै थियो,
“त्यतिबेलासम्म लातभियामा दिमित्रिसका मानिसहरु धुँइपत्ताल गरेर राजेशको खोजीमा लागिरहेका थिए । ढीलाचाँडो उनीहरुले उसलाई भेट्टाउँछन् भन्ने मलाई डर थियो । त्यस अवस्थामा म र राजेश दुबैका लागि त्यहाँ खतरा थियो । मैले आफ्नो सबै समेटें र चुपचाप नेपाल फर्किएँ । म यहाँ आएर ‘लो प्रोफाइल’ बस्नुको कारण पनि त्यही थियो इन्सपेक्टर । बिस्तारै मलाई मेरो अतीतले पछ्याउन छोडिसकेको भान हुन थाल्यो र मैले शान्तिको सास फेर्न थालें । तर त्यही बेला अचानक, एक दिन राजेश गायव भयो । ऊ कुन अवस्थामा फेला प¥यो भन्ने कुरा त मैले यहाँलाई भनिरहनै परेन ।”
इन्सपेक्टर बिनोद खड्काले गम्भीर स्वरमा प्रश्न ग¥यो,
“के दिमित्रिसका मानिसहरु यहाँसम्म आइपुगेका हुनसक्छन् ?”
“ठोकुवा गरेर त म भन्न सक्दिनँ तर मलाई त्यस्तै शंका लाग्छ । त्यसो हो भने मेरो छोरा खतरामा छ । त्यसैले मलाई उसको कस्टडी छिटोभन्दा छिटो दिलाइदिनुस् ताकि म उसलाई अरु कुनै सुरक्षित स्थानमा लैजान सकूँ ।” 
बिनोदले उसलाई ढाडस दिंदै भन्यो,
“राजेश वा जेसुकै उसको नाम होस्, होशमा आयो भने उसले आफै वास्तविकता बताइहाल्छ । रह्यो उसको सुरक्षा, त्यसमा तपाईं ढुक्क हुनुहोस् । म उसको सुरक्षा बढाइदिन्छु । उससम्म मान्छे त के कुनै कमिला पनि पुग्न सक्दैन । यो मेरो तपाईंलाई वाचा भयो । तर त्यसअघि म अरु तीनजनाको कुरा नसुनी केही भन्न सक्दिनँ सर्वेश्वरजी ।”
सर्वेश्वर केही बोलेन । उसलाई बिनोदको कुरा मन परिरहेको थिएन । तर उसले गर्नसक्ने केही थिएन । इन्सपेक्टर बिनोदले उसलाई आदेश दियो,
“तपाईं बाहिर जानुहोस् । अनि कृपया कामिनी विष्टलाई यहाँ पठाइदिनुहोस् । अब पालो कामिनीको कथा सुन्ने हो ।” 


१४ 
सर्वेश्वरराज कोइराला केही नबोली उठ्यो र बाहिरतिर जान थाल्यो । त्यही बेला खड्काको भाइबरमा कुनै सन्देश आएको संकेत आयो । उसले केही समय अघि आफ्नो सहायकलाई इन्टरनेटमा लातभिया र सर्वेश्वरराज कोइरालाको बारेमा खोजी गर्न र भएको सूचना बटुल्न अह्राएको थियो । सहायकको सन्देश पढेर ऊ जिल्ल प¥यो । लातभियामा सर्वेश्वरराज कोइरालाको उपस्थितिका बारे कतै केही पनि जानकारी थिएन । उसले ढोकैमा पुगिसकेको सर्वेश्वरलाई रोक्दै भन्यो,
“एक मिनेट मिष्टर कोइराला ।”
सर्वेश्वर फरक्क फर्कियो र प्रश्नवाचक भावले उसलाई हेर्न थाल्यो । खड्काले आफ्नो सहायकको सन्देशको बारे उसलाई बतायो । सर्वेश्वरले निश्चिन्त भावले भन्यो, 
“इन्सपेक्टर, पूरै रामायाण सुनायो–सीता कसकी जोइ भनेजस्तो कुरा नगर्नुस् न । दिमित्रिसजस्तो खतरनाक अपराधीबाट आफ्नो छोरालाई बचाउनका लागि आफ्नो भएभरको साम्राज्य छोडेर हिंड्ने मजस्तो मानिसले के आफ्नो पछि पैंतालाका स्पष्ट डामहरु छोडेर हिंड्यो होला ?”
बिनोदले अलि अलमलिएको भावले सोध्यो,
“स्पष्ट कुरा गर्नुहोस् प्लिज ।”
लामो सास फेरेर उसले भन्यो,
“लातभियामा कुनै सर्वेश्वरराज कोइराला नाम गरेको मानिस र राजेशराज कोइराला नाम गरेको उसको छोरो भेटिंदैन । यो नाम र परिचय त मैले त्यहाँबाट भाग्ने बेला प्रयोग गरेको हूँ । दिमित्रिसले हामीलाई खोज्न नसकोस् भनेर । तपाईं योहान्स, दिमित्रिस, इल्मार्स, लोनिजा, रिगा, लिभू स्क्वायर नाइटक्लब र कार दुर्घटनाजस्ता शव्दहरु हालेर खोज्न भन्नुस् । त्यहाँ मेरो नाम के थियो भनेर थाहा भइहाल्छ । इट्स सिम्पल ।”
मौन इन्सपेक्टर खड्कालाई छोडेर ऊ बाहिर निस्क्यो । खड्काले आफ्नो सहायकलाई फेरि नयाँ निर्देशन दियो र ऊ गम्भीर भएर सोच्दै कामिनी विष्टको प्रतीक्षा गर्न थाल्यो । एक मिनेट पनि नबित्दै अलिकति ढोका खोलेर चिहाउँदै कामिनीले सोधी,
“म भित्र आऊँ सर ?”
“आउनुस्, आउनुस् । बस्नुस् ।” खड्काले आफ्नो अगाडिको मेच देखायो । कामिनी सर्वेश्वर बसेकै मेचमा बसी । अनि बस्नासाथ जुरुक्क उठेर अर्को मेचमा सरी । खड्काले उत्सुक आँखाले उसलाई हे¥यो । उसले भनी,
“मलाई अरु मानिस बसेको तातोमा दिङमिङ लाग्छ सर ।”
बिनोद खड्काले उसलाई नियालेर हे¥यो । कामिनी आकर्षक र सुन्दर युवती थिई । उसका आँखाहरु ठूलाठूला थिए । नाक सुलुत्त परेको र फेदमा आएर हो कि होइन भनेझैं उचालिएको थियो । उसका ओठहरु पनि पुक्क परेका थिए । च्यूँडोमा अलिकति खाडल परेको थियो । उसको शरीर छिनाले ताछीताछी कुँदेको जस्तो थियो । बिनोद खड्काले आफूलाई क्वारक्वार्ती हेरिरहँदा ऊ अलि असहज भई । त्यो चाल पाएर बिनोदले भन्यो,
“अन्यथा नलिनू होला । हाम्रो कामै हरेक कुरालाई सूक्ष्म रुपमा हेर्ने हो ।”
“इट्स ओ के सर ।”
केही बेर दुबै बोलेनन् । कामिनीले निर्दोष पाराले सोधी,
“त्यो कोइराला भन्ने मान्छेले के भन्यो सर ? ऊ झूट बोल्दैछ भन्ने तपाईंलाई थाहा भयो होला नि हैन ?”
कामिनीको अवोध सुन्दरता, जलतरंग बजेकोजस्तो स्वर र आँखाको नशालु भावले जो कसैलाई पनि उसले चाहेको कुरा बकाउन वा मनाउन सक्थ्यो भन्ने बिनोदलाई लाग्यो । उसजस्तो कठोर प्रहरीलाई समेत त्यसको प्रभावमा नआउन कसरत गर्नुपरिरहेको थियो भने साधारण मानिसको के कुरा ? तर त्यो उसको प्राकृतिक स्वरुप नै थियो वा ऊ कुनै निश्चित उद्देश्यप्राप्तिका लागि अभिनय गरिरहेकी थिई भन्ने कुरा यसै भन्न सकिन्नथ्यो । प्रहरीका लागि प्रमाणित नहुन्जेल निर्दोष पनि शंकाका घेरामा अनि दोषी पनि निर्दोष नै रहन्छन् । उसले भन्यो,
“अरुले के भने भन्ने कुरा मेरो लागि छोडिदिनुस् । तपाईं आफ्नो कुरा सुनाउनुस् कामिनी ।”
कामिनी एकान्तमा हेर्दै टोलाई र भन्न थाली,
“मेरो खास नाम त छायाँ हो, तपाईंलाई थाहै छ । कामिनी मेरो उहाँले नै राखिदिनुभएको नाम हो । बिहे अघिको मेरो थर नेपाली हो ।”
“नेपाली ?”
“हजुर । म अनाथ हूँ । म कोहलपुरको नजीकै एउटा सानो र साधारण अनाथालयमा हुर्केकी हूँ । जन्म दिने आमाले बाटोको छेउमा मिल्क्याएर गएकी एउटी नवजात शिशुलाई कसैले त्यहाँसम्म पु¥याइदिएको थियो । म जो कोही पनि हुन सक्थें र पनि म कोही पनि थिइनँ । त्यसैले अरु सरह मेरो पनि थर नेपाली भयो । त्यहीं नै मेरो प्रारम्भिक शिक्षादीक्षा भयो । निश्चित उमेरपछि अनाथालय छाड्नुपर्ने हुन्छ । म पनि त्यहाँबाट निस्केर एउटा कपडा पसलमा सेल्सगर्लको जागीर खाएर आफ्नो बाँकी पढाइ पूरा गर्दै थिएँ । मलाई कोर्सका किताबमात्र नभइ साहित्यमा पनि रुचि थियो । विशेष गरेर कविता । आफू पनि अलिअलि कोर्थें तर आफैमात्र पढ्थें । दुइ वर्ष अघिको कुरो हो, नेपालगञ्जमा कला साहित्य महोत्सव आयोजना हुन लागेको कुरा थाहा भयो । म उत्साहित भएँ किनभने स्थानीयका साथसाथै देशभरिका नाम चलेका लेखक र कविहरु त्यहाँ आउने भएका थिए । ती मध्ये एक थिए, 
भ्रमर ‘भावुक’ ।
ààà
सिद्धार्थ होटलको सभाकक्ष टनाटन दर्शकश्रोताहरुले भरिएको थियो । गर्मी थियो, तै पनि सबै त्यसको कुनै वास्ता नगरी काव्यिक वातावरणको आनन्द लिइरहेका थिए । भर्खरै एउटा वहस सकिएको थियो, 
‘किन बिक्दैनन् कविताहरु ?’
आख्यानको तुलनामा कविताहरु किन बिक्दैनन् भन्ने विषयमा नेपालगञ्ज वरपरका दुई प्रख्यात कविहरुका साथमा काठमाण्डौबाट आएका पाहुना भ्रमर भावुकले निकै गहन विश्लेषण पस्किएका थियो । भ्रमर ‘भावुक’ले कविता लेख्नु आफ्नो पागलपन भएको बताएको थियो । साधारण पहिरनमा आयोजकहरुले चिनोको रुपमा प्रदान गरेको गम्छा भिरेको भ्रमर ‘भावुक’लाई मन्त्रमुग्ध भएर हेरिरहेकी, उसका एक–एक शव्दलाई स्वाद लिएर निलिरहेकी थिई एउटी सुन्दर र आकर्षक युवती । 
छायाँ नेपाली ।
छायाँका लागि त्यो दिन कुनै पर्वभन्दा कम थिएन । किनभने बहसपछि भ्रमर ‘भावुक’ले आफ्ना केही कविताहरु वाचन गर्ने कुरा संचालकले शुरुमै बताएका थिए । उसलाई व्यग्रताका साथ त्यस क्षणको प्रतीक्षा थियो । आफ्नो प्रिय कविलाई ऊ पहिलोपटक प्रत्यक्ष देखिरहेकी थिई । भ्रमर ‘भावुक’का कविताहरु प्रकाशित हुँदा उसको फोटो कहीं पनि हुँदैन थियो । छायाँलाई अचम्म लाग्थ्यो । किन होला ? उसले त्यसका बारे निकै सोचेकी थिई । कहिले उसलाई लाग्थ्यो भ्रमर ‘भावुक’को बाहिरी रुप असाध्यै नराम्रो थियो होला । त्यसैले ऊ आफ्नो फोटो दिंदैनथ्यो । त्यस्तो बेला उसलाई लाग्थ्यो, बाहिरी रुप त आडम्बर मात्रै हो । त्यो क्षणिक कुरा हो । त्यति सुन्दर कविताहरु लेख्ने मानिसको मन पनि सुन्दर हुनुपर्छ । त्यही नै सबैभन्दा ठूलो कुरा हो । कहिलेकहीं उसलाई लाग्थ्यो भ्रमर ‘भावुक’को रुप पनि उसका कविताहरुजस्तै सुन्दर हुनुपर्छ । अझ त्यसभन्दा बढी । शायद कसैको आँखा नलागोस् भनेर उसले आफूलाई संसारको आँखाबाट लुकाउने गरेको हुनुपर्छ । त्यस्तो बेलामा ऊ भ्रमर ‘भावुक’को एउटा काल्पनिक छायाँचित्र आफ्नो मनको क्यानभासमा कोर्न थाल्थी । बिभिन्न कल्पनाहरु थरिथरिका ब्रशहरु बनेर त्यहाँ बराल्लिन थाल्थे । ‘भ्रमर भावुक’का उसले पढेका कविताहरु रंग बनेर पोतिन थाल्थे । अनि जुनसुकै चित्र बनेपनि, त्यो उसलाई सुन्दर लाग्थ्यो । 
कहिलेकहीं ऊ सोच्थी, कस्तो हुन्छ होला भ्रमर ‘भावुक’कै मुखबाट उसका कविताहरु सुन्दै उसको काखमा टाउको अडाउनु ? एक हातले आफ्ना कविताको डायरी समाएर, अर्को हातका औंलाहरुले बिस्तारै उसको कपाल चलाउँदै गर्दा उसले पढिरहेका कविताहरु सुन्दै निदाउनु कस्तो अनुभव हुन्छ होला ? यस्तो विचार आएको बेला छायाँ नेपाली आफैसंग लजाउँथी । उसको गोरो अनुहारमा लाजका लालीहरु पोतिन्थे । यस्तै कल्पनाहरु गर्दै कति रात निदाएकी थिई ऊ । अनि कति रात अनिंदो पनि काटेकी थिई । भ्रमर ‘भावुक’का प्रकाशित कविताहरु भेटेसम्म काटेर एउटा डायरीमा टाँसेर पनि राखेकी थिई । 
त्यही भ्रमर ‘भावुक’लाई आज ऊ बीसपच्चीस फीटको दूरीमा देखिरहेकी थिई । उसको स्वर सुनिरहेकी थिई । उसले कल्पना गरेको दुई विपरित रुपको बीचमा थियो भ्रमर ‘भावुक’ । न ऊ हेर्नै नहुने नराम्रो थियो, न त असाध्यै राम्रो । उसका आँखा गहिरा थिए । अलिअलि झुसझुस दाह्री चाहिँ काटेकै भए अझ सुहाउँथ्यो होला उसलाई । भ्रमर ‘भावुक’को स्वर ओजपूर्ण थियो । उसको काखमा आफ्नो टाउको भलै नहोला, उसका औंलाहरु मायालु पाराले आफ्ना कपालमा भलै नचल्लान्, तर भ्रमर ‘भावुक’को स्वरमा नै उसको कविता सुन्न त पाउने थिई छायाँले । बोल्दाबोल्दै एकपटक दर्शक श्रोताहरुमा आँखा डुलाउने क्रममा एकपटक भ्रमर ‘भावुक’का गहिरा आँखा उसका आँखाहरुसंग ठोक्किन पुगेका थिए । एकै क्षण ती त्यहाँ अडेका थिए । उसलाई भ्रमर ‘भावुक’को ओठमा मधुरो मुस्कान प्रकट भएकोजस्तो लागेको थियो । कि ती दुबै कुरा उसका भ्रम थिए ? त्यसपछि पनि ऊ एकटक भ्रमर ‘भावुक’को अनुहारमै आँखा गाडेर सुनिरहेकी थिई । तर भ्रमर ‘भावुक’का आँखाहरु फेरि भौंतारिएर उसमा परेका थिएनन् । तै पनि, उसका लागि अरु कोही पनि त्यहाँ थिएनन् । मात्र ऊ थिई, अनि भ्रमर ‘भावुक’ । त्यही बेला सबैले करतलध्वनिमा थपडी बजाएर उसलाई आफूहरु पनि त्यहाँ भएको कुरा सम्झाए । बहस सकिएको थियो । संचालकले सबैलाई धन्यवाद प्रकट गरेर भन्यो,
“अब म कवि भ्रमर ‘भावुक’लाई आफ्ना केही कविता सुनाइदिनुहुन अनुरोध गर्दछु ।”
भ्रमरले खल्तीबाट केही पानाहरु निकाल्यो । छायाँको मुटु बेतोड उफ्रिन थाल्यो । भ्रमरले चार–पाँचवटा लामा–छोटा नयाँ र पुराना कविताहरु सुनायो । छायाँ सम्मोहनमा परेको मानिस सरह मन्त्रमुग्ध भएकी थिई । अर्को कार्यक्रम शुरु हुनेबेला भएपछि भ्रमर ‘भावुक’ दर्शकहरुसंग बिदा मागेर मञ्चबाट ओर्लियो र बाहिरतिर लाग्यो । छायाँ पनि हतारहतार निस्की । उससंग बोल्ने अर्को मौका फेरि पाइएला नपाइएला के थाहा । बाहिर चौरमा उसले भ्रमर ‘भावुक’लाई भेट्टाई । उसलाई बोल्न पनि लाज लागिरहेको थियो तर उसले नमस्ते गरी र आफू उसका कविताहरुको प्रशंसक भएको बताई । भ्रमरले ‘भावुक’ले उसलाई औपचारिक धन्यवाद दियो । छायाँले केही सम्झेझैं आफ्नो डायरी उसतिर तेस्र्याई र भनी,
“अटोग्राफ प्लीज ।”
भ्रमरले खल्तीबाट कलम निकाल्यो । अचानक किन हो छायाँको मुखबाट सोच्दै नसोचेको कुरा आफै निस्क्यो,
“एउटा विनम्र अनुरोध । तपाईंले आफ्नो वास्तविक नाम लेखिदिनुभए म अनुगृहित हुने थिएँ ।”
भ्रमर ‘भावुक’ले उसलाई पुलुक्क हे¥यो, मुसुक्क मुस्कायो र छायाँको डायरीमा कलात्मक अक्षरमा लेख्यो,
“जनकध्वज विष्ट ।”


१५
‘ए, उसको खास नाम त यस्तो पो रहेछ ।’ छायाँले मनमनै सोची । उसलाई पनि आफ्नो खास नाम पटक्कै मन पर्दैन थियो । कस्तो नकारात्मक लाग्थ्यो उसलाई आफ्नो त्यो नाम । उसले भ्रमरलाई सोधी, “आफ्नो नाम किन परिवर्तन गर्नुभएको ?”
भ्रमर खिस्स हाँस्यो । उफ्...हाँस्दा कति हिसी परेको देखिन्थ्यो ऊ । छायाँलाई आफ्नो मुटु नै उफ्रेर घाँटीमा आइपुगेको जस्तो लाग्यो । भ्रमरले भन्यो, “कलेज पढ्ने बेलातिर लेख्न थालियो । मलाई आम मानिसका पीडाहरु लेख्न मन लाग्थ्यो, अनि प्रेमका कविताहरु । साथीहरुले भने, जनकध्वज विष्ट भन्ने नामै सामन्ती जस्तो छ । न यो सामाजिक न्यायका लागि लेख्ने जस्तो छ, न रुमानी । मलाई पनि हो जस्तै लाग्यो । त्यसैले भ्रमर ‘भावुक’ भनेर लेख्न थालें ।”
छायाँले भनी, “भ्रमर..अर्थात् भमरो । एउटा फूलको रस चुसेर अर्को फूलमा भौंतारिरहने भमरो त झनै ठूलो शोषक हो नि । अनि त्यो कहाँ भावुक हुन सक्छ र ?”
भ्रमर भावुकले उसलाई क्वारक्वार्ती हेरिरह्यो । छायाँलाई अप्ठ्यारो लाग्यो । यसरी प्वाक्क किन बोल्नु परेको होला ? उसलाई पछुतो भयो । उसले कुरा सपार्न खोज्दै भनी, “माफ गर्नुहोला । मैले भन्न खोजेको कुरा...”
उसको कुरा काट्दै भ्रमरले भन्यो, “हैन हैन । तपाईँले भन्नुभएको एकदमै ठीक हो । मैले यस हिसाबबाट त आजसम्म सोचेको थिइनँ । तर विश्वास गर्नुस्, तपाईंले भनेको जस्तो भमरो चाहिँ म हैन । म भावुक पनि छु ।”
यसो भन्दाभन्दै मनमनै भ्रमर सोच्दै थियो, ‘म किन उसलाई स्पष्टीकरण दिइरहेको छु । म के हूँ, कस्तो हूँ भन्ने कुरासंग उसलाई के मतलब र ? ऊ त मेरा कविताहरुको पाठक मात्र न हो ।’
दुबै एक छिन केही बोलेनन् । छायाँले विषय परिवर्तन गरी, “कहिलेसम्म नेपालगञ्जमा ?”
“पर्सी फर्किने हो । हुन त मेरो सेसन आज सकियो । तर पहिलोपटक नेपालगञ्ज आएको हुनाले राम्ररी सहर नै देखेको छैन । त्यसैले भोलि यताउति घुमघाम गर्न अड्किएको हूँ । तपाईं भन्नुस् न बरु, तपाईं त यतैको मान्छे । हेर्ने घुम्ने ठाउँहरु कुनकुन होलान् ?”
फेरि एकपटक नचाहँदा नचाहँदै छायाँको मुखबाट मनका कुराहरु शव्द बनेर हाम्फालिहाले,  “भन्ने मात्र किन ? चाहनुहुन्छ भने म तपाईंलाई घुमाइदिन पनि सक्छु हाम्रो सहर ।”
बोलेको कुरा त ऊ कसैगरीपनि फिर्ता लिन सक्दिनथिई । हत्तेरी, के भन्ठान्यो होला भ्रमरले ? उसले आँखा झुकाई । भ्रमर मुस्कायो र भन्यो, “यो त मेरो सौभाग्य हुनेछ ।”
छायाँले निश्चिन्तताको लामो सास फेरी । उसले सोधी, “तपाईं कहाँ बस्नुभएको छ ?”
“आयोजकहरुले सिद्धार्थ होटलमा राखेका छन् ।”
छायाँले भनी, “म बिहान आठ बजे तपाईंलाई लिन आउँछु । 
भ्रमरले भन्यो, “म बिहान आठ बजे तयार भएर तल ओर्लेर बसिरहन्छु ।”
“उठ्न त सक्नुहुन्छ नि त्यति बेलै ?”
“त्यसको पीरै नगर्नुस् । म जति बजे सुते पनि पाँच बजे व्यूँझने मानिस हूँ ।”
छायाँ उसलाई नमस्ते गरेर गई । 

त्यस रात छायाँलाई निन्द्रा नै लागेन । जीवनमा कल्पनामात्र गरेका तर पूरा हुने सम्भावनासम्म पनि नदेखेका कुराहरु पनि अनायास, अप्रत्याशित रुपमा वास्तविक भइदिंदा रहेछन् । भ्रमर भावुकका हरेक कविता पढ्दा छायाँले कुनै दिन उससंग भेट होला भन्ने आशा गरेकी थिई । त्यो भेट कस्तो हुन्छ, के कुरा हुन्छ भन्ने बारेमा उसले दुई तीन सय फरक फरक कल्पनाहरु गरेकी थिई । तर वास्तविक भेट ती सबैभन्दा नितान्त पृथक भइदियो । छायाँ भ्रमर भावुकले आफ्नो डायरीमा लेखिदिएका कलात्मक अक्षरहरुलाई एक टक नियालेरै अघाइन । त्यस रात उसले भ्रमरका आफूसंग भएका सबै किताबहरु ओल्टाइ पल्टाई गरिरही । उसले भ्रमर भावुकका हरेक कविताहरु फेरि एकपटक पढी । लौ त भन्ने हो भने अधिकांश त उसलाई मुखाग्रै पनि थिए । उसले कतै सुनेकी वा पढेकी थिई, एकजना केदार शर्मा भन्ने कविलाई माधवप्रसाद घिमिरेका सबैजसो कविताहरु कण्ठै हुन्छन् रे । यस अर्थमा भन्दा छायाँ भ्रमर भावुकको केदार शर्मा थिई । छटपटीमै रात बिताउँदा छायाँ सोचीरही, के भ्रमर भावुकलाई पनि त्यस्तै भएको होला ?

उता भ्रमर भावुकलाई पनि छायाँको सम्झना आइ नै रहेको थियो । हुन त भ्रमरले आफ्ना अरु थुप्रै प्रशंसकहरु नभेटेको त होइन । तर छायाँ अरुभन्दा भिन्न थिई । सुन्दर थिई, त्यो बेग्लै कुरा हो । तर त्यो भन्दा पनि बढी उसको बोलीवचन, व्यक्तित्व र विशेष गरेर उसका आँखाहरुले उसलाई अरु भन्दा भिन्न बनाउँथे । गहिरा थिए ती आँखाहरु, उदास पनि थिए । कुनै सपनाका प्रतिविम्व तैरिरहेका आँखाहरु थिए छायाँ नेपालीका । भ्रमरलाई यस्तो लाग्यो, अनन्त गहिराइमा कतै लुकेर बसेका थिए ती सपनाहरु । छायाँसंग भेट भएको साँझ त्रिभुवन चोकको कुनै एउटा प्रख्यात सेकुवा खाने ठाउँमा आयोजकहरुले अतिथिहरुलाई लगेका थिए । साहित्यकारहरुको जमघट भएपछि त्यहाँ सुरापान हुने नै भयो । सुरापान भएपछि रुमानी वातावरण नहुने पनि कुरा भएन । रुमानी वातावरणमा भ्रमर भावुकका कविताहरुको माग त अपरिहार्य नै भयो । भ्रमरले केही नयाँ कविताहरु सुनायो । ती कविताहरु उसले छायाँलाई सम्झिएर त्यहीं रचेको थियो । रातको पौने एघार बजे मातेका दुई साहित्यकारहरुको वाकयुद्ध मल्लयुद्धमा परिणत भएपछि मात्र जमघटको औपचारिक समापन भयो । साढे एघार बजे होटलको कोठामा गएर नरम बिच्छ्यौनामा डङ्ग्रङ्ग पछारिंदा पनि भ्रमर भावुकको मनमथिंगलमा छायाँका आँखाहरु नाचिरहेका थिए । ऊ तिनै आँखाहरुमा डुबुल्की मार्दै निदायो, कुनै गोताखोरले मोतीका दानाहरु खोजेजसरी उसका सपनाहरु खोज्दै ।

आठ बज्नुभन्दा तीन मिनेट अघि नै भ्रमर भावुक होटलको लबीमा आएर बसिसकेको थियो । त्यसको पाँच मिनेटपछि छायाँ बिष्ट आइपुगी । उसले आकाशे नीलो रंगको कुर्ती र सेतो जिन्स लगाएकी थिई । मेकअप त ऊ गर्दैनथिई । ऊ बिहानी झैं उज्याली देखिएकी थिई । भ्रमर भावुक उसको स्वागतमा अघि बढ्यो । पहिले मुस्कान अनि नमस्तेको आदानप्रदान भयो । दुबै जना बाहिर मूल सडकमा निस्के र बाटो काटे । अर्कोपट्टि उताबाट आइरहेको एउटा इ रिक्सालाई छायाँले हात दिई । दुबै त्यसको पछिल्लो सिटमा बसे । सिट धेरै चौडा नभएको हुनाले उनीहरुको कुम र खुट्टा एकआकार्कसंग लपक्कै टाँसियो । भ्रमर भावुकलाई त्यो न्यानोले रमरम भयो । रिक्साले गति लियो । उताबाट आएको हावाले छायाँको कपाललाई उडाउन थाल्यो । ऊ बेलाबेला आफ्ना लामा र सुलुत्त परेका औंलाहरुले त्यसलाई पन्छाउँथी । लोभी हावा फेरि उसको कपाल चुमेर उडाउन थाल्थ्यो । भ्रमर हावाको डाहाडो गर्दै त्यो मोहक खेल हेरेर रमाइरह्यो । छायाँले कानमा साधारण डिजाइनको चाँदीको टप लगाएकी थिई । ताराको आकारको त्यो टप उसको कानमा निकै सुहाएको थियो । भ्रमरले आफूलाई हेरिरहेको थाहा पाएर उसले पुलुक्क हेरी । भ्रमर चोरी पक्डिएको जस्तो अगाडि हेर्न थाल्यो । छायाँ मुसुक्क मुस्काई । परिस्थितिलाई अलि सहज बनाउने ध्येयले भ्रमरले सोध्यो, “हामी कहाँ जाँदैछौं ?”
छायाँले भनी, “नेपालगञ्ज खानापीनाको लागि पनि प्रख्यात सहर हो । यहाँ बिहान, दिउँसो र साँझका विशेष खानाहरु छन् । पुराना ठाउँहरु ।”
दंग पर्दै भ्रमरले भन्यो, “यो त झनै गज्जब भैहाल्यो नि । म त साह्रै ठूलो खन्चुवा पो हूँ त ।”
दुबै जना धक फुकाएर हाँसे ।
“तर पहिले वागेश्वरी माताको दर्शन । खाने कुरा पछि ।” 
छायाँले तेश्रो चोकमा रिक्सा रोक्न लगाई । भ्रमर ओर्लनेबेलासम्म उसले भाडा तिरिसकेकी थिई । उसले हाँस्दै भनी, “यहाँ भाडामा किचलो हुँदैन । एउटा चोकको दश रुपैंया रेट । चोक गन्ने–पैसा तिर्ने ।”
उनीहरुले वागेश्वरी मन्दिर र जुँगा भएको महादेवको दर्शन गरे । छायाँ नेपालगञ्जका बारेमा बोलीरही । भ्रमर चुपचाप माउको पछि लागेको पाठो जसरी हिंडिरह्यो । मूलसडकमा आएर उनीहरु फेरि रिक्सा चढे । क्याम्पस चोक निर रिक्साबाट ओर्लंदै उसले भनी,“नेपालगञ्ज आएर बिहान चौलिक्काको हलुवा र पराठा खानुभएन भने तपाईंको आधा जिन्दगी खेर गयो ।” 
यसपटक भ्रमरले उसलाई उछिनेर भाडा चुकायो । ऊ चोक गन्दै आएको थियो । साधारण टिनको छानो भएको सानो पसलमा एकजना मोटो मानिस गञ्जी र लुंगी लगाएर आगोमाथि विशाल तावामा हलुवा र पराठा बनाइरहेका थिए । भ्रमरले त्यति सफा, सेतो र आँखै तिर्मिराउने गञ्जी कहिले पनि देखेको थिएन । त्यहाँ मानिसहरुको भीड थियो । ठूलो तावाभरिको एउटै पराठालाई मागेको ग्राम अनुसार चुँडाली–चुँडाली बेच्ने चलन रहेछ । भ्रमरलाई छायाँले मागेको ५०० ग्राम कसरी खानु जस्तो लागेको थियो । तर चौलिक्काको हलुवा र पराठा यति स्वादिलो थियो, उनीहरुले अर्को २५० ग्राम थपेर बुत्याए । भ्रमरले भन्यो, “अब भरेसम्म केही खानै सकिन्न होला ।” छायाँ मिलेका दाँतहरु देखाएर हाँसी र भनी, “यहाँको विशेषता के भने, जति खाए पनि पच्छ । अहिले त्यसो नभन्नुस् । पहिले विदेश भ्रमण त सकेर आऔं ।”

उनीहरु एक्कामा चढेर रुपेहडिया तिर लागे । त्यहाँ फोहोर बजारको रमझम हेर्ने बाहेक अरु केही भएन । छायाँले भनी, “यहाँ कुर्ता सुरुवाल र साडीहरु सस्तो राम्रो पाइन्छ ।” 
भ्रमर पसलहरु हेरिरह्यो । छायाँले पुलुक्क उसलाई हेर्दै भनी, “तपाईंको कसैलाई लगिदिनु छ कि ?”
भ्रमरले उसको आँखामा हेरेर भन्यो, “कुर्ता वा साडी लगिदिने मेरो अहिलेसम्म कोही छैन ।”
के छायाँको अनुहारमा एक किसिमको प्रसन्नता आएको हो ? या त्यो आफ्नो मनको चोर थियो भन्ने कुरा भ्रमरले खुट्याउन सकेन । उसले अप्ठ्यारो मान्दै भन्यो, “आफ्नो सिङ्गै दिन मेरा लागि खर्च गर्नुभएको छ । अन्यथा लिनुहुन्न भने, के बरु म तपाईंका लागि केही सानो उपहार किनिदिन सक्छु ?”
छायाँले भनी, “मलाई लुगाफाटा, गहना र श्रृंगारजस्ता कुराहरुमा रुचि छैन ।” 
भ्रमरले निकै कर गर्दा पनि छायाँले पटक्कै मानिन । रुपेहडियाबाट फर्केर त्रिभुवन चोकको चाट, ओमशान्ति रोडमा मुबारकको विरयानी र कबाब, अनि बेलुका रावडी र मलाइवाला दूध खाएपछि छायाँले भनी, “यति भएपछि नेपालगञ्जको धेरैेजसो अनुभव भयो तपाईंलाई ।”
धम्बोजी चोकबाट छुट्टिनुअघि उनीहरुले फोन नम्बर साटासाट गरे । भ्रमरलाई भोलिपल्ट बिहानै काठमाण्डौ फर्किनु थियो । त्यो सम्झेरै उसलाई वैराग लाग्यो । आफ्नो गुँडतिर फर्किरहेकी छायाँलाई पनि नियाश्रो लागिरहेको थियो । छेउको पसलको रेडियोमा बच्चुकैलाशको गीत बजिरहेको थियो,
“बहकिँदो मन...तँ बहकी नजा,
मायाको देश कहाँ हो कहाँ,
आश नदेखा ए चञ्चल हावा...”
क्रमशः


१६
ऊ सोच्न थाली, कति वर्ष अघि कसैले लेखेको र रेकर्ड भएको यो गीत आज उसका लागि कसरी ठ्याक्कै मिल्ने भएको होला ? भ्रमर भावुकलाई भेटेपछि साँच्चै उसको मन बहकिएको थियो । उसलाई थाहा थियो, यसको परिणाम केही हुने छैन । भ्रमर भावुक काठमाण्डौ पुग्छ र आफ्नो संसारमा हराउँछ होला । केही दिनमा त उसले छायाँ विष्ट भन्ने कोही मानिसलाई भेटेको थिएँ भन्ने पनि बिर्सन्छ होला । त्यसैले ऊ पनि गीतले झैं मनमनै भनिरहेकी थिई, आश नदेखा ए चंचल हावा । तर उसको मन कहाँ मान्थ्यो र ? आफ्नो कोठामा पुगेर उसले मन भुलाउने निकै यत्नहरु गरी । किताब पढ्न खोजी, टेलिभिजन हेर्न खोजी, गीत सुन खोजी । तर जे गरे पनि त्यो सबैले कतै न कतैबाट उसलाई भ्रमर भावुक सम्झाइरहे । हार मानेर उसले त्यो निरर्थक प्रयत्न गर्नै छाडिदिई । दिउँसो भएका कुराकानी, भ्रमरले उसलाई हेरेको आँखाको भाका इत्यादिलाई केलाएर हेर्दा उसलाई लाग्यो, शायद भ्रमर पनि उसप्रति आकर्षित भएको हुनुपर्छ । आखिर उसमा के नै कमी थियो र ? ऊ राम्री थिई, पढेलेखेकी थिई, साहित्यिक चेत राम्रो थियो अनि मुख्य कुरा भ्रमर भावुकको पहिलेदेखिकै प्रशंसक थिई । एउटा मान्छेलाई यतिभन्दा बढी अरु के चाहिन्छ कुनै युवतीप्रति आकर्षित हुनका लागि ? अचानक उसको फोन बज्यो । ऊ तन्द्राबाट झस्केर मुक्त भई । उसले फोन हेरी । उसको मुटुले मानौं ढुकढुक गर्नै बिस्र्याे । उसका सासहरु टक्कै रोकिए । फोनको डिस्प्लेमा आइरहेको थियो,
“प्रिय कवि कलिंग ।” 
भ्रमर भावुकको नम्बर उसले प्रिय कवि भन्ने नाममा केही घण्टा अघिमात्र उसले सेभ गरेकी थिई । के गरौं के गरौं भन्दाभन्दै चार पाँचपटक उसलाई बोलाएर फोन शान्त भयो । उसले हतारहतार त्यही नम्बरमा कल गरी । एकै घण्टीमा उताबाट भ्रमर भावुक बोल्यो,
“हलो...”
उसले भनी, “कति छिटो काटिदिनुभएको ?”
“यस्सो घडी हेरें, अबेर भइसकेको जस्तो लाग्यो । डिस्टर्ब गरें कि भनेर डर लाग्यो । त्यसैले...”
“म एघार बाह्र नबजी सुत्दिनँ ।”
“उसो भए डिस्टर्व भएको छैन ?”
“नाइँ, छैन ।”
“के गर्नुुहुन्छ त्यति अबेरसम्म? टिभी ?”
“नाईँ । टिभी हेर्ने त्यति धेरै ‘शौक’ छैन । किताबहरु पढ्छु ।”
“कस्ता किताबहरु पढ्न रुचाउनुहुन्छ ?”
“जस्तो पनि । यो ऊ भन्ने छैन । शुरुका दश पेजले तानेन भने चाहिँ छोडिदिन्छु ।”
केही बेर मौनता छायो । भ्रमरले सोध्यो,
“त्यसरी छोडेकामा मेरा कुनै संग्रह पनि छ ?”
बेडमा पुल्टुङ्ग पल्टेर छायाँले भनी,
“तपाईंका प्रकाशित सातवटै कविता संग्रह मैले शायद सय्यौं पटक दोहो¥याएकी छु । कुन संग्रहमा कतिवटा कविता छन्, तिनका शीर्षकहरु के के हुन् र कुन पृष्ठमा कुन हरफहरु छन् भन्ने पनि मलाई कण्ठै छ ।”
“साँच्चै ?”
“म झूट बोल्छुजस्तो लाग्यो ?”
“मैले त्यसो भनें र ?”
“नपत्याए परिक्षा लिन सक्नुहुन्छ ।”
“हो त ?”
“हो ।”
एकछिन केही सोचेजसरी मौन भयो भ्रमर भावुक । अनि उसले घाँटी सफा गर्दै भन्यो, “ल त्यसो हो भने भन्नुस्, मेरो चौथो कविता संग्रहको नाम के हो ?”
हाँस्दै छायाँले चुनौती दिई, “प्रश्न स्पष्ट पार्नुहोस् कवि महोदय । चौथो प्रकाशित संग्रह कि, लेखेको चाहिँ चौथो ? किनभने मैले कतै कुनै अन्तर्वातामा पढेकी थिएँ, तपाईंको लेखिएको चौथो संग्रह तीन वर्षसम्म त्यसै रह्यो । पाँचौं चाहिँ पहिले प्रकाशित भयो, चार नम्बरमा ।”
भ्रमर भावुक चमत्कृत भएको थियो । ऊ बोल्न सकेको थिएन । छायाँले नै भनी, “लेखिएर बसेको संग्रहको नाम चाहिँ ‘बरफको तातो’ हो । त्यसमा सत्ताइसवटा कविताहरु छन् । छापिएको चौथो, जुन लेखनको हिसाबले पाँचौं हो, त्यसको नाम ‘आकाश अँगाल्ने रहरहरु’ हो । त्यसमा बत्तीस कविताहरु छन् । मैले ठीक भनें ?”
भ्रमर भावुक साँच्चै नै भावुक भयो । कसैले आफ्ना कृतिहरुसंग यतिविधि प्रेम गर्न सक्छ भन्ने कुरा उसका लागि सुखद हुने नै भयो । छायाँले फेरी भनी,
“सबै कविताका शीर्षकहरु पजि भन्न सक्छु । पालैपालो सबै सुनाउन पनि सक्छु ।”
“भयो भयो । मलाई विश्वास भयो । तर मलाई लागिरहेछ म कुनै सपना देखिरहेको छु ।”
“मलाई पनि तपाईंसंग साँच्चै भेटेकी हूँ, पूरै दिन तपाईंसंग बिताएकी हूँ भन्ने कुरा सपनाजस्तो नै लागिरहेको छ ।”
भ्रमरले गम्भीर स्वरमा सोध्यो,
“यी दुबै कुराहरु के साँच्चै सपना त हैनन् ?”
“तपाईंलाई के लाग्छ ?“ छायाँले प्रतिप्रश्न तेस्र्याई ।
“मलाई थाहा छैन । म भन्नै सक्दिनँ ।”
“त्यसो भए, कसरी निक्र्यौल गर्ने त ?” उसले फेरि अर्को प्रश्न गरी ।
केही बेर सोचेर भ्रमरले भन्यो, “एउटै तरिका छ ।”
“के तरिका ?”
“एक पटक फेरि भेट्ने । अनि ध्यान दिएर एकआर्कालाई हेर्ने । सुन्ने.......एकपटक छोएर हेर्ने ।”
छायाँलाई उसको अन्तिम दुई शव्दले रोमाञ्च भयो । उसको शरीरभरि काँडा उम्रेजस्तो भयो । छोएर हेर्ने ? कस्तो हुन्छ होला त्यो स्पर्श ? के भन्न खोजेका होला भ्रमरले । ऊ केही बोल्न सकिन । भ्रमरले भन्यो, “माफ गर्नुहोला छायाँ । मैले केही गलत आशयले कुनै कुरा भन्न खोजेका होइन । तपाईलाई शायद नराम्रो लाग्यो क्यारे ।”
हतारिंदै छायाँले भनी,
“होइन होइन । त्यस्तो नसोच्नुस् ।”
अलि आश्वस्त भएको भावमा भ्रमरले भन्यो,
“मेरो फ्लाइट भोलि बिहान एघार बजेको हो । दश बने एयरपोर्ट पुग्ने समय । तपाईं चाहनुहुन्छ भने म नौ बजे नै पुग्न सक्छु ।”
केही सोच्दै नसोची छायाँले प्वाक्क भनी,
“तपाईं त पाँचै बजे उठ्ने मान्छे, के गर्नुहुन्छ नौ बजेसम्म ? आठै बजे किन पुग्न सक्नुहुन्न ?”
भ्रमर भावुक निकै बेर केही बोलेन । छायाँलाई लाग्यो, कतै लाइन नै काटिएको त हैन ? त्यही बेला भ्रमरले गम्भीर स्वरमा भन्यो,
“ठीक भन्नुभो । के गर्नू त्यत्रो बेर ? म साढे सातै बजे पुग्छु ।”
छायाँले मुसुक्क हाँस्दै भनी,
“गूड नाइट ।”
अनि उसले लाइन काटिदिई । के गरौं के गरौं झैं एकछिन सोची, खाटमा उत्तानो परेर सिलिंगतिर हेरिरही । तकियालाई अँगालो मारेर एक्लै हाँसी । आफैसंग लजाई र बत्ती निभाइदिई । उसलाई थाहा थियो, आजको रात पनि निन्द्रा आउनेछैन । कुनबेला भाले बास्ला भनेर कोल्टे फेर्दाफेर्दै बित्नेछ यो लामो, निकै लामो रात ।

१७
नेपालगञ्जमा कसरी उनीहरुको पहिलो भेट भएको थियो भन्ने सुनाउँदा–सुनाउँदै ऊ एक छिन सास लिन रोकिई । इन्सपेक्टर बिनोद खड्काले बसिरहेको कुर्सीमै आफ्नो आङ तन्क्यायो र पुलुक्क झ्यालबाट बाहिर हे¥यो । आकाश अलिअलि सिन्दुरे हुन थालेको थियो । रात छर्लङ्गै बितिसकेछ । उसलाई चियाको तलतल लाग्यो । उसले कामिनीलाई भन्यो,
“टी ब्रेक लिऊँ ? बाँकी कुरा त्यसपछि सुनौंला । हुन्छ ?”
कामिनीले सहमति जनाउँदै भनी, “तपाईंले मेरो मुखकै कुरा खोस्नुभयो । मलाई पनि चिया नभइ हुँदैन ।”
इन्सपेक्टर खड्काले उठ्दै भन्यो,
“त्यहाँ तल क्यान्टिन छ । मेरो बिचारमा रातभरि चल्छ । म गएर भनेर आउँछु ।”
कामिनी पनि जुरुक्क उठी र भनी, 
“म पनि तपाईंसँगै आउँछु । कुरा पनि हुँदै गर्छ, अलि फ्रेस पनि भइन्छ ।”
दुबै कोठाबाट निस्के । बाहिर करिडरमासर्वेश्वरराज कोइराला कुर्सीमा अप्ठ्यारोसँग निदाइरहेको थियो । बिमलसिंह परियार चनाखो भएर यता र उति गरिरहेको थियो । ऊ बेलाबेला आफ्ना पाखुराका पाँसुलाहरु तन्क्याइरहेको थियो । रामकृष्ण महर्जन अलि पर बिजुलीको प्लग भएको ठाउँमा आफ्नो मोबाइल फोन चार्जमा जोडेर केही गर्दै थियो । खड्काले उसको छेउबाट जानेबेला पुलुक्क आफ्ना आँखा त्यता पु¥यायो । ऊ त्यसमा फेसबुक खेलिरहेको रहेछ । सर्वेश्वर बाहेक सबैले खड्का र कामिनीलाई उत्सुक आँखाले हेरे । बिनोदले भन्यो,
“हामी तल क्यान्टिनमा चिया खान जान लागेको । तपाईंहरुलाई पनि पठाइदिऊँ ?”
रामकृष्णले मौन सहमति सूचक टाउको हल्लायो । बिमलले भन्यो, 
“म चिया खान्नँ । मलाई हट लेमन ।”
खड्काले खाउँला जस्तो आँखाले बिमललाई हे¥यो र मनमनै भन्यो,
“कुनै दिन राम्रै हट लेमन खुवाउँछु म तँलाई ।”

क्यान्टिन सुनसान थियो । एकजना मानिस काउण्टर पछाडि उँघिरहेको थियो । ऊ ग्राहकहरु आएको थाहा पाएर चनाखो भयो । खड्काले उसलाई भन्यो,
“भाइ, हामीलाई दुई कप चिया यहाँ । अनि एउटा चिया र हट लेमन माथि आइसियु अगाडि पु¥याइदिनुहुन्छ ?”
त्यो मानिसले आँखा मिच्दै भन्यो, “हस् सर ।” उसले कर्के आँखाले कामिनीलाई पुलुक्क हेर्न पनि भ्यायो । कामिनी र खड्का परपट्टिको टेबलतिर लागे र कुर्सीमा बसे । चिया आएपछि खड्काले कुराकानी अगाडि बढायो, 
“त्यसो भए त्यसको भोलिपल्ट तपाईं बिहान साढे सातै बजे भ्रमर भावुकलाई भेट्न एयरपोर्ट पुग्नुभयो ?”
“हजुर । घरबाट त म समयमै निस्केकी थिएँ । तर...” कामिनीले वाक्य अधूरो छोडिदिई । खड्काले उसलाई उत्सुक आँखाले हे¥यो र भन्यो, “तर...?”
ààà
इरिक्साको एउटा निश्चित गति हुन्छ । छायालाई त्यस दिनभन्दा अघि त्यसको त्यो मन्द गतिसंग कहिले पनि कुनै गुनासो भएको थिएन । तर आज, उसलाई आफू चढेको हरियो इरिक्सा बयलगाडाको गतिमा गुडिरहेको जस्तो लागिरहेको थियो । आफूलाई हतारो भएको बेला किन संसारका सबै कुराको गति यति सुस्त हुन्छ भन्ने कुरा छायाले कहिले पनि बुझिन । उसको मन त अघि नै उडेर विमानस्थल पुगिसकेको थियो । केही बेरमा उसले रिक्सा चालकलाई मुखै फोरेर भनी, 
“दाइ, अलि छिटो कुदाउन मिल्दैन ?” 
रिक्सा चालकले पछाडि फर्केर उसलाई हे¥यो र भन्यो, 
“यो भन्दा बढी कसरी कुदाउनु ? थोडै मर्सिडिज हो र यो ।” 
अनि ऊ आफ्नो जोकमा आफै हाँस्यो । छाया केही बोलिन । केही पर अर्को मानिसले हात दियो । रिक्सा रोकियो । छायालाई त्यो मानिससंग पनि रिस उठ्यो । बेकारमा अझ ढीला गरिदिने भयो उसले । तर रिक्सा चालक वा अरु यात्रुहरुलाई उसको मनस्थिति कसरी थाहा होस् र ? चोकचोकबाट रिक्सामा अट्ने जति सबै यात्रु चढ्दै भरिएपछि मात्र त्यो नरोकिइकन अघि बढिरह्यो । छायाले निश्चिन्तताको सास फेरी । तर उसको त्यो सन्तोक क्षणभरको मात्र हुन पुग्यो । अगाडि गइरहेको एउटा साइकलले बिना कुनै सूचना र संकेत ह्वात्तै दाहिनेतिर काटिदियो । रिक्सा चालक अत्तालियो । उसको मुखबाट निस्क्यो, 
“तेरी माँ की........”
अनि उसले स्वतस्फूर्त आफ्नो रिक्साको ह्याण्डल पनि दाहिनेतिर ह्वात्तै काटिदियो । सन्तुलन बिग्रेको रिक्सा सडकमा पाहा पछारिए जसरी पर्लक्क पल्ट्यो र अलिपरसम्म घिस्रिएर अड्यो । रिक्सा पल्टिने बेला त्यसमा भएका पाँचै जनालाई केही थाहा भएन को कसको माथि वा तल थिचियो । एकैछिनसम्म त कसैको चेतले केही काम गरेन । कसैको कुहिनाले कसैको करङ्मा घोचिदिएको थियो, कसैको टाउको कुनै फलाममा ठोकिएको थियो । कसैको गाला गएर पिचरोडमा दर्फरिएको थियो, कसैको नली खुट्टा कतै चेपमा अड्किएको थियो । छायाँलालई आफ्नो टाउकोमा असह्य पीडा भएकोजस्तो लाग्यो । 
आफ्नो कानको छेउबाट अलिअलि मनतातो तरल पदार्थ बगेर घाँटी हुँदै कुमतिर गएको उसलाई थाहा भयो । रंगीबिरंगी ताराहरु उसका आँखाअघि तिरिमिरी नाच्न थाले । उसलाई बिस्तारै उसलाई ती ताराहरु शनैशनैः अँध्यारोमा बिलीन हुँदै गएको जस्तो लाग्न थाल्यो । वरिपरिबाट केही मानिसहरु हल्ला गर्दै त्यतै आएको आवाज उसले सुनी,
“ए ट्याम्पु पल्टियो.......ट्याम्पु पल्टियो ।” 
अनि त्यसपछि उसलाई केही पनि थाहा भएन । 
ààà
होश आउँदा छायाले आफूलाई अस्पतालमा पाई । छायाको आँखा अस्पतालको छानोमा केन्द्रित थियो । दृष्टि धमिलो थियो । कुनै फोटोग्राफरले लेन्सको फोकस रिंग बिस्तारै घुमाएको जसरी छत स्पष्ट हुँदै आयो । त्यहाँ एउटा ठूलो माउसुली बिस्तारै एउटा सानो कीरातिर लम्किरहेको थियो । कीरा त्यसबाट अनभिज्ञ थियो । अलि नजीक पुगेर माउसुली एकछिन अड्यो अनि बिजुलीको गतिले कीरातिर लम्क्यो । कीराले केही थाहा पाउनुअघि नै माउसुलीले उसलाई आफ्नो मुअमा च्याप्प पारिसकेको थियो । निमेषभरमै कीरालाई माउसुलीले निल्यो । छायालाई आफ्नो टाउकोमा अचानक चिरिक्क गरेर पीडा अनुभव भयो । स्वतः उसको हात त्यही पीडा भएको ठाउँमा पुग्यो । त्यहाँ व्याण्डेज लगाइएको रहेछ । ऊ जिल्ल परी । अस्पताल, पीडा र ब्याण्डेजको कारण उसले अन्दाज लगाउन थाली । बिस्तारै उसको स्मृतिमा आफू बेहोश हुनु अघिका कुराहरु आउन थाले । ऊ घरबाट भ्रमर भावुकलाई भेट्न विमानस्थल जान चढेको इरिक्सा पल्टिएको थियो । अर्थात जनकध्वज विष्टलाई । ऊ झसंग भएर बेडमा उठी र आफ्नो नाडी घडी हेरी । नौ बजिसकेको रहेछ । भ्रमर भावुकको जहाज अझै उडेको छैन । अनि उसका आँखा झ्यालबाट बाहिर डुल्न थाले । तर त्यहाँ त अँध्यारो पो थियो । पारीका घर र ल्याम्पपोष्टका बत्तीहरु बलिरहेका थिए । त्यसको मतलब रातिको नौ पो बजेको रहेछ । हे भगवान, के ऊ दिनभरि अस्पतालमा बेहोश रही ? भ्रमर भावुकले के सोच्यो होला ? उसका लागि कति कु¥यो होला, कतिपटक फोन पनि ग¥यो होला । छायाले आफ्नो खल्तीहरु छामी । फोन फेला परेन । त्यही बेला उसको वार्डको परको ढोकाबाट एउटा मानिस भित्र छि¥यो । मधुरो बत्तीमा उसलाई त्यो मानिस कताकता परिचित लाग्यो । उसको चोट र टाउकोको पीडाले उसलाई उसलाई अचानक भाउन्न भएर आएको जस्तो भयो । फेरि कालो छाउँदै आयो र ऊ बेडमा फेरि ढल्नै लागेकी बेला त्यो मानिस लम्केर उसतिर आयो र उसलाई थाम्यो । 
“बिस्तारै.....बिस्तारै । दिनभरि बेहोश भएर बल्ल बौरिएकी छौ ।”
उसले फेरि बेहोश हुनु अघि हेक्कासम्म गर्न भ्याई, त्यो मानिस भ्रमर भावुक थियो । तर, त्यो कसरी सम्भव हुन सक्थ्यो र ? पक्कै पनि उसलाई चोटको कारण कुनै दृष्टिभ्रम भएको हुनुपर्छ । यसपटक छायाको होश भोलिपल्ट एक बजे खुल्यो । 
भ्रमर भावुक उसको बेडको छेउमा नै थियो । कुर्सीमा बसेर आफ्नो नोटबुकमा केही लेख्दै थियो । उसले छाया ब्यूँतिएकी पनि थाहा पाएन । छाया एकटक उसलाई हेरिरही र उसको त्यहाँ उपस्थितिका बारे अन्दाज लगाइरही । केही बेरमा अचानक भ्रमरले पुलुक्क उसतिर हे¥यो । छायालाई होशमा आइसकेको देखेर मुसुक्क हाँस्यो र भन्यो,
“अहिले कस्तो छ तिमीलाई ?”
छायालाई टाउकोमा पीडा थिएन । उसले मधुरो स्वरमा भनी, “ठीक छु । तर, तपाईं यहाँ कसरी ?”
नोटबुक बन्द गरेर उसले भन्यो, 
“तिमीलाई बेहोशीमा यहाँ ल्याएपछि कसैलाई खबर गर्न भनेर उनीहरुले तिम्रो फोन हेरेछन् । त्यसमा पछिल्लो समय धेरै सम्पर्क भएको नम्बर मेरै थियो । म चेक इन भइसकेको थिएँ, प्लेनतिर जाँदै गर्दा तिमीले मलाई बेकारमा गफ दिइछौ भनेर सोच्दै थिएँ । अस्पतालबाट फोन आयो र तिम्रो अवस्थाको बारे जानकारी भयो । म प्लेन छोडेर सीधै यता आएँ ।”
छाया भावुक भई । उसले सोधी, 
“अनि मेरो लागि तपाईं दुईदिन देखि यो अन्जान सहरको अस्पतालमा वार्ड रुँगेर बसिरहनुभएको छ ?”
भ्रमर केही नबोली मसुक्क हाँस्यो । छायालाई उसको मुस्कान पहिलोपटक देख्दा ज्यानमारा लागेको थियो । अहिले मायालु पनि लाग्यो । ऊ भ्रमरप्रति कृतज्ञ भई । तर मुखले केही भन्ने शव्दै पाइन । के भनेर आभार प्रकट गर्नु होला ? उसको आँखा पढेझैं भ्रमरले भन्यो,
“धन्यवाद सन्यवाद भन्ने बिचार हो भने त्यसको कुनै आवश्यकता छैन ।”
छायाले सोधी, 
“के गरेर बिताउनु भयो गति लामो टाइम ?”
आफ्नो नोटबुक र कलम देखाउँदै भ्रमरले भन्यो, 
“यी दुई भाइ छँदै थिए नि मेरा साथीहरु । केही नयाँ कविताहरु लेखें ।”
त्यही बेला राउण्डमा डाक्टरहरु आए । उनीहरुले छायाको जाँच गरे । अनि भ्रमरलाई भने,
“अब तपाईं उहाँलाई यहाँबाट लैजान सक्नुहुन्छ ।”

त्यसको एक घण्टामा भ्रमर छायाको कुममा समातेर उसलाई बिस्तारै डो¥याएर अस्पतालबाट बाहिर लैजाँदै थियो । छायाको मनमा दुई दिन अघि फोनमा भनेको कुरा घुमिरहेको थियो । भ्रमरले सोधेको थियो,
“हामीले भेटेको सपना त हैन ?”
“तपाईंलाई के लाग्छ ?“ छायाँले प्रतिप्रश्न तेस्र्याएकी थिई ।
“मलाई थाहा छैन । म भन्नै सक्दिनँ ।”
“त्यसो भए, कसरी निक्र्यौल गर्ने त ?” 
भ्रमरले भनको थियोे, “एउटै तरिका छ । एक पटक फेरि भेट्ने । अनि ध्यान दिएर एकआर्कालाई हेर्ने । सुन्ने.......एकपटक छोएर हेर्ने ।”
अहिले आफूलाई सहारा दिएको भ्रमरको स्पर्शले आल्हादित छाया सोच्दै थिई, समय टक्क अडिदिए कति जाती हुन्थ्यो होला । उसको  टाउकोको चोट त बिसेक हुन थालिसकेको थियो । तर उसको मन घाइते भइसकेको थियो । बाहिर आएर उनीहरु एउटा रिक्सामा बसे । चालकले सोध्यो,
“कहाँ जाने ?”
भ्रमरले पुलुक्क छायालाई हे¥यो । उसको आँखामा पनि त्यही प्रश्न थियो शायद,
“अब हामी कहाँ र कता जाँदैछौं ?”

१८
छायाँ नेपाली आफू कसरी भ्रमर भावुकलाई भेटेर कामिनी विष्टमा परिणत भई भन्ने बारेमा इन्सपेक्टर खड्कालाई नालीबेली सुनाउँदै थिई । इन्सपेक्टर खड्कालाई उस बाहेक अझै बाँकी दुईजनाको कुरा त सुन्नै बाँकी थियो । किनभने आइसियुमा अचेत अवस्थामा रहेको रहस्यमयी युवकलाई आफ्नो नातेदार भनेर चार जनाले दावी गरिरहेका थिए । उदेकलाग्दो कुरा त के थियो भने ती चारै जना एक आर्कासंग अपरिचित थिए र उनीहरुको जात नै पनि फरक फरक थियो । त्यसैले उक्त युवक होशमा आएर आफै केही नभनुन्जेल उसको बारे निक्र्यौल गर्ने कुनै अरु उपाय थिएन । छायाँ विष्ट आफ्नो कुरा बताउँदा बताउँदै एकछिन रोकिएकी थिई । दुबै जना चियाको चुस्की लगाइरहे । त्यही बेला क्यान्टिनमा डाक्टर धितालको प्रवेश भयो । ऊ सीधै इन्सपेक्टर खड्का र छायाँ भएकोतर्फ आयो । दुबैले पुलुक्क उसलाई हेरे । डाक्टर धितालले भन्यो, “म माथि गएको थिएँ । तपाईंहरु यहाँ आउनुभएको छ भन्ने थाहा पाएर यतै आएँ ।”
इन्सपेक्टर खड्काले भन्यो, “आउनुस् डाक्टर धिताल । अब त्यो युवकको अवस्था कस्तो छ ?”
कुर्सीमा बस्दै डाक्टर धितालले भन्यो, “स्टेबल छ ।”
“उसलाई कहिले होश आउला त ?”
“त्यो त म ठ्याक्कै कसरी भनूँ र ? तर जे होस्, उसको अवस्था सुधारोन्मुख छ । त्यही नै सबैभन्दा ठूलो कुरो हो ।”
फेरि कोही केही बोलेनन् । डाक्टर धितालले उठ्दै भन्यो, “प्लीज क्यारी अन । म वार्डको चक्कर लगाउन जान्छु ।“
डाक्टर धिताल गएपछि इन्सपेक्टर खड्काले छायाँलाई हेर्दै भन्यो, “इफ यू डोन्ट माइन्ड, तपाईं आफ्नो कथा अलि संक्षेपमा भन्नुहोला । किनभने मलाई अरु दुईजनाको पनि कुरा सुन्न बाँकी छ ।”
छायाँले सहमतिसूचक टाउको हल्लाई । उसले आफ्नो कपमा बाँकी चियालाई एकै घुट्कोमा सकाई । अनि आफ्ना सर्लक्क परेको औंलाले ओठमा लागेको चियालाई पुछी । नचाहँदा नचाहँदै पनि इन्सपेक्टर खड्काले उसको औंला र ओठको सौन्दर्यको पान ग¥यो । बास्तवमै छायाँ अत्यन्त सुन्दर थिई । छायाँ बोल्न थाली ।
ààà
भ्रमर भावुक र छायाँ अस्पतालबाट बाहिर सडकमा आइपुगे । गर्मी चिरिक्क बढिसकेको थियो । 
“उफ्, कस्तो गर्मी ।”  भ्रमर भावुकले आकाशतिर हेर्दै भन्यो । 
मुसुक्क हाँस्दै छायाँले भनी, “यति गर्मी मै आत्तिनु भयो ? यो त केही होइन । जेठ असारमा त यहाँ दिउँसो सास फेर्न पनि मुश्कील हुन्छ ।”
“त्यसो भए मैले फागुनमा यहाँ आएर राम्रै गरेछु ।” भ्रमरले परबाट आइरहेको एउटा रिक्सालाई हात दियो । रिक्सा उनीहरु नजीकै आएर रोकियो ।
“यो चाहिँ पल्टिँदैन होला नि,” छायाँ हाँसी । भ्रमर पनि हाँस्यो । दुबैजना रिक्सामा बसे । रिक्सा छायाँले बताएको गन्तव्यतिर लाग्यो ।
ààà
दुई दिनको लागि नेपालगञ्ज आएको भ्रमर भावुक अर्को पन्ध्र दिन त्यतै बस्यो । ऊ दिनभर छायाँको हेरविचार गथ्र्यो र साँझ झमक्क परेपछि मात्र आफ्नो होटल जान्थ्यो । छायँले आफू ठीक भइसकेको जिद्दी गर्दा पनि उसले पटक्कै सुनेन । ऊ भन्थ्यो,
“म फकीर मान्छे हूँ छायाँ । जहाँ भए पनि के फरक पर्छ र ? काठमाण्डौमा पनि को छ र मलाई मिस गर्ने ?”
अनि छायाँ सोच्थी, अनेकौं असमानता भए पनि उनीहरुको बीच एउटा समानता छ । दुवैको जिन्दगीमा एउटा रिक्तता छ । दुबै एक्ला छन् । के यी दुई एक्ला मानिसहरु एकआर्काका परिपूरक हुन् ? के एकआर्काको जीवनको शून्यतालाई मेटाउनका लागि नै नियतिले उनीहरुलाई भेटाएको हो ? के उनीहरुको कुनै भविष्य छ ? यतिका दिन उनीहरु दिनदिनभर अनेकौं कुराहरु गरेर बिताउँथे । यस्तो लाग्थ्यो उनीहरुको कुरा कसहले पनि संिकंदैन । हरेक विषयमा उनीहरु घण्टौं एक आर्कासंग रमाउन सक्थे । कसैसंग जीवन बिताउन यो भन्दा ठूलो कुरा अरु के हुनसक्छ ? तर छायाँ बेलाबेला सोच्थी, भ्रमर पनि उसको बारेमा त्यही सब सोच्न थालेको छ भन्ने कुराको के निधो थियो र ? उसले मानवताको नाताले मात्र छायाँको सहयोग गरिरहेको भए नि ? अहँ...मानवताको नाताले कोही कसैको लागि आफ्नो सबै कामभन्दा छोडेर विरानो सहरमा यत्तिका दिन कहाँ बस्छ र ? तर जे भए पनि कुरोको चुरोसम्म त नपुगी पनि भएन । त्यस रात भ्रमर गइसकेपछि रातभर आफू दुईका बारे अनेकौं तर्कना गर्दै रात छ्याङ पारेर छायाँ एउटा निर्णयमा पुगी । भ्रमरसंग सस्धा कुरा गर्ने बेला भइसकेको छ । गन्तव्य के हो र कहाँ हो भन्ने थाहा नपाइ अब यो बाटोमा यो भन्दा अघि पाइला सार्नु पछि गएर आफ्नै लागि दुःखदायी हुन सक्थ्यो । 
भ्रमरलाई पनि रातभर आफ्नो होटलको कोठामा निन्द्रा कहाँ लागेको हो र ? ऊ पनि त पछिल्ला केही दिनदेखि छायाँकै बारे मात्र सोच्न थालेको थियो । छायाँ सुन्दर थिई, शिक्षित, सुसंस्कृत थिई । उनीहरुको कुरा मिल्थ्यो । तर के त्यतिमात्र पर्याप्त थियो ? छायाँ उसका कविताहरुको प्रशंसक थिई । तर भ्रमरको आर्थिक अवस्था त्यति धेरै राम्रो थिएन । कविता लेखेर कति नै कमाइ हुन्थ्यो र ? ऊ एक्लो ज्यानलाई त केही फरक पर्दैनथ्यो । तर घरगृहस्थी भनेको जिम्मेवारीको कुरो हो । छायाँले उसलाई प्रेम नै गर्थी भनेपनि त्यस प्रेमका लागि उसलाई आफ्नो अभावको भँड्खालोमा जाक्नु बुद्धिमानी हो ? उसले पनि अब छायाँसंग सबै कुरा स्पष्ट गर्ने बिचार ग¥यो । दुबैजनाले अलगअलग एउटै निर्णय गरे । 
भोलिपल्ट बिहानै चौलिक्काको प्रख्यात हलुवा र पुरी पोको पारेर ऊ छायाँकहाँ पुग्यो । छायाँले मीठो चिया पकाई । दुबै चुपचाप चिया र नास्ताको स्वाद लिइरहे । घाँटी सफा गर्दै भ्रमरले भन्यो,
“छायाँ, मलाई तिमीसंग केही जरुरी कुरा गर्नु छ ।”
“मलाई पनि तपाईंसंग जरुरी कुरा नै गर्नु छ ।”
भ्रमरले पुलुक्क उसलाई हेर्दै भन्यो, “भन न ।”
छायाँले बिना कुनै भूमिका सीधै उसको आँखामा आफ्ना हरिणका जस्ता आँखाहरु भिडाएर सोधी,
“हामी कहाँ जाँदैछौं ?”
भ्रमर अलमलियो । अनि सोध्यो, “तिम्रो प्रश्नको आशय त्यही हो जुन अर्थमा म त्यसलाई बुझिरहेको छु छायाँ ?”
“हो भ्रमरजी ।”
भ्रमर गम्भीर भयो र भन्यो, “हामी कहाँ जाँदैछौं भन्ने कुरा हामी कहाँ जान चाहन्छौ भन्नेमा भर पर्छ होइन र ?”
छायाँले उसको आँखाबाट आफ्नो आँखा नहटाइ भनी, “हो । मलाई थाहा छ म कहाँ जान चाहन्छु । तर तपाईं कहाँ जान चानुहुन्छ भन्ने कुरा थाहा पाउनु मेरो लागि महत्वपूर्ण छ । के तपाईंको पनि गन्तव्य त्यही हो ?”
भ्रमरले पनि उसको आँखामा अझ गहिरोसंग हेर्दै भन्यो,
“चाहना, कहिलेकहीं मानिसको अवस्थाले निक्र्यौल गर्छ छायाँ । कहिलेकहीं मानिस आफूले चाहेको गन्तव्यको यात्रामा हिंड्न सक्दैन ।”
“त्यस्तो कुनै यात्रा हुँदैन जहाँ मानिस चाहेर पनि हिंड्न नसकोस् ।”
“हुन्छ छायाँ । संसारका व्यावहारिक पक्षहरु पनि हुन्छन्, जुन बेलाबेला नेल बनेर मानिसको खुट्टामा जेलिन्छन् । यति भारी हुन्छन् ती, मानिस चाहेर पनि एक पाइला चल्न सक्दैन । त्यस्तो बेला के यात्रा, के गन्तव्य ।”
छायाँ उठेर झ्यालतिर गई । बाहिर हेर्दै उसले भनी,
“तपाईं र म अहिले जुन यात्राको कुरा गर्दैछौं, त्यसमा म कुनै त्यस्तो नेल देख्दिनँ जुन तपाईंको वा मेरो खुट्टामा जेलिएको होस् ।”
भ्रमरले सीधै र स्पष्ट कुरा गर्नु आवश्यक ठान्यो । उसले भन्यो,
“मेरो अवस्था मेरो खुट्टाको नेल हो । म तिमीलाई जिन्दगीमा केही दिन सक्दिनँ छायाँ ।”
फरक्क फर्केर उसलाई हेरेर छायाँले सोधी, “साथ त दिन सक्नुहुन्छ नि ? त्यो भन्दा बढी मैले केही चाहेको पनि छैन ।”
“जिन्दगी साथले मात्र चल्दैन छायाँ ।”
“जिन्दगी साथबाहेक अरु केही कुराले चल्दैन ।”
उनीहरुको बीच त्यस बिहान निकै लामो गन्थन भयो । भ्रमरले आफ्नो अवस्थाबारे उससंग खुलेर कुरा ग¥यो । छायाँले उसलाई आश्वस्त बनाई । दुइजना मिलेर जिन्दगीको यात्रालाई सहज र सरल बनाउन सकिन्छ भन्ने कुरामा ऊ विश्वस्त थिई । उसको दृढ निश्चय र अटल आत्मविश्वासका सामु भ्रमर नतमस्तक भयो । उसलाई पनि बिश्वास भयो, छायाँ नै त्यो केटी हो, जससंग उसले बाँकी जीवन बिताउन सक्छ । छायाँले भनी,
“तपाईंको क्षमतामा मलाई तपाईंलाईभन्दा बढी विश्वास छ । कुनै दिन तपाईंको नाम र ख्याति यो देशको मात्र नभै सारा संसारको सीमासम्म फैलिन्छ भन्ने कुरामा म ढुक्क छु ।”
मायालु आँखाले छायाँलाई हेर्दै भ्रमरले सोध्यो,
“यत्रो विश्वास छ ममाथि ?”
छायाँले सहमतिसूचक टाउको मात्र हल्लाई । भ्रमर बिस्तारै उसको नजीक आयो । उसले छायाँको हात आफ्नो हातमा लियो । उसको स्पर्श प्रेमिल थियो । छायाँलाई हलुका करेन्ट लागेजस्तो भयो । भ्रमरलाई पनि उसको नरम र मुलायम हात आफ्नो हातमा फूलजस्तै लाग्यो । छायाँको आँखामा सपनाहरु तैरिन थाले । भ्रमर ती आँखाको गहिराइमा गोता लगाउन थाल्यो । उनीहरुको बीचको दूरी बिस्तारैबिस्तारै कसरी कम हुँदै गयो भन्ने दुबैलाई थाहा भएन । छायाँ थाँक्रो खोजिरहेको कुनै कमलो रुख जसरी लपक्कै भ्रमरसंग बेरिन पुगी । भ्रमरले उसलाई आफ्नो अंगालोमा समेट्यो । छायाँले जिन्दगीमा कहिले पनि कुनै पनि बेला, कुनै ठाउँमा आफूलाई त्यति सुरक्षित भएको अनुभूति गरेकी थिइन । उसले आँखा चिम्लेर आफ्नो टाउको भ्रमरको छातिमा अड्याइ । उसलाई थाहा थिएन यो सपना हो वा वास्तविकता । उसले मनमनै प्रार्थना गरी, 
“हे वागेश्वरी माता, यदि यो सपना नै हो भने बिन्ती मलाई कहिले पनि नब्यूँझाइदिनुहोला ।”





१९
छायाँ नेपाली भावकुतामा बगेर आफ्नो पूरै महाभारत सुनाउन थालेकी थिई । इन्सपेक्टर खड्कालाई उसको प्रेमकथा वा भ्रमर भावुकसंग कसरी उसको घनिष्टता भयो भन्ने कुरामा त्यति खास चासो थिएन । उसले छायाँलाई आफ्नो कुरा छोटकरीमा भन्न आदेश दियो । छायाँले बेलिबिस्तार लगाएपछि उसले संक्षेपमा आफ्नो नोटबुकमा टिपे अनुसार नेपालगञ्जको भेट उनीहरुको प्रेम हुँदै बिवाहमा परिणत भयो । छायाँ जनकसंग काठमाण्डौ आई । एक दिन कुरै कुरामा उसले भ्रमरलाई फेरि भनी,
“मलाई मेरो नाम मन पर्दैन । छायाँ । मलाई यो नाम नकारात्मक लाग्छ ।” 
त्यस दिन भ्रमरले उसको नयाँ नाम राखिदियो, कामिनी । कामिनी उसले लेखिरहेको एउटा नयाँ कविताको शीर्षक थियो ।शुरुका केही महीनाहरु एकदमै रमाइलोसंग बिते । कामिनीलाई लाग्थ्यो, जिन्दगी भ्रमर भावुकका कविताहरुसंगै बित्नेछ । तर, प्रेमान्ध उसलाई थाहा नभएको कुरो के थियो भने, कविताले पेटको भोक मेटिंदैन । कविताले मात्र जीवनका व्यावहारिक आवश्यकताहरु पूरा हुन सक्दैन । बिस्तारैबिस्तारै जिन्दगीका थपेडाहरुले उनीहरुको भावुकताको महलको जग हल्लाउन थाल्यो । उसको साधारण जागीरको भरमा जेनतेन गृहस्थीको गुजारा हुन्थ्यो । त्यो पनि धेरै कुराहरुमा सम्झौता गरेर । तै पनि उसले कुनै गुनासो गरेकी थिइन । त्यो उसैले रोजेका काटो थियो । समस्या त त्यस दिन सामुन्ने आयो जुन दिन छायाँलाई थाहा भयो...

भ्रमर भावुक त्यस दिन पनि एउटा कविता सम्मेलनमा गएको थियो । सम्मेलनपछि सुरापानको पनि कार्यक्रम रहेछ । त्यो कुरा कामिनीलाई थाहा थिएन । ऊ एउटा गम्भीर विषयमा भ्रमरसंग छलपल गर्नका लागि कुरिरहेकी थिई । रातको निकै प्रहर बितेपछि मात्र भ्रमर घर आइपुग्यो । दुईजना अरु साहित्यकारहरुको काँधमा सहारा लिएर । उसले भुईँमा खुट्टा नै नटेकिने गरी रक्सी पिएको रहेछ । कामिनीको लागि यो कुरा नौलो थिएन । अक्सर यस्ता कार्यक्रमहरुमा गएर भ्रमर मातेर आउँथ्यो । त्यो कुरामा उनीहरुको ठाकठुक परिसकेको थियो । तर त्यस दिन कामिनीलाई साह्रै नरमाइलो लाग्यो । किनभने उनीहरु दुईजनाको जीवनको एउटा महत्वपूर्ण कुराको फैसला गर्नुपर्ने दिन थियो । पु¥याउन आउने साथीहरु अप्ठ्यारो मान्दै उससंग बिदा भएर गएपछि उसले भ्रमरलाई खाटमा लगेर सुताइदिई । भ्रमर अर्धबहोशीमा बर्बराउन थाल्यो । आफ्ना कविताहरु टुक्राटाक्री सुनाउन सुनाउन थाल्यो । कतिपय शायद उसले नलेखेका र मनमा मात्र भएका पनि थिए । अनि केही बेरमा उसको मन भित्रका भडासहरु निस्कन थाले । आफ्ना हरेक कविता संग्रह विश्वस्तरका भएको दावी गर्दै उसले आफूलाई देवकोटा, भूपि र शेक्सपियरभन्दा कम नभएको दावी गर्न थाल्यो ।
“यो देशमा प्रतिभाको कदर छैन । चाकरी चाप्लूसी र पहुँच नपुगेकोले मैले कुनै पुरस्कार पाइनँ । नत्र मेरा हरेक कृतिले मदन पुरस्कार पाउनु पथ्र्यो बुझ्यौ ? अबको चालीस वर्ष पछि मात्र यिनीहरुले मेरा कविताहरुको महत्व बुझ्नेछन् । तर त्यति बेलासम्म शायद भ्रमर भावुक यो संसारमा हुँदैन । मलाई जब खोज्छन् यिनीहरुले, म माथि कतै बसेर खुच्चिङ् भनिरहेको हुनेछु ।”
कामिनी नरमाइलो मानेर उसलाई हेरिरही । उसलाई आफू एक्लो भएकोजस्तो लाग्यो । निकै बेर बर्बराएर भ्रमर निदायो, घुर्न थाल्यो । कामिनी रातभर निदाउन सकिन । भोलिपल्ट पनि भ्रमर निकै ढीला ब्यूँझियो । उसको टाउको रोटेपिङ जसरी घुमिरहेको थियो । कामिनीले उसलाई कागती पानी बनाएर खान दिई । त्यो खाएर भ्रमर फेरि सुत्यो । कामिनी अफीस जाने बेलासम्म पनि ऊ सुति नै रहेको थियो । दिनभर कामिनीलाई अफीसमा काममा पनि मन लागेन । उसले आधा दिनको विदा मागी र निस्की । तर कहाँ वाने वा के गर्ने भन्ने उसलाई थाहा थिएन । डेरा फर्कन पनि मन थिएन । उसको मनभित्र उठिरहेको बबण्डरले उसलाई सुकेको पतिंगर सरह उडाइरह्यो । असन, इन्द्रचोक, भोटाहिटी, रत्नपार्क र दरवार मार्गतिर ऊ बिना उद्देश्य भौंतारिइरही । साँझ झमक्क परिसकेपछि जाने अरु कुनै ठाउँ नभएर उ, डेरा फर्किई । भ्रमर कतै नगएर कोठामै बसिरहेको रहेछ । भ्रमरले उसलाई सोध्यो, 
“किन आज यति ढीला गरेकी ? मलाई पीर परिसकेको थियो । कतिपटक फोन गरें, त्यो पनि उठाइनौ ।”
उसले फोन व्यागबाट निकालेर हेरी । नभन्दै भ्रमरको थुप्रै मिस्ड कलहरु रहेछन् । उसले गम्भीर भएर भनी,
“खै, मैले त सुन्दै सुनिनछु घण्टी ।”
भ्रमरले चिन्तित भावले सोध्यो, “तिमीलाई के भएको छ ? अनुहार पनि मलीन देख्छु ।”
उसले व्यङ्ग्यात्मक स्वरमा भनी, “त्यसले तपाईंलाई के फरक पर्छ र ?”
भ्रमर उसको नजीक आयो र भन्यो, “किन यस्तो कुरा गरिरहेकी ? हिजोको कुरामा अझै रिसाइरहेकी हौ भने, मलाई माफ गर । आइन्दा म त्यसरी रक्सी खान्नँ ।”
केही बेर भ्रमरलाई क्वारक्वार्ती हेरेर कामिनीले भनी, “म डाक्टरकहाँ गएकी थिएँ ।  हिजो मेरो यूरिन टेष्टको रिजल्ट पनि आयो ।”
भ्रमरले चिन्तित भावमा सोध्यो, “डाक्टर ? यूरिन टेष्ट ? किन ?”
“महीनावारी रोकिएको दुई महीना भएको थियो ।”
भ्रमरले उदेकपूर्ण स्वरमा भन्यो, “साँच्चै ? मलाई किन नभनेकी त ? के भन्छ डाक्टरले ?”
कामिनीले गम्भीर भएर भनी “रिपोर्ट पोजेटिभ आयो ।”
भ्रमरको अनुहारमा प्रसन्नताको धाव धपक्कै बल्यो । उसले केही भन्नु अघि नै कामिनी नै बोली, “यही विषयमा कुरा गर्न म तपाईंलाई कुरिरहेकी थिएँ हिजो । तर ....”
भ्रमरले उसलाई अँगालोको घेरामा बाँधेर आफ्नो नजीक तान्दै भन्यो, “मलाई माफ गर कामिनी । तिमी मलाई यति ठूलो खुसीको खबर सुनाउन कुरिरहेकी थियौ र म भने...”
उसको कुरा काट्दै कामिनीले भनी, “के यो साँच्चै खुसीको कुरा हो त ?”
अलमल्ल परेको भावमा भ्रमरले भन्यो, “यो के भन्दैछौ तिमी ? यो भन्दा बढी खुसीको कुरा अरु के हुनसक्छ हाम्रो लागि अहिले ?”
कामिनीले अनिश्चित भावले भनी, “मलाई थाहा छैन ।”
भ्रमर अझै जिल्ल प¥यो । कामिनी उसको अँगालोबाट फुत्केर खाटमा थ्याच्च बसी । टोलाएर भित्तातिर हेर्दै उसले भनी, “मेरो तलबको भरमा हामी दुईजनालाई बाँच्न धौधौ भइरहेको छ । तपाईँको लेखन आकाशे खेतीजस्तो छ । यस्तो अवस्थामा के हामी आफ्नो सन्तान जन्माउने, पाल्ने, पढाउने, लेखाउने र उसलाई कुनै भविष्य दिने कल्पना गर्न सक्छौं ?”
भ्रमरले ट्वाल्ल परेर उसलाई हेरिरह्यो । यो तीतो वास्तविकताबाट ऊ जति निरपेक्ष रहन खोजेपनि कामिनीको प्रश्नले उसलाई भित्रैसम्म हल्लाइदिएको थियो । आफ्नो आर्थिक हैसियत उदाङ्गो भएर उसको सामु उभिएको थियो । उभिएको मात्र होइन उसलाई हेरेर व्यङ्ग्यात्मक पाराले हाँसिरहेको थियो, हियाइरहेको थियो । भ्रमरले भन्यो,
“सँधै यस्तो हुँदैन । मलाई विश्वास छ हाम्रो दिन पनि फिर्छ । भगवानले कुनै न कुनै बाटो खोल्नेछन् हाम्रा लागि पनि ।”
कामिनी तीखो स्वरमा कराई, 
“जिन्दगी तपाईंको कविताजस्तो होइन । गम्भीर हुन सिक्नुस् । हावादारी कुराको भरमा हामी सन्तान जन्माउने योजना बनाउन सक्दैनौं ।”
त्यसदिन उनीहरु दुइजनाको बीचमा पहिलोपटक झगडा प¥यो । भ्रमरले कामिनीलाई आफूले पहिले नै यी सब कुराहरु भनेको हुनाले अहिले आएर उसलाई मात्र दोष लगाएर केही हुन्न भन्ने तर्क ग¥यो । कामिनीले त्यतिबेला आफ्नो मतिभ्रष्ट भएको हुनाले यी सबै कुराहरु देख्न नसकेको ओठे जवाफ फर्काइदिई । वादविवादको कुनै समाधान निस्कने छाँटै भएन । आफ्नो कपाल भुत्ल्याउँदै भ्रमर करायो,
“अब तिमी आफै भन म के गरौं ? बैंक लुट्न जाऊँ ? मूर्ति उखेल्न जाऊँ ? के गरौं म ?”
कामिनीले भनी, “तपाईंले गरेर गरिन्न त्यो पनि । मेरो नियतिमा जे लेखेका छ, त्यसबाट शायद म भाग्न सक्दिनँ । तर अहिलेको लागि एउटा कुरामा चाहिँ कुनै विवाद छैन ।”
“के कुरा ?”
कामिनीले दुखी तर दृढ स्वरमा भनी,
“हामी यो बच्चा जन्माउन सक्दैनौं ।”
त्यो कुरामा फेरि उनीहरु विवाद गर्न थाले । भ्रमर भन्थ्यो, परेपछि सब आफै गर्न सक्छि मानिसले । जिम्मेवारी थपिएपछि त्यसलाई बहन गर्ने बाटो नपैल्याइ सुखै छैन । तर कामिनी भन्थी, पानीमा हाम्फालेपटि पौडी खेल्न नसिकी सुखै छैन भनेजस्तो तर्कले जिन्दगी चल्दैन । पौडी खेल्न सिक्नेभन्दा बढी डुब्ने सम्भावना हुन्छ ।
“म यस्तो रिस्क लिन सक्दिनँ । म कवि हैन । दिमागलाई थन्क्याएर मनको लहडमा केही गर्न सक्दिनँ । मैले जीवनमा जेजस्ता अभावहरु भोगकी छु, मेरो सन्तानले पनि त्यही सब भोग्न परोस् भन्ने म चाहन्नँ ।”
जति विवाद गरे पनि एकआर्कालाई आश्वस्त बनाउन दुबैले सकेका थिएनन् । उनीहरु झगडा गरेरै एकआर्कातरि ढाड फर्काएर सुते । रातभरि दुबै निदाउन सकेनन् । भोलिपल्ट बिहान पनि उनीहरु केही बोलेनन् । कामिनी केही नखाइ अफीस गई । उसको कोही थिएन । अफीसमै आफूभन्दा अलि पाको उमेरकी एक महिला सुमति शाक्यसंग उसको अलिअलि हिमचिम थियो । कामिनीले मनको बह उसैसंग पोखी र आफूले गर्न खोजेको कुरा बताई । उसले सुमतिसंग सहयोग मागी । सुमतिले उसलाई एकपटक राम्ररी सोच्ने सल्लाह दिई । त्यस साँझ ऊ डेरामा पुग्दा भ्रमर कोठामा थिएन । राति अबेर आयो, मातेर आयो । मातेको सुरमा उसले कामिनीलाई भन्यो,
“चिन्ता नगर । चाँडै मेरा कविताहरु अँग्रेजीमा अनुवाद हुन्छन् । अन्तर्राष्ट्रिय बजारमा पुगेपछि तिनले धमाका मच्चाउँछन् । अरु आठ दश भाषामा ती छापिन्छन् । विश्वका चर्चित पुरस्कारहरु पाउँछन् । अनि म पनि मार्खेजजस्तै आधा घण्टा अन्तर्वार्ता दिएको पचासौं हजार डलर चार्ज गर्न थाल्छु । हाम्रो सन्तानलाई भनेकोजस्तो भविष्य दिन सक्छौं ।”
कामिनी सोम शर्माको सातुको कथा सुनीरही । आँखाबाट आँशुहरु बगिरहे । उसको निश्चय झन् झन् दृढ हुँदै गयो । भोलिपल्ट पनि भ्रमर उठ्नु अघि नै ऊ निस्केर हिंडी । उसलाई जहाँ जानु थियो, सुमति शाक्य उसको साथी गइदिई । त्यस साँझ घर फर्किंदा आफुले सही वा गलत के गरें भन्ने उसलाई थाहा थिएन । भ्रमर कोठामै थियो । उसले भ्रमरलाई च्याप्प समाती । अचानक उसको मनको सारा बह बाँध भत्केको नदीको पानी जसरी बग्न थाल्यो । रुँदै उसले भनी
“मैले कोपिला लाग्नु अघि नै उम्रन आँटेको बोटलाई उखेलेर मिल्क्याएदिएँ ।”
केही बेर भ्रमर पत्थर जसरी जडवत भयो । बिस्तारै कामिनीलाई आफूबाट अलग गरेर ऊ केही नबोली कोठाबाट निस्केर गयो ।
आफ्नो कथा सनिरहेको इन्सपेक्टर खड्कालाई हेर्दै कामिनीले आँशु पुछी र भनी,
“त्यसदिन निस्केर गएको उहाँ फेरि फर्केर आउनु भएन । निकै दिन भएपछि मैले पत्रिकामा बिज्ञापन छपाएकी हूँ । उहाँको यो अवस्था कसरी भयो र किन भयो मलाई थाहा छैन । अरुले किन उहाँमाथि आफ्नो नक्कली नाताको दावी गरिरहेका छने भन्ने पनि मलाई थाहा छैन ।”
इन्सपेक्टर खड्का गम्भीर थियो । केस झनै जटिल बन्दै थियो । अब अझै दुईजनाको कुरा सुन्नै बाँकी थियो ।


२०
छायाँ नेपाली अर्थात् कामिनी विष्टले भ्रमर भावुक अर्थात् जनकध्वज विष्टसंग आफ्नो सम्बन्धको बेलीबिस्तार लगाएर गरेको दाबी सुनेर इन्सपेक्टर बिनोद खड्काको दिमाग अझै धेरै रन्थनियो । अब बाँकी थिए, रामकृष्ण महर्जन र बिमलसिंह परियार । महर्जन त्यस युवकलाई आफ्नो भतिजो भन्थ्यो भने परियार भाइ । कोइरालाले छोरा भनेर दावी गरेको युवकलाई विष्ट आफ्नो पति भन्दै थिई । त्यसैले इन्सपेक्टर बिनोद खड्का रनभुल्ल परेको थियो । बाँकी दुईजनामा अब कसको कुरा पहिले सुन्ने भनेर ऊ घोत्लिन थाल्यो । उसको तालीम र अनुभवले खारिएको आँखाले पनि चारजनामा को तीनजना झूट बोलिरहेका छन् भन्ने कुरा पहिल्याउन सकिरहेको थिएन । उसलाई अब थाहा भइसकेको थियो, अघिल्ला दुई सरह बाँकी दुईले पनि ठोस प्रमाणहरु सहित नै आफ्नो कुरा राख्नेछन् । आत्मविश्वास सबैमा बराबर देखिन्थ्यो । कामिनी आफ्ना निर्दोष र मृगकाजस्ता आँखाहरुमा अनुनय विनय भरेर उसलाई हेरेर भन्दैथिई, “मलाई अब तपाईंकै मात्र आसरा छ इन्सपेक्टर साहब । मलाई न्याय दिन तपाईंले मात्रै सक्नुहुन्छ ।”
उसले कामिनीलाई भन्यो, “ठीक छ । तपाईं बाहिर जानुस् र...”
त्यही बेला बिनोद खड्काको फोन थर्थर गरेर काँप्न थाल्यो । उसले हे¥यो, डाक्टर सरोज धितालको नाम पिलिक्पिलिक् गर्दै रहेछ । हतारहतार फोनको हरियो चिन्हलाई औंलाले दायाँतिर सारेर उसले त्यसलाई आफ्नो कानमा टाँस्यो । उसले केही भन्नु अघि नै उताबाट डाक्टर धितालको उत्साहित स्वर आयो, “इन्सपेक्टर साहब, के गर्दैहुनुहुन्छ ?”
खड्काले लामो सास फेर्दै भन्यो, “भर्खर कामिनी विष्टको कुरा सुनेर भ्याएँ । अब दुईजनाको अझै सुन्न बाँकी छ ।”
उत्साहित स्वरमा नै डाक्टरर धितालले भन्यो, “सम्भवतः अब तपाईंलाई त्यसको आवश्यकता नहोला कि ? तपाईं तुरुन्तै यहाँ आइसियुमा आइहाल्नुुस् ।”
“आइसियुमा ? किन डाक्टर साहब ?”
“त्यस युवकलाई होश आइसकेको छ इन्सपेक्टर साहब ।”
इन्सपेक्टर खड्का कुर्सीबाट करेण्ट लागेको जसरी जुरुक्कै उठ्यो । उसको मुखबाट ठूलो स्वरमा निस्क्यो, “ह्वाट् ?”
त्यसको संगसंगै फूर्तिलो चालले ऊ अघि पनि बढिसकेको थियो । उसको वेगले कुर्सी लफण्डिएर पछाडितिर ढल्यो । तर त्यसको वास्ता नगरी ऊ ढोकातिर हान्नियो । उसको यस अप्रत्याशित व्यवहारबाट कामिनी विष्ट हतप्रभ भएर उसलाई हेर्दै थिई । उसले केही सोध्नुअघि नै बिजुलीको फूर्तिले लम्केको इन्सपेक्टर खड्काले ढोका खोलेर एक पाइला बाहिर राख्न भ्याइसकेको थियो । कामिनीले उसको पछि लाग्दै सोधी, “के भयो इन्सपेक्टर साहब ?”
नरोकिइकनै उसले उत्तेजित स्वरमा भन्यो, “त्यो युवकलाई होश आयो रे ।”
उसको स्वर बाहिर बसिरहेका अरु सबैले पनि सुने । उनीहरु सबैमा पनि त्यसको प्रतिकृया त्यस्तै नै हुनु स्वाभाविकै थियो । कतिसम्म त भने कुर्सीमा उँघिरहेको सर्वेश्वरराज कोइराला समेत ब्यूँझियो र पुठ्ठोमा स्प्रिंग जडिएको मान्छे जसरी बुर्लुक्कै उफ्रियो । कसैले केही भन्नु अघि नै बिनोद खड्का आइसियु तिर सत्तरीको गतिको हुइँकिइसकेको थियो । सबै जना उसको पछि त्यतै लम्किए ।
आइसियुको ढोका अगाडि डाक्टर धिताल उभिएको थियो । बिनोदले उसलाई हतारिएको स्वरमा सोध्यो,
“केही भन्यो उसले ?”
डाक्टर धितालले भन्यो, “मैले कसैलाई उससंग कुरा गर्न दिएको छैन । मलाई लाग्यो, यो परिस्थितिमा अरु कसैले भन्दा पहिले तपाईंले नै उससंग कुरा गर्नुपर्छ होला ।”
डाक्टर धितालको यो जिम्मेवार सोचलाई मनमनै सह्राउँदै उसले भन्यो, “यो तपाईंले एकदमै सही गर्नुभयो डाक्टर धिताल ।”
त्यतिबेलासम्म सर्वेश्वरराज कोइराला, कामिनी विष्ट, रामकृष्ण महर्जन र बिमलसिंह परियार पनि त्यहीं नजीकै पुगिसकेका थिए । उनीहरु सबै उत्तेजित स्वरमा एकै पटक भने जसरी कराउन थाले । सबै पहिले आफू भित्र जान पाउनुपर्ने जिकिर गरिरहेका थिए । सर्वेश्वर भन्दै थियो, “मैले अहिलेसम्म आफ्नो पावर र पहुँच देखाएको छैन । म आफ्नो औकातमा आउने हो भने यहाँ धेरै कुरा हुन सक्छ । मलाई पुरानो सर्वेश्वरराज कोइराला बन्न बाध्य नबनाउनुस् । मैले भन्द्या छु । त्यसो भयो भने जे हुन्छ, त्यसको जिम्मेवारी मेरो हुनेछैन ।”
कसरत गरेर सुम्लैसुम्ला उठेको आफ्ना बलशाली पाखुराहरु सुर्कँदै बिमलसिंह परियार पनि कुर्लन थाल्यो, “पहुँचको भरमा थिचोमिचो गर्ने त्यो जमाना गइसक्यो । लोकतन्त्र त्यसै ल्याएको हैन यो देशमा । मैले पनि दही जमाएर बसेको छैन हातमा । के ठान्नु भएको छ मलाई ?”
रामकृष्ण महर्जनमात्र के कम र ? ऊ झनै तीखो स्वरमा भन्न थाल्यो,
“काठमाण्डौ हाम्रो हो । हामी सहेर बस्यौं भन्दैमा हामीलाई कायर नसम्झे हुन्छ । परेको बेला आर कि पार गर्नुप¥यो भने हामी पनि रगतको खोला बगाइदिन्छौं बुझ्या हो ?” 
कामिनी विष्ट घ्वाँघ्वाँ रुन थाली, “हे वागेश्वरी माता, यहाँ के हुन लागिरहेको छ ? तिमीलाई त सब थाहा छ नि र अब तिम्रै सहारा माता, दूधको दूध पानीको पानी गर्ने तिम्रै जिम्मा । रक्षा गर माता, रक्षा गर ।”
इन्सपेक्टर खड्काले उनीहरुलाई कठोर स्वरमा भन्यो, “तपाईंहरु यहाँ हल्ला गरेर नबस्नुस् । मैले उससंग भेटेर उसको बयान नलिउन्जेल कसैले पनि उसलाई भेट्न पाउँदैन । सभ्य मानिस जसरी बूनुहुन्न भने म तपाईंहरु सबैजनालाई गिरफ्तार गरेर लक अपमा लैजान बेर लगाउन्न ।”
खड्काको दृढ भाव देखेर सबै साम्य भए । एकैछिन उनीहरुलाई हेरेर खड्का आइसियुभित्र छि¥यो । डाक्टर धिताल, अर्को जूनियर डाक्टर र एउटी नर्स त्यहाँ थिए । अनि त्यो रहस्यमयी युवक । उसलाई होश आइसकेको थियो । बेडको माथिल्लो भाग उचालिएको थियो । ऊ तकियामा अडेस लगाएर पल्टिएको थियो । उसको अनुहार भावशून्य थियो । कोठामा नयाँ मानिसको प्रवेशसंगै हुनुपर्ने स्वाभाविक कौतुहलता पनि उसमा भएन । उसका आँखाहरु एकटक अगाडिको भित्तामा केन्द्रित थियो । बिनोद खड्का उसलाई नियाल्दै अघि बढ्यो । नजीकै गएर हेर्दा उसलाई लाग्यो, त्यस युवकका आँखा त भित्ताभन्दा पनि पारी बाहिर अनि पर क्षितिजमा केन्द्रित छन् । खड्काले उसलाई भन्यो,
“मेरो नाम बिनोद खड्का हो । इन्सपेक्टर खड्का । तपाईं यहाँ बेहोशीको अवस्थामा ल्याइनुभएको थियो । तपाईंको पहिचान खुल्ने कुनै कुरा तपाईंसंग थिएन । यहाँ चार थरि भिन्नैभिन्नै मानिसहरु तपाईंमाथि दावी ठोकिरहेका छन् । तपाईंको नाम के हो ?”
त्यस युवकमा उसको कुराको कुनै असर भएकोजस्तो देखिएन । उसको भाव पनि परिवर्तन भएन । ऊ एकटक भित्तामा नै हेरिरह्यो । बिनोदले फेरि प्रयास ग¥यो,
“म तपाईंसंगै कुरा गरिरहेको छु । को हो तपाईं ? यो अवस्थामा कसरी पुग्नुभयो ? परिस्थितिको गम्भीरतालाई कृपया बुझ्ने प्रयास गर्नुस् ।”
तर युवक मौन नै रह्यो । किनोद खड्काले निकै बेर प्रयास गर्दा पनि उसमा कुनै असर भएन । खड्का आजित भएर डाक्टर धितालतिर फक्र्यो र भन्यो, “डाक्टर, यो मानिस किन केही बोल्दैन ?”
डाक्टर धितालले गम्भीर भएर भन्यो, “म कसरी भनूँ ? हामीलाई उसको बारे के थाहा छ र ? हुनसक्ट, ऊ जन्मजात बोल्न सुन्न नसक्ने मानिस हो । हुनसक्छ, टाउकामा लागेको गम्भीर चोटका कारण उसलाई पूर्वविस्मृति भएको छ । अथवा हुनसक्छ कुनै कारणवश जानीजानी ऊ केही बोलिरहेको छैन ।”
खड्काको धैर्यको बाँध फुट्ने बेला भइसकेको थियो । उसले दाह्रा किट्दै भन्यो, “मुसा बिरालोको खेल धेरै भयो । म उसलाई थाना लैजान्छु । जस्तै ज्याद्रा मानिसहरुलाई पनि ट्याउँट्याउँ बोल्ने बनाउने हामीसंग धेरै उपायहरु छन् ।”
डाक्टर धितालले मन्टो हल्लाउँदै भन्यो, आवेशमा नआउनुस् इन्सपेक्टर । ऊ होशमा आएपनि उसको अवस्था अझै पनि नाजुक छ । मानसिक तनाव पनि त्यत्ति नै होला । यस्तो अवस्थामा म पेसेन्टलाई अर्को अस्पतालमा त लैजान दिन सक्दिनँ, प्रहरी थानाको त कुरै नगर्नुस् ।”
इन्सपेक्टरले युवकलाई असहाय भावले हे¥यो । उः अझै त्यसै गरी टोलाएर भित्ता हेरिरहेको थियो। आँखा पनि झिमिक्क नगरी ।

भूपमणि बराल आफ्नो कम्प्यूटरको स्क्रिनलाई ट्वाँ परेर आँखा पनि नझिम्क्याइ हेरिरहेको थियो । त्यहाँ भएका अक्षरहर उसले पढेर सकिसकेको थियो ।  अझै तल केही छुट्यो कि भनेर उसले स्क्रल पनि गर्न खोज्यो । तर अहँ, अब केही थिएन । भूपमणि बराल, एउटा चर्चित प्रकाशक । केही दिन अघि उसको एमेलमा कुनै चिराग नाम गरेको मानिसले एउटा पाण्डुलिपि पठाएको थियो । हराएको मानिस भन्ने शीर्षक भएको त्यस पाण्डुलिपि दुईचार दिन त उसले खोलेको पनि थिएन । उसको प्रकाशन गृहमा दिनको दुईचारवटा पाण्डुलिपि आउनु नौलो कुरो थिएन । धेरैजसो त ऊ चारपाँच पाना पढेर छोडिदिन्थ्यो । तर चिरागको हराएको मानिस पढ्न शुरु गरेपछि ऊ रोकिएको थिएन । त्यो युवक को थियो भन्ने उसलाई पनि कौतुहलता हुन थालिसकेको थियो । तर पाण्डुलिपि त अधूरो थियो । भूपमणि बराल अलमल्ल प¥यो । त्यही बेला बाहिर रिसेप्सनबाट उसको सहायकले फोन गरेर भन्यो, “सर, कोही मिष्टर चिराग तपाईंलाई भेट्न आउनुभएको छ ।”
“चिराग ?” भूपमणि बरालले विस्मयपूर्ण स्वरमा सोध्यो ।
“हो कुनै पाण्डुलिपि पठाउनुभएको थियो रे, त्यसैको विषयमा सोध्न आउनुभएको रे ।”
“भित्र पठाइदेऊ, तुरुन्तै ।” भूपमणि बरालले आतुर स्वरमा भन्यो ।

चिरागले कफीको चुस्की लगायो । झुसझुस दाह्री जुंगा र लामालामा कपाल थियो उसको । जुँगामा लागेको कफीको फिंज हातैले पुछेर उसले भन्यो,
“कस्तो लाग्यो त तपाईंलाई पाण्डुलिपि ?”
भूपमणि बरालले भन्यो, “इन्ट्रेस्टिंग छ । तर यो त पूरा छैन ।”
“छ पूरा प्रकाशक महोदय ।”
“कहाँ छ पूरा ?”
चोर औंलाले आफ्नो कन्चटमा देखाउँदै चिरागले भन्यो, “यहाँ । मैले तपाईंलाई पूरै नपठाएको हूँ । किनभने पहिले पनि मेरो उपन्यास कसैले आफ्नो नाममा छपाइसकेको छ । म फेरि त्यो गलती दोहो¥याउन चाहन्न । तपाईं यसलाई छाप्न तयार हुनुहुन्छ भने पहिले सम्झौता गर्नुस्, अग्रिम पारिश्रमिक स्वरुप केही रकम भुक्तान गर्नुस्, मेरो नाममा यसको कभर छाप्नुस्, वित्तापन गर्नुस् । अनि मात्र म तपाईंलाई बाँकी भाग दिन्छु ।”
एउटा नयाँ लेखको यत्रो ठूलो माग सुनेर भूपमणि बराल जिल्ल प¥यो । तर चिरागको पाण्डुलिपि र अहिले उसको आँखा पढ्दा उसलाई लागिरहेको थियो, यो रेसको लामो दौड कुद्ने घोडा हो । कहिलेकहीं तत्क्षण गरिएका निर्णयहरु कालान्तरमा निकै महत्वपूर्ण सावित हुन सक्छन् । उसले दृढ स्वरमा भन्यो, “मलाई तपाईंको माग मजूर छ । तर मेरा केही शर्तहरु छन् ।”
“कस्ता शर्त ?”
भूपमणिले भन्यो, “जुन रहस्यमयी युवक छ, तपाईं त्यसलाई युवती बनाएर पुनर्लेखन गर्नुहुनेछ । पाठकलाई एउटी नारी पात्रसंग बढी सहानूभूति हुन्छ । अनि यसको शीर्षक हुनेछ, युवती हराएको सूचना ।”
केही बेर सोचेर चिरागले भन्यो, “डन् । त्यसो गर्दा मैले धेरै कुरा मिलाउनुपर्छ । तर यो कुरा मेरो मनले खायो । म पुनर्लेखन र बाँकी भाग तयार पार्न लाग्छु । मलाई दुई महीना लाग्छ त्यति गर्न । तपाई आफ्नो वचन अनुसार गर्न थाल्नुस् ।”

त्यसदिन त्यहाँबाट निस्कँदा चिरागको खल्तीमा दूई लाख रुपैयाँको चेक थियो । भूपमणि बराल चाहिँ किताबको कभर कस्तो बनाउन पर्ला भनेर सोच्न थालिसकेको थियो । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment