Wednesday, June 19, 2019

भीडले उछिन्न नसकेको यात्री

'मैं जिन्दगी का साथ निभाता चला गया
हर फिक्र को धुँवें में उडाता चला गया'
'हम दोनों' भन्ने सिनेमामा यो गीत जस्तै देव आनन्दले ८८ वर्षको उमेरसम्म जिन्दगीको सक्रिय रूपमा साथ दिए । उनका समकक्षीको त कुरै नगरौं, उनीभन्दा निकै कान्छाहरू पनि रिटायर्ड -कर्मबाट र जीवनबाट) भइसक्दा पनि उनी कहिल्यै निष्त्रिmय भएनन् । एउटा सिनेमा सकिनासाथै अर्को योजनामा खट्ने यी अभिनेता, लेखक, निर्माता र निर्देशकका लागि नै एभरगि्रन भन्ने शब्द सबैभन्दा पहिले प्रयोग भएको थियो । तर जिन्दगीको साथ सधैं कसले दिन सक्छ र ? लामो र छोटोको कुरा मात्र न हो । हर 'फिक्र' लाई धूवाँमा उडाउँदा उडाउँदै एक दिन मानिसको नश्वर देह नै धूवाँमा उडेर अनन्तमा विलीन हुनुपर्छ । देव आनन्द पनि यसको अपवाद हुन सकेनन् । हुन त पछिल्लो समयमा हिन्दी फिल्मी क्षेत्रका थुपै्र हस्तीहरू बिदा भइरहेका छन् । देव आनन्दको निधनको समाचार पनि मेरा लागि त्यही कडीको एउटा अंग हुन्थ्यो होला । तर उनीसँग मेरो केही व्यक्तिगत संस्मरणहरू छन् । त्यसैले होला मैले उनको निधनको समाचार सुनेर मात्र पन्छाउन सकिनँ ।

दरबार हत्याकाण्डको केही महिनापश्चात् कुनै भारतीय पत्रिकामा देव आनन्दले त्यस विषयमा फिल्म बनाउन लागेका छन् भन्ने समाचार छापिएको थियो । त्यति बेला मैले म्युजिक नेपालको वेबसाइटमा एउटा अनलाइन पत्रिका सुरु गरेको थिएँ । त्यसका लागि उनीसँग कुरा गर्ने निधो गरें । मुम्बईमा नै रहेका गायक मुरलीधरले मलाई देव आनन्दले उठाउने फोन नम्बर उपलब्ध गराइदिए । भोलिपल्ट बिहान मैले एउटा नम्बरमा फोन लगाएँ । फोन उठाउने मान्छेलाई मैले आफू काठमाडौंबाट बोलिरहेको बताएपछि फोन होल्डमा राखियो । केही क्षणपश्चात् फोनको अर्कोपट्टबिाट मैले सिनेमामा मात्र सुनेका 'ती' देव आनन्दको स्वर सुनियो जो मभन्दा पनि अघिल्लो पुस्ताको पि्रय नायक थिए ।
तर मलाई उनी देव आनन्द हुन् भन्ने कुरा विश्वासै गर्न गाह्रो भयो । किनभने मलाई लाग्यो, उतापट्ट िकुनै सत्तरी नाघेको मान्छे हैन, कुनै सत्र वर्षको पट्ठो बोलिरहेको छ । उनको स्वर तन्नेरी थियो । त्यसमा ऊर्जा थियो, उत्साह थियो, उमंग थियो र मैले त्यति जीवन्त स्वर हत्पति सुनेको थिइनँ । देव आनन्द किन एभरगि्रन हुन् भन्ने कुरा उनीसँग दोहोरो कुरा गर्नासाथै छर्लंग भएको थियो । मैले आफूले सुनेको कुराको पुष्टि गर्न चाहें । मलाई सम्झना छ, उनले भनेका थिए,
'हो, म यस विषयमा सिनेमा बनाउन चाहन्छु । किनभने नेपालप्रति मेरो असाध्यै धेरै लगाव छ । मैले नेपालमा 'हरे राम हरे कृष्ण' र 'इश्क इश्क इश्क' फिल्म छायांकन गर्ने बेला पाएको स्नेह र सहयोग म कहिले पनि बिर्सन सक्दिनँ । यो समाचार सुनेर म एकदमै दुःखी भएको छु । दिवंगत राजपरिवारसँग पनि मेरो राम्रो सम्बन्ध थियो । राजा वीरेन्द्रको राज्यारोहणको बेला मलाई निम्तो दिएर सम्मानित गरिएको थियो । त्यसैले यस अनपत्यारिलो दुर्घटनाको तथ्य बाहिर आउने गरी म सिनेमा बनाउन चाहन्छु ।'
कुराकानीको क्रममा उनले मेराबारेमा पनि सोधे । म स्वयं पनि नेपाली फिल्मसँग सम्बन्धित रहेको थाहा पाएपछि उनले भने,
'तर यो संवेदनशील विषय हो । त्यहाँका जनताको भावनामा ठेस लाग्ने निक्र्योल म मेरो फिल्मबाट प्रस्तुत गर्न चाहन्नँ ।'
उनी चाहन्थे, म त्यो विषयमा सिनेमा बनाउने सन्दर्भमा आम जनताका धारणा बुझ्ने प्रयास गरूँ । त्यसका आधारमा उनी अघि बढ्ने वा नबढ्ने भन्ने निर्णय गर्न चाहन्थे । मैले त्यही वेबसाइटमा एउटा मत सर्वेक्षण गरेर त्यसको परिणाम उनलाई बताउन सक्ने कुरा गरें । उनी 'लभ एट टाइम्स स्क्वायर' भन्ने फिल्म छायांकन गर्न केही दिनका लागि न्युयोर्क जान लागेका थिए । आएपछि मसँग सम्पर्क गर्छु भनेर उनले मेरो फोन नम्बर र इमेल लिएका थिए । वेबसाइटमा गरिएको सर्वेक्षणमा सहभागीहरू अधिकांशले सत्य कुरा प्रामाणिक रूपमा खोतल्न सक्ने भए मात्र यस विषयमा सिनेमा बनाउनु उचित हुन्छ हैन भने उही अनपत्यारिलो कुरा देखाउनका लागि बनाउनुको कुनै तुक छैन भन्ने विचार प्रकट गरेका थिए । कसैकसैले उनीजस्ता चर्चित र प्रभावशाली मान्छेले नै यसको सही कुरा देखाउन सक्छन् समेत भन्ने आस गरेका थिए । केही महिना बितिसकेको थियो र मैले पनि लौ त भनौं भने यस विषयमा बिर्सिसकेको थिएँ ।
अचाकन एक दिन बिहानै घरको फोन बज्यो । उतापट्टबिाट आएको त्यही पठ्ठो स्वरलाई म लाखौंमा चिन्न सक्थें । देव आनन्दको स्मरणशक्ति गजबको थियो । उनले मलाई मेरो नामैले सम्बोधन गरेका थिए, जुन उनले केही महिनाअघि पहिलोपटक मात्र एकपल्ट सुनेका थिए । दरबार हत्याकाण्डको सिनेमाप्रति मान्छेको आम धारणा मैले उनलाई सुनाइदिएँ । 'आई सी....' उनले त्यति मात्र भने । एकै छिनको मौनतापछि उनले भनेका थिए,
'जे नहुनु थियो, भइसक्यो । जे सामु आएको छ त्यही सत्य हुन पनि सक्छ, नहुन पनि । तर जुन ढंगले भएको छ, यही सत्यतथ्य हो र त्यसका प्रमाण यी हुन् भन्ने कुरा त म मात्र हैन कसैले पनि ठोकुवा गर्न सक्दैन ।'
एकैछिनको भलाकुसारीपछि उनले फोन राखे । तर त्यसको केही समयसम्म कहिलेकाहीं अप्रत्याशित रूपमा उनी फोन गर्थे, सकारात्मक र फुर्तिला देव आनन्दसँग कुरा गर्न मलाई रमाइलो लाग्थ्यो । बेलाबेला म पनि फोन गथेर्ं । यता उतिको कुरा हुन्थ्यो तर दरबार हत्याकाण्डको बारे सिनेमा बनाउने नबनाउने कुरा उनले पनि गरेनन्, मैले पनि कोट्याइनँ । उनी मुम्बई आयौ भने मलाई अवश्य भेट्नु भन्थे । बिस्तारै हाम्रो फोन वार्ता कम हुँदै बन्द नै भयो । बेलाबेला उनको सक्रियताको बारे पत्रिका वा टेलिभिजनबाट थाहा हुन्थ्यो । उनले सिनेमा बनाउन छोडेका थिएनन् । कुनै समयमा 'गाइड'जस्ता कोसेढुंगा गाड्न सफल देव आनन्दका चर्चित सिनेमाहरूको लामै ताँती छ । हिन्दी सिनेमालाई व्यावसायिक र कलात्मक दुवै रूपमा सफल फिल्महरू दिए पनि उनका पछिल्ला निकै सिनेमाहरू लाइन लागेर पिटिए । तर पनि उनको जाँगरलाई त्यसले थकाउन सकेन । उनलाई त्यसले हतास बनाउन सकेन । उनी भन्थे,
'सिनेमा चल्नु र नचल्नुको मलाई कुनै अर्थ नै छैन । म एक दिन पनि निष्त्रिmय रहन सक्दिनँ र नमरुन्जेल काम गरिरहन्छु ।' हिन्दी सिनेमा उद्योगका एक जनाले एकपटक भनेका थिए, 'अहिले पनि देव आनन्दले सिनेमा बनाउँछु भनेपछि पैसा लगाउने मान्छेहरूको कमी छैन ।'
देव आनन्द आफ्नो जीवनी 'रोमान्सिङ विथ लाइफ' को प्रवर्द्धनका लागि आएको बेला म काठमाडौंमा थिइनँ । केही वर्षपछि फेरि एउटा पुस्तक मेलाका लागि उनी आएको बेला भने मैले उनलाई भेटेको थिएँ । एभरेस्ट होटलको रेस्टुराँमा मैले उनलाई हाम्रो फोनमा धेरैपटक कुराकानी भएको बताउनासाथ उनले चोर औंलाले मेरो छातीमा घोच्दै भनेका थिए,
'मलाई सम्झना छ । तिमीले सम्पर्क गर्न किन छोड्यौ ? वी सुड किप अन कम्युनिकेटिङ ।'
तर हाम्रोबीच त्यसपछि कुनै सम्पर्क भएन । अचानक डिसेम्बर ४ को बिहान टि्वटरमा उनको निधनको समाचार सुन्दा मलाई अमिलो भयो । लन्डनमा निधन हुनुभन्दा एक दिनअघिसम्म पनि उनी टि्वटरमा टि्वट गर्न भ्याइरहेका थिए । मेरो मगजमा उनीसँगका कुराकानी र भेटको त्यो तरुनो र उत्साही स्वर, फुर्तिलो चाल र एभरगि्रन व्यक्तित्व फिल्मको फ्ल्यासब्याक चलेझैं चल्न थाले ।
सिनेमा उद्योगलाई क्रूर र निर्दयी क्षेत्र मानिन्छ । यहाँ हरेक कुराको मानक पछिल्लो सिनेमाको सफलता वा असफलताले तोक्ने गर्छ । लगातार केही असफलता हात लाग्ने मान्छे चाहे जतिसुकै सिर्जनाशील होस्, उसलाई भीडले पछाडि छोड्दै जान्छ । त्यस्ता बग्रेल्ती उदाहरणहरू सिनेमा उद्योगमा पाइन्छन् । त्यस्तो क्षेत्रमा पनि, त्यत्रा सिनेमा असफल हुँदा पनि देव आनन्दलाई कुनै भीडले उछिन्न सकेन । त्यो नै देव आनन्दको सबैभन्दा ठूलो उपलब्धि हो । उनको यात्रामा कसैले पूर्णविराम लगाउन सकेन । सक्यो त एकैपटक हृदयाघातले, कालले, जसलाई कसैले जित्न सक्दैन ।
अब उनको स्वर सुन्न पाइँदैन, नयाँ सिनेमा हेर्न पाइँदैन, टि्वटरमा उनलाई पछ्याउने झन्डै एक लाख मानिसहरूले उनका नयाँ कुरा देख्न पाउँदैनन् तर उनले आफ्ना सिनेमाहरूका रूपमा छोडेका गएका पदचिन्हहरू भने सधैं रहन्छन् ।
अभि ना जाओ छोडकर
कि दिल अभि भरा नही !
प्रकाशित : मंसिर २४, २०६८ ११:००

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment